Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Varg Ra Samajik Roopantaran


Subject

Varg Ra Samajik Roopantaran

Learn Varg Ra Samajik Roopantaran in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
5,423

Varg Ra Samajik Roopantaran

Varg Ra Samajik Roopantaran

पाठ १: वर्ग र सामाजिक पातरण

१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:

(क) समाजमा वर्ग निर्माणका कारणहरू के हुन्?
उत्तर:
समाज विभिन्न मानिसहरूको समुदाय हो, जसमा मानवीय सम्बन्धहरूको जालो हुन्छ। समाज मानवको परस्पर लाभको निम्ति संगठित भएर बनेको हुन्छ। समाजमा एउटै प्रकारका मानिस हुँदैनन्, त्यसैले आर्थिक, सांस्कृतिक, जातीय, धार्मिक आदिका आधारमा विविधता पाइन्छ। यिनै विविधताहरूको आधारमा समाजमा वर्गहरूको निर्माण हुन्छ।

(ख) वर्गीय विभाजनले निम्त्याउने समस्याहरू उल्लेख गर्नुहोस्।
उत्तर:
वर्गीय विभाजनले निम्न समस्याहरू निम्त्याउँछः

  • राजनीतिक तथा सामाजिक गतिविधिमा नियन्त्रण हुनु।
  • सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक विविधता हुनु।
  • तल्लो वर्गका मानिसहरू समाजमा हेपिनु, शोषण तथा दमनको शिकार हुनु।
  • जातीय विभेद हुनु र अवसर सीमित हुनु।
  • भूमिको मालिकत्वबाट वञ्चित हुनु।
  • आर्थिक रूपमा पछाडि पर्नु।

(ग) सामाजिक पातरणका उपायहरू बुँदागत रूपमा लेख्नुहोस्।
उत्तर:
नेपालमा सामाजिक पातरणका लागि विभिन्न उपायहरू अपनाइएका छन्, जसमध्ये केही निम्न छन्:

  • नेपालको संविधानमा राजनीतिक उपलब्धि, सुशासन र विकासमार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक पातरण गर्ने व्यवस्था उल्लेख गरिएको छ।
  • ‘समृद्ध नेपाल, सुखी नेपाली’ योजनाअन्तर्गत गरिबी निवारण, आर्थिक तथा सामाजिक समानता कायम गर्ने लक्ष्य राखिएको छ।
  • समावेशी सिद्धान्तअनुसार महिला, दलित, अपांगता भएका व्यक्ति, मधेसी, आदिवासी जनजातिका लागि विशेष सुविधा र आरक्षणको व्यवस्था गरिएको छ।
  • कमैया, छाउपडी, हलिया, छुवाछूत, जातीय विभेदलगायतका कुरीतिहरू उन्मूलन गर्न तथा पीडित वर्गको पुनर्स्थापना गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

(घ) नेपालको सामाजिक पातरणको अवस्थाबारे साथीलाई पठाउने पत्र तयार पार्नुहोस्।
उत्तर:
मिति: २०७८/१०/०१
प्रिय साथी जमुना,
यहाँलाई नमस्कार।
तिमीलाई यो पत्र लेख्दा म राम्रो छु भन्ने आशा गर्दछु। आज म तिमीलाई नेपालको सामाजिक पातरणको अवस्थाबारे थोरै जानकारी दिन चाहन्छु।

नेपालमा विभिन्न वर्गका मानिसहरू बसोबास गर्छन्। विशेष गरी गरिब तथा निम्न वर्गका मानिसहरू आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका छन्। समाजमा तिनीहरूको उचित स्थान बनाउन सामाजिक पातरण आवश्यक हुन्छ। नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधता भएको देश भएकाले सामाजिक पातरण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई एकसाथ सम्बोधन गर्नुपर्छ।

नेपालमा सरकार तथा गैरसरकारी संस्थाहरूले पिछडिएको वर्गको पहिचान गरी तिनीहरूलाई सकारात्मक विभेदका माध्यमबाट अगाडि बढाउने प्रयास गरिरहेका छन्। रोजगार सिर्जना, शिक्षा, व्यावसायिक सीप प्रदान गर्ने तथा आर्थिक अवसरहरू उपलब्ध गराउने उपायहरू अपनाएर तिनीहरूको सामाजिक उन्नति गर्न सकिन्छ।

त्यसैले, नेपालमा सामाजिक पातरणका लागि विभिन्न प्रयासहरू भइरहेका छन्, तर अझै धेरै सुधार गर्न आवश्यक छ। यसबारे बाँकी कुरा भेट्दा गरौंला।

तिम्रो प्रिय साथी,
जीवनराज

(ङ) सामाजिक आधार वर्ग विभाजनको मुख्य आधार हो कि होइन?
उत्तर:
"सामाजिक आधार वर्ग विभाजनको मुख्य आधार हो" भन्ने कुरा बहसयोग्य छ। जाति, धर्म, संस्कृति, पद तथा सामाजिक स्तर फरक भएका व्यक्तिहरू विभिन्न वर्गमा विभाजित हुन्छन्। उच्च वर्ग भनिनेहरू कमजोर वर्गलाई हेप्ने, शोषण गर्ने तथा विभेद गर्ने कार्य गर्छन्। यसले समाजमा असमानता निम्त्याउँछ।

वर्ग स्थायी हुँदैन, तर आर्थिक स्तरका कारण मानिसहरू विभिन्न सामाजिक वर्गमा विभाजन हुन्छन्। जबसम्म समाजले सहर्ष रूपमा स्वीकार गर्दैन, तबसम्म सामाजिक वर्गमा परिवर्तन आउन कठिन हुन्छ।

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Varg Ra Samajik Roopantaran content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Varg Ra Samajik Roopantaran.

Ready to Master Varg Ra Samajik Roopantaran?

Continue your learning journey in Social Studies and explore more comprehensive educational content.