Ek chihan
Ek chihan
Learn Ek chihan in Nepali with comprehensive educational content from Padandas.
Ek chihan
पाठ ५ एक चिहान : Ek chihan Class 12 Nepali Notes
शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
रुजु – कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम
कविराज – आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि
पेस्की – काम पूरा हुनु पहिले दिइने रकम
तल्सिङ – मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी
समवेदना – उस्तै दु:खको अनुभव
निर्दयी – दया नभएको
अकर्मण्य – केही पनि काम नगर्ने, निस्क्रिय
मुराद – भित्री आशय
सान्त्वना – आश्वासन, ढाडस
हथुङ्गा – हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग
दागबत्ती – शवका मुखमा राख्ने बत्ती
कृतज्ञता – अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव
२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
गुभाजु – बिरामीहरूलाई झारफुक गर्ने नेवार समुदायको तान्त्रिक व्यक्ति
उघाड – सीमा नाघेर भन्नु
फोने – विना मागमा आफैँ दिन खोज्नु
माचाछी – जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र
नङ्के – कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु
बिचा: – क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट दिइने सिधा
डल्लेठो – डल्ला फोर्ने काठको हतियार
खर्पन – काठमाडौँमा प्रचलित मालसमान बोक्ने साधन
क्वेना – बाँध, किनार, कुना, नदीको भुमरी पर्ने किनारको खोच
३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
दीक्षा – मन्त्रोपदेश
सितिमिति – हत्तपत्त
उपचार – इलाज
पेटपालो – गुजारा
मृत्यु – निधन
बोली – वाणी
मौन – चुप
तत्क्षण – तत्काल
फजिती – मुस्किल
सावगास – शक्ति
४. दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर
उनले मेरा सबै प्रश्नहरुको उत्तर दिइन् ।
उत्तर बाट हावा चलिरहेको छ ।
खरी
म खरीको बोटका चढे ।
कालो पाटीमा खरीले राम्ररी लेख ।
गोल
पृथ्वी गोल छ ।
कोभेन्ट्रीको गोल अफसाइडको लागि अस्वीकृत थियो ।
जग
राम्रो जग बिना कुनै राम्रो भवन बन्दैन ।
मैले जगबाट पानि खाए ।
तान
तानमा कपडा बुन्न सजिलो हुन्छ ।
तिमी बिस्तारै डोरी तान ।
तर
दुधको तरबाट मोही बनाइन्छ ।
खोला तर होसियार हुनुपर्छ ।
पत्र
मसँग रोबर्टको पत्र थियो ।
पत्रपत्रिका पढ्ने बानी राम्रो हो ।
वर
नारायणी वर मेरो घर छ ।
चौतारीमा वरको रुख छ ।
बाली
यसपाली बाली सप्रियो ।
हर्केको गाई बाली गएछ ।
रहर
मेरो काठमाडौँ सहर घुम्ने रहर छ ।
रहरको दाल धेरै महङ्गो भएछ ।
साँचो
साँचो बोल्ने बानि सबैले बसाल्नु पर्छ ?
साँचोले ताल्चा खोलिन्छ ।
सुर
ऊ आफ्नै सुरमा काम गर्छ ।
मलाई सङ्गीतको सुर निकै मन पर्छ ।
हार
अज्ञानी मान्छेलाई हराउन असम्भव छ ।
मैले मेरो प्रेमिकालाई हार उपहार दिए ।
जाली
राम निकै जाली भएछ ।
जाली नोटको कारोबार दण्डनीय छ ।
५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
दिन – दीन
दिशा – दिसा
शव – सब
बाँस – बास
व्यसन – बेसन
प्रदान – प्रधान
कोस – कोश
जाति – जाती
फेरि – फेरी
खालि – खाली
पाश – पास
गर्भ – गर्व
विष – बिस
आदि – आदी
पाइन् – पाइन
ताप – टाप
देखि – देखी
सिता – सीता
६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
कमिला – ताँती
गाईवस्तु – बथान
मौरी – गोलो
बारुला – गोलो
बाँस – घारी
दाउरा – खलियो
डोरी – माला
मानिस – जमात
मकै – थाङ्ग्रो
भेडा – बथान
पराल – कुनिउँ, माँच, टौवा
पर्वत – शृङ्खला, श्रेणी
सिपाही – फौज, पल्टन
धुवाँ – मुस्लो
७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
छेपारो – रङ बदल्ने
कुवेर – धनी
रामराज्य – सम्पन्न र सुखी राज्य
दुर्वासा – रिसाहा
दधिची – त्यागी
सुदामा – गरिब, निर्धन
भीष्म – भयानक
बाँदर – आफ्नो घर बिगार्ने अरुको पनि बनाउन नदिने
साँढे – मिचाहा
जुको – परजीवी
सावित्री – सती वा पतिव्रता
गङ्गा – पवित्रता
स्याल – बाठो
ब्वाँसो – धूर्त
आकाश – रित्तो वा विशाल
एकलव्य – लगनशील वा एक्लो योद्धा
मौरी – परिश्रमी
लक्ष्मण रेखा – सीमा वा मर्यादा
महाभारत – लडाइँ, झगडा
कर्ण – दानी, उदारता
भेडो – मुर्ख
कुम्भकर्ण – सुताहा
भगीरथ – प्रयत्न कठिन प्रयास
विदुर – ज्ञानी वा विवेकी
युधिष्ठिर – धर्मात्मा वा अजेय
शकुनि – कपटी वा षडयन्त्रकारी
नारद – कुरौटे
८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
शाकाहारी – सात्विक भोजन मात्र गर्ने वा माछामासु नखाने
मांसाहारी – माछामासु खाने
पुङमाङ – दुवैपट्टि खुला भएको ढुङ्ग्रो
गृहस्थी – घरबार गरेर बस्ने व्यक्ति
अल्लारे – आलोकाँचो अवस्थाको
पेवा – निजी
दशक – दश वर्षको अवधि
शताब्दी – सय वर्षको समय
सहस्राब्दी – एक हजार वर्ष
शाश्वत – सधैं रहिरहने, चिरस्थायी
वात्सल्य – आमाबाबुको सन्तानप्रतिको स्नेह
न्वाँगी – नयाँ धानबाली पाकेपछि देवता वा पितृलाई चढाई खाइने दही चामल
नाबालक – बालिग हुने उमेर नपुगेको बालक
लैनो – भर्खर बियाएको
बकेर्नो – दुध थाक्ने बेला भएको दुहुनो
सत्पात्र – असल व्यक्ति वा पात्र
आद्योपान्त – सुरुदेखि अन्त्यसम्म
क्षितिज – पृथ्वी र आकाश जोडिएजस्तो देखिने
उपवास – केही नखाई व्रत बस्ने काम
सर्वभक्षी – भोज्य र अभोज्य विचार नगरी सबै कुरा खाने
ढडिया – माछा समात्ने सोलीजस्तो पासो
अभेद्य – प्वाल पार्न नसकिने
कटुभाषी – नमिठो बोल्ने
अल्पभाषी – थोरै भाषा जान्ने
मृदुभाषी – मिठो भाषा बोल्ने
बहुभाषी – धेरै भाषा बोल्ने
बहुरूपी – धेरै रूप धारण गर्ने
अघोरी – जे पायो त्यही खाने
कायममुकायम – कार्यबाहक
कार्यवाहक – कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी
पर्म – आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन
अवर्णनीय – वर्णन गर्न नसकिने
अव्यक्त – प्रकट नभएको
थाती – धरौटी जमानत
कलस्यौली – विवाहमा कलश बोकेर जन्तीमा हिँड्ने कन्या अलौकिक – यस लोकमा नहुने वा नपाइने
९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :
उल्का – पुञ्ज, धूमकेतु
ज्ञेय – जान्न लायक
ग्रह – सूर्य र यसको वरिपरि घुम्ने आकाशीय पिण्ड
नक्षत्र – तारा, सितारा मोती
तारापुञ्ज – आकाशमा देखिने ताराहरूको समुदाय, तारामण्डल
धुमकेतु – पुच्छ्रेतारोउल्काका राती आकाशबाट खस्न लागेको वा एक गइरहेको देखिने
ब्रह्माण्ड – पृथ्वी, अन्तरिक्ष, ग्रह
राशि – क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन लगायत बाह्र ताराहरुको समूह
सौर्यमण्डल – सूर्य र यसको वरिपरि घुम्ने ग्रहहरूको समूह
बोध र अभिव्यक्ति
१. ‘एक चिहान’ उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?
अष्टनारानले आफ्ना छोराहरू र छोरीलाई जन्माएँ तर गाँसबासको केही व्यवस्था मिलाउन सकिन, सधैँभरि पूजा गरे पनि भगवानले पनि केही सुनेनन् भन्दै श्रीमतीलाई सम्झाउँछन् । आमा र बहिनीलाई जस्तोसुकै दुःख सहेर पनि हेला नगर्नु भनी अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई सम्झाए ।
(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन् ?
अष्टनारानले अलिअलि गरदै पच्चिस रुपियाँ जम्मा गरेर छिँडीमा ढिकीनेर खाल्टोमा गाडेर राखी आफ्नो काजकिरियाका लागि रुपियाँको बन्दोबस्त मिलाएका छन् ।
२. दिइएका बुँदालाई समेटेर ‘एक चिहान’ उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :
दुई महिना देखि सिकिस्त बिरामी अष्टनारानको उपचार सुरु हुन्छ । उनलाई आफ्नै टोलको गुभाजुबाट एक महिना, असनका तुयु गुभाजुबाट एक्काइस दिन, माहिला कविराजबाट एक हप्ता उपचार गराउँछन् । येति गर्दा पनि कसैको सिप लाग्दैन र व्यथा झन् बढ्दै जान्छ । गाउँमा एउटा डाक्टर त थिए तर उसँग उपचार गराउन उनीहरूसँग पैसा भने थिएन । उनीहरुले क्रियाको खर्चका लागि भनेर राखेको पचिच्स रुपियाँले बाबुको उपचार गर्ने निर्णय गर्छन् र डाक्टर गोदत्तप्रसादकहाँ जान्छन् । गोदत्तप्रसादले शिवनारानको आग्रहलाई महत्त्व दिँदैन । अष्टनारानलाई बिमारले साह्रो पारेपछि पुननारान पनि डाक्टरकहाँ पुग्छन् । शिवनारान र पुननारानले अनुरोध गर्दा पनि गोदत्तप्रसाद आउन तयार हुँदैनन् । घरपुग्नासाथ पाँच रुपियाँ फी दिने कबोल गरेपछि मात्र गोदत्तप्रसाद अष्टनारानकहाँ जान तयार हुन्छन् ।
३. तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : प्रश्नहरू
(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?
प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ भन्नुनै प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ।
(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?
प्रेम हुन गाह्रो छैन र यो तुरुन्तै पनि हुन सक्छ । प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ । प्रेमका विषयमा उपन्यासकारको भनाई अल्लारे र भावुक प्रेम गर्नु हुँदैन, आत्मीय प्रेम गर्नुपर्छ र अल्लारे र भावुक प्रेमले दुःख दिन्छ भन्नु छ ।
४. अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।
अष्टनारानले मर्ने बेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनका अनुसार किसान संसारका अन्नदाता हुन् । उनीहरुको रगत र पसिनाको एक एक थोपाबाट एक एक गेडा अन्न फल्ने गर्छ । उनीहरुकै परिश्रममा संसार थामिएको छ । किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । असार बिग्रियो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ । किसानले परिश्रम गर्न छोड्यो भने किसानको अस्तित्व र धर्ममा नकारात्मक असर पर्छ बताएका छन् । अतः किसानले कहिल्यै अल्छी गर्नु हुँदैन र जहिले पनि कृषि कर्ममा तल्लीन रहनु पर्दछ भन्ने सिद्धान्त अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई बताएका छन् ।
५. मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।
हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ ।
नेपाली समाजमा अनेक प्रकारका कुसंस्कारहरु परम्परामा धेरै अघिदेखि चल्दै आएका छन् । मानिस मर्दा पर्दा गरिने काज क्रिया भोज भतेर खुवाउने, दान दिने, टिका दक्षिणा, नाता मित्र भेला भएर विचाः प्रथा देखिन्छ । अष्टनारान यस उपन्यासका प्रगतिशील विचार राख्ने पात्र हुन् । उनी आफ्ना विचारलाई व्यवहारमा समेत उतार्ने पात्र हुन् । हाम्रो समाज संस्कृतिमा सम्पन्न छ । यहाँ केही अन्धविश्वास पनि कायम रहेको छ । अष्टनारानले समाजमा रहेका कुप्रथा विरुद्ध क्रान्तिकारी कदम चालेर बन्दै गरिदिएका थिए र उनको छोराले पनि बाबुको क्रान्तिकारी कदम अनुसरण गरे । यस्ता करै लाग्ने परम्पराका नाममा गरिबहरू झन गरिब भएका छन् । यस्ता अनावश्यक परम्परालाई हामी सबैले अष्टनारानले जस्तै जरैदेखि उखेलेर फाल्नु पर्छ । राम्रा कुरा र सबैलाई उपयोगी हुने चलनलाई मात्र हामीले अनुसरण गर्नु पर्दछ भन्ने मेरो तर्क रहेको छ ।
६. ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझे लमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरु ले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ ।
यसै गरि ‘एक चिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनिय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था यस निबन्धमा देखाइएको छ । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघे पछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पति दान दिनैपर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुदां यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिं भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्र साद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरेको छ । यस प्रकार एकचिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ ।
७. ‘एक चिहान’ उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :
(क) शिवनारान
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् । येस उपन्यासमा उनको मुख्य पात्र तथा नायक, निम्नवर्गीय पुरुष पात्र, मिहिनेती किसान, प्रगतिशील विचार राख्ने, बाबुको सम्मान गर्ने र बाबुको विचारबाट प्रेरित पात्र, असल पति, असल दाजु, असल अभिभावक, कर्तव्यप्रति सचेत र सकारात्मक भूमिका रहेको छ ।
(ख) रञ्जनादेवी
रञ्जनादेवी सहायक स्त्री पात्र हुन् । उनि प्रोफ्रेसर कि छोरी र डाक्टरकी श्रीमती, शिक्षित् एवम् सचेत नारि पात्र, स्वार्थी प्रेमको विरोध, सकारात्मक चरित्र र नारि पुरुषबिच समन्वय हुनुपर्छ भन्ने आदर्श चिन्तन भएकी नारि पत्र हुन् ।
(ग) नानीथकुँ
नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छ । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धप्प बलेकी सुन्दरी छ । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छ ।
८. डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान’ उपन्यासका आधारमा लेख्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा यस उपन्यासका नकारात्मक चरित्रका रुपमा रहेका छन् । दुबै पत्रहरु बिच धेरै समानता रहेको छ ।
सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादका चरित्रमा पाइने सबैभन्दा महत्त्वपूर्ण समानता भनेको दुवै खलपात्र अर्थात् नकारात्मक चरित्र भएका पात्रहरू हुन् । उच्च वर्गीय प्रतिष्ठीत व्यक्ति भएतापनि उनीहरु दुवै दुषित सोचबाट ग्रसित भएका छन् । दुवै पात्रको विवाह भइसकेको र बालबच्चा भएका पात्र हुन् । दुवैको उद्देश्य नानीथकुँको जवानी प्राप्त गर्नु रहेको देखिन्छ । उनीहरू दुवै नानीथकुँमा नै केन्द्रित भएर लागेका छन् । उनीहरूको मुख्य समानता भनेको उनीहरु दुबै निदर्यी, स्वार्थी, मानवता रहित, धुर्त थिए ।
९. ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।
विवाह दुई आत्माको सम्बन्ध स्थापना गर्ने आधार हो । यस उपन्यासमा हर्ष नारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको सम्बन्ध जोडिएको छ । विवाहमा दाइजो दिने, भोज भतेर गर्ने र धेरै धन सम्पति खर्च गरेर आडम्बर देखाउनु कुसंस्कार र अनावश्यक आडम्बर मात्र हो । यस्ता कार्यले गरिबहरूको टाउकामा ऋणमाथि ऋण थपिन्छ । दाइजोको निहुँमा कैयौं चेलीबेटीको घरबार बिग्रन सक्छ । यस मामलामा अष्टनारान सचेत देखिन्छन् भने उनका सन्तानले पनि यस कार्यलाई प्रोत्साहन गरेर दाइजो र भतेर बिनाको विवाह गरेका छन् ।
हर्ष नाराज र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको विवाह दाइजो र भतेर बिनाको थियो । यो कार्यले हाम्रो समाजमा चलेको दाइजो प्रथा र भतेरमा फजुल खर्च गर्ने प्रवृतिको ठाडो विरोधमात्र नगरी प्रयोग नै गरेर क्रान्तिकारी कदम चलेको छ । यी दुईको विवाहले आम नेपालीलाई यसरी गरिने खर्च फजुल खर्च हो र यसलाई हटाउनु पर्छ भन्ने सन्देश दिइएको छ । विवाहका लागि दुलाहा र दुलही नै महत्वपूर्ण कुरा हुन्, अरु होइनन् भन्ने कुरा यसले पुष्टि गरेको छ ।
यस क्रान्तिकारी कदम प्रति मेरो सतप्रतिशत समर्थन छ । वास्तवमा हाम्रो जस्तो गरिब देशका जनताने विवाहमा आफ्नो औकातभन्दा बढी खर्च गरेर ऋणको भारी टाउकामा बोकी जीवनभरि दुःख पाएका छन् । विवाहलाई फजुल खर्चबाट रोकेमा घरेलु हिंसा र सामाजिक विकृति पनि कम हुन्छ । विवाहमा बढी खर्च गरेर समाजमा कसैको इज्जत बढ्न सक्दैन । त्यस्तै गरी नेवार, पर्वत र मधेसी समुदाय बिचको आपसी सम्बन्धले नेपालको जातीय र क्षेत्रीय विभेद अन्त्य भई यसैबिच सम्बन्ध कायम राख्न सकिन्छ भन्ने कुरालाई यी दुईको विवाहले प्रस्ट पार्छ । अतः ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले अखण्ड नेपाल र समृद्ध नेपालका लागि हिमाल, पहाड, उपत्यका र तराई एक हुनुपर्ने कुरालाई जोड दिएको छ ।
१०. ‘एक चिहान’ उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ ।
२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ । जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ । अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ । सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ ।
‘एक चिहान’ उपन्यासको अन्त्य मलाई ठिकै लाग्यो । निम्नवर्गीय परिवारको कथालाई उपन्यासकारले मार्मिक ढङ्गले अन्त्य गरेका छन् । उपन्यासको शीर्षकलाई मात्र सार्थक तुल्याउन नभई उपन्यासको अन्त्यलाई पनि केन्द्रित गरिएको देखिन्छ । यदि म यस उपन्यासको लेखक भएको भए यसै गरी नै अन्त्य गर्थिए । यसका साथै शिवनारानका परिवारका बाहेक अन्य एउटा आफन्तको उपस्थिति गराएर गरिबीको अन्त्य गर्ने उद्घोषका साथ उपन्यासको अन्त्य गर्ने थिएँ ।
११. दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :
(क) शिवनारानको खेतमा रोपाइँ हुनु,
(ख) पुननारान र हर्षनारान पनि रोपाइँमा जुट्नु,
(ग) शिवनारानका सबै सदस्यहरू मग्नमस्त भएर रोपाइँमा लाग्नु,
(घ) नानीथकुँउपर हिजोको आपत्तिले मनमा अन्तर्द्वन्द्व चलिरहेको भए पनि अरूसरह खुसी हुनु रोपाइँमा लाग्नु,
(ङ) रोपाइँको दिनमा अष्टनारानलाई सबैभन्दा आनन्द आउने हुँदा पिताको आत्मालाई आघात नपुऱ्याउन नानीथकुँ आफ्नो मनका पीडा भुलेर पनि हर्ष मनाउनु ।
१२. दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
दिइएको उपन्यास अंशमा आएका पात्रहरू शिवनारान र रामबहादुर हुन् ।
शिवनारानको चरित्रचित्रण
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् ।
रामबहादुरको चरित्रचित्रण
यस उपन्यासमा रामबहादुर खलपात्रका रूपमा अर्थात् नकारात्मक चरित्रका रूपमा देखिएको छ । उनि सुब्बा सुरमानका कारिन्दा हुन् । सुब्बा सुरमानकै योजना बमोजिम उनी शिवनारानको घरमा नानीयकुँको हात मग्न आएका छन् । कसलाई कसरी कुरा गरेर मक्ख पार्नु पर्छ भन्ने कुरा रामबहादुरलाई राम्ररी थाहा छ । त्यसैले ऊ शिवनारानसँग सिधा कुरा नगरेर घुमाएर कुरा गर्छ । ऊ असमान विवाहका लागि लागिपरेको खलपात्र हो । गरिबलाई फकाउने कला उसले निकै कलात्मक तरिकाले प्रयोग गर्छ । शिवनारानको चलाखीले उसको योजना विफल हुन्छ । योजना विफल भएपछि ऊ शिवनारानलाई थर्काएर र धम्क्याएर जान्छ ।
१३. परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :
उक्त दिइएको उपन्यास अंशमा चित्रण गरिएको परिवेश :
(क) जेठ महिनाको समयगत परिवेश
(ख) पानी परिरहेको बर्सात अगावैको समय
(ग) रोपाइँ, किसानको प्रसङ्गबाट ग्रामीण परिवेश
(घ) पुराना र थोत्रा घरहरू भएकाले धेरै वर्षाबाट त्रसित हुनुपर्ने निम्नवर्गीय आर्थिक अवस्थाको चित्रण
१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?
“उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य त्यस बस्तीमा कम मानिस बसोबास गर्थे भन्नु हो ।
(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?
सम्साँझमै स्याल कराउनका लागि तितेपातीका घारी र खरीका रुखले सहयोग गरेको थियो ।
(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?
मानिसका घारी, आधुनिक भवनहरू, बिजुलीका पोल र तारका कारणले कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ।
(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?
अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी, चोरफटाहा सबै किसिमका मानिसहरु बस्छन् ।
व्याकरण
२. ‘खेल्, हिँड्, खा, बस्, घुम्, नाच्’ जस्ता धातुबाट बनेका भूतकालिक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।
वि. सं. २०७७ साल माघ १३ गते हामी नेपाल मा.वि. चितवनको कक्षा १२ मा अध्ययनरत १२८ जना विद्यार्थी साथीहरू शैक्षिक भ्रमणको लागि बिहानै पोखरा हिँड्यौँ । बाटोमा कोही साथीहरू अन्ताक्षरी खेल्दै थिए अनि कोही साथीहरू नाच्दै थिए । हामी करिब एघार बजेतिर लेखनाथ पुगी खाना खाएका थियौँ । खाना खाएपछि हामी फेवाताल, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल, माटेपानी गुम्बा आदि रमणीय ठाउँहरू घुम्यौँ । त्यो दिनको बास हामी पोखरामा नै बस्यौँ । बेलुकाको खाना पनि त्यहिको होटेलमा खायौँ । हामी बेलुका गीत गाउँदै नाचेका थियौँ । भोलिपल्ट भने बिहानै सात बजे हामी चिया र नास्ता खाएर चितवन फर्कीयौँ ।
३. भूत कालका अभ्यस्त पक्षका क्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।
म बाल्यकालमा साथीहरूसँग खुब खेल्थेँ । म प्रायः घुम्न जान्थेँ । म जङ्गलमा कटुस टिप्थेँ, दमौरा टिप्यै, लिची टिप्थेँ, आँप टिप्यँ, काफल टिप्थेँ, तिजु टिप्थेँ अनि साथीहरूसँगै रमाउँदै खान्थेँ । मलाई पौड़ी खेल्न असाध्यै मन पर्थ्यो । म हर्पन खोलामा खुब पौडी खेल्थेँ । मलाई पुलबाट तल खोलामा हाम फाल्न खुब मज्जा आउँथ्यो । कोही साथीहरू डुबेको खण्डमा मैले नै निकाल्थेँ । म कालिका मा. वि. मा पढ्थेँ । म कहिलेकाहीँ कश्यप तालमा पनि पौडी खेल्न जान्थेँ । म कश्यप ताल पूरै एक फन्का हान्थेँ । म तिब्र गतिमा पौडी खेल्न सक्थेँ । मलाई पौडी खेलमा कसैले जित्न सक्दैनथ्यो । म अनुशासित, मिहिनेती विद्यार्थी भनेर चिनिन्थेँ । म परीक्षामा प्रायः प्रथम नै हुन्थेँ ।
४. भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।
म भविष्यमा असल शिक्षक बनेको हुने छु । म उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्व | विद्यालयमा भर्ना भएको हुने छु । म धेरै मिहिनेत गरी पढ्दै हुने छु । राम्रो प्रतिशत ल्याएर | स्नातकोत्तर तह उत्तीर्ण गरेको हुने छु । शिक्षक सेवा आयोगको तयारी गर्दै हुने छु । आयोगको परीक्षा दिँदै हुने छु । मैले परीक्षामा राम्रोसँग लेखेको हुने छु । आयोगको परीक्षामा नाम निकालेको हुने छु । दुर्गम गाउँमा शिक्षाको ज्योति छर्दै हुने छु । म असल एवं कर्तव्यनिष्ठ शिक्षक बनेको हुने छु ।
५. दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
शिवनारान आज साबिक झैँ समयमै खेतमा जाँदै छन् । आजैदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गर्दै छन् । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्दै छ । नानीथकुँ र पुननारानकी स्वास्नी अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कदै छन् ।
६. दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
डाक्टर गोदत्तप्रसादले आफू विवाहित र छोराछोरीको बाबु हुँ भन्ने पनि बिर्सिएछन् । उनी नानीथकुँका घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्न थालेछन् । त्यो कुरा थाहा पाएर शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि सम्झाइछन्। अन्त्यमा नानीथकुँले पनि कुरा बुझिछन् । नानीथकुँ र गोदत्तप्रसादका बिचमा सम्बन्ध टुटेछ । एक दिन नानीथकुँको रामखेलावन राउतसँग भेट भएछ । रामखेलावन र नानीथकुँका बिचमा प्रेम भएछ । त्यो कुरा शिवनारानले विचार गरिराखेछन् उनले नानीथकुँको बिहे रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको मान्छेसँग बिहे गर्न पाएर दुवै जना खुसी भएछन् ।
7
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Ek chihan content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Ek chihan.
Ready to Master Ek chihan?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.