Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Jeevan marg


Subject

Jeevan marg

Learn Jeevan marg in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
10,385

Jeevan marg

Jeevan marg

शब्दभण्डार

१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस्‌:

शब्द अर्थ
मौलिक कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य धेरै हुनाको भाव वा अवस्था
जतन सुरक्षित
चिनो चिह्व, निसान
निर्यात स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व आफ्नो अधिकार बाहिरको कुरामा गरिने दखल
मूर्त स्पष्ट आकार भएको
किनिमा भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप नियन्त्रण, अधिकार
फत्ते सम्पन्न, पूरा

२. तल पाठमा भएका खानेकुराका नामको सूची दिइएको छ । शिक्षकको सहयोगबाट ती खानेकुराका बारेमा थाहा पाउनुहोस्‌ :
कटुसका दिउल, सतीबयर, सिन्की, सुचिया, मार्सी चामल, गहत, बुङको आलु, पिँडालु, जिम्बु
उत्तर:

  1. कटुसका दिउल: खसु, फलौट आदिका जस्ता पात हुने रुखको 'फलभिन्रको फग्ल्याँटो, उञ्चने भाग, बिजन, बियाँ
  2. सर्तीबयर: भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने बोट वा फल
  3. सिन्की: खाडल वा गोल्फु, धैटो आदिमा खाँदेर अमिल्याइएको मुला
  4. सुचिया: नुन राखेर पकाइएको चिया, नुनचिया
  5. मार्सी चामल: एक असल जातको धानको चामल [समुन्द्री सतहबाट तीन हजार मिटरभन्दा माथि हिमाली क्षेत्रमा फल्ने]
  6. गहत: एकै भेट्नामा फुख्रा तीन पात हुने, परेला फूल फुल्नेर लाम्चा कोसा लाग्ने दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न
  7. बुङको आलु: बाँझो जमिनमा उग्रिएको झारपातसहितको 'माटोको चपरीलाई पाखैभरि ड्याङ बनाएर सुकाई आगोले पोलेपछि त्यही माटो र खरानीमा आलु रोपी फलेको आलु, माटो 'रखरानीमा मात्रै फल्ने आलु प्रति केजी २००सम्म पर्ने
  8. पिँडालु: उततानु परेका ठुला नरम घात हुने, जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक बनस्पति, कर्कला वा त्यस जराको गानु उसिनेर वा तरकारी पकाएर खाइनै वनस्पतिविशेष
  9. जिम्बु: लामालामा, मसिना पात र गन्धे झार थुंगा परेका प्याजी रङका फूल हुने, गुन्द्ुक जस्तै देखिने, चिउतेलमा फुराएर तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति, कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने बुटी, जिम्मु

३. शिक्षक र साथीसँग सोधखोज गरेर दिइएका सामानका बारेमा थाहा पाउनुहोस्‌ :
उत्तर:

  1. काइँयो: केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, वास, ' श्रीखंड, घातु आदिद्वारा बनाइएको दाँतीदार
  2. थाक्रो: बस्तु, कपाल कोर्न प्रयोग गरिने साधन, काँड्यो
  3. फिपी: वर्षायाममा फल्ने काँको, घिरौला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त भयौगिन दिन आडस्वर्प भुइँमा गाडिने काठ, रूखको हाँगो आदि थाङ्गरो बेत, बाँस आदिका चोयाले बुनेको, एक प्रकारको बिर्कोवाल भाँडो, चोयाको डिव्या
  4. नाङ्लो: बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठुलो थालजस्तो, अनाजहरू निफले साधन, सुघो
  5. डालो: बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने; फराक मुख भएको केही गहिरो भाँडो
  6. चाल्नो: पिठो, सुर्तीको धुलो आदि छान्न मसिना प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन
  7. गलैँचा: तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन् रङका बुट्टा पारेर बुनिने, वाक्लो, नरम बिछ्यौ
  8. राडी: घरेलु उद्योगका रूपमा प्रायः नेपाली उनबाट बुनिने, काम्लोजस्तौ खग्रो बिछ्घाइने वस्त्र
  9. लुकुनी: मिहीन राडीबाट सिएर तयार गरिएको जिउमा लगाउने एक प्रकारको न्यानो कपडा
  10. थाङ्का: कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्रविशेष, पौया
  11. खाँडीको कपडा: घरेलु तानमा बुनिएको मोटो खम्रो कपडा, एक प्रकारको खादी या खह्र
  12. भाङ्नाको झोला: पाटाबाट बुनेको बोराजस्तो झोला, भाङ्ग्ाबाट बनेको झोला
  13. बाँसका कुर्सी: लाम्चा तिखा पात, सेता फूल र जौजस्ता फल हुने बिचबिचमा आँखला भएको र भित्र खोको रहने चनस्पतिविशेषबाट बनाइएका पछिल्तिर आडा भएको चारखुटटे अग्लो आसन
  14. सोफा: कपास, फोम, स्त्रिङ अदि जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च
  15. डालो: बाँस, निगाला आदिको चोयाले बुनेको अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो
  16. थुने: प्रायः पहाडखण्डमा चिजबिजहरू पिठमा बोक्न प्रयोग गरिने, बास वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा प्वाल नभएको, डोको जस्तै एक साधन
  17. अघ्रिसाको कुचो: धुलो, कसिङ्गर आदि बढाने बाँसका जस्ता तर ङुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना जवानुजस्ता गेडा लाग्ने खर जातको वनस्पति अग्रिसोको मुठो
  18. नेपाली कागज: नरिचो, सिस्तु, अल्लो आदि बोटबिरुवाका पातबाट नेपालमै तयार हुने कागत, पहाडी कागत
  19. ठेकी: दही, मही, चिउ, तेल आदि राखिने काठको भाँडो, सानो ठेको
  20. मदानी: प्रायः बाँसको सरोमा चारैतिर छेडिएको च्याप्टा चारपाटै घोरा राखी नेतीले तान्दा ठेकीको दही मध्नै साधन, मही पार्ने उपकरण, मदानी, मन्धनी
  21. सुरो: पराक्रमी, वीर, साहसी, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन

४. दिइएका शब्दको अर्थ लेख्नुहोस्‌:
उत्तर:

  1. परिकल्पनाकार: पछि सिद्ध हुन सकने कुराको पहिले नै मनमा जड्कल वा धारणा गर्न सकने व्यक्ति
  2. आना: चार पेसाको समुदाय, रूपियाँको पच्चिसो भाग, सोह भागको एक भाग
  3. धुर: एक कड्डाको विसौं भाग जमिनको परिमाण
  4. आत्मनिर्भर: आफ्नै खुङगामा टेक्ने, बाँच्नका लागि अरूको भर पर्नु नपर्ने, स्वावलम्बी
  5. आयात: विदेशबाट झिकाइएका मालसामान आउने काम, पैठारी, विदेशबाट खरिद गरिएको झिकाइएको
  6. एकाधिकार: कुनै उद्योगब्यापार, खरिदबिक्वी, कामकुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने स्थिति कुनै काम, वस्तु वा ब्यापारमा एउटै व्यक्तिको मान्न पूर्ण अधिकार, एकलोदी अधिकार, एकाथिपत्य
  7. कृत्रिम: प्राकृतिक वा स्वाभाविक नभएको, बनावटी, किर्ते
  8. अर्गानिक: जीवसँग सम्बन्धित प्रक्रियाहरू वा जीवित जीवहरू समावेश गर्ने प्रक्रियाडारा उत्पादित, जैविक
  9. जोखिम: शारीरिक, मानसिक हानिनोकसानी हुन सक्ने डरलाग्दो काम, हानिनक्सानी हुने सम्भावना, खतरा
  10. विकल्प: पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुटा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार, दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम, अथवा

६. दिइएका कुनै पाँचओटा उख्खानलाई वावयमा प्रयोग गरी कक्षामा खुनाउनुहोस्‌:

हाननीका मुखमा जिरा, काम गर्ने कालु मकै खानै भालु , खाने मुखलाई जुँचाले छेबदैन, गर्ने भन्ने हनुमान्‌ पगरी गुथ्ने डेँढुु, घाँटी हेरी हाङ निल्नु, वोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन, मेरो गौरुको बाह्रै टक्का, म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो, रातभरि करायो दक्षिणा हरायो, हुने विरूवाको चिल्लो पात, हात्ती आयो हात्ती आयो फुस्सा, एकले घुकी सुकी सयले धुकी जदी, नमच्चिने पिङको सय झाट्‌का

उत्तर:

  1. हान्नीका मुखमा जिरा (आवश्यकता भन्दा धेरै कम वस्तु पाउनु): दिनभर खेतमा काम गरी भोकाउँदै आएको बेलामा आमाले एउटा शेटी मात्रै दिंदा मलाई त हानतीका सुखमा जिया जस्तै भयो।
  2. काम गर्ने कालु मकै खाने भालु (काम एउटाले गर्नु तर फल अर्केले पाउनु): काम गर्ने कालु मकै खाने भालु भनेझैँ परिश्रमी कृषहरूले पसिना बगाई उब्जाएको फलफुल तरकारीबाट बिचौलियाहरूले फाइदा उठाएका छन्‌।
  3. खाने मुखलाई खुँघाले छेवदैन (पौरखी मान्छेलाई कुनै कुराले रोक्दैन): खाने मुखलाई जुँघाले छेवदैन भनेझैँ साथीहरू धारामा घानी नआएकाले नुहाङधुवाइ नगरी नसे तापनि रामले भने खोलामै गएर नुहाइधुचाइ गयो।
  4. गर्ने भन्ने हनुमान्‌ पगरी गुथ्ने ढेडू (काम गर्ने एउटा जस पाउने अर्को): गर्ने भन्ने हनुमान्‌ पगरी गुथ्ने ढेडू भनेझैँ गाउँलेहरूको श्रमदानबाट गाउँमा बाटो पुग्यो तर गाउँपालिकाले भने गाउँले प्रमुखलाई सम्मान गयो।
  5. घाँटी हेरी हाड निल्नु (आफ्नो क्षमता हेरी काम गर्नु): घाँटी हेरी हाड निल्न नजान्ने रामले साहुसँग चक ब्याजमा त्रण काढी छोरीको विवाहमा हैसियतभन्दा बढी खर्च गरेकाले क साहुको ऋण तिर्न नसकी मुग्लान भासिएछ।

बोघ तथा अभिव्यक्ति

१. रिपोर्ताज पाठ पढी सोधिएका प्रश्रको उत्त भन्नुहोस्‌ ।

  1. चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो?

    उत्तर: चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित यस्तुको उत्पादन गरी स्वदेश र विदेशमा बिक्री वितरण गर्ने लोकप्रिय औद्योगिक प्रतिष्ठान हो।

  2. चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिनै सामान किन लोकप्रिय भए?

    उत्तर: चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भए।

  3. छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ?

    उत्तर: छिरिङको परिवारमा छिरिङ बाबाआमा र भाइबहिनीहरू छन्‌। थोर मात्र भएको जग्गाजमिनको उब्जनीले तीन चार महिना दयनीय छिरिङको न्युन मध्यम वर्गीय पारिवारिक पृष्ठभूम कमजोर छ।

  4. किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन?

    उत्तर: जग्गा प्लटिङ व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासिने र कङ्टक्रिटको जगल बिश्तार हुने अनि नेपालीले वर्षौ दुःख गरेर कमाएको पैसालाई बर्वाद बनाउने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन।

२. दिइएको रिपोर्ाज अंश पढी सोधिएका प्रश्नको उतर लेख्नुहोस्‌ :
क नेपाली मौलिक उत्पादनको बजार कस्तो छ?
उत्तर:

प्राचीन सभ्यता र संस्कृतिका अनुयायी हामी नेपालीहरूको पहिचान ने हाम्रो मौलिक परम्परागत जीवनशैली हो । हामीले हाम्रो पहिचानलाई जीवन्तता दिनका लागि नेपाली 'मौलिक उत्पादनलाई संरक्षण, संव्धन एवं प्रवर्द्धन गर्नपर्छ । आफ्नो मौलिकपन सबैलाई प्यारो लाग्दछ । विश्वव्यापीकरणको आजको युगमा नेपालीहरू संसारभर छरिएर रहेका नेपालीहरू विश्षको जुनसुकै कुनामा पुगे पनि आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन । जहाँ रहे पनि नेपालीहरूले उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन्‌ अनि आत्मगौरव मौलाउँदो छ, फण्टाउँदो छ । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौं भने बजारको कुनै पनि समस्या हुँदैन । हाम्रा मौलिक उत्पादन संसारमा विक्ने भएकाले पनि नेपाली मौलिक उत्पादनको बजार सुन्दर एवं फैलिँदो अवस्थामा छन् ।

३. किन लेखक चोमोलुङ्का औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए, लेख्नुहोस्‌ ।
उतर:

राष्ट्रियताको भावना जगाउँदै उद्यमशीलताको चेतना अभिवृद्धि गर्ने मूल सन्देश प्रवाहित जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनामा विश्वव्यापीकरणको आजको प्रतिस्पर्धाको युगमा औद्योगिक उत्पादनको बिक्री वितरणमा कसैको पनि एकाधिकार नहुने भएकाले हामीले हाम्रा औद्योगिक वस्तुहरू जति मौलिक, अर्गानिक र प्राकृतिक उत्पादन गर्न सक्छौं त्यति नै विश्वभर फैलिने छन्, बिक्ने छन् अनि बजारीकरणको कुनै समस्या हुने छैन, औद्योगीकरणको वृद्धिसँगै राष्ट्रिय समृद्धि हुने छ भन्ने मूल भाव अभिव्यञ्जित छ ।
यस रिपोर्ताजमूलक रचनामा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकतालाई पहिचानलाई स्रोत साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै उत्पादित वस्तुलाई स्वदेश तथा विदेशमा लोकप्रिय बनाउँदै औद्योगिक सफलता हाँसिल गर्न सफल भएको तथ्यलाई प्रस्तुत गरिएको छ । लेखक आजभोलि गाउँसहर जताततै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट उत्पादित वस्तुको चर्चा चलेको देशविदेशमा रहेका नेपालीका घरमा यस औद्योगिक प्रतिष्ठानबाट उत्पादित कुनै न कुनै सामान पुगेको आफ्नो घरभित्र कोठा कोठामा चोमोलुङमा औद्योगिक प्रतिष्ठानका उत्पादनको बाहुल्य रहेको अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, स्पेनतिरका साथीसँगको भिडियो च्याटमा नेपाली उत्पादनका सामानहरूले कोठा सजाएका र तीमध्ये पनि चोमोलुङ्गाका उत्पादनको बाहुल्य देखिएको नेपाल आउने अधिकांश विदेशीले यस प्रतिष्ठानका सामान नेपालको चिनाका रुपमा लैजान थालेका नेपालबाट विदेश निर्यात हुने वस्तुमा यस औद्योगिक प्रतिष्ठानका सामानको वर्चस्व हुँदै गएको, सगरमाथाको नाममा औद्योगिक प्रतिष्ठान खोली सामान उत्पादन, बिक्री वितरणमा पनि चोमोलुङ्गाको शिखर चुम्न सफल बनेको तथ्यले अत्यन्तै प्रभावित भएका छन् । यस रिपोर्ताजका लेखकलाई 'चोमोलुङमा औद्योगिक प्रतिष्ठान को नाम पहिलो पटक सुन्दा गज्जब लागे पनि केही समयपछि त्यस प्रतिष्ठानका उत्पादन उनको घरमा सुरुमा उनकी जीवन सङ्गिनीले बाँसको काईयो, थाँक्रो, फिपी, नाङ्लो, डालो, चाल्नो, थुन्से ल्याउँछिन् अनि केही दिनपछि बुबाले ठेकी मदानी, सुरो चम्मर अनि निगालाबाट बनेका पूजा सामग्री राख्ने ढक्की र धार्मिक किताब राख्नका लागि सानो याक पनि ल्याउनुहुन्छ भने बिस्तारै गलैचा, राडी, लुकुनी, थाङ्का, घरायसी सामग्रीका साथै चौरीको घिउ, मह, गुराँसको जुस मान्द्रेको अचार, कटुसका दिउल आदि खाद्यान्न सामग्रीहरू भित्रिनुका साथै लेखकको घरमा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका सामान भएनन् भने भातभान्सै नहुने स्थिति बन्छ । यसरी चोमोलुङमा ब्रान्डका सामानसँगको घनिष्टतासँगै चारैतिर छाएको लोकप्रियताका कारण त्यस औद्योगिक प्रतिष्ठानप्रति स्वाभाविक रूपमा चासो जागेकाले लेखक चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए ।

४. दिइएको रिपोर्ताज अंश पढी सोथिएका प्रश्नको उतर भन्नुहोस्‌:
(क) देखासिकी गरी खा आरिसे मरी जा" भन्ने उखानको तात्पर्य के हो?
उत्तर:

देखासिकी गरी खा आरिसे मरी जा' भन्ने उखानको तात्पर्य सकारात्मक कर्म गर्ने वा प्रगतितर्फ लम्किएको मान्छेका यवहारको वा कर्मको नक्कल वा अनुकरण गर्ने मान्छेले जीवनमा सफलता प्राप्त गर्दछ तर जसले अरूको प्रगतिमाथि रिस गर्छ ऊ दुर्गतितर्फ लाग्दछ भन्ने हो । उक्त उखानको लक्ष्यार्थ नगर्नुभन्दा केही गर्नु राम्रो हो भन्ने हुन्छ । अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम अनुकरण, सिको नै देखासिकी हो । समयको सही सदुपयोग गरी कर्मयोगको मन्त्र जपी जीवनलाई सार्थक पार्नुपर्छ । अरूको प्रगतिमा डाहा गरी मानसिक रोगी बन्नुभन्दा अरूका राम्रा कामको अनुकरण गरी कर्मयोगी बन्नु उत्तम हुन्छ । आफूले मौलिक सिर्जनात्मक कार्य गर्न नसके तापनि अरूका सत्कर्मको अनुसरण गरी, राम्रा कामको देखासिकी गरी उद्यमी बन्नुपर्छ । अरूको प्रगतिमा डाहा गर्नेको कहिल्यै भलो हुँदैन । समय र श्रमको महत्व नबुझ्ने अकर्मण्यवादीहरू अरूको प्रगति देखिसहँदैनन् अनि ईष्या डाहा र जलनले आफैलाई जलाइरहेका हुन्छन् । अरूको प्रगति देखिनसहने आरिसेहरू मानसिक रूपमा समेत विक्षिप्त बन्न पुग्दछन् । आरिसेहरूको कहिल्यै भलो हुँदैन । कर्मबाट विचलित भई अरूको रिस गर्नेहरूको कहिल्यै सुख, शान्ति र प्रगति हुन सक्दैन त्यसैले मौलिक रचनात्मक कार्य गर्न नसके तापनि अरूका राम्रा कर्मको अनुकरण गरेरै भए पनि जीवनलाई सार्थक पार्न सकिन्छ भन्नु नै देखासिकी गरी खा आरिसे मरी जा भन्ने उखानको तात्पर्य हो ।

(ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो?
उत्तर:

आफ्नै देशको मौलिकपनलाई पहिचानलाई स्रोत साधनलाई अनि श्रम र सिपलाई प्रयोग गरेर उद्योग खोली गुणस्तरीय सामानहरू उत्पादन गरेर विश्व बजारमा बेच्न सके मात्र हामी आत्मनिर्भर हुन सक्छौँ अनि मुलुकले विकास र समृद्धिको सोपान चढ्न सक्छ । हामीले जति धेरै औद्योगिक वस्तुहरू उत्पादन गर्न सक्छौं त्यति नै धेरै फाइदा हुन्छ नै भन्न सकिँदैन । त्यसैले गुणस्तरमा सम्झौता नगरी स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाल्नु नै जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय हो । विकास र समृद्धिका लागि औद्योगिक क्रान्ति गरी धेरै उत्पादन गर्नेपर्छ तर धेरै फाइदा लिनका लागि भने सामग्री गुणस्तरीय हुनैपर्छ अनि उद्योगहरूबिचमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति पनि बसाल्नुपर्छ । जसले विश्वव्यापीकरणसँगै बजार ब्यवस्थापनलाई समेत टेवा पुगी उत्पादित सामग्रीको बिक्री वितरण र बजार विस्तार भई धेरै फाइदा लिन सकिन्छ ।

५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए लेख्नुहोस्‌ ।
उत्तर :

चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका मुख्य परकल्पनाकार, मुख्य परियोजनाकार, मूल लगानीकर्ता अनि निर्देशक छिरिङ निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका बाबुआमाका जेठा छोरा हुन् । सानै उमेरमा बुबालाई गुमाएपछि बुबाको उत्तराधिकारी भएर बुबाले ॐ कहिले विदेशीको त कहिले स्वदेशीको भारी बोकी पारिवारिक एवं पढाइ खर्च जुटाउँदै प्रवेशिका पास गरेपछि शिक्षक भएका उनी स्नातक सकेपछि सरकारी जागिरे भएका थिए । जागिर छोडेर उनी केही समय ट्रेकिङ ब्यवसायमा लागेका थिए । यसै क्रममा उनले विभिन्न देशको भ्रमण गरेपछि अनि जापानमा गएर केही वर्ष काम गरेका थिए । छिरिङले विभिन्न देशको भ्रमणसँगै जापानको भ्रमण गर्दा श्रमको महत्व थाहा पाउनुका साथै स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने शिक्षा पाए । आफ्नो देशको मौलिकतालाई पहिचानलाई स्रोत साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै त्यसलाई विश्व बजारमा बेच्न सके आत्मनिर्भर बन्न सकिने अनि विकास गर्न सकिने शिक्षा पाए । छिरिङले विभिन्न देशको भ्रमणबाट नेपालको अपार प्राकृतिक स्रोत र साधन अनि श्रमशक्तिलाई सदुपयोग गरी नेपाली मौलिकतामा, नेपाली स्रोतसाधनमा उद्योग खोल्नुपर्छ अनि त्यस्ता उद्योगबाट उत्पादित सामान मात्रै हामीले विदेश निर्यात गर्न सक्छौं र विकास र समृद्धिको सोपान चढ्न सक्छौं भन्ने शिक्षा पाए ।

६. छिरिङको जीवन सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ, आफ्नो विचार लेख्नुहोस्‌ ।
उत्तर:

एक सफल उद्यमी बन्न प्रेरणा जगाउने जीवन मार्ग रिपोर्ताजमूलक रचनाका प्रमुख पात्र छिरिङ नेपाल र नेपालीको समृद्धि चाहने सफल उद्यमी अनि सङ्घर्षका प्रयाय हुन् । निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका छिरिङ बाबुआमाका जेठा छोरा हुन् । बुबाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर उनको घर ब्यवहार चलेको थियो। अचानक बुवाको भारीसहित हिउँमा चिप्लिएर मृत्यु भएपछि उनले सानै उमेरमा बुबाको उत्तराधिकारी भई बुबाले गरिआएका काम सुरु गरे । उनको पढाइ रोकियो। उनी भारी बोक्न कहिले कटारी, कहिले जिरी त कहिले बेसक्याम्पसम्म जान्थे तापनि सधै काम पाईदैनथ्यो । नाम्चेका व्यापारीको भारी बोक्थे। भारी बोक्ने क्रममा एकदिन विदेशी पर्यटकको दया जागी छात्रवृत्तिमा पढ्ने अवसर पाए । विद्यालयमा सरसफाई गर्ने जागिर र बाँकी समयमा पढ्ने अवसर पाएपछि उनी प्रवेशिका पास गरी शिक्षक अनि स्नातक सकेपछि सरकारी जागिरे भएका थिए। जागिर छाडी ट्रेकिङ व्यवसायमा लागेपछि विभिन्न देशको भ्रमण गरेका छिरिङले जापानमा गएर केही वर्ष काम गरेपछि समयको महत्व बुझ्ने अवसर पाए । जापानबाट फर्केपछि जग्गाको कारोबारमा लाग्दा खेतीयोग्य जमिन मासी कङ्क्रिटको जगल विस्तार गर्ने पेसा उनले मन पराएनन् । स्रोत साधन अनि श्रमशक्तिलाई सदुपयोग गर्न सके आत्मनिर्भर बन्नुका साथै मुलुकको विकास र समृद्धि हुने तथ्यलाई बुझी मौलिकता अनि स्थानीय स्रोत र साधनको प्रयोग गरी चोमोलुङमा औद्योगिक प्रतिष्ठान खोली उत्पादित सामग्री स्वदेश तथा विदेशमा विक्रीवितरण गरी लोकप्रियतासँगै सफल उद्यमी बन्न सफल भएका थिए, छिरिङ । यसरी हेर्दा छिरिङको जीवन सङ्घर्षबाट जीवन भन्नु नै सङ्घर्ष हो। जस्तोसुकै प्रतिकूअ अवस्थामा पनि अविचलित भई अथक सङ्घर्ष गर्ने व्यक्तिले नै जीवनमा सफलता पाउँछ। घर घडेरीका नाउँमा खेतीयोग्य उर्बर भूमि मासी क‌ङ्क्रिटको जङ्गल विस्तार गर्नु हुँदैन । आफ्नो देशको मौलिकतालाई, पहिचानलाई अपार प्राकृतिक स्रोत र साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै उद्योग खोल्नुपर्छ अनि त्यस्ता उद्योगबाट उत्पादित सामान विदेश निर्यात गरी विकास र समृद्धिको सोपान चढ्न सक्छौं भन्ने शिक्षा लिन सकिन्छ । दुनियाँलाई ठगेर आफू धनी बन्ने काम उद्यम नभएर अधम भएकाले आफूसँगै अरुलाई पनि धनी बनाउने उद्यमी बन्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ। उद्यमीले गुणस्तरमा सम्झौता गर्नु हुँदैन, स्वस्थ प्रतिस्पर्द्धा सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ । सफल उद्यमी बन्नका लागि नयाँ नयाँ कुराको परिकल्पना गर्न सक्नुपर्छ । केही गर्दा जोखिम पनि मोल्न तयार हुनुपर्छ । परिश्रम नै सफलताको कडी हो। केही नगर्नुभन्दा देखासिकी गर्न सकिन्छ तर आरिसले जल्नु हुँदैन भन्ने जस्ता शिक्षा छिरिङको जीवन सङ्घर्षबाट लिन सकिन्छ ।

७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् ।

  1. (क) हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरुले गरेको हेरेर त्यसैको अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ ।
    उत्तर :

    प्रस्तुत व्याख्यांश कक्षा १२ को नेपाली पाठ्यपुस्तकका लेखकद्वारा लिखित तथा सम्पादित जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस पाठमा आर्थिक विकास र समृद्धिको आधार उद्योग उद्यमीका लागि उन्नतिको मार्ग भएको तथ्य चित्रण गरी सङ्घर्षशील, सफल उद्यमी छिरिङको चोमोलुङमा औद्योगिक प्रतिष्ठानको सफलता र लोकप्रियताको चर्चा गरिएको छ । बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको चाहना र आवश्यकता परिपूर्ति सम्भव नभएकाले प्रतिस्पर्धीहरू थपिदैमा आत्तिनु नपर्ने भनी छिरिङले भन्दा प्रस्तुत अंश म पात्रले प्रकट गरेका हुन् । प्रस्तुत हरफमा रचनात्मक कार्य गर्नुभन्दा अरूको नक्कल गर्ने गलत संस्कारप्रति सङ्केत गरिएको छ ।
    मानिस सिर्जनशील प्राणी हो। नवीन सिर्जनामा नै आफ्नो पहिचान झल्किन्छ । दिनप्रतिदिन नयाँ कुराको खोज अनुसन्धान गर्ने इच्छा राख्नु र नयाँ कुराको अनुभवमा रूचि लिनु मानिसको स्वभाव नै हो। नयाँ नयाँ खोज अनुसन्धानबाट नै नवीन विचार र रचनात्मक कार्यको जन्म हुन्छ । नयाँ कुराको परिकल्पना गर्न गर्न ज्ञानशक्ति र तर्कशक्ति चाहिन्छ । कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय गर्न सक्नुपर्छ । कुनै कुरा बनाउने काम निर्माण वा रचना गर्ने दृष्टि क्षमता हुनुपर्दछ अनि आफ्नो परिकल्पनालार्य मूर्त रूप दिन अथक सङ्घर्ष गर्नुपर्छ । श्रम, समय र सम्पत्तिको जोखिम मोल्नुपर्ने हुन्छ । जुन कार्य गर्न जोश, जाँगर र उमङ्ग चाहिन्छ अनि लगनशील पनि । निरन्तरको सङ्घर्षबाट नै परिकल्पनालाई मूर्त रूप दिन सकिन्छ । नयाँ सोच नभएका सङ्घर्ष गर्न नसक्ने, जोखिम मोल्न नसक्नेहरू अरूले गरेको हेरेर त्यसैको नक्कल गर्छन् । अरूको नक्कल गर्दा न त आफ्नो मौलिकपन हुन्छ न त पहिचान नै । नयाँ परिकल्पनासहित नयाँ क्षेत्रमा लगानी गर्न डराउनेहरूले कहिल्यै आफ्नो पहिचानसहितको संस्था वा उद्योग स्थापना गर्न सक्दैनन् । अरूको नक्कल गरेर सस्तो लोकप्रियता कमाउन चाहनेहरू जीवनमा अगाडि बढ्न सक्दैनन् । कुनै चोकमा एउटा मम पसल राम्रोसँग चल्यो भने एकैसाथ आठदशओटा मम पसल खुल्छन् । एउटा मासु पसलमा राम्रो बिक्री भयो भने एकैसाथ पाँचसातओटा मासु पसल खुल्छन्। अरु विषयतिर मानिसको ध्यानै जाँदैन। कसैले कुनै उद्योगमा नाफा कमाएको देखे भने अरुले पनि उही प्रकृतिका उद्योग खोलेको देखिन्छ । सबैले उही काम गरेर हुँदैन विकल्प खोज्नुपर्छ । असीमित आवश्यकताको परिपूर्तिका लागि विविधताको आवश्यकता हुन्छ । नेपाली समाजमा अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन ब्याप्त छ जुन सफल उद्यमी बन्नका लागि कदापि राम्रो हुन सक्दैन । चोमोलुङ्गा औद्योगिक प्रतिस्ठानका मुख्य परिकल्पनाकार, मुख्य परियोजनाकार मूल लगानीकर्ता अनि निर्देशक छिरिङ नेपालको मौलिक पहिचानमा आधारित अनि स्थानीय कच्चा सामानको सदुपयोग गर्दै उद्योग स्थापना गर्ने नौलो परिकल्पनालाई जोखिम मोलेरै लगानी गरेर मौलिक सोचलाई सङ्घर्ष गरी मूर्त रूप दिँदै गुणस्तरीय सामग्री उत्पादन गरी विक्री वितरण गरेकाले प्रतिष्ठानको नामजस्तै चोमोलुङ्गाको शिखर चुम्न सफल बनेका छन् ।
    अतः सफल उद्यमी बनी आफ्नो छुट्टै पहिचान स्थापित गर्नका लागि नयाँ कुराको परिकल्पना गर्ने र जोखिम मोल्ने आँट गर्नुपर्छ, अरूको नक्कल गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने चलनले सफलता हाँसिल गर्न सकिँदैन। मौलिक सोचाइका साथ उद्योग खोली स्थानीय स्रोत र साधनको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गरेमा स्वदेश तथा विदेशमा समेत निर्यात गरी सफल उद्यमी बन्न सकिन्छ ।

  2. (ख) "वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ ।
    उत्तर :

    प्रस्तुत व्याख्यांशमा कल्पनाशक्ति र ज्ञानशक्तिका माध्यमबाट नै साहित्यिक लेख रचना जन्मने कटु सत्यलाई उद्घाटन गरिएको छ । हार्दिक पक्ष जतिसुकै प्रवल भए तापनि ज्ञानशक्ति कमजोर भएमा हृदयका भावहरू साहित्यमा उतार्न सकिँदैन । बौधिकताविनाको भावना हृदयमा नै सीमित हुने भएकाले बौद्धिकता र हार्दिकताको सम्मिश्रणबाट नै उत्कृष्ट साहित्य जन्मने द्विकता रह तथ्य उक्त ब्याख्यांशमा अन्तर्निहित रहेको पाइन्छ ।
    कलम ज्ञानको प्रतीक हो । बौद्धिकतालाई शब्दचित्रण गर्ने आधार हो, कलम अनि ज्ञानको क्षितिजलाई उघार्ने माध्यम पनि। ज्ञानको साध्यलाई प्रमाणित गर्ने साधन हो, कलम। कलमका माध्यमबाट नै बौद्धिक व्यक्तिले हृदयका भाव विचार, अनुभव र अनुभुतिलाई शब्दचित्रण गर्दछ । महाकवि देवकोटाले भनेझैँ सजीव अनुभवलाई कलमको माध्यमले कलात्मक प्रकाशन गरी साहित्य सिर्जना गर्न सक्दछ । आफ्नो व्यक्तित्व र कृतित्व निर्माण गरी स्रष्टा बनी सिर्जनामा फुल्न र फक्रन सक्दछ । यदि कलम चलाउने बौद्धिक सामर्थ्य नै छैन भने जतिसुकै भावनाको सागरमा डुबुल्की मारे पनि साहित्यिक मोती टिप्ने कुरा कल्पना नै गर्न सकिँदैन । तर बौद्धिक व्यक्तिको हातको कलम र हृदयको गम्भीर भावको मिलन हुन पुग्यो भने साहित्यिक मधुमाधुरीको मोती झुल्किन्छ गहिराइबाट शब्द बनी साहित्यमा लहरिँद ।
    फक्रिन्छ फूल साहित्यको बगैंचामा बनी सुन्दर बास्नादार नवरसले युक्त भै । प्रस्तुत जीवन मार्ग रिपोर्ताजमूलक रचनामा पनि लेखक म पात्रले कलम र हृदयको मेल गराई समाचार र समहित्यको मिलनबिन्दु रिपोर्ताजमूलक रचनालाई कलात्मक पाराले लेखी राष्ट्रियताको सन्देश दिँदै उद्यमी बनी विकास र समृद्धिको सोपान चढ्न अभिप्रेरित गरेका छन् ।

९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् प्रश्नहरू :

  1. (क) ओलम्पिक खेलमा नेपालको प्रवेश कहिले र कहाँबाट भएको हो ?
    उत्तर : 
    ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १८६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।
  2. (ख) ओलम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ ?
    उत्तर :
     ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो, सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।
  3. (ग) सन् १८८० को मास्को ओलम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिए ?
    उत्तर :
     सन् १८८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिए ।
  4. (घ) नेपालले ओलम्पिक खेलमा पाएको सफलता कस्तो छ ?
    उत्तर : 
    नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक एवं उत्साहवर्द्धक छ ।

१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरेर सारांश लेख्नुहोस् ।
उत्तर :

चारओटा बुँदाहरू

  1. परापूर्वकालदेखि समाजमा प्रचलित कलामध्ये थारू लोककला पनि एक भएको,
  2. थारू लोककला अन्तर्गत चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, भुट्टीकला, गोडैनकलामध्ये चित्र र मूर्तिकला बढी प्रचलित हुनु,
  3. थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रतिर कोहवर सितुवा र बाँसबसिनी, सुदूरपूर्वमा मोखकला र सुदूरपश्चिममा सजावटीय चित्र तथा उद्धृत मूर्ति बनाउने चलन रहेको,
  4. थारू समाजमा पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा विभिन्न चित्र बनाउनुका साथै प्रस्तर काष्ठ तथा सेरामिक मूर्तिकला प्रचलनमा हुनु ।

सारांशः

थारू लोककला

परापूर्वकालदेखि समाजमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका प्रचलित कलामध्ये थारू लोककला पनि एक हो । थारू लोककलाअन्तर्गत चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैनाकलामध्ये चित्र र मूर्तिकला बढी प्रचलित छ । थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रतिर कोहवर सितुवा र बाँसबसिनी सुदूरपूर्वमा मोखकला र सुदूरपश्चिममा सजावटीय चित्र तथा उद्धृत मूर्ति बनाउने चलन छ । थारू समाजमा पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा विभिन्न चित्र बनाइन्छन् । माटाका मूर्ति प्रचलित रहेको थारू समाजमा प्रस्तर, काष्ठ तथा सेरामिक मूर्तिकलामध्ये सेरामिक कलाको बढी प्रयोग पाइन्छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Jeevan marg content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Jeevan marg.

Ready to Master Jeevan marg?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.