Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Nepali pahichan


Subject

Nepali pahichan

Learn Nepali pahichan in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
11,066

Nepali pahichan

Nepali pahichan

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :


निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेको
अर्गानिक : जैविक
सौन्दर्य : सुन्दर हुनुको भाव
लैंगिक : लिङ्गसम्बन्धी
विभेद : भेदभाव
कुपरम्परा : नराम्रो परम्परा
संश्लेषण : जोड्ने काम
निर्मूल : पूरै सखाप पारिएको
सान्दर्भिक : प्रसङ्गअनुसार मिल्ने
आडम्बर : देखावटी, ठाटबाट
फलदायी : फल दिने, फाइदादाजनक

२. शब्दकोशको सहायताबाट दिइएका शब्दको कोशीय क्रम मिलाई अर्थ लेख्नुहोस् :


अवलोकन : सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम
आरोहण : चढ्ने वा उक्लने काम वा प्रक्रिया
आविष्कार : नयाँ सिद्धान्तको प्रतिपादन, उत्पादन
गन्तव्य : जाने वा पुग्ने स्थान
छरपस्ट : चारैतिर छरिएको, लथालिङ्ग
परिकार : विभिन्न प्रकार वा किसिमका
पहिचान : परिचय, प्रत्यभिज्ञान
मौका : सुहाउँदो समय
विशिष्टता : विशिष्ट हुनाको भाव वा स्थिति
सदुपयोग : कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने काम, उचित उपयोग
सम्मान : विशेष मान, ठुलो आदर वा सत्कार
सरोकार : प्रयोजन, वास्ता, चासो

३. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :


लख काट्नु : अनुमान गर्नु
पहाडतर्फ कतै कतै बलेको पिलपिल बत्तीले दुई पहाडको दूरी लख काट्न सकिन्छ ।

आलु खानु : असफल हुनु
बहिनी श्रेयाले कक्षा १२ को ५ ओटै विषयमा आलु खाईछन् ।

पसिना काढ्नु : मिहिनेत गर्नु
राम बहादुरले सालभर पसिना काढेर दुई धार्नी घिउ र चार माना मह जम्मा पार्छ ।

कुरा खानु : भनेको मान्नु
शिक्षकले भनेको कुरा खानु विद्यार्थीको हितमा हुन्छ ।

कान खानु : दिक्क लगाउनु
सानो भाईले बिहानदेखि मिठाई मिठाई भन्दै कान खाएको छ ।

हावा खानु : खुस्कनु
मनपरी सोच्नेको हावा खान समय लाग्दैन ।

आँखा चिम्लिनु : देखेको नदेखी गर्नु
संविधानको संरक्षक राष्ट्रपतिले आँखा चिम्लिनु विडम्बना कुरा छ ।

मन चोर्नु : माया जालमा पार्नु
तिम्रो मन चोर्नु पर्यो भनेर गको त बाटोमा पुलिस घुमीरा रहेछ भनि रमेशले ठट्टा गर्यो ।

मुख छाड्नु : गाली गर्नु
रितेसले भाइको अगाडी मुख छाड्यो ।

 
 

४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भनेजस्तै कक्षा १२ मा अध्यन्रत विजय एक पटक दुर्घटनामा परेपछि बाइक देख्ना साथ डराउछ । अड्को पड्को तेलको धूप भनेझै एकपटक उसले परीक्षामा कलमको मसी सकिएपछि सिसाकलमले लेखेछ । अनुभवी शिक्षकका अगाडि पाठेक्रमको गफ छाँट्नु इन्द्रका अगाडि स्वर्गको बयान गरे जस्तै हुन्छ । एक हातले ताली नबज्ने भएकाले एकआपसमा सहयोगको आदानप्रदान गर्नुपर्छ । हामी अरुले के भन्ला भनेर डराउनु हुँदैन किनकि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।

५. दिइएका मानविकी तथा साहित्यिक क्षेत्रका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :


अधिमूल्यन : कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य

अलङ्कार : अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको

अवमूल्यन : कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया

आवासीय : नियत स्थानमै बसेर काम गर्ने

आशुकवि : कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्न सक्ने कवि

उपन्यास : धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा

कथा : प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना

कविता : कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना

छन्द : यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप

निबन्ध : कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना

रस : साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, वीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस

बोध र अभिव्यक्ति

 

१. संवाद पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) नेपाली समाजको अवस्थाप्रति घनश्यामको बुझाइ कस्तो छ भन्नुहोस् ।

नेपाली समाजको विविधतामय अवस्था देख्दा घनश्यामलाई अचम्म लाग्छ । एउटा सानो समाजमा अनेक जाति, अनेक भाषा, अनेक संस्कृति भएकाले अनेक मतमतान्तर हुने रहेछ – जसले हाम्रो समाजको विकासमा असर गर्छ कि भन्ने प्रश्नले घनश्यामको चासो र चिन्तनसँगै कमजोर बुझाइ रहेको छ ।

(ख) नेपाली समाजको पहिचान के हो, बेखामानको भनाइका आधारमा लेख्नुहोस् ।

बेखामानको भनाइका आधारमा नेपाली समाज विविधतामय छ । नेपाली समाजमा रहेका विविधता नै नेपाली समाजको पहिचान हो । पहिचान भनेको चिनारी हो । नेपाली समाज बहुजातीय छ । त्यसैले हाम्रो समाजको पहिचान बहुजातीय हो ।

(ग) विविधता नै सम्पत्ति हो कसरी, सिम्माको भनाइका आधारमा लेख्नुहोस् ।

सिम्माको भनाइका आधारमा नेपाल एक बहुजातीय मुलुक हो । अर्थात् यहा थुप्रै जाति छन् । हरेक जातिका आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान, अनुभव छन् । जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम भएकाले विविधता नै सम्पत्ति हो ।

(घ) सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्षका बारेमा स्पष्ट पार्नुहोस् ।

सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्ष भनेको विविधता र अनेकतामा रहेको आपसी सहिष्णुता र एकता हो । नेपालीहरुको आपसमा मिलेर बस्ने, एकले अर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्ने साह्रै राम्रो बानी छ । यो नेपाली समाजको विशिष्ट पहिचान हो । यो नै हाम्रो समाजको सौन्दर्य हो ।

(ङ) कसरी नेपाली विविधतालाई पर्यटनसँग जोड्न सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।

नेपाल क्षेत्रफलको हिसाबमा सानो भएपनि सांस्कृतिक हिसाबले विशाल छ । नेपाल आरोहण गर्न आउने पर्यटनहरु मध्ये केहि घुम्न मात्र नभएर जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गर्दछन् । पर्यटकहरुलाई पहाड, तराई, उपत्यका, दुन, जङ्गल, जैविक विविधताको अध्ययन र अवलोकन गर्न मन लाग्छ । कसैलाई इतिहास, संस्कृति आदिको अध्ययन अवलोकन गर्ने रूचि र चाहना हुन्छ । तसर्थ नेपाली विविधतालाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिन्छ ।

(च) नेपाली समाजमा के कस्ता विकृति, विसङ्गति छन्, पाठका आधारमा लेख्नुहोस् ।

नेपाली समाज विकृति, विसङ्गति तथा अन्धविश्वासले ग्रसित छ । यहाँ संस्कृतिका नाममा धेरै विकृति तथा अन्धविश्वास छन् । जातीय तथा लैङ्गिक विभेद छन् । चाडपर्व, संस्कार आदिमा अनावश्यक आडम्बर देखाउने जस्ता विकृति पनि छन् । त्यस्तै मानिसलाई जात, वर्ग, वर्ण, लिङ्ग, क्षेत्रीयता आदिका आधारमा गरिने विभेद पनि छ । कहीं कतै अझै पनि समाजमा छुवाछुत भूत प्रेत बोक्सी हुन्छ भन्ने अन्धविश्वासी मान्यता रहेको छ । दाइजो र तिलकजस्ता कुपरम्पराहरू पनि नेपाली समाजमा रहेका विकृति, विसङ्गति हुन् ।

२. जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् । यस कथनलाई स्पष्ट पार्नुहोस् ।

“जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् ।” यो कथन ‘नेपाली पहिचान’ शीर्षकको संवादमा सिम्माले बेखामानको अभिमतमा सहमति जनाउने प्रसङ्गमा आएको हो । कुनै पनि विकृतिलाई हटाई संस्कृतिलाई जोगाउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ भन्नु नै यस कथनको मुख्य तात्पर्य हो ।

मानिस चेत्नशिल तथा बुद्धिमान प्राणी हो । मानव जातिका लागि शिक्षा तेस्रो आँखा हो जसले ज्ञानको आलोक दिन्छ । शिक्षाले मानिसको चेतनास्तरलाई बडाईदिन्छ । शिक्षा नै परिवर्तनको आधारशीला हो । जवसम्म शिक्षाको राम्रो विकास हुन सक्दैन तवसम्म अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुनै सक्दैनन् । शिक्षा नै अन्धविश्वास, कुसंस्कार, कुरीति नियन्त्रण गर्ने गतिलो अस्त्र बन्न सक्छ । सानै कक्षादेखि अन्धविश्वास र कुरीतिलाई सामाजिक अपराधको रूपमा व्याख्या गर्दै जानु पर्ने खाँचो छ । विश्वले विज्ञानको सहायताले प्रविधिमा निकै लामो फड्को मारिसकेको यस अवस्थामा हामी भने दुई सय वर्ष अगाडिको सोच लिएर हिँडेका छौं । शिक्षित व्यक्तिले अन्धविश्वासका कार्यलाई रोक्न सक्छ र अन्धविश्वास मान्ने व्यक्तिलाई निरूत्साहित गर्न सक्छ । अन्धविश्वासको रूख तब ढल्छ जब सबै जना शिक्षित हुन्छन् । शिक्षा र ज्ञानको ज्योतिले क्रमिक रूपमै अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानु पर्छ । यस कुरामा हामी विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।

 
 

३. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । यहाँको प्राकृतिक सौन्दर्यभित्र सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, चोयु आदि जस्ता विभिन्न हिमालहरु पर्दछन् । यहाँका खोलानाला, हिमाल, ताल, झर्ना, पोखरी, गुफा, डाँडापाखा, सबै सौन्दर्य बढाउने साधन हुन् । अतः नेपालको प्राकृतिक सौन्दर्यभित्र वनजङ्गल, चराचुरुङ्गीलगायत विभिन्न जीवजन्तु, पशुपक्षी एवं प्राणीहरू नदीनाला, तालतलैया, यहाँको जैविक विविधता आदि पर्छन् ।

(ख) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । विविधतामय नेपाली समाजमा सांस्कृतिक विविधता पाइने भएकाले सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

४. दिइएको समाचारको नमुना पढ्नुहोस् र यसका विषयवस्तु संरचना र शैलीका बारेमा छलफल गर्नुहोस् :

सगरमाथामा आरोहणमा कीर्तिमान

दिइएको समाचार लामा छोटा गरि छ ओटा अनुच्छेदमा संरचित छ । प्रस्तुत समाचारको नमुना नेपालको हिमाल आरोहण, आरोहण गरी राखिएका विश्व कीतिमान, पर्यटनसँग सम्बन्धित छ । यस समाचारको लेखनशैलीमा वर्णनात्मक भन्दा ज्यादा तथ्यपरकता एवं विवरणात्मकतालाई नै जोड दिइएको पाइन्छ । समाचार सरल, सहज, स्पष्ट र विशिष्ट भाषा शैलीमा संरचित भएको पाइन्छ । सगरमाथाको सफल आरोहण गरी को को ले के कस्ता कीर्तिमान राखेका थिए भन्ने विषयमा नै प्रस्तुत समाचार लेखिएको पाइन्छ । समग्रमा ज्ञानवर्धक सूचना सम्प्रेषण गरी नेपालको पर्यटकीय गतिविधिमा केन्द्रित रही सरल, तथ्यपरक र विवरणात्मक शैलीका माध्यमबाट समाचार प्रस्तुत भएको पाइन्छ ।

५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) कस्तो विषयवस्तु समाचार बन्न सक्छ ?

पाठक वा श्रोताको ध्यान आकर्षित गर्ने र नयाँ सूचना सम्प्रेषण गर्ने राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जुनसुकै विषयवस्तु समाचार बन्न सक्छ ।

(ख) समाचारको भाषा कस्तो हुनुपर्छ ?

समाचारको भाषा सरल, छोटो छोटो वाक्य प्रयोग गरिएको र अनावश्यक विशेषण, क्रियाविशेषण नजोडिएको हुनुपर्छ ।

(ग) फिचर, घटनापरक र प्रक्रियापरक समाचारमा के भिन्नता छ ?

फिचरमा कुनै खास घटना वा तथ्यलाई कलात्मक बनाएर प्रस्तुत गरिन्छ । त्यसै गरी घटनापरक समाचार प्रायः दृश्य विवरणमा केन्द्रित रही को ? के ? कहाँ ? किन ? कसरी ? कहिले ? जस्ता प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ । प्रक्रियापरक समाचारमा भने घटनाको सरसरती वर्णन मात्र नगरी तथ्यको विस्तृत व्याख्या, त्यसको पृष्ठभूमि र परिणामका बारेमा पनि उल्लेख गरिएको हुन्छ ।

(घ) समाचारका विशेषता के के हुन् ?

समाचारका विशेषता सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता स्पष्टता र मिठास हुन् ।

६. आफ्नो टोलमा वातावरण सुधारका लागि गरिएका प्रयत्नका बारेमा छोटो समाचार लेखी कक्षामा सुनाउनुहोस् ।

सरसफाई कार्यक्रम सम्पन्न

पोखरा, १३ माघ ।
आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर पोखरा बनाऔं भन्ने नाराका साथ वडा नं.१० भित्र रहेको पृथ्वीराजमार्गको सेतीनदी चाइनापुलदेखि पोखरा औद्योगिक क्षेत्रको नहरसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा पोखरालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गर्ने कार्य अनुसार चैत १६ गते वडा नं.१० लाई निषेधित वडा घोषणा भएपश्चात पृथ्वीराजमार्गको सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको २ वटा टिपरले उठाएको सघाएको थियो ।

सरसफाई अभियानमा टोल विकास संस्था वडा समन्वय समिति वडा महिला समिति, नागरिक मञ्च, राजनीतिक संयन्त्र टोल विकास संस्थाहरु, आमा समूहहरु लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई पोउमनपाको नियमानसार कारवाही गर्ने पहल गरिने टोल विकास संस्था वडा समन्वय समिति १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत रंगशालागेट, बुद्धचोक, उत्तमचोक, नागिनटोल, १३२ केभी, शिवचोक, पोखरा औद्योगिक क्षेत्रदेखि नहरसम्म बृहत सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित सम्पूर्णलाई वडा कार्यालय १० का सचिव नवराज थापाले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

वडा महिला समन्वय समिति वडा नं.१० का अध्यक्ष पवित्रा गुरुङ्गको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
 

भाषातत्व

 

१. उदाहरणमा दिए जस्तै गरी वाक्य संश्लेषण गर्नुहोस् :

 

(क) अस्मिता घर गइन् । अस्मिताले आफ्ना साथीसङ्गी भेटिन् । अस्मिता साथीसँग जङ्गल घुम्न गइन् । अस्मिताले खोलामा गएर पौडी खेलिन् । अस्मिताले एक हप्ता रमाइलोसँग बिताइन् । अस्मिता सहर फर्किइन् ।

घर गएर आफ्ना साथीसङ्गी भेटी उनीहरूसँग जङ्गल घुम्न गएकी अस्मिता खोलामा गएर पौडी खेल्दै एक हप्ता रमाइलोसँग बिताएर सहर फर्किइन् ।

(ख) मुस्ताङ हिमाली जिल्ला हो । मुस्ताङ पर्यटकीय जिल्ला हो । मुस्ताङमा धेरै हावा चल्छ । मुस्ताङ स्याउका लागि प्रसिद्ध छ । मलाई मुस्ताङ घुम्न मन लागेको छ ।

पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा धेरै हावा चले पनि स्याउका लागि प्रसिद्ध भएकाले मलाई मुस्ताङ घुम्न मन लागेको छ ।

(ग) विनोद कर्ण सप्तरीका बासिन्दा हुन् । उनी नेपाली साहित्यका प्राध्यापक हुन् । उनी सहयोगी र इमानदार छन् । उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।

सहयोगी र इमानदार सप्तरीका बासिन्दा विनोद कर्ण नेपाली साहित्यका प्राध्यापक भएकाले उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।

२. वाक्य विश्लेषण गर्नुहोस् :

 

(क) जगल सखाप हुन थालेपछि मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुने अनि पानीको मुहान पनि सुक्ने खतरा भएको छ । (३ वाक्यमा)

जङ्गल सखाप हुन थाल्छ । मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुन्छन् । पानीको मुहान पनि सुक्ने खतरा भएको छ ।

(ख) प्रदूषण बढेसँगै हिमालमा हिउँ घट्यो समयमा पानी पर्न छाड्यो अनि सफा आकाश देख्न छाडियो । (४ वाक्यमा)

प्रदूषण बढ्यो । हिमालमा हिउँ घट्यो । समयमा पानी पर्न छाड्यो । सफा आकाश देख्न छाडियो ।

(ग) सुदूरपश्चिम र कर्नाली क्षेत्रमा प्रचलित देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ । (३ वाक्यमा)

देउडा सुदूरपश्चिम क्षेत्रमा प्रचलित छ । देउडा कर्नाली क्षेत्रमा प्रचलित छ । देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ ।

(घ) मलाई घमाइलो दिन, जुनेली रात, हरियो वन, लहलह बाली झुलेको खेतबारी, नेपाली खाना र सहयोगी साथी मनपर्छ । (५वाक्यमा)

मलाई घमाइलो दिन र जुनेली रात मनपर्छ । मलाई हरियो वन मनपर्छ । मलाई लहलह बाली झुलेको खेतबारी मनपर्छ । मलाई नेपाली खाना मनपर्छ । मलाई सहयोगी साथी मनपर्छ ।

(ङ) जब असार लाग्छ तब मेरो मनले गाउँघर सम्झिन्छ । (२ वाक्यमा)

असार लाग्छ । मेरो मनले गाउँघर सम्झिन्छ ।


३. दिइएको अनुच्छेदबाट कर्तृ, कर्म र भाव वाच्यका वाक्य पहिचान गरी तालिकामा देखाउनुहोस्ः


कर्तृवाच्यका वाक्यहरू :
म सबेरै उठें ।
मैले उमेशलाई बोलाएँ ।
उमेश आँखा मिच्दै आयो ।
हामी बाटो लाग्यौँ ।

कर्मवाच्यका वाक्यहरू :
दाउन्नेमा पुगेर खाना खाइयो ।
भालुवाङमा चिया पिइयो ।
गाडीमा गीत गाइयो ।
ठट्टा गरियो ।
भोलिपल्ट स्थानीय साथी भेटिए ।
कुराकानी गरियो ।
रमाइलो गरियो ।

भाववाच्यका वाक्यहरू :
बेलुका घोराहीमा वास बसियो ।
राती मस्त निदाइयो ।
मस्तसँग हाँसियो ।

 
 

४. कर्तृवाच्यको प्रयोग गरी आफ्नो दिनचर्याका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

म बिहान सबेरै ६ बजे उठ्छु । करिब १५ मिनट जति हातमुख धोई ताजा दिनको सुरुवात गर्दछु । म दिनहुँ आधा घण्टा जति शारीरिक व्यायाम गर्दछु । सधैँ सात बजे चिया नास्ता खाएर गृहकार्य गर्दछु । नौ बजे खाना खाएर विद्यालय जान्छु । विद्यालयमा अनुशासित भएर पढ्छु । आफूले नजानेका विषयवस्तुहरू गुरूहरूलाई सोधेर लेख्छु । चार बजे विद्यालय छुट्टी भएपछि घर आउँछु । घर आएर विद्यालयको पोशाक काढदछु । हातमुख धोई आमाले दिएको खाजा खाएर केही समय खेल्न जान्छु । बेलुका गृहकार्य गर्छु । प्राय : साढे सात बजेतिर खाना खान्छु । केही समय पढेपछि दश बजेतिर सुत्छु ।

५. कर्म तथा भाव वाच्यको प्रयोग गरी वनभोज गएको विषयमा एउटा अनुच्छेद लेख्नुहोस् ।

वनभोज गाउँका साथीहरू मिलि हामी वैशाख १ गते बिहानै वनभोज गइयो । घरदेखि एक किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म पुगियो । साथीहरूद्वारा गाडीबाट सामानहरू झारिए । मद्वारा चिया पकाइयो । चिया खाइसकेपछि हामी सबै मिलेर खानपिनको काममा व्यस्त भइयो । कसैद्वारा दाउरा–झिक्रा खोजियो, कसैद्वारा आगो बालियो, कसैद्वारा पानी ल्याइयो त कसैद्वारा सब्जी केलाइयो । हामीद्वारा रमाइला गीतहरू गाइएका थिए । मद्वारा साथीहरू नचाइएका थिए । अर्जुनद्वारा मादल बजाइएको थियो । वनभोजमा आफू पनि खुब नाचियो अनि साथीहरूद्वारा पनि नाचियो । घर फर्किने बेला राजेश हमाल, विराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गानाको पोस्टर किनेर फर्कियो ।

६. दिइएको अनुच्छेदलाई कर्तृवाच्यमा परिवर्तन गर्नुहोस् ः

मैले जीवनमा धेरै दुःखसुख भोगेँ । मैले धेरै अनुभव गरेँ । म कहिले खुसीले हाँसें । म कहिले साथीभाइसँग नाचॆं । म देशविदेश घुमेँ । मैले दुःख र अभावलाई केल्दै विद्यालयमा पढ़ें । मैले आफैँ खर्च जुटाएर उच्च शिक्षा हासिल गरेँ । मैले सबैको भलो सोचें । मैले कहिल्यै कसैको चित्त दुखाइनँ । मैले कहिल्यै कसैको अहित चिताइनँ । मैले सकेसम्म अरूको भलाइ हुने काम गरेँ । मैले जीवन सङ्घर्ष हो भन्ने कुरा सिकेँ । अब पनि इमानदार भएरै बाँच्ने छु । म कर्तव्य कहिल्यै भुल्दिनँ । म अन्याय सहन्नँ । म अरूमाथि अन्याय गर्दिनँ ।

७. दिइएको अनुच्छेदलाई कर्म वा भाव वाच्यमा परिवर्तन गर्नुहोस् :

बिसन र अनुपमाद्वारा पुस्तकालय गइयो । बिसनद्वारा कथाका किताब छानिए । अनुपमाद्वारा मौसम विज्ञानसम्बन्धी किताब छानियो । त्यसपछि (उनीहरूद्वारा) पुस्तकालयबाट बाहिर निस्कियो । (उनीहरूद्वारा) कलेजको भोजनालयमा पसियो । बिसनद्वारा दही चिउरा खाइयो । अनुपमाद्वारा चिउरा तरकारी खाइयो । त्यसपछि (उनीहरूद्वारा) कक्षाकोठामा आइयो । गुरूआमाद्वारा वाच्य पढाइयो ।

८. शुद्ध गरी लेख्नुहोस् :

 

(क) रेडीयो टीभी जस्ता सव्यद्रिस्य माध्एमबाट प्रसारित वा पत्रीका आदि छापामाध्यम बाट पर्काशित घटनाका ताजा विवरण समाचार हुन् ।

रेडियो र टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् ।

(ख) जातीए बिभेद लैङ्गिक विभेद वर्ण वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनी कमि आउँदै छ । तिन लाई पनि हटाउनुपर्छ । सङ्गीता जीले भनेजस्तै यशका लागि शिक्षाको खांचो छ ।

जातीय विभेद, लैङ्गिक विभेद, वर्ण, वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनि कमी आउँदै छ । तिनलाई पनि हटाउनुपर्छ । सङ्गीताजीले भने जस्तै यसका लागि शिक्षाको खाँचो छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Nepali pahichan content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Nepali pahichan.

Ready to Master Nepali pahichan?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.