Ghanghasyako ukaalo katta
Ghanghasyako ukaalo katta
Learn Ghanghasyako ukaalo katta in Nepali with comprehensive educational content from Padandas.
Ghanghasyako ukaalo katta
पाठ ३: घनघस्याको उकालो काट्ता : Ghanghasyako ukaalo katta Class 12 Nepali Notes
शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् :
सुदूर – धेरै टाढाको
स्नेह – माया, प्रेम
सँगाल्नु – कुनै कुरा जोगाएर राख्नु
अद्वितीय – अतुलनीय
सहारा मरुभूमि – संसारको एउटा ठूलो मरुभूमि
दृष्टिपात – हेर्ने काम, आँखाले ठम्याउने काम
काँचुली – शरीरबाट अलग हुने, सर्पको पातलो छाला
अनन्त – कहिल्यै अन्त नहुने
गाड – खोलो
ढुङ्ग्यानी – ढुङ्गैढुङ्गा भएको
विकट – अप्ठेरो, कठिन
यथेष्ट – पर्याप्त, चाहिँदो, पुग्दो
भयावह – डरलाग्दो
२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :
अररो – जाडाले कक्रिएको, अरट्ठ परेको
अग्घोर – ज्यादै, निकै
उग्राउनु – गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु
चरन – गाईवस्तु चराउने बाँझो जमिन
विरहलाग्दो – दुःख लाग्दो
कुर्लनु – रिसले कराउनु
आकृति – कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार
सहृदय – कोमल हृदय भएको, दयालु
मरुद्यान – मरुभूमिको रसिलो जमिन
यत्रतत्र – जताततै, सबैतिर
३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :
साथीको घर जाँदा
कक्षा ११ मा पढ्दा परियोजना कार्यका लागि म साथीको घर गएको थिएँ । घर डडेल्धुराको एक बिकट गाउँमा भएका कारण म हिडेर लखतरान हुँदै उस्को घर गएको थिए । अचानक बाटामा मेघ गर्जंदै पानी परेर म निथ्रुक्क भिजें । म उस्को घर आएको थाहा पाएर उसले गर्वले नाक ठाडो पायो । खाजा खाएर साथी र मैले परियोजना कार्य फत्ते गयौँ ।
४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :
बाटामी – बाटामा
गाड – खोला
पर्तिर – परतिर
पडन्छ – पर्छ
अलेलि – अलिअलि
जेमराज – यमराज
बोध र अभिव्यक्ति
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस् ।
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
सेती नदी र घनघस्याको रिसमा समानता रहेको छ । त्यस्तै सेती नदी भासिँदै गएको तर घनघस्या भने ठाडोको ठाडै रहेको कुरा यी दुई बिचका भिन्नता हुन् ।
(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता कुरा मार्फत उक्त नियात्रांशमा घनघस्यालाई मानवीकरण गरिएको छ ।
५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार तारानाथ शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेल्धुराको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालोको यात्रा गरेका छन् । नियात्रांशमा नियात्राकारले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालो पत्रे भएका र यातायातको सुविधा भएका थिए तर घनघस्याको बाटो त्यस्तो थिएन । अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकहरुलाई सम्झेर सराप्नु परेको हो ।
(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
नियात्रांशमा नियात्राकारलाई जोगबनीदेखि धरानसम्मको बाटोमा तिर्खा लाग्दा पानीसमेत खान नपाएर रुँदै पसिनाले निथुक्कै भिज्दै अनि ठसठस कन्दै घनघस्याको विकट उकालो चढ्न फिटफिटी परेको थियो । तर निल आर्मस्ट्रङहरूलाई चन्द्रमा पुग्दा उनीहरूसँग प्रशस्तै वैज्ञानिक उपकरण र आवश्यक सामग्रीहरु भएकाले उनीहरु चन्द्रमामा पुग्न फिटफिटी परेन ।
७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपयो, छोटकरीमा लेख्नुहोस् ।
सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा मोटो शरीर भएकाले डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटोले भयभित भई मुटु ढुक्क फुलेको थियो । उनको टोलीले सुदूरपश्चिमको घनघस्याको उकालो काट्ने क्रममा विभिन्न समस्याको सामना गर्नुपन्यो । उक्त समयमा त्यस ठाउँमा कुनै सुविधाहरू थिएन । उनीहरूले आफ्नो गन्तत्य पुग्न अथाह मिहिनेत गरेका थिए । धेरै अपठ्यारा परिस्थिती भोग्नु परेको थियो । हिड्ने बाटो पनि एकदमै नाजुक अवस्थाको थियो । तिखा ढुङ्गा भएका बाटोको सामना गर्नुपरेको थियो । डरलाग्दो उकालो चढ्नु परेको थियो । चितुवा, बाघ, भालुको डरै डरमा हिँड्नु परेको थियो । खाना पानि समेत नगरी तड्पिनु परेको थियो । ठाँउठाउँमा साथिहरु पनि सम्पर्क बिहिन भएका थिए । यस्तायस्तै, विभिन्न समस्याहरू भोगेर यात्रीहरू आफ्नो गन्तव्य सम्म पुगेका थिए ।
८. भाव विस्तार गर्नुहोस् :
(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । प्रकृतिप्रेमी नियात्राकार प्रकृतिको काखमा विचरण गरी हिमालको काखमा अवस्थित सुन्दर देश नेपालमा हिउँमा खेल्ने अवसर पाएर आतुर भएको तथ्यलाई प्रस्तुत गरेका छन् ।
नेपाललाई हिमालयको देश भनेर चिनिन्छ । यहाँको हिउँ खेल्न र हेर्न विदेशीहरूसमेत आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्ने र हिउँमा खेल्ने आनन्द लिन पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको राम्रो परिचय पाए पनि नेपालमा भने पहिलो पटक सतबा लेकको हिउँमा खेल्ने र रमाउने स्वर्णीम अवसर पाएका छन् । त्यो उनको आफ्नो हिउँ थियो अर्थात आफ्नो देशको हिउँ थियो । आफ्नोपनको हिउँ थियो । नेपाल जस्तो सुन्दर हिमाली मुलुकको हिउँ थियो । आफ्नै जन्मभूमिमा मनभरि हिउँमा रमाउन पाउँदा लेखकलाई अपूर्व अलौकिक आनन्दको अनुभूति भएको देखिन्छ । लेखक र उनका साथीहरु धेरै समय सम्म हिउँमा खेल्छन् । हिउँका डल्लाले एकअर्कालार्य हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै सतबाँझमा समयलाई जिस्क्याउँछन् । समग्रमा माथिको नियात्रांशमा नियात्राकारले आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो रूपमा प्रकट गरेको पाहिन्छ ।
(ख) प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।
प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई नियात्राकारले जीवनको रमाइलो बताएका छन् । उनले यही बुझाइलाई ह्याकुला अर्थात् छातीमा राखेर सुदूर र विकट क्षेत्रको यात्राका क्रममा निक्लेको यथार्थलाई उल्लेख गरेका छन् । उनि नेपालका विभिन्न रमणीय प्राकृतिक स्थलहरूको भ्रमण गरी प्रकृतिसित जुधेर खेलेर आनन्दानुभूति गरेर जीवनको रमाइलोपनलाई मनन गर्न चाहन्छन् । उनी खप्तडमा वसन्त बिताउन चाहन्छन्, तुम्लिङमा हिउँ खेल्न चाहन्छन्, राजापुरको काँसेघारीमा झ्याउरे गाउन चाहन्छन् । तिल्केनीको उकालो, घनघस्याको उकालो अनि चन्दनीको उकालो, अघोरी गाड, पुवा खोलो र टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रगिरि सबैमा उनको गहिरो प्रेम र आत्मीयपन छ । प्रकृतिको काखमा रमाउँदाको आनन्दानुभूति अनुभूति गर्नकै लागि उनी सुदूपश्चिमको यात्रामा निस्केका हुन् । यसरी यस नियात्रांशमा नियात्राकार शर्माले प्रकृतिको आरोह अवरोह झेल्दै त्यसलाई आनन्द मान्दै प्रकृति जस्तै दृढ हुनुपर्ने आशय व्यक्त गरेको पाहिन्छ ।
९. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्
(क) दूतावासले के काम गर्छ ?
दुतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्छ ।
(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?
जसरी आमाले आफ्ना सन्तानलाई आइपरेका हरेक आपत्विपत् तथा दुःख निवारणका लागि अहोरात्र खट्छिन् त्यसै नै दुतावासले पनि विदेशमा रहेका आफ्नो देशका नागरिकलाई परेको समस्याको समाधानका लागि सल्लाह दिने काम गर्छ । त्येसैले दूतावासलाई आमासँग तुलना गरिएको हो ।
(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?
दूतावासको उपस्थिति नभएका देशमा गएका नागरिकहरूले आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने नपाउने जस्ता समस्या हुन्छन् ।
(घ) लेखकले कतारमा कसरी काम गर्नुपयो ?
लेखकले कतारमा चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने बुझाउने काम गर्नुपन्यो ।
१०. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ।
(ख) गरिबी न्यूनीकरणका उपायहरू के के हुन् ?
गरिबी न्यूनीकरणका उपायहरू लघु, घरेलु तथा साना उद्योगको संरक्षण प्रवर्धन गर्नु, रोजगारीका अवसरहरू सिर्जना गर्नु नेपाली वस्तु उत्पादनमा जोड दिनु आदि हुन् ।
(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
अर्थतन्त्रलाई सुदृढ गर्न गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन जस्ता उपायहरू अपनाउनुपर्छ ।
(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उपभोक्ता हकहितको संरक्षणका लागि खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउनुका साथै विद्यमान ऐन नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम गर्न सकिन्छ ।
व्याकरण
१. लिङ्ग सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरा छोरा सानै छन् । तिम्रा छोरा पनि सानै छन् । मेरी छोरी विद्यालयमा पढ्छिन् । तिम्री छोरी पनि विद्यालयमा पढ्छिन् । मेरा एउटा भाइ छन् । तिम्री एउटी बहिनी छिन् । मेरी एउटी दिदी हुनुहुन्छ । तिम्रा एउटा दाजु हुनुहुन्छ ।
२. वचन सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
डोल्मा, रामलाल, महेश र म पुस्तकालय गयौँ । पुस्तकालयमा धेरै पुस्तक थिए । मैले पत्रिका पढ़ें । डोल्माले कविता पढिन् । रामलाल र महेशले उपन्यास पढे । पुस्तकालयमा अरु धेरै जना विद्यार्थी थिए । सबै जना पढ्दै थिए । दराजभरि पुस्तकहरू थिए । केही पुस्तक भुइँमा थिए । एउटा पुस्तक भुइँमा झरेको थियो । त्यसको अगाडिको गाता च्यातिएको थियो । मैले त्यो पुस्तक उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दिएँ । व्यवस्थापन शाखाका कर्मचारीहरुले मलाई धन्यवाद दिए ।
३. पुरुष सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म तिमी र विश्वराज छिमेकी हाँ । म बिहान सबेरै उठ्छु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठ्छ । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।
४. आदर सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रो घरमा मेरा मामा आउनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुन्छिन् । तिमी पनि मेरा मामालाई भेट्न आऊ है ।
५. पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
मेरी आमा ७८ वर्ष हुनुभयो । मेरा बुबा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दिदी, दुई बहिनी, दुई दाइ र एक भाइ छन् । मेरा श्रीमान् असल र दयालु हुनुहुन्छ । मेरा घरमा दुईओटा गोरु, एउटा भैँसी र केही बाख्रा पनि छन् । मसँग एक दर्जन कुखुराका भाले छन् ।
६. एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनीहरू घर गए । घरमा उसकी दिदी थिइन् । उसका दाजुहरू काममा गएका थिए । त्यही वेला उनीहरूको साथी पनि टुप्लुक्क आइपुग्यो । उनीहरूको आवाज सुनेर गोठका भैँसीहरू पनि कराए । बाख्रो पनि म्याँम्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उनीहरूका नजिकै आएर सुँघ्न थाल्यो ।
७. तृतीय पुरुषमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उनको सातोपुत्लो उड्छ तेर्सो र ओरालो बाटामा उनी निकै छिटो हिँड्न सक्छन् तर उकालो भने उनका लागि जेमराज जत्तिकै भयावह हुन्छ । उनी विवश थिएँ, उनले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँका उखु पहिले टेक्ते र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।
८. मध्यम आदरमा रुपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी मिहिनेती छौ । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।
९. सामान्य आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा | यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरू किताब पढ, लेखहरू लेख ।
१०. उच्च आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाँहरू फेवाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाँहरूका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उहाँहरू घर फर्किनुहुन्छ ।
११. दिइएको अनुच्छेदबाट ‘ब’ र ‘व’ को प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस्ः
‘ब’ को प्रयोग भएका शब्दहरूको सूची :
बस्तीका बाहिरतिर बारी, बिल्छ, बतास, बिहान बेलुका सबै बजार यसबाहेक, बिहेबटुलो
‘व’ को प्रयोग भएका शब्दहरूको सूची :
अवसर, वन, वरपर, वर्षा, हावा, पर्व. उत्सव
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Ghanghasyako ukaalo katta content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Ghanghasyako ukaalo katta.
Ready to Master Ghanghasyako ukaalo katta?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.