Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Hami lai bolaunchan himchuli


Subject

Hami lai bolaunchan himchuli

Learn Hami lai bolaunchan himchuli in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
12,900

Hami lai bolaunchan himchuli

Hami lai bolaunchan himchuli

शब्दभण्डार

 

१. शब्दकोशको सहायता लिई दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :


तिरिन : घाँस, पराल आदिको थोरै अंश

डोरेटो : एक दुई जना मात्र हिँड्न हुने सानो बाटो

निनी : गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने शब्द

पातल : सधैँ हराभरा भइरहने लेकको सेपिलो एवम् घना जङ्गल

बुकी : हिमाली भेगमा पाइने भारविशेष

नागियुँ : चौरी गाई चर्ने ठाउँ

छङ्गाछुर : ज्यादै अग्लो र विकट खालकोभिर वा पहरो खगर : वर्षभरिमा नौ महिना हिउँले ढाकिने ठाउँ

सामलतुमल : अन्न आदि खाने कुरा

२. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द पाठबाट खोज्नुहोस् :

राम्रा : हाम्रा
शिखर : रहर
हेर्लान् : घेर्लान्
होला : छोला
हिलाएर : झुलाएर
ढाक्ला: डाक्ला
ध्वनि : पनि
पारी : मारी
हान्छ : जान्छ
छाप : नापजाप

३. दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोज्नुहोस् :

चिसो : शीतल
देउराली : पहाडको उकालो सिद्धिने ठाउँ
तिरिन : तृण
टाकुरा : शिखर
फूल : पुष्प
बाटो : डोरेटा

४. गीतमा प्रयोग भएका केही शब्द कथ्य रूपमा छन् । गीतमा लय मिलाउन यस्ता शब्दको प्रयोग गरिन्छ । ती शब्दको स्तरीय रूप दायाँतर्फ दिइएको छ । यस्तै अन्य शब्द खोजी स्तरीय रूपसमेत लेख्नुहोस् :

कल्ले : कसले
नउरङ्गे : नौरङ्गे
चम्री : चौंरी
गोठालिनी : गोठाल्नी

बोध र अभिव्यक्ति

 

१. दिइएको गति र यति व्यवस्थाको अनुसरण गरी ‘हामीलाई बोलाउँछन् हिमचुली’ कविता लय मिलाई वाचन गर्नुहोस् :

४ अक्षर ४ अक्षर ४ अक्षर २ अक्षर
हामीलाई बोलाउँछन् हिमचुली राम्रा
उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा

 

२. उदाहरणमा देखाए जस्तै गरी दिइएका शब्दको अक्षर छुट्याएर शुद्ध उच्चारण गर्नुहोस् :

सुसेली : / सु.से.लि /
हिमचुली : / हिम्.चु.लि /
शिखर : / सि. खर् /
उक्लियौला : / उक्.लि.यौं.ला /
मर्नैपर्छ : / मर्नै पर्छ /

६. दिइएको कवितांश पढी मौखिक उत्तर दिनुहोस् :

 

(क) माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

माथिको कवितांशमा उकाली, देउराली, वनपाखा जस्ता पहाडी भौगोलिक परिवेशका साथै बिसौनीमा सुसेरी हाल्दै गीत गाउने, गोठालो जाने, गाई चराउने जस्ता नेपाली रमणीय परम्पराको परिवेश चित्रण गरएको छ ।

(ख) ‘देउरालीको बिसौनीमा सुसेलीले गाउँला’ यस कथनको तात्पर्य के हो ?

देउरालीको बिसौनीमा सुसेलीले गाउँला’ कथनको तात्पर्य देउरालीमा थकाइ मार्ने क्रममा चिसो बतासको आनन्द लिदै सुसेली हाल्दै गीत गाउँने र प्रकृतिको रमाइलो अनुभूति लिनु हो ।

(ग) ‘वनभित्र ढुङ्गामाथि गाउलिन् गोठालिनी’ यस कथनलाई सामान्य पदक्रममा रूपान्तर गर्नुहोस् ।

गोठाल्नी वनभित्र ढुङ्गामाथि गाउलिन् ।

(घ) गोठाल्नीले गाईलाई कसरी बोलाउँछिन् ?

गोठाल्नीले गाईलाई लाला ओदी निनी भनेर बोलाउँछिन् ।

७. ‘टाकुरामा……. नउरङ्गे डाँफे’ कवितांश पढी हिमाली भेगमा पाइने जनावर र बोटबिरुवाका बारेमा छोटो अनुच्छेद लेख्नुहोस् ।

नेपालको हिमाली भेग निकै चिसो हुने भएकोले त्यहाँ सिमित जनावर र बोटबिरुवाहरू पाइन्छन् । यस्ता जनावर र बोटबिरुवाहरूले त्यहाँको हावापानीमा पनि आफ्नो अस्तित्व कायम गर्न सक्दछन । यस भेगमा भेडा, चौरी जस्ता बाक्ला रौ भएका जनावर पाइन्छन् । नौरङ्गी डाँफे जस्ता पन्छीहरु पनि यही क्षेत्रमा पाइन्छ । निगाला, बुकी फूल, धुपी लगायतका थुप्रै महत्त्वपूर्ण बोटविरुवाहरू पनि यस क्षेत्रमा पाइन्छन् ।

 
 

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) माथिको कवितांशमा नेपालीको कस्तो मानसिकताको चित्रण गरिएको छ ?

माथिको कवितांशमा नेपालीको साहसी, शूर, वीर मानसिकताको चित्रण गरिएको छ । नेपालीहरु हिमालझैँ अटल, कहिल्यै नझुक्ने स्वाभिमानी, जस्तोसुकै प्रतिकूल अवस्था नै किन नहोस् सतिसालझैँ अविचलित हृदय हुने, शूरता, वीरता, धीरताका शक्तिपुञ्ज एवं अदम्य साहसको अजस्र मुहान हुन् भनिएको छ । नेपालीहरू मृतु देखेर समेत डराउँदैनन् । जन्म र मरण प्रकृतिको ऐन हो र एकदिन मर्नु नै पर्छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले उनीहरुले आफ्नो मातृभूमिको लागि हासी हासी आफ्नो प्राण दिन सक्दछन् । हिमालझैँ नझुक्ने स्वभाव भएका हिमालवासी नेपालीहरू हिमाल चढ्न सिपालु हुन्छन् । नेपालीहरु नदेखेको कुरा देख्न चाहने, नजानेको कुरा जान्न बुझ्न चाहने जिज्ञासु किसिमका हुन्छन् । अतः माथिको कवितांशमा कहिल्यै नझुक्ने हिमाल भएको देशमा बसोबास गर्ने नेपालीहरुको धैर्य, साहस र आत्मविश्वासी मानसिकताको चित्रण गरिएको छ ।

(ख) नेपालीले हिमचुलीबाट कस्तो प्रेरणा प्राप्त गरेका छन् ?

नेपालीहरू हिमचुलीको काखमा हुर्किएका हुन्छन् । हिमचुलीहरू नेपालका पहिचान हुन् । सदिऔँदेखि कहिल्यै पनि नझुकेका अटल अनि रहस्यको भण्डार हिमचुलीले कहिल्यै नझुकी निर्भयका साथ स्वाभिमानी बन्नमा नेपालीलाई प्रेरित गरेको छ । नदेखेको, नजानेको, नबुझेको कार्य गर्न प्रेरणा प्रदान गर्दछ । विगतमा हाम्रो हिमाल कहिल्यै कसैसँग झुकेन, त्यसैगरी हामी नेपालीहरू पनि कहिल्यै अरूसामु झुक्नु हुदैन । हिमचुलीको उचाइसँगै नेपालीहरूको शान र मान पनि चुलिएको छ । हामीमा धैर्य, साहस र आत्मबल कहिल्यै डग्मगाउँनु हुदैन । तसर्थ नेपालीले हिमचुलीबाट सफलताको शिखर चुमी नयाँ नौलो कीर्ति राखी राष्ट्र र राष्ट्रियतालाई चम्काएर जीवनलाई सार्थक बनाउन पर्छ भन्ने प्रेरणा प्राप्त गरेका छन् ।

९. ‘हामीलाई बोलाउँछन् हिमचुली’ कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, दिइएका बुंदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :

राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं. १९७६ : २०७७) द्वारा रचित ‘हामीलाई बोलाउँछन् हिमचुली’ शीर्षकको कविता उत्कृष्ट प्रकृतिचित्रण गरिएको कविता हो । उनि स्वच्छन्दतावादी कविता धाराका परिष्कारवादी शैलीशिल्पलाई अङ्गाल्ने प्रकृतिप्रेमी, मानवतावादी, राष्ट्रवादी, सौन्दर्यप्रेमी, जातीय स्वाभीमानी, जीवनवादी एवं प्राकृतिक एवं सांस्कृतिक बिम्ब र प्रतीकको प्रयोग गर्ने शास्त्रीय कवि हुन् । कवि घिमिरे नेपाली साहित्यमा छन्दोवादी कविका रूपमा परिचित छन् । यस कवितामा कविले नेपालको मनमोहक हिमाली भेगको वातावरण र परिवेश प्रस्तुत गरेका छन् ।

यस कवितामा कवि घिमिरेले नेपाललाई हिमचुलीको काखमा रहेको तेस्रो ध्रुवको देश जसको हिमाली वातारण र परिवेशको मधुमाधुरीमा विश्वलाई मोहनी लगाउने सक्ने जादु लुकेको हुन्छ भन्ने वास्तविकतालाई प्रस्तुत गरेका छन् । बगिरहने लेकको सेपिलो एवम् घना जङ्गलले सुशोभित मनोरम परिवेशको प्रस्तुति कवितामा गरिएको छ । हिमाली भेगमा चिसो र ओसिलो जमिनमा बहुमूल्य जडिबुटीको भण्डार रहेको छ । हिमालको चिसो बताससँगै कस्तुरीको सुगन्ध बहने गर्दछ । हिमाली आकर्षणकै कारण हिमाल आरोहणकै लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्दछ । हराभरा भइरहने लेकको सेपिलो एवं घना जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी अनि कस्तुरी मृगको बथानले हिमाली वातावरणमा रौनक भरेको पाइन्छ । धुपी र बुकी जस्ता बोटबिरुवा र घाँसपातले मनोहर देखिएको उक्त क्षेत्र कस्तूरी र नौरङ्गे डाँफेको स्वतन्त्र उपस्थितिका कारण आकर्षक बनेको मनमोहक परिवेश पनि कवितामा प्रस्तुत गरिएको छ । हिमाली क्षेत्रका बासिन्दाहरूको प्रमुख पेशा नै पशुपालन भएकाले भेडाबाख्रा, चौरी पालन गर्ने अनि जडिबुटी ख सङ्कलन गरी बिक्री वितरण गरी अर्थ सङ्कलन गरी जीविकोपार्जन गर्ने सामाजिक परम्परालाई यहाँ प्रस्तुत गरेका छन् । सधैँ नयाँ कुरा गर्न उत्सुक र समस्याबाट कहिले पछि नहट्ने साहसी नेपालीको बसोबास रहेको कुरामार्फत कवि नेपाली वीरताको परिवेश प्रस्तुत गर्दछन् ।

यसरी कविले प्रस्तुत कवितामा लोकछन्द सवाईका माध्यमबाट नेपाललाई हिमचुलीको काखमा रहेको भनी नेपाली प्रकृतिलाई मानवीकरण गरी नेपाल प्राकृतिक आभूषणहरूले सुशोभित प्रकृतिको सुन्दर राजधानीका रूपमा चित्रण गरेका छन् ।

१०. ‘हामीलाई बोलाउँछन् हिमचुली’ कविताले दिएको सन्देश के हो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं. १९७६ : २०७७) द्वारा रचित ‘हामीलाई बोलाउँछन् हिमचुली’ शीर्षकको कविता उत्कृष्ट प्रकृतिचित्रण गरिएको कविता हो । उनि स्वच्छन्दतावादी कविता धाराका परिष्कारवादी शैलीशिल्पलाई अङ्गाल्ने प्रकृतिप्रेमी, मानवतावादी, राष्ट्रवादी, सौन्दर्यप्रेमी, जातीय स्वाभीमानी, जीवनवादी एवं प्राकृतिक एवं सांस्कृतिक बिम्ब र प्रतीकको प्रयोग गर्ने शास्त्रीय कवि हुन् । कवि घिमिरे नेपाली साहित्यमा छन्दोवादी कविका रूपमा परिचित छन् । यस कवितामा कविले नेपालको मनमोहक हिमाली भेगको वातावरण र परिवेश प्रस्तुत गरेका छन् ।

यस कवितामा कवि घिमिरेले नेपालीहरूको हिमालझैँ अटल, कहिल्यै नझुक्ने स्वाभिमानी, शूरता, वीरता, धीरताका शक्तिपुञ्ज एवं अदम्य साहसको अजस्र मुहान भएका अनि मर्नबाट कहिल्यै नडराउने भयमुक्त साहसी, शूर, वीर मानसिकता हुन्छ भन्ने सन्देश दिएका छन् । नेपालीहरू हिमचुलीको काखमा हुर्किएका हुन्छन् । हिमचुलीहरू नेपालका पहिचान हुन् । सदिऔँदेखि कहिल्यै पनि नझुकेका अटल अनि रहस्यको भण्डार हिमचुलीले कहिल्यै नझुकी निर्भयका साथ स्वाभिमानी बन्नमा नेपालीलाई प्रेरित गरेको छ । नदेखेको, नजानेको, नबुझेको कार्य गर्न प्रेरणा प्रदान गर्दछ । विगतमा हाम्रो हिमाल कहिल्यै कसैसँग झुकेन, त्यसैगरी हामी नेपालीहरू पनि कहिल्यै अरूसामु झुक्नु हुदैन । हिमचुलीको उचाइसँगै नेपालीहरूको शान र मान पनि चुलिएको छ । हामीमा धैर्य, साहस र आत्मबल कहिल्यै डग्मगाउँनु हुदैन । तसर्थ सफलताको शिखर चुमी नयाँ नौलो कीर्ति राखी राष्ट्र र राष्ट्रियतालाई चम्काएर जीवनलाई सार्थक पारेर र हामी सफलताको शिखर चुमेरै छाड्छौँ भन्नु नै यस कविताको मुख्य सन्देश हो ।

 
 

११. दिइएको गजल पढ्नुहोस्, यसको संरचनाका बारेमा हेक्का राख्नुहोस् र आफूलाई मन पर्ने विषयमा एउटा गजलको रचना गर्नुहोस्:

गजल

जोडेको त्यो नाता तोडेर गयौ
पराई को घुम्टो ओडेर गयौ

थुनेको नै थिएँ दिलमा राखी
लाएको त्यो चाबी फोडेर गयौ

तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर गयौ

उजाड नै भयो झुपडी मेरो
पराई को बारी गोडेर गयौ

छिनेको छ मुटु छुटायौ यता
टुटायौ र उता जोडेर गयौ ।

१२. दिइएको अनुच्छेद पढ़ी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :

 

(क) कविता भनेको के हो ?

कविता भनेको विचार वा भावनाको लयबद्ध कलात्मक भाषिक अभिव्यक्ति हो ।

(ख) कविता र गजलमा के अन्तर छ ?

कविता छन्दमा लेखिएको हुन्छ भने गजल बहरमा लेखिएको हुन्छ । छन्द र बहरको ढाँचा फरक हुने भएकाले यी दुईमा अन्तर छ ।

(ग) गजलका संरचक के के हुन् ?

गजलका संरचक बहर, मिसरा, सेर, मत्ला, मक्ता, काफिया, रदिफ हुन् ।

(घ) गजलका प्रत्येक सेरको दोस्रो मिसरा कस्तो हुनुपर्छ ?

गजलमा प्रत्येक सेरको दोस्रो मिसरा हमकाफिया अर्थात् अनुप्रासान्त हुनुपर्छ ।

 
 
 

व्याकरण

१. दिइएको अनुच्छेदबाट उपसर्ग व्युत्पन्न शब्द टिप्नुहोस् र तालिकामा देखाए जस्तै गरी उपसर्ग र आधार छुट्याउनुहोस् :

उपसर्ग व्युत्पन्न शब्द उपसर्ग आधार पद
अत्यावश्यक अति आवश्यक
अधिकार अधि कार
अवरोध अव रोध
समृद्धि सम् ऋद्धि
प्रतिकूल प्रति कूल
समृद्ध सम् ऋद्ध
सुस्वास्थ्य सु स्वास्थ्य
समुचित सम् उचित
आहार हार
संरक्षण सम् रक्षण
संसार सम् सार
सङ्कट सम् कट
प्रकोप प्र कोप
परिणाम परि नाम
उत्पन्न उत् पन्न
विचार वि चार
सङगठन सङ् गठन
अनुसार अनु सार
उपयुक्त उप युक्त
अत्यावश्यक अति आवश्यक
सचेत चेत
उपचार उप चार
विकराल वि कराल
सम्पूर्णतः सम् पूर्णतः
विकास वि कास
अवरुद्ध अव रुद्
प्रयोग प्र योग
उपयोग उप योग
प्रतिकूल प्रति कूल

 

२. भाषातत्वअन्तर्गत १ को अनुच्छेदमा प्रयुक्त ‘सम्’ उपसर्ग लागेर बनेका शब्द ‘सङ्गठन, सञ्चित, सन्तुलित सम्बन्धी संरक्षण को निर्माण प्रक्रिया तलको आरेखमा दिइएको छ । शब्दकोश हेरी ‘सम्’ उपसर्ग लागेर बनेका अन्य दशओटा शब्द टिप्नुहोस् र तिनको निर्माण प्रक्रिया पनि देखाउनुहोस् :

उपसर्ग आधार पद उपसर्ग व्युत्पन्न शब्द
सम् ऋद्ध समृद्ध
सम् सद संसद
सम् मान सम्मान
सम् हार संहार
सम् वाद संवाद
सम् सार संसार
सम् रक्षण सम्रक्षण
सम् वेदना संवेदना
सम् स्मरण संस्मरण
सम् सान सम्सान
 
 

३. दिइएको तालिकाको बायाँतर्फ उपसर्ग दिइएका छन् र दायाँतर्फ आधार शब्द दिइएका छन् । प्रत्येक आधार शब्दमा एउटा एउटा उपसर्ग संयोजन गरेर नयाँ शब्द बनाउनुहोस् :

उपसर्ग आधार पद उपसर्ग व्युत्पन्न शब्द
अनु गमन अनुगमन
अव नति अवनति
निस् छल निश्छल
निर् ईक्षण निरीक्षण
परि ईक्षा परीक्षा
अति अधिक अत्यधिक
सु आगत स्वागत
अधि आगमन अध्यागमन
प्रति एक प्रत्येक
दुस् चिन्ता दुश्चिन्ता
दुर् आशय दुराशय
वि ज्ञान विज्ञान
सन् देश सन्देश
उत् नत उन्नत
अनु छेद अनुच्छेद

 

५. दिइएको अनुच्छेदबाट प्रत्यय न्युत्पन्न शब्द टिप्नुहोस् र तालिकामा देखाए जस्तै गरी आधार र प्रत्यय छुट्याउनुहोस् :

प्रत्यय व्युत्पन्न शब्द आधार पद प्रत्यय
स्मरणीय स्मृ अनीय
भुलक्कड भुल् अक्कड
परिचायक परिचय अक
संस्कृति संस्कृत
कारण कृ अन
जातीय जात ईय
सांस्कृतिक संस्कृति इक
प्राचीन प्राच् ईन
वैदिक वेद इक
नेपाली नेपाल
स्वार्थी स्वार्थ
भावना भाव ना
पूजा पूज्
देवता देव ता
निष्क्रियता निष्क्रिय ता
चोरी चोर
ठगाहा ठग् आहा
मिचाहा मिच् आहा
हेपाहा हेप् आहा
चुसाहा चुस् आहा
लुटाहा लुट् आहा
हिंस्रक हिंसा अक
शोषक शोष् अक
शोषण शोष् अण
घमण्डी घमण्ड
पियक्कड पिउ अक्कड
बुझक्कड बुझ् अक्कड
भुलक्कड भुल् अक्कड
वन्दनीय वन्दना इय
आदरणीय आदृ अनीय
स्मरणीय स्मृ अनीय
आर्थिक अर्थ इक
सुखी सुख
विकृति विकृत
अन्ततः अन्त तः
फिरन्ते फिर् अन्ते
मगन्ते माग् अन्ते
जीवन जीव
उन्नति उन्नत
कारक कृ अक

 

६. तलको तालिकाको बायाँतर्फ धातु र शब्द दिइएका छन् र दायाँतर्फ प्रत्यय दिइएका छन् । प्रत्येक धातु र शब्दबाट एउटा एउटा प्रत्यय संयोजन गरेर कृदन्त व्युत्पन्न र तद्वितान्त व्युत्पन्न शब्द बनाउनुहोस्:

कृदन्त व्युत्पन्न शब्द आधार पद प्रत्यय
दर्शक दृश् अक
सृष्टि सृज् ति
गन्तब्य गम् तब्य
स्मरणीय स्मृ अनीय
श्रवण श्रु अन
नीत नी
वक्ता वच् ता
नृत्य नृत्
नेता नी ता
दैनिक दिन इक
स्वर्णिम स्वर्ण इम
ग्रामीण ग्राम ईन
दिवसीय दिवस ईय
राष्ट्रिय राष्ट्र इय
विशेषतः विशेष तः
सौन्दर्य सुन्दर
महत्ता महत् ता
गौर गुरु
वाङ्मय वाक् मय
 
 

७. दिइएको अनुच्छेदबाट सन्धियुक्त ब्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस् :

सन्धि ब्युत्पन्न शब्द निर्माण प्रक्रिया
प्रत्येक प्रति + एक
सदाचार सत् + आचार
सदैव सदा + एव
सज्जन सत् + जन
सन्देश सम् + देश
अनुसरण अनु + सरण
निष्क्रियता निष्क्रिय + ता
निराशा निर् + आशा
निष्काम निस् + काम
भावना भाव + ना
निरन्तर निर् + अन्तर
समर्पित समर्पण + इत
सन्तुलन सन् + तुलन
अत्यधिक अति + अधिक
परीक्षित परीक्षा + इत
सङ्कल्प सम् + कल्प
प्राप्ति प्राप्त + इ
उद्देश्य उद् + देश्य
तल्लीन तत् + लीन
सफलता सफल + ता
सफल स + फल
विकास वि + कास

 

८. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

म गतहप्ता भृकुटीमण्डपमा विज्ञान प्रदर्शनी हेर्न गएँ । त्यहाँ धेरै किसिमका कम्प्युटर, ल्यापटप र मोबाइलहरू राखिएका थिए । त्यस प्रदर्शनीमा भर्खर कक्षा दश पूरा गरेर एघारमा पढ्दै गरेका विद्यार्थीदेखि एम्. ए. र पि. एच्. डी गरेका प्राध्यापकहरूसमेत आएका थिए । त्यहाँ इज्जतदार, इमानदार, जमिनदार, लेखनदास सबैको जमघट एक ठाउँमा भएको देखेर म दङ्ग परें । मान्छेहरूले खचाखच भरिएको त्यस प्रदर्शनी स्थलबाट एउटा ल्यापटप किनेर सरासर घर फर्के ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Hami lai bolaunchan himchuli content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Hami lai bolaunchan himchuli.

Ready to Master Hami lai bolaunchan himchuli?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.