Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Maatritwo


Subject

Maatritwo

Learn Maatritwo in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
4,647

Maatritwo

Maatritwo

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

सर्वस्व : सारा सम्पत्ति
अप्रत्याशित : आकस्मिक
ग्लानी : पछुतो
नैराश्य : निराशा
सङ्कीर्ण : सङ्कुचित
मृगतृष्णा : जलभ्रम

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) धाक र तडकभडकले पूर्ण – रोबिलो
(ख) गतिहीन – शान्त
(ग) जितको आनन्द – विजयोल्लास
(घ) रातो र निलो मिसिएको, भन्टा रङको – बैजनी
(ङ)पग्लेको चट्टान, जमिनभित्रको अग्नि क्रियाशील भई रॉकोसहित धुवाँ, तातो खरानी, पग्लेका धातु आदि ओकल्ने अवस्था – ज्वालामुखी

३. पाठमा प्रयुक्त पाँचओटा अनुकरणात्मक शब्द टिप्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :


लल्याकलुलुक
रामको धम्कीले श्याम गलेर लल्याकलुलुक भयो ।

झलझली
दाजुले छोडेर विदेश गएपनि मेरो आँखामा उहाँको तस्बिर झलझली आउँछ ।

लुरुलुरु
गाउँ जाँदा मोटर नपाएकोले लुरुलुरु हिँडेर घर गएँ ।

ढ्याङढ्याङ
सानो भाइले ढ्याङढ्याङ गरेर ढोकामा हिर्कायो ।

तप तप
तप तप पसिना चुहाएर घाममा आमाले काम गर्नुभयो ।

४. दिइएका टुक्काको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

आफ्नै देशमा मेहनतका साथ कम्मर कसी काम गर्नु बुद्धिमानी हुन्छ । मन फुकाएर इमान्दार बनी असल काम गरे देश र परिवारको नाक राखिन्छ । हामीले नराम्रो काम गरी आफ्नो खानदानको नाक काट्ने काम गर्नु हुँदैन । समाजमा नराम्रो वा असहज काम गरे बसिरहेको ठाउँ नै छोडी डाँडो काट्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । कमाउनको लागि अरुको देश पस्नु राम्रो होइन । अरूको कुरा काटी आफ्नो समय खेर फाल्ने बानी राम्रो होइन ।

बोध र अभिव्यक्ति

 

१. ‘मातृत्व’ कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।

 

(क) आदि

– एउटा शनिबार सदा झैँ ममताले झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्नु,
– छोराले सुबोध दिनदिनै आएको नरूचाएपछि ममताले सुबोधले सबैलाई माया गर्ने गरेको बताउनु,
– हवाईजहाज दुर्घटनाबाट पति गुमाएकी ममताले आफ्ना दुई छोराछोरीका साथ एकल जीवन बिताउनु ।

(ख) मध्य

– पतिको साथी सुबोधले ममतालाई सान्त्वना दिनु,
– सुबोध र ममताले एकअर्कालाई मन पराउन थाल्नु,
– सुरुका दिनमा ममता र सुबोध दुबै एकअर्काको इच्छाअनुरुप चल्नु,
– ममतालाई आफ्नी बनाएर सुबोधले छोराछोरीलाई गाली गर्ने र हप्काउने गर्नु,
– सुबोधले छोराछोरीप्रति गर्ने व्यवहारका कारण ममता आहत बन्नु ।

(ग) अन्त्य

– ममतालाई मातृत्ववोधले सताउनु,
– सुबोधसँग रहँदा सुन्दर र सुखी परिवार नहुने सोचेर सुबोधलाई परित्याग गर्नु ।

२. कथा पढी दिइएका प्रश्नको उत्तर भन्नुहोस्

 

(क) ममता झ्यालमा बसेर कसको प्रतीक्षा गर्दै थिइन् ?

ममता झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्दै थिइन् ।

(ख) ममता र सुबोध नजिकिनुको कारण के हो ?

ममता र सुबोध नजिकिनुको कारण यी दुई एक अर्कालाई मन पराउँछ्न् ।

(ग) ममताको कुन बानी सुबोधलाई मन परेको थिएन

ममताको सेतो र पहेलो लुगा लगाउने बानी सुबोधलाई मन परेको थिएन ।

(घ) सुबोधको कुन बानी ममतालाई मन परेको थिएन ?

सुबोधको चुरोट खाने बानी ममतालाई मन परेको थिएन ।

३. ‘मातृत्व’ कथा पढ्नुहोस् र दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :


(क) एउटा शनिबार सदा झैँ ममताले झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्नु

(ख) छोराले सुबोध दिनदिनै आएको नरुचाएपछि ममताले सुबोधले सबैलाई माया गर्ने गरेको बताउनु

(ग) हवाईजहाज दुर्घटनाबाट पति गुमाएकी ममताले आफ्ना दुई छोराछोरीका साथ एकल जीवन बिताउनु

(घ) पतिको साथी सुबोधले ममतालाई सान्त्वना दिनु

(ङ) सुबोध र ममताले एकअर्कालाई मन पराउन थाल्नु

(च) सुरुका दिनमा ममता र सुबोध दुबै एकअर्काको इच्छाअनुरूप चल्नु

(छ) ममतालाई आफ्नी बनाएर सुबोधले छोराछोरीलाई गाली गर्ने र हप्काउने गर्नु

(ज) सुबोधले छोराछोरीप्रति गर्ने व्यवहारका कारण ममता आहत बन्नु

(झ) ममतालाई मातृत्वबोधले सताउनु

(ञ) सुबोधसँग रहँदा सुन्दर र सुखी परिवार नहुने सोचेर सुबोधलाई परित्याग गर्नु

 
 

४. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

 

(क) ममता किन जीवनसाथीको खोजीमा थिइन् ?

‘मातृत्व’ कथाकी पात्र ममताले आफ्नो श्रीमानको मृत्युपछि आफ्नो जीवनमा श्रीमानको अभाव महसुस गरेकी थिइन् । उनले आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, सुरूङ जस्तो घरलाई खँदिलो बनाउनका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि जीवनसाथीको खोजीमा थिइन् ।

(ख) ममताले कस्तो प्रेम चाहेकी थिइन् ?

‘मातृत्व’ कथाकी पात्र ममताले आफ्नो श्रीमानको मृत्युपछि आफ्नो जीवनमा श्रीमानको अभाव महसुस गरेकी थिइन् । ममताले आफू र छोराछोरीको अभिभावकत्व ग्रहण गर्न सक्ने, सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने, शून्यता र रिक्तताको अनुभव गर्नु नपर्ने शारीरिकभन्दा मानसिक, निर्मल, आत्मीय एवं आशक्तिविहीन प्रेम चाहेकी थिइन् ।

५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) ममताको मन किन हलुङ्गो भयो ?

यस कथाकी प्रमुख पात्र ममताले एउटा दुःखदायी हवाईजहाज दुर्घटनाबाट पति गुमाएकि थिईन । ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित भएर ऊसँगको सम्बन्ध तोडेकी थिइन । ममताले मातृत्व बोध गरी सुबोधसँगको सम्बन्ध तोडेपछि तनावमुक्त भई आफ्नो ठूलो बोझको अन्त्य भएर मन हलुका भएको महसुस गरेकी छिन् ।

(ख) ममता र सुबोधका बिच मनमुटाउ हुनुको कारण के हो ?

ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित भएर ऊसँगको सम्बन्ध तोडेकी थिइन । सुबोधले ममताको छोराछोरीलाई वास्ता नगर्ने र रुखो व्यवहार देखाउने भएकाले यी दुईका बिच मनमुटाउ भएको हो ।

६. व्याख्या गर्नुहोस् :

 

(क) नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ । छहारीदार ओत चाहिन्छ । जिन्दगी हाँसो रोदन, दु:ख पीडा, कथा व्यथाले भरिएको सामूहिक भेल हो । आपत्, सुख र दुःख सबैलाई पर्छ ।

कथाकार भागिरथी श्रेष्ठ (वि.सं. २००५) द्वारा संरचित ‘मातृत्व’ कथा एक उत्कृष्ट र चर्चित कथा हो । कथाकार श्रेष्ठ नेपाली संस्कृतिको यथार्थ चित्रण, सामाजिक विषयवस्तुको चयन, सरल, सहज र थोरै पात्रहरूको प्रयोग गरेर कथा लेख्ने कथाकारका रूपमा परिचित छिन् । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । प्रस्तुत कथांशमा दुःखपीडा सबैलाई पर्ने र कसैको पनि जिन्दगी सोचेजस्तो नहुने हुँदा सबैलाई सहारा चाहिने कुरा अभिव्यक्त गर्न खोजिएको छ ।

मानिस सामाजिक प्राणी हो । एकअर्काको माया, प्रेम, सहयोग र सद्भावबाट नै जीवन सहज बन्दछ । प्रेमबिनाको जीवन निस्सार र शून्य बन्दछ । यस कथामा प्लेन दुर्घटनामा पतिको मृत्यु भएपछि ममता सहाराविहीन हुन्छिन् । उनलाई सुरक्षाको आवश्यकता महसुस हुन्छ । मरूभूमितुल्य बनेको नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदीको आवश्यकता ठान्दछिन् । छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी हुन्छिन । विधवाले आफ्नै पतिको सत्मा बस्नुपर्ने धार्मिक सामाजिक परम्पराप्रति पनि ममतामा विद्रोही भावना जाग्छ । जीवनलाई मरुभूमि होइन रसिलो बनाउन चाहान्छिन् । जीवन सोचेको जस्तो कसैको हुँदैन । जिन्दगी हाँसो रोदन, दुःख पीडा, कथा ब्यथाले भरिएको सामूहिक भेल हो । जिन्दगी विभिन्न घुम्ती र मोडहरूमा बग्दै जान्छ । कहिले सुख हुन्छ त कहिले दुःख भोग्नुपर्छ । यसबाट अगाडि बढ्न सबैलाई सहारा चाहिन्छ । यसप्रकार माथिको कथांशमा कथाकारले ममता पात्रको निर्णय सम्बन्धमा सबैका लागि मायाको सहारा चाहिने र त्यो जीवनका लागि महत्त्वपूर्ण हुने कुरा स्पष्ट पारेका छन् ।

(ख) मेरा छोराछोरी मेरा लागि चन्द्र र सूर्य हुन् ।

कथाकार भागिरथी श्रेष्ठ (वि.सं. २००५) द्वारा संरचित ‘मातृत्व’ कथा एक उत्कृष्ट र चर्चित कथा हो । कथाकार श्रेष्ठ नेपाली संस्कृतिको यथार्थ चित्रण, सामाजिक विषयवस्तुको चयन, सरल, सहज र थोरै पात्रहरूको प्रयोग गरेर कथा लेख्ने कथाकारका रूपमा परिचित छिन् । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । प्रस्तुत कथांशमा एउटी आमाका लागि छोराछोरी नै सबैथोक भएको कुरा अभिव्यक्त भएको छ ।

ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित हुन्छिन् । आफ्नो छोरी दुर्घटनामा परी अस्पतालमा हुँदा सुबोधले देखाएको व्यवहारबाट उनी सुबोधलाई घृणा गर्न थाल्छिन् । सुबोधसँग रहिरहेमा छोराछोरीको भविष्य राम्रो नदेखेर ममता सुबोधसंग छुटिने निष्कर्षमा पुग्छिन् । अतः सुबोधप्रतिको असन्तोष र वेदनाको घाउ फुट्न पुग्छ । ममतामा मातृत्व प्रवल भई छोराछोरी नै आफ्नो जीवनका सबैथोक, आफ्नो जीवनका आधार, भविष्यका सहारा चन्द्र र सूर्य बोध गरी सुबोधलाई लत्याएकी छिन् । यसप्रकार माथिको कथांशमा एउटी आमाका लागि आफ्ना सन्तान नै सर्वस्व भएको कुरा स्पष्ट पारिएको छ । आफ्ना सन्तानको भविष्यका लागि आमाले जस्तोसुकै त्याग गर्न सक्छन् भन्ने सन्देश पनि प्रस्तुत कथांशमा अभिव्यक्त भएको छ ।

 
 

७. ममताले सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईंलाई कस्तो लाग्यो, कथाका आधारमा विश्लेषण गर्नुहोस् ।

नारीवादी कथाकार भागिरथी श्रेष्ठद्वारा संरचित ‘मातृत्व’ कथा सामाजिक यथार्थ धरातलमा नारीको मानसिक द्वन्द्वलाई विश्लेषण गरिएको नारीवादी कथा हो । सामाजिक यथार्थ धरातलमा प्रगतिवादी स्वर उराल्ने नारीवादी कथाकार श्रेष्ठद्वारा संरचित यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । यस कथाकी प्रमुख पात्र ममताको मातृत्वको अनुपम अभिव्यक्तिका रूपमा आएको प्रस्तुत व्याख्यांशमा ममतामयी मातृहृदयको अलौकिक ममताको सार अभिव्यञ्जित भएको छ ।

यस कथामा ममता हवाइजहाज दुर्घटनामा पति गुमाएर टुहुराटुहुरी बनेका छोराछोरीकी विधुवा आमा हुन्छिन् । असुरक्षित, शून्यता, रिक्तता, बेसहारा बनी विधवा जीवन बिताएकी ममतालाई सहानुभूति देखाउन सुबोध ममताको घरमा आइरहँदा सुबोध र ममता एकआपसमा नजिकिँदै जान्छन् । ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् । तर सुबोधले शारीरिक प्रेम गरी यौनिक चाहना पूर्तिका लागि घृणित स्वार्थको नौटङ्की रच्दछ । सुबोधले ममताका छोराछोरीलाई आफ्नो प्रेमको बाधक ठान्दछ अनि सुबोधले ममताका छोराछोरीलाई झर्कोफर्को गर्ने, रिसाउने, आँखा तर्ने देखिनसहने, बेवास्ता गर्ने अनि लापर्वाही कुरा गर्छ । ममताले आफ्ना छोराछोरीमाथि सुबोधले ईर्ष्या र जलनको भाव राखेको पाउँछिन् । उसकी छोरी चन्द्रमा दुर्घटनामा परी अस्पतालमा हुँदा सुबोधले देखाएको व्यवहारबाट बढी पीडित हुन्छे । अन्त्यमा ममतालाई मातृत्व बोधले सताउँछ र सुबोधसंग सम्बन्ध तोड्न पुग्छिन् । अतः आफ्ना सन्तानका लागि ज्यान त दिन सक्ने आमाले क्षणिक सुख र शारीरिक भोगविलासलाई खासै महत्त्व दिँदैनन् भन्ने कुरा पुस्टि हुन्छ । तसर्थ आफ्ना छोराछोरीका लागि सुबोधलाई त्याग्ने उनको गरेको निर्णय मलाई अत्यन्तै उपयुक्त लाग्यो ।

८. समीक्षात्मक उत्तर लेख्नुहोस् :

 

क) ‘जननी स्वर्गभन्दा पनि महान् हुन्छिन्’ यस भनाइलाई मातृत्व कथाका आधारमा पुष्टि गर्नुहोस् ।

नारीवादी कथाकार भागिरथी श्रेष्ठद्वारा संरचित ‘मातृत्व’ कथा सामाजिक यथार्थ धरातलमा नारीको मानसिक द्वन्द्वलाई विश्लेषण गरिएको नारीवादी कथा हो । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । यस कथामा ममता हवाइजहाज दुर्घटनामा पति गुमाएर टुहुराटुहुरी बनेका छोराछोरीकी विधुवा आमा हुन्छिन् । असुरक्षित, शून्यता, रिक्तता, बेसहारा बनी विधवा जीवन बिताएकी ममतालाई सहानुभूति देखाउन सुबोध ममताको घरमा आइरहँदा सुबोध र ममता एकआपसमा नजिकिँदै जान्छन् । सुबोधले आफ्ना छोराछोरीलाई माया नगरेपछि उनीहरुलाई बेवास्ता गरेपछि आफ्ना छोराछोरीकै लागि उनले सुबोधलाई पछि गएर त्याग पनि गरेकी छिन् । यसबाट आफ्ना सन्तानका लागि ज्यान त दिन सक्ने आमाले क्षणिक सुख र शारीरिक भोगविलासलाई खासै महत्त्व दिँदैनन् भन्ने कुरा पुस्टि हुन्छ । अतः सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।

(ख) ममता पात्रमा मानसिक द्वन्द्व आउनुका कारणहरू के के हुन् ?

ममता पात्रमा मानसिक द्वन्द्व आउनुका विभिन्न कारणहरू निम्न अनुसार छन् :

– शारीरिकभन्दा मानसिक प्रेम चाहनु तर सुबोधले मानसिकभन्दा शारीरिक प्रेममा बढी जोड दिनु,

-ममता आफ्ना छोराछोरीलाई सर्वस्व ठान्ने तर सुबोध ममताका छोराछोरीलाई हप्काउने र गाली गर्नु,

– सुबोध ममताको शरीर हरबखत लुछ्न मात्र खोज्नु,

– ममताकी छोरी चन्द्रमा दुर्घटनामा पर्दा समेत सुबोधले पेट दुखेको बाहना गरी जिम्मेवारीबाट पन्छनु आदि ।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) आयुर्वेदका आठ अङ्ग के के हुन् ?

आयुर्वेदका आठ अङ्ग कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, भूतविद्या, कौमारभृत्य, अगद तन्त्र, रसायन तन्त्र र बाजीकरण तन्त्र हुन् ।

(ख) कायचिकित्सा र शल्य तन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?

कायचिकित्सामा शारीरिक रोग र शल्य तन्त्रमा चिरफार गर्नुपर्ने रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ।

(ग) शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?

शरीरमा रोगको प्रवेश हुनुको कारण वात, पित्त र कफ यी त्रिदोषको असन्तुलन हुनु हो ।

(घ) आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?

आयुर्वेदले जीवनमा पूर्णायु जिउन उचित आहार, उपयुक्त जीवनशैली र उपलब्ध स्थानीय जडीबुटीको सेवन गर्नुपर्ने सुझाव दिएको छ ।

 
 
 

व्याकरण

 

१. दिइएका अनुच्छेदबाट समस्त शब्द टिप्नुहोस् र तिनको विग्रह गर्नुहोस् :


(क)

समस्त शब्द विग्रह
जीवनरूख जीवनरूपि रूख
छोराछोरी छोरा र छोरी
हाँगाबिगाँ हाँगा र बिगाँ

(ख)

समस्त शब्द विग्रह
दाजुभाइ दाजु र भाइ
दिदीबहिनी दिदी र बहिनी
भाइटीका भाइलाई टीका
यमयमुना यम र यमुना
काककुकुर काक र कुकुर
गाइगोरू गाइ र गोरू
धनधान्य धन र धान्य
भाइतिहार भाइको तिहार
नुहाइधुवाइ नुहाइ र धुवाइ
भाइपूजा भाइको पूजा
दहीअक्षता दहीमा अक्षता
जौतिल जौ र तिल
पञ्चामृत पाँच अमृतको समूह
फूलमाला फूलको माला
सगरमाथा सगर हुने माथ छ जसको
लम्बोदर लामो उदर छ जसको
पीताम्बर पीत अम्बर छ जसको
वायुपुत्र वायुको पुत्र
सप्तरङ्गी सात रङ छ जसमा
पानबुट्टे पानको जस्तो बुट्टा भएको
हरपरीक्षा हरेक परीक्षा
प्रगतिशिखर प्रगतिको शिखर
सयपत्री सय पत्र छन् जसमा
 
 

२. दिइएका अनुच्छेदबाट द्विरुक्त शब्द टिप्नुहोस् र तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :


(क)

द्विरुक्त शब्द निर्माण प्रक्रिया
ढ्याङढ्याङ ढ्याङ + ढ्याङ
नपराई नपराई नपराई + नपराई
चटक चटक चटक + चटक

(ख)

द्विरुक्त शब्द निर्माण प्रक्रिया
लहलह लहर + लहर
छनछन छन + छन
आआफ्नो आफ्नो + आफ्नो
आपसआपस आपस + आपस
झैँझगडा झगडा + झगडा
वेलावेला वेला + वेला
आपत्विपत् आपत्त् + विपत्

 

३. दिइएका द्विरुक्त शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

द्विरुक्त शब्द निर्माण प्रक्रिया
आआफ्नो आफ्नो + आफ्नो
मरमसला मसला + मसला
झैँझगडा झगडा + झगडा
खरखजाना खजाना + खजाना
गरगहना गहना + गहना
किताबसिताब किताब + किताब
ऍचोपँचो पँचो + पैंचो
तात्तातो तातो + तातो

 

४. दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

नेपाल प्राकृतिक सौन्दर्यका दृष्टिले अत्यन्त मनोहर छ । यसैले नेपाल संसारमै पर्यटनका लागि आकर्षक | गन्तब्यका रूपमा परिचित छ । नेपाल प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव, सांस्कृतिक र पुरातात्त्विक सम्पदाले सम्पन्न देश भएकाले पर्यटनका लागि उत्कृष्ट गन्तब्यका रूपमा चिनिएको हो । नेपाल अत्युच्च हिमाल, मनोरम ताल र सुन्दर सरोवरको अपूर्व सङ्गमस्थलका रूपमा रहेको छ । विविध ठाउँबाट देखिने सूर्योदयका मनोरम दृश्यले पनि नेपाल सबैको आकर्षक केन्द्र बनेको छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Maatritwo content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Maatritwo.

Ready to Master Maatritwo?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.