Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Gaun Mathi Euta Kabita


Subject

Gaun Mathi Euta Kabita

Learn Gaun Mathi Euta Kabita in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
1,003

Gaun Mathi Euta Kabita

Gaun Mathi Euta Kabita

शब्दभण्डार
 
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
 
उत्तरः
 
शब्द अर्थ
 
चपरी दुबो, झार आदिसमेतको मायको चोइलो
 
दुवाली माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
 
भाकल आफ्‌नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
 
घोषणापत्र उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
 
दन्त्यकथा लोकले युगौँदेखि संरक्षित गर्दै आएका कथा
 
२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस् :
 
उत्तरः
 
आपत्विपत्, छिटोछरितो, छरछिमेकी, हारगुहार, गाउँठाउँ, सहरबजार, सानोतिनो, एकआपस, झैझगडा, एकअर्का, चाडवाड, मेलापर्व, साथीभाइ, भेटघाट, मेलमिलाप
 
३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
 
उत्तरः
 
म जे काम पनि छिटोछरितो गर्छु। साथीहरुसँग हाँसखेल गर्न मलाई अत्यन्तै मन पर्छ। साथीहरुलाई गाह्रोसाह्रो पर्दा सहयोग पनि गर्छु। मेरो गाउँमा पानीपँधेरो छ। म पँधेरोमा गएर नुहाइधुवाइ गर्छु। मलाई सफासुग्घर रहन मन पर्छ। मेरा बाल्यकालका साथीसङ्गी विदेशमा पनि छन् । कहिलेकाहीँ इन्टरनेटबाट कुराकानी गर्छौं । हित्तचित्त मिलेपछि टाढा भए पनि सम्पर्क भइरहन्छ। म भने आफ्नै देशमा बस्ने सोचविचार गरेको छु।
 
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
 
उत्तरः
 
कनिका आमाले चरालाई कनिका दिनुहुन्छ
 
मेलापात
 
काका मेलापातको काम गर्नुहुन्छ।
 
कोदालो
 
मैले कोदालोले खेत खन्छु।
 
अँगेनो जाडोको बेला अगेनाको छेउमा बस्न आनन्द लाग्छ।
 
भकारो हमाल दिदीले गाईको भकारो सोहोर्नुहुन्छ।
 
अनौ बाले अनौ समाएर खेत जोत्दै हुनुहुन्छ
 
जाँतो काकीले जाँतोमा मकै पिन्दै छिन् ।
 
गोठ गाईहरु गोठमा बसेका छन् ।
 
बोध र अभिव्यक्ति
 
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
 
(क) गाउँमाथि एउटा कविता कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्द पहिचान गरी भन्नुहोस् ।
 
उत्तरः फलाकिरहन्छ - हतारिरहन्छ, खबरहरु - कुराहरु, इतिहासहरु - गतिविधिहरु ।
 
(ख) कविताको सबैभन्दा छोये पङ्क्ति कति शब्दले बनेको छ, भन्नुहोस् ।
 
उत्तरः कविताको सबैभन्दा छोटो पङ्क्ति 'घरभित्र हो, जुन एक शब्दले बनेको छ।
 
(ग) कवितामा सगरमाथालाई काँधमा बोकेर उभिएको भन्ने सन्दर्भअगि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?
 
उत्तरः कवितामा सगरमाथालाई काँधमा बोकेर उभिएको भन्ने सन्दर्भअगि चुनावका घोषणापत्र र अन्तरिक्षयानका प्रसङ्ग र पछि गाउँ नै देशको जन्मदाता भएको प्रसङ्ग आएका छन् ।
 
(घ) दन्तयकथा यिनीहरूलाई यो कथनभन्दा अगिको सन्दर्भ के हो? दन्त्यकथा ?
उत्तरः गाउँका मानिसहरुलाई चुनावका घोषणापत्र र अन्तरिक्षयानका खबरहरुले महत्त्व नराख्ने सन्दर्भ प्रस्तुत भएको छ।
 
४. गाउँमाथि एउटा कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :
 
(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
 
• तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ ?
 
(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
 
• गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
 
(ग) न चुनावले रोक्छ यसलाई
 
- यसलाई न चुनावले रोक्छ।
 
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
 
- सम्पूर्ण गाउँमा एउटै इनार छ।
 
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
• जो कुनै पनि आमा निस्कन तयार छे।
 
(च) सिँगान पुछने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
 
• यो यिनीहरूलाई सिँगान पुछने कागजभन्दा बढी कामयाब हुन सक्तैन ।
 
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
 
- यिनीहरूलाई यसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।
 
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
प्रश्नहरू
 
(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन्?
 
उत्तरः कवितांशमा देशको सुदूर पश्चिमको गाउँको जीवनशैलीको बारेमा वर्णन गरिएको छ । गाउँका मानिसले छिमेकी अगेनाबाट आगो ओसारेर दिनको सुरुवात गर्छन्। गोठमा, वस्तुभाउलाई घाँसपात हाल्छन् । गोरु नारेर खेत जोत्छन् । यसरी गाउँका मानिसले पशुपालन र खेतीपाती अपनाएका छन् ।
 
(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ ?
 
उत्तरः कवितांशमा देशको ग्रामीण जीवनशैलीको बारेमा वर्णन गरिएको छ। केटाकेटीहरु गोठमा, वस्तुभाउलाई घाँसपात हाल्छन् । तन्नेरीहरुले गोरु नारेर खेत जोत्छन् । उनीहरु आफ्‌ना काममा हतारिरहन्छन् । यसरी कवितांशमा केटाकेटी र तन्नेरीले पशुपालन र खेतीपातीका काम गर्ने कुरा उल्लेख छ।
 
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) गाउँमाथि एउटा कविता कविताले समेटेको मुख्य विषयवस्तु के हो?
 
उत्तरः गाउँमाथि एउटा कविता सामाजिक विषयवस्तुमा आधारित कविता हो। कवि दिनेश अधिकारीले कवितामा ग्रामीण क्षेत्रको जीवनशैली र ग्रामीण क्षेत्रका समस्यालाई विषयवस्तु बनाएका छन्। कवितामा ग्रामीण भेगका समस्यालाई प्राथमिकता नदिने सम्पादक र चुनावका समयमा मात्र गाउँ आउने अरू बेला सहरमा मात्र केन्द्रित हुने राजनीतिक दललाई सचेत गराउन खोजिएको छ । यसरी गद्य शैलीमा संरचित यस कवितामा गाउँले जनजीवन, त्यहाँका समस्या, समस्या उजागर नगर्ने पत्रकारिता र चुनावका समयमा मात्र गाउँ जाने राजनीतिक दल र तिनका नेतालाई मुख्य विषयवस्तु बनाइएको छ।
 
(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।
 
उत्तरः
 
गाउँमाथि एउय कविता सामाजिक विषयवस्तुमा आधारित सन्देशमुलक कविता हो। यस कविताले गाउँको जीवनस्तर माथि उठाउनुपर्ने सन्देश दिएको छ। ग्रामीण समाज अन्धविश्वासबाट मुक्त हुन सकेको छैन । गाउँमा अपनाइने पैसा पनि परम्परागत शैलीका छन् । गाउँमा निर्वाहमुखी जीवनशैली छ। सञ्चार माध्यमहरूले पनि गाउँघरका विषयवस्तु समस्या एवम् मुद्दालाई कम महत्त्व दिन्छन् । गाउँका मानिसहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा चासो राख्दैनन् गाउँको विकासबिना राष्ट्रको उन्नति सम्भव छैन । त्यसैले ग्रामीण समाजमा चेतनाको लहर फैलाउनुपर्छ। गाउँका समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिई समाधान खोज्नुपर्छ भन्ने सन्देश कविताले प्रवाह गर्न खोजेको छ।
 
(ग) कविताले सम्पादकलाई कसरी सचेत बनाएको छ?
 
उत्तरः
 
सञ्चारमाध्यम भनेका सूचना प्रसारणको गर्ने माध्यम हुन् । समाजमा परिवर्तन ल्याउन सञ्चार माध्यमको ठूलो भूमिका रहेको हुन्छ तर नेपालका पत्रपत्रिकाको सम्पादकहरूले बम वर्षाका खबर, बालिग मताधिकारका कुरा, साहित्यिक आन्दोलनका इतिहास र अन्तरिक्ष यानका गतिविधि जस्ता विषयलाई उच्च प्राथमिकता दिएर छापेका हुन्छन् । गाउँलेका लागि चुनावी घोषणापत्र सिँगान पुछने कागज र अन्तरिक्ष यानका गतिविधि दन्त्यकथा जस्तै हुन् । राष्ट्रको उन्नतिका लागि गाउँको उन्नति हुनु अपरिहार्य रहेको हुन्छ । त्यसैले सम्पादकहरूले ग्रामीण जनतासँग सम्बन्धित विषयवस्तुलाई महत्त्व दिएर प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा कविताले सम्पादकलाई सचेत बनाएको छ।
 
(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस्
 
उत्तरः
 
नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीद्वारा रचित 'गाउँमाथि एउटा कविता' कवितामा गाउँघरको जीवनस्तर माथि उठाउनुपर्ने भाव व्यक्त भएको छ । ग्रामीण परिवेशको यथार्थ वर्णन गरेर लेखिएको यस कवितामा ग्रामीण क्षेत्रहरूको विकास नभएसम्म देशको उन्नति नहुने विचार अभिव्यक्त भएको छ। नेपालका सुदूर गाउँहरूको अवस्था अत्यन्त नाजुक छ। विश्वलाई नै आधुनिकताले गाँजेको अहिलेको अवस्थामा पनि गाउँका मान्छेहरूलाई कुनै कुराल छुन छुन सकेको छैन । उनीहरु गाउँका मैलापात, पर्म, जात्रा आदिमा रमाउँदै सीमित स्रोतसाधनको उपयोग मिलेरै गर्छन् । पत्रिकाका सम्पादकहरूले पनि ती गाउँका गतिविधिलाई समाचारको रूपमा छाप्दैनन् । राजनीतिक दलका घोषणापत्रहरू चुनावका उनीहरूका लागि अर्थहीन हन्छन् । अतः सम्पादकहरुले गाउँमा चेतना ल्याउने खालका समाचारहरु छाप्नुपर्छ। रोजगारीका विभिन्न अवसरहरू सिर्जना गरी रोजगारीका लागि बिदेसिने जनशक्तिलाई स्वदेशमै रोकेर गाउँघरका सुनसान बस्तीलाई हराभरा पार्नुपर्छ भन्ने भाव कवितामा अभिव्यक्त भएको छ।
 
७. व्याख्या गर्नुहोस् :
 
(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
 
उत्तरः
 
प्रस्तुत कवितांश गाउँमाथि एउटा कविता' शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका लेखक प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०१६) हुन् । यस कवितामा ग्रामीण परिवेशको सुन्दर चित्र उतारिएको छ । पत्रिकाको सम्पादकलाई सचेत बनाउने क्रममा प्रस्तुत कवितांश आएको छ।
 
नेपालका अधिकांश क्षेत्र गाउँले भरिएको छ। गाउँलेहरू इमानदार र मिहिनेती रहेका छन्। चेतनाको कमी, कृषि तथा पशुपालन जस्ता पेसा अपनाउनु, निर्वाहमुखी जीवन जिउनु गाउँका विशेषताहरू हुन् । यस्ता विशेषताहरू गाउँका मौलिक पहिचान पनि हुन्। यिनीहरुलाई समयअनुसार परिमार्जन गर्दै लानु आजको आवश्यकता हो तर यसतर्फ कसैको पनि ध्यान पुगेको पाइँदैन । सगरमाथाका बारेमा गर्वसाथ समाचार प्रसारण गर्छन् तर सगरमाथा रहेको गाउँको बारेमा कुनै पनि समाचार बनाउँदैनन् । नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता पनि यही गाउँ हो। देशको विकास हुन गाउँको विकासमा जोड दिनुपर्छ । पत्रपत्रिकामा गाउँघरका समाचार पनि आउनुपर्छ। जसले गर्दा गाउँका मानिसको चेतना स्तर वृद्धि गरी जीवनस्तर माथि उठाउन सम्भव हुन्छ।
 
यसरी गद्य शैलीमा संरचित माथिको कवितांशले सरल र प्रभावकारी ढङ्गबाट सम्पादकलाई सचेत बनाएको छ। यसका साथै नेपालको जन्मदाताका रूपमा रहेको ग्रामीण क्षेत्रका समस्यालाई उजागर गरी समाचार सम्प्रेषण गर्न सम्पादकलाई आग्रहसमेत गरिएको छ।
 
ख) जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु
 
उत्तरः
 
व्याख्याका लागि दिइएको कवितांश गाउँमाथि एउटा कविता' पाठबाट साभार गरिएको हो । यस कविताका लेखक कवि दिनेश अधिकारी हुन् । गाउँको परिवेशलाई विषयवस्तु बनाएर लेखिएको यस कवितामा गाउँको जीवनस्तर सुधार्नुपर्ने भाव व्यक्त भएको छ। गाउँका मानिसहरू त्यहीँको परिवेशमा सीमित रहन रुचाउँछन् भन्ने सन्दर्भमा माथिको हरफ आएको हो। समयअनुसार संसारका सबै विषयवस्तु परिवर्तन हुँदै जान्छन् तर गाउँका मानिसहरूको जीवनशैली परम्परागत शैलीभन्दा माथि उठ्न सकेको छैन। उनीहरूलाई बाहिर कतै जानु छैन, बाहिरी कुरामा चासो पनि छैन। जसरी दुवाली बनाउन त्यहीँ नजिकैको चपरी चाहिन्छ, गाउँलेहरुलाई पनि गाउँमै रहनु छ। उनीहरू मरेपछि पनि पनि केही लानु छैन भन्ने सोचका साथ नयाँ विकल्पहरूको खोजी गर्दैनन् । उनीहरू गाउँभरिका लागि एउटै इनार भए पनि पानीका लागि कहिल्यै झगडा गर्दैनन् । पानी खान नपाएको गुनासो पनि कसैले गर्दैनन् । काखको नानीलाई पिठिउँमा बाँधेर आमासमेत मेलापात जान्छिन् । उनीहरूलाई गाउँका कुराहरुमा राम्रो ज्ञान छ। व्यक्तिगत स्वार्थका लागि तँछाडमछाड नगरी सौहार्दपूर्ण वातावरणमा स्रोतसाधनको उपयोग गर्छन् । ग्रामीण परिवेशमा रहने मानिसहरू निर्वाहम'खी जीवनशैलीमा अभ्यस्त छन् ।
 
यसरी गद्य शैलीमा संरचित प्रस्तुत कवितांशमा गाउँलेहरूको इमानदारिता र मिहिनेतको चर्चा गरिएको छ। यसका साथै आपसमा झगडा गरेर होइन मिलेर बाँच्नुपर्छ भन्ने सन्देशसमेत दिएको छ।
 
८.' गाउँमाथि एउटा कविता' कविताका आधारमा
 
ग्रामीण परिवेशबारे साथीबिच छलफल गरी
 
निष्कर्ष लेख्नुहोस् ।
 
उत्तरः
गाउँमाथि एउय कविता ग्रामीण परिवेशमा आधारित कविता हो। कवितामा कवि दिनेश अधिकारीले नेपालका ग्रामीण क्षेत्रको जनजीवनको यथार्थ चित्र उतारेका छन् । गाउँका घरहरूमा पराल, ढुङ्गा आदिको छानो लगाइएको हुन्छ । गाउँलेहरु अन्धविश्वासमाथि विश्वास गरेर बसिरहेका हुन्छन् । गाउँलेहरुको दैनिकी छिमेकीको अगेनाबाट आगो ओसारेर सुरु हन्छ । गाउँलेहरू दिनभरि काममा व्यस्त रहन्छन । उनीहरूलाई कुखुराको भालेले समय बताउँछ भने अगेनामा नुन पड्काएर परदेश गएकाहरूको कुशलमङ्गल थाहा पाउँछन् । उनीहरू खेतीकिसानी, पशुपालन तथा घरायसी काम गर्छन् । केटाकेटीहरू गाईवस्तुलाई घाँस हाल्ने काम गर्छन् भने तन्नेरीहरू गोरू नारेर खेत जोत्ने काम गर्छन् । उनीहरू गाउँकै मेलापात, अर्मपर्म, जात्रा जस्ता गतिविधिमा व्यस्त हुन्छन् । गाउँमा पानीको स्रोतको रुपमा एउटै इनार रहेको हुन्छ। उनीहरू मिलेर पानी उपयोग गर्छन् । उनीहरू भकारो सोहोर्ने, अनौ समात्ने तथा कोदालो अर्जाप्ने जस्ता कार्यमा अभ्यस्त हुन्छन् । राजनीतिक दलका घोषणापत्र र चुनावप्रति उनीहरूलाई कुनै चासो हुँदैन । सम्पादकहरूले गाउँका गतिविधिलाई समाचारमा समेट्दैनन् तर सम्पादकहरूले छाप्ने मताधिकार, साहित्यिक आन्दोलनको इतिहास, अन्यरिक्ष यानका गतिविधिहरू उनीहरूका लागि महत्त्वहीन हुन्छ । त्यस्तै कवितामा जाँतो, ढिकी जस्ता स्थानीय ग्रामीण प्रविधिको परिवेश पनि चर्चा गरिएको छ । अतः सम्पादकहरुले गाउँमा चेतना ल्याउने खालका समाचारहरु छाप्नुपर्छ। रोजगारीका विभिन्न अवसरहरू सिर्जना गरी रोजगारीका लागि बिदेसिने जनशक्तिलाई स्वदेशमै रोकेर गाउँघरका सुनसान बस्तीलाई हराभरा पार्नुपर्छ भन्ने भाव कवितामा अभिव्यक्त भएको छ।
 
९. 'गाउँमाथि एउटा कविता' कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।
 
उत्तरः
 
कवि दिनेश अधिकारी (२०१६) द्वारा रचित 'गाउँमाथि एउटा कविता' ग्रामीण परिवेशलाई विषयवस्तु बनाएर लेखिएको कविता हो। यस कवितामा नेपालको सुदूर तथा विकट क्षेत्रमा रहेका गाउँहरूको सजीव चित्र उतारिएको छ।
 
ग्रामीण भेगका मानिसहरू परम्परागत शैलीमा जीवन बिताइरहेका हुन्छन् । तसर्थ उनीहरूमा चेतना जागृत गर्नुपर्ने देखिन्छ। यसका लागि गुणस्तरीय र व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्छ। बिरामी हुँदा धामीझाँक्रीको भर पर्नुपर्छ। गाउँघरमा नै सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाउनुपर्छ। गाउँघरमा अझै पनि परम्परागत किसिमले खेतीपाती गरिने हुँदा आधुनिक र व्यावसायिक खेतीको प्रबन्ध मिलाउनुपर्छ । यसका साथै सिँचाइको पनि व्यवस्था गर्नुपर्छ। त्यस्तै गाउँघरमा खानेपानी र सञ्चारको व्यवस्था मिलाउनुपर्छ । उद्योगधन्दा स्थापना गरी रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्नुपर्छ। विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्छ। चुनाव जितेपछि सहर केन्द्रित हुने राजनीतिको अन्त्य गर्दै चुनावी घोषणापत्र ग्रामीण क्षेत्रको विकासका लागि सार्थक बन्न सक्नुपर्छ। सम्पादकहरुले पनि समाचार सम्प्रेषण गर्दा ग्रामीण क्षेत्रका समस्यालाई प्राथमिकताका साथ छाप्नुपर्छ। यसरी इमानदारिताका साथ काम गरेमा गाउँघरको जीवनस्तर माथि उठाउन सम्भव हुन्छ।
 
१०. आगामी पाँच वर्षपछि तपाइँको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस् ।
 
उत्तरः
 
अहिले मेरो गाउँका युवाहरु विदेश जाने र पाँच÷सात लाख कमाइ गर्ने मानिसहरु तराईतिर बसाइँ सर्ने कम अत्यन्त बढ्दो छ। अबका पाँच वर्ष यो कम नरोकिने देखिन्छ । आगामी पाँच वर्षपछि मेरो गाउँमा न्यून आय भएका वृद्ध महिला र बालबच्चा मात्र भेटिने छन्। प्रायजसो युवाहरू शिक्षा र रोजगारीका नाममा बिदे‌सिएका हुनेछन् र गाउँ अझै सुनसान हुनेछ। गाउँघरका दुःखसुखमा साथ दिने मानिसको समेत अभाव हुनेछ । गाउँघरका खेतबारीहरू बाँझै हुनेछन् । विकास निर्माणका कार्यहरु प्रायः ठप्प हुनेछन् । गाउँघरका मेलापात, अर्मपर्म जस्ता कुराहरू लोप भएर जानेछन् । शिक्षा र सूचनामा पहुँच पुगेका कारण गाउँका मानिसहरूको चेतनाको स्तर बढेको हुनेछ। अन्धविश्वासजन्य कुराहरु बिस्तारै हटेर जानेछन्। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारका विषयमा पनि गाउँका जनताले चासो राखेका हनेछन् । गाउँका पराल तथा ढुङ्गाले छाइएका घरहरू बिस्तारै जस्ताले छाएका एवम् ढलान गरेर बनाइएका हुनेछन्। चुनाव जितेपछि नेता गाउँमा भेटिने छैनन्। पृथ्वी गोलो छ, कालान्तरमा मानिस गाउँ फर्कने दिन पनि नआउला भन्न त सकिन्न तर अझै दस वर्ष यो कम रोकिने सम्भावना कम देखिन्छ।
 
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
क. (अ) सदाचारलाई किन परम धर्म भनिएको हो ?
 
उत्तरः सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने र सदाचारले नै मानिसका असत् वा खराव विचारलाई नियन्त्रण गर्ने हुनाले सदाचारलाई परम धर्म भनिएको हो।
 
(आ) सदाचारका नियमको सूची बनाउनुहोस् ।
 
उत्तरः सदाचारका लागि सत्य अनि मधुर वचन बोल्नुपर्छ। आफूभन्दा उमेरले ठुलालाई आदर र सम्मान एवम् सानालाई स्नेह र सम्मान गर्न जान्नुपर्छ। अरूको भलाइमा मन लगाउनुपर्छ। सबैले आआफ्‌ना कर्म र पेसाप्रति निष्ठावान् हुनुपर्छ ।
 
(इ) सदाचारका लागि शरीर र कस्तो हुनुपर्छ?
 
उत्तरः सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ ।
(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन्?
 
उत्तरः कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो ध्यान वा एकाग्रता, कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा, थोरै भोजन गर्ने र पढ्नका लागि घरभन्दा टाढा रहने विद्यार्थीका पञ्च लक्षण हुन् ।
 
ख. (अ) अनुच्छेदको पहिलो वाक्यलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् ।
 
उत्तरः परम धर्म मानेको पाइन्छ हरेक धर्मले शुद्ध आचार वा सदाचारलाई
 
(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्रयाउनुहोस् ।
 
उत्तरः विद्यार्थीले एकचित्त भएर पढ्नुपर्छ। पढ्नु नै विद्यार्थीको असल लक्षण हो।
 
(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस् ।
 
उत्तरः सङ्गत, सन्तुलित ।
 
भाषिक संरचना र वर्णविन्यास
 
१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आल‌ङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस् :
 
उत्तरः
व्याकरणिक पदक्रम भएका वाक्यः
 
✓ श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो।
 
✓ रने नरिसाएको भए पनि हुन्थ्यो।
 
✓ रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो।
 
आलङ्कारिक पदक्रम भएका वाक्यः
 
✓ काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग ।
 
✓ नखाएको विष लाग्यो धनेका जिन्दगीमा।
 
✓ कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै !
 
२. दिइएको अनुच्छेदलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् :
 
उत्तरः
 
बालक पुग्यो परेवाको हुलनिर। भुरुर्र उडे सेता परेवा। बालक पनि भुरुर्र उड्न खोज्यो सेता परेवासँग। परको रूखमा गएर बसे परेवा । परेवालाई हेर्यो बालकले । माकुरघुर गरी कराए परेवा । परेवाले भने होलान् बालकलाई बाइबाइ । बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो। भोलि आउँला है भने परेवाले।
३. 'गाउँमाथि एउय कविता' कविताबाट कुनै तीनओटय आलङकारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।
 
उत्तरः
 
विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा = गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
 
एउटै इनार छ सम्पूर्ण गाउँमा = सम्पूर्ण गाउँमा एउटै इनार छ।
 
निस्कन तयार छे जो कुनै पनि आमा = जो कुनै पनि आमा निस्कन तयार छे।
 
४. दिइएको उदाहरणलाई आधार मानी ङ, ञ, ण, न, म जस्ता पञ्चम वर्ण र शिरबिन्दु प्रयोग भएका चार चारओय शब्द पञ्चम वर्ण लेख्नुहोस् र तिनको शुद्ध उच्चारण गर्नुहोस् :
 
(क) क, ख, ग, घ वर्णको अगि ङ आउने शब्द, जस्तै : मङ्गल, अङ्क, सङ्घर्ष, पङ्खा, जङ्गल
 
(ख) च, छ, ज, झ वर्णको अगि ञ आउने शब्द, जस्तै : व्यञ्जन, सञ्चार, झञ्झन, वाञ्छित, मञ्च
 
(ग) द, ठ, ड, ढ वर्णको अगि ण आउने शब्द, जस्तैः पण्डित, कण्ठ, घण्टी, काण्ड, दण्ड
(घ) त, थ, द, ध वर्णको अगि न आउने शब्द, जस्तै : सन्तोष, पन्थ, छन्द, अन्धो, जन्म
 
(ङ) प, फ, ब, भ वर्णको अगि म आउने शब्द, जस्तै : स्तम्भ, चम्पा, डम्फु, अम्बा, दम्भ
 
(च) य, र, ल, व, श, ष, स, ह, ज्ञ अगि शिरबिन्दु आउने शब्द, जस्तैः संरक्षण, संयोग, संसार, संज्ञा, अंश, संवाद, संलग्न, संहार
 
५. 'गाउँमाथि एउटा कविता' कविताबाट पञ्चम वर्ण प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।
 
- अङ्गुर, ढुङ्गे, अन्धविश्वास, मान्छे, मङ्गल, अन्दाज, ढङ्ग, हुन्छ, तन्नेरी, जन्त, जिम्दार, सम्पूर्ण, सन्तान, नालो, सम्पादक, आन्दोलन, अन्तरिक्ष, जन्मदाता, भन्दा।
 
६. दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ड्, ञ, ण, न्, म्) र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पंफा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै बेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, संहिता आए। उनीहरूले सम्वाद गर्न थाले।
 
उत्तरः
 
पङ्कज, शङ्कर, सञ्जय, सञ्चित, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा, खेलकुद
प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै बेला संयोग, संरचना, संलग्न, संशय, संहिता आए। उनीहरूले संवाद गर्न थाले।

0001 0002 0003 0004 0005 0006 0007 0008 0009 0010 0011 0012

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Gaun Mathi Euta Kabita content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Gaun Mathi Euta Kabita.

Ready to Master Gaun Mathi Euta Kabita?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.