Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

यस्तो कहिल्यै नहोस्


Subject

यस्तो कहिल्यै नहोस्

Learn यस्तो कहिल्यै नहोस् in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
10,936

यस्तो कहिल्यै नहोस्

यस्तो कहिल्यै नहोस्

शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द  अर्थ

सङ्कट आपत्विपत्
विलाप बिलौना
लोहोरो सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण 
शङ्का सन्देह
अपरिचित चिनजान नभएको
सातो होस


२. दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस् :

कमिलाको ताँती मौरीको घारमा पसेको देखेर कागको बथान कराउँदै आयो । काग कराउँदा कागका मुखमा रहेको भातको सितो खस्यो । बाँदर केराको कोसो मुखमा च्यापेर रुखमा चढ्यो । बाँदर चढेको देखेर कागको बथान उड्यो । बाँदर त्यहाँबाट कुदेर बाँसघारीतिर गयो । रुखबाट उडेको तिर्खाएको कागले पानीको थोपो पनि खान पाएन कमिलाले भने
चिनीका दानाभन्दा महका थोपा मिठो मानी खाए ।

उत्तर:
लघुतावाची शब्दः सितो, कोसो, थोपो दाना । समूहवाची शब्द: ताँती, घार, बथान, बथान, घारी ।


३. पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस्ः
उत्तर:
वनभोज
बिहानै एक टुका स्याउ खाएर म वनभोज गएँ । बाटोमा गाडीहरु ताँती लगाएर हिँडेका थिए । वनभोज स्थलमा मान्छेहरुको भिड थियो । एक हुल मान्छेहरु नाचिरहेका थिए । त्यहाँ बाँदरको बथान पनि थियो । मैले बाँदरलाई एक कोसो केरा दिएँ । साथीले कुकुरलाई एक चोक्टो मासु दियो । त्यहाँ एउटा रुखमा अरिङ्गालको गोलो पनि देख्यौं । मैले त्यहाँ एक त्यान्द्रो साग र एक पित्को अचार पनि खाएँ ।


४. दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर:
हरे ! -- हरे ! पहिरोले गाउँ नै बगायो ।
सञ्जाल -- नेपालमा धेरै मानिसले सामाजिक सञ्जाल चलाउँछन् । 
विवरण -- मैले मेरो दसैँको खर्च विवरण बाबालाई सुनाएँ ।
सुइँकुच्चा ठोक्नु -- चोरले सामान चोरेर राति नै सुइँकुच्चा ठोकेछ ।
हुने हार दैव नटार -- हुने हार दैव नटार भनेझैँ सबैले एक दिन यो संसार छोडेर जानैपर्छ ।
लोभले लाभ लाभले विलाप -- चिट्ठा भरेर धेरै कमाउँछु भन्दा साथमा भएको पैसा पनि चैट भयो । लोभले लाभ लाभले विलाप भनेको यही हो ।


बोध र अभिव्यक्ति


१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
झल्यास्स, गज्जब, शत्रु खुरुखुरु, बुद्धि, अत्तोपत्तो, पन्जा, दूरसञ्चार, आश्वस्त


२. 'यस्तो कहिल्यै नहोस्' मनोवाद हाउभाउसहित सस्वरवाचन गर्नुहोस् ।


३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) 'यस्तो कहिल्यै नहोस् मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ ?
उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवाद शुकमान पात्रको घटनासँग सम्बन्धित छ ।

(ख) मनोवादमा 'नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?
उत्तर: मनोवादमा 'नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि सामाजिक सञ्जाल र साइबर अपराधका प्रसङ्ग आएका छन् ।

(ग) पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदमा छ ? 
उत्तर: पत्रिका मनमनै पढेको वर्णन मनोवादको पाँचौं अनुच्छेदमा छ ।

(घ) मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ?
उत्तर: मनोवादमा प्रथम पुरुषीय कथनशैली उपयोग गरिएको छ ।


४. दिइएको मनोवादको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

लौ हेर त, १२ पो बजिसकेछ ! (घडी हेर्दै) अब त निदाउनुपर्यो। 'हुने हार दैव नटार' भन्छन् । पाँच लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनुभन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ । दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने ? आफ्नै बुद्धिले गयो । मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान नि ! हे भगवान् । (अलि ढुक्क हुँदै निदाउनका लागि आँखा चिम्म गर्छन्) खै भगवान्ले पनि के गर्नु र आफ्नै बुद्धि बिग्रेपछि | (दाहिनेतिर कोल्टो फर्केर हातका पन्जालाई टाउकाको सिरानी बनाएर सुत्छन्) । अँ, अस्ति एउटा समाचार पढेको थिएँ । साइबर अपराधका बारेमा लेखेको थियो । 'कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरुन्त सम्पर्क गर्नू' भनी त्यसमा पनि लेखेको थियो । ( अलि आश्वस्त हुँदै) म त फर्मों फसें, मेरो पैसा त डुब्यो डुब्यो ! अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु ।

(क) मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?
उत्तर: दुई वर्ष अरबको खाडीमा बसेर कमाएको पाँच लाख डुबेको चिन्ताले पात्र निदाउन नसकेका होलान् ।

(ख) पात्रले कहाँ गएर धन कमाएको थियो ?
उत्तर: पात्रले अरबको खाडीमा गएर धन कमाएको थियो ।

(ग) पात्रले समाचारमा के कुरा पढेको थियो ?
उत्तरः पात्रले समाचारमा साइबर अपराधका बारेमा पढेको थियो ।

(घ) पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता समस्या भोग्नुपर्यो, लेख्नुहोस् । 
उत्तरः पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा आफूसँग भएको पैसा गुमाउनुपयो ।


५. 'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस्

उत्तर: 'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटनाहरु:

- सामाजिक सञ्जालले गर्दा जीवन जटिल बन्नु र समस्यामा फस्नु,
- मोबाइलभित्रको साइबर संसारमा पस्दा विचार नपुऱ्याएकामा चिन्ता लाग्नु,
- सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतनासम्बन्धी कक्षामा सहभागी भएर पनि व्यवहारमा लागू गर्न नसक्दा पछुतो मान्नु
- सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका समस्या सम्झनु
- मोबाइलका राम्रा र नराम्रा पक्ष सम्झनु
-२५ लाख पाउने लोभमा फसेकोमा पछुतो हुनु,
- काकाकी छोरी पानमती झुटो जालमा परेको सम्झनु,
- दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा जाँदा राति निदाउन नसक्नु,
- साइबर अपराधको सिकारबाट जोगिने उपाय सम्झनु,
- कसैलाई साइबर अपराधको सिकार बन्नु नपरोस् भन्ने इच्छा मनमा आउनु ।


६. 'यस्तो कहिल्यै नहोस्' मनोवादबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवाद समसामयिक विषयमा तयार पारिएको छ । सामाजिक सञ्जालमा प्राप्त झुटा सन्देशमा विश्वास गर्दा त्यसको दलदलमा फसेका पात्र शुकमानको मनोवाद यसमा प्रस्तुत गरिएको छ । शुक्रमानका माध्यमबाट हामीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बनाउन र साइबर अपराधका बारेमा सिकाउन खोजिएको छ । मोबाइल, इन्टरनेट आदि प्रविधिको सही प्रयोगले हाम्रो जीवन सहज हुने भए पनि यसको दुरुपयोगले हामीलाई ठुला समस्यामा पार्न सक्छ । साइबर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ भन्ने सन्देश यो मनोवादबाट पाउन सकिन्छ ।


७. मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईंले कस्तो महसुस गर्नुभयो, उल्लेख गर्नुहोस् ।

उत्तरः 'यस्तो कहिल्यै नहोस्' मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि मलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बन्नुपर्ने चेतना अझ बढ्यो । प्रतिनिधि पात्र शुकमान र यस्तै ठगीका घटनाहरु स्मरणमा आइरहे । हुनत साइबर अपराधको यो प्रसङ्ग मेरो लागि नौलो त होइन । शुकमानले जस्तै यस विषयमा ज्ञान भएर पनि बेवास्ता गर्दथेँ तर यसले अब यस विषयमा सम्भावित घटनाप्रति अझ सचेत बनायो । सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने साइबर अपराधबाट बच्ने
थप उपायहरुको ज्ञान भयो ।


८. दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस् : 

(क) नतिजा प्रकाशनको अगिल्लो दिन
उत्तर:
पात्र : सुमित
स्थान : सुत्ने कोठा
समयः राति १०:०० बजे

(भोलि एसईई परीक्षाको नतिजा प्रकाशन हुँदै छ । ऊ आफ्नो बिछ्यौनामा पल्टिइरहेको छ । सुमि परीक्षाको नतिजा आउने खबरले बेचैन छ । नतिजा र अब के पढ्ने भन्ने भविष्यको चिन्ताले छटपटाएको पनि छ । उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।) ला ! नतिजा आउने दिन पनि आइहाल्यो । नतिजा राम्रो आए त केही चिन्ता थिएन, नतिजा राम्रो आएन भने त ढुक्कै हो, मेरो बाबाले मलाई खाडी पठाउनुहुन्छ । परीक्षाको तयारीका लागि भनेर ट्युसन, कोचिङ सबै पढियो । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म । हैट, यति पढेर परीक्षा दिँदा पनि पास नभए त कहिल्यै नपढे पनि भो । ( पानी पिउँछ ।) ह्या ! कति चिन्ता लिएको मैले पनि यतिको लेख्दा ए+ नआए पनि बि+ सम्म त कसो नआउला र ! बाबाले छोरोले ए+ ल्याउँछ भन्ने आशा गर्नुभएको छ होला, ए + आएन भने बाबा त पक्कै दुःखी हुनुहुने छ । छोराछोरीको राम्रो नतिजाका लागि आशा गर्नु नराम्रो पनि त होइन । (पर्दा खोलेर बाहिर हेर्छ ।) भोलि यतिबेला त नतिजा आइसक्छ । अबको बाटो के हुने भन्ने पनि यही ग्रेडले निर्धारण गर्ने होला । ए + आए विज्ञान विषय नै पढ्नुपर्ने होला नत्र व्यवस्थापन पढ्ने त होला । हुनत यो नतिजा मात्र पनि त सबथोक होइन भो । फलामे ढोका भन्दै धेरै हाउगुजी ठानेर पनि यस्तो भएको हो । (मनलाई सम्हाल्न खोज्छ |) एसईईमा राम्रो ग्रेड आएर पछि गुल्टिन र सोचेजस्तो नआएर पछि राम्रो हुन पनि त सक्छ नि । एउटा कक्षाको परीक्षा त हो, यसलाई यत्रो हाउगुजी किन ठानेको हुँला ! सोचे जस्तो नआए मिहिनेत कम भएछ, अर्को कक्षामा अझ मिहिनेत गर्नुपर्छ भनेर बुभुँला । जिन्दगीले झन् कस्ता कठिन परीक्षा लिने हो । निराश भएर हरेस खानु नपरोस् अरु त्यस्तै हो । (घडी हेर्छ) ए ढिला भइसकेछ, सुत्नुप । (बत्ती निभाएर सुत्छ ।)


(ख) पुरस्कृत हुँदाको क्षण
उत्तर:
पात्रः सुमित स्थान: सुत्ने कोठा
समयः राति १०:०० बजे

(सुशान्त आज खुसी छ । उसको अनुहारमा बेग्लै चमक देखिन्छ । कोठाको भित्तामा झुन्डिएको प्रमाणपत्र हेरेर आनन्दले रमाउँदै छ किनकि जिल्लास्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएको छ र उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।
(मनमनै) धन्य भगवान्! (हात जोडी प्रतियोगिताका क्षण सम्झँदै ) मिहिनेत गरे त्यसको फल एक दिन अवश्य पाइने नै रहेछ । सानो भए पनि मेरो एउटा सपना पूरा भएको छ । यत्रो एकसे एक जान्ने विद्यार्थीहरु हुँदाहुँदै जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनु चानचुने कुरा पनि त होइन नि । उद्घोषकले तेस्रो र दोस्रो हुनेको नाम भनिसक्दा म प्रथम हुने आशा मरिसकेको थियो । प्रथम हुनेमा मेरो नाम भन्दा म त झण्डै उफ्रिएको ! (खुसी हुँदै) त्यो तालीको गडगडाहट र त्यतिबेला मेरो नेपाली विषय शिक्षकको मुहार पनि लायक थियो । त्यहाँ उपस्थित ठूला ठूला मान्छेहरुले बधाई दिँदा त मलाई कस्तो लाज लागेको थियो । आमालाई यो कुरा सुनाउँदा आमाले हर्षका आँसु झार्नु भो । मलाई बल्ल थाहा भयो छोराछोरीको खुसीमा आमाबाबा कति खुसी बन्दा रहेछन् भनेर ।
एकपल्ट त त्यति धेरै मान्छेको सामुन्ने गएर कसरी बोल्ने होला भन्ने चिन्ता पनि बढ्यो । डरले मुटु ढुक्क पनि भयो । धन्न अगाडि गएर बोल्ने बेलामा त्यस्तो भएन । (घोरिँदै) अगाडि गएर बोल्दा केही गल्ती भएको भए त त्यत्रो मिहिनेत पानीमा मिल्दो रहेछ । राम्रो वक्ता बन्नलाई पहिले राम्रो श्रोता बन्नुपर्छ भन्ने मेरो शिक्षकको भनाइले पनि मलाई ढाडस मिल्यो । ( गम्भीर बन्दै ) धन्न मेरो पालो सुरुमा आएन । अरु बोलेपछि त्यसबाट शैली सिकेर आफ्नो प्रस्तुति दिन पाइयो । मैले मिहिनेत कम गरेको पनि त होइन नि । गुगलमा खोजेर र युटुबमा हेरेर तयारी गरेको फाइदै भयो । म प्रथम नभएको भए त मलाई मेरा साथीले गिज्याउँथे पनि होला । ( मुस्कुराउँदै) अब त सबैको सामुन्ने छाती फुलाएर हिँड्न पाइन्छ । (कोल्टे फेर्दै) यसमा मेरा गुरु, आमाबाबा र साथीहरुको पनि ठूलो योगदान छ । मैले अझ मेरो प्रतिभालाई तिखार्नुपर्छ । मेरा लागि यो सुरुआत मात्र हो । यस्ता सफलताहरु सधैँ पाए त ! मैले अब अझ कोसिस गर्नुपर्छ । (सुत्न खोज्दै ) अब भोलि स्कुल जाँदा मिठाई लगेर गुरु र साथीहरुलाई दिनुपर्छ । अँ साँच्ची भोलि त प्रार्थना सभामा अगाडि बोलाएर बधाई पनि दिनुहुन्छ होला है । (घडी हेर्छ) ए, कति छिटो एघार बज्न लागेछ । अब सत्नपर्छ । (ओढने ओढेर गटमट परेर सत्छ ।)


९. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयले प्रकाशन गरेको बालसाहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस्ः
कम्प्युटर तालिमको सुवर्ण अवसर
विगत पाँच वर्षदेखि कम्पुटर तालिम दिँदै आएको यस 'जनहित कम्प्युटर तालिम केन्द्र' मा विशेष छुटका साथ कम्प्युटरसम्बन्धी विभिन्न तालिममा भर्नाका लागि आह्वान गरिन्छ ।
(क) कम्प्युटर आधारभूत पाठ्यवस्तु (बेसिक कोर्स)तीन महिने शुल्क रु. ३०००
(ख) कम्प्युटर एक्सेल पुरा कोर्स शुल्क रु. ३०००
(ग) कम्प्युटर ( माथिल्लो पाठ्यवस्तु (एडभान्स कोर्स) तीन महिने शुल्क रु.४०००  पुनश्चः सुरुमा भना हुने २० विद्यार्थीका लागि ४० प्रतिशत छुट दिइने छ ।

स्थान: जनहित कम्प्युटर तालिम केन्द्र, कलैया उपनगरपालिका ५, बारा भर्ना समय: २०७२ वैशाख २० देखि जेठ ५ गतेसम्म
तालिम: २०७९ जेठ १० गते
बाल पत्रिका 'आँकुरा' प्रकाशनसम्बन्धी सूचना
विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हाम्रो यस रत्न राज्य माध्यमिक विद्यालयमा बालपत्रिका 'आँकुरा' प्रकाशन हुन लागेको सहर्ष जानकारी गराउँछौँ । बालसाहित्यको क्षेत्रमा प्रकाशन हुन गइरहेको यस पत्रिकामा आगामी अङ्कका लागि आफ्ना रचनाहरु पठाउनका लागि लेखन, कला र साहित्यप्रति रुचि राख्ने कक्षा १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गरिन्छ ।
पुनश्चः उत्कृष्ट रचनाहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
रचना पठाउने ठेगाना: रत्न राज्य माध्यमिक विद्यालय, विकासनगर-४, कैलाली
मिति २०८० जेठ १० गतेसम्म


११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउँछ । विद्यालयको कक्षाकोठाको चौघेराले वा एक दिनमा हुने प्रतिविषय एक घण्टीको पढाइले मात्रै विद्यार्थीमा सिकाइको भोक तिर्खा र तलतल मेट्न सक्दैन । प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई सहज र चाखलाग्दो बनाउँछ । यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर नयाँ नयाँ कुरा सिक्ने बानीको समेत विकास गर्छ । प्रविधिले विद्यार्थीका लागि परियोजना कार्य गर्नसमेत सहज बनाउँछ । यसका लागि विद्यार्थीले इन्टरनेट तथा अन्य क्षेत्रबाट नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न सहयोग गर्छ । अहिले किताबकापीको ठुलो झोलाको सट्टा एउटा ल्यापटप भए पुग्ने भएको छ । केही विद्यालयमा इमेलद्वारा नै विभिन्न कार्य दिने र विद्यार्थीले पनि इमेलबाटै शिक्षकलाई बुझाउने पनि गरेका छन् । त्यसैले त आजभोलि विद्यार्थीमा प्रविधि मोह बढ्दै जान थालेको छ कम्प्युटर, ल्यापटप र मोबाइल उनीहरूका अनिवार्य आवश्यकता बन्दै गइरहेका छन् । त्यही प्रविधिलाई नै पढाइसँग जोडिदिँदा विद्यार्थीको पढाइ नै रुचिपूर्ण र खोजमूलक बन्दै जान थालेको छ । यसैलाई मध्यनजर गर्दै पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकका एप्स र पाठ्यपुस्तकका पिडिएफ लिङ्क सार्वजनिक गरेको छ । विद्यार्थीको एउटा मोबाइलमा नै सम्पूर्ण विषयका पाठ्यपुस्तक अट्ने भएका छन् । मन लागेका बेला उनीहरूले मोबाइल र ल्यापटपमा कुनै पनि विषयका पुस्तक पढ्न सक्ने भएका छन् । यसले हाम्रो सिकाइ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । 

(क) प्रश्नहरु

(अ) प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुऱ्याएको छ ?
उत्तरः प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउन सहयोग पुयाएको छ ।

(आ) तपाईंले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नुभएको छ, नाम लेख्नुहोस् ।
उत्तरः मैले सिकाइका लागि गुगल, युटुब जस्ता एप्स प्रयोग गरेको छु ।

(इ) विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?
उत्तर: सिकाइ रुचिपूर्ण र चाखलाग्दो हुनुका साथै विद्यार्थीले इमेलं, इन्टरनेट आदिको प्रयोगबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न सक्ने भएकाले विद्यार्थीमा प्रविधिप्रति मोह बढेको हो । 

(ई) विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग गर्छ ?
उत्तर: प्रविधि प्रयोगबाट अनुसन्धान र खोज गरेर नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न विद्यार्थीलाई सहयोग पुग्छ ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः

(अ) अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस् । 
उत्तरः कक्षाकोठा (कक्षाका लागि कोठा), चौघेरा (चार घेराको समूह )

(आ) 'ठुलो' र 'पढाइ' शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द बनाउनुहोस् । 
उत्तरः ठुल्ठुलो, पढाइसढाइ ।

(इ) अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएका एक एक ओटा शब्द टिप्नुहोस् ।
उत्तरः सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्दः पूर्ण बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्दः खोजमूलक

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this यस्तो कहिल्यै नहोस् content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of यस्तो कहिल्यै नहोस्.

Ready to Master यस्तो कहिल्यै नहोस्?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.