Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota


Subject

लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota

Learn लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
5,574

लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota

लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota

१. दिइएका शब्द र तिनका अर्थनिच जोडा मिलाउनुहोस् :
उत्तरः
शब्द
अर्थ
युगपुरुष = कनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र = ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
जीवन = शरीरमा प्राण रहेसम्मको अवस्था
धडाधड = चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम
म्याट्रिकुलेसन = हालको एसइई सरहको परीक्षा
प्रज्वलित = एकदम बलेको, दन्केको
परिबेष्टित = चारैतिरबाट घेरिएको


२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :

उत्तरः

राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए।
उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू
एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।


३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः

उत्तरः
प्राध्यापक (प्रा) : मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो । 
त्रिभुवन विश्वविद्यालय (त्रिवि) : म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।


४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः

पठनपाठन : विद्यालयमा पठनपाठन सुरु भएको छ।
देहावसान हुनु : लक्ष्मीप्रसाद देवकोटाको ५० वर्षको उमेरमा देहावसान भएको थियो। 
मन्त्रमुग्ध पार्नु : कृष्णले बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पारे ।
स्वर्णकाल : धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन्। 
भुलभुलैया : प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया रहेछ । नवजात शिशुलाई राम्रो स्याहार चाहिन्छ ।


बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उत्तर: दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्।


२. लक्ष्मीप्रसाद देवकोटा जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् । 

उत्तर: जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।


३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) "लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
उत्तरः “लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।

(ख) जीवनीको अन्तिम अनुच्छेदको वाक्य कुन हो ?
उत्तरः जीवबनीको अन्तिम अनुच्छेदको सार वाक्य “उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत  बाँचेका छन् र अमर बनेका `छन्" हो।

(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
उत्तरः देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ।

(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔँ अनुच्छेदमा छ ?
उत्तरः देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौँ अनुच्छेदमा छ ।


४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

प्रश्नहरु:

(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
उत्तरः देवकोटाको निबन्ध सङ्ग्रहको नाम “लक्ष्मी निबन्ध सङ्ग्रह र 'दाडिमको रुखनेर' हो ।

(ख) देवकोटा प्रसिद्ध महाकाव्य कन कुन हुन् ?
उत्तरः देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल”, “सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन् ।

(ग) देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए ?
उत्तरः देवकोटाले “मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुर्याए ।

(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ? 
उत्तरः देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।


५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :

उत्तरः
(क) लक्ष्मीप्रसाद देवकोटाको जन्म : वि.सं. १९६६
(ख) मनदेवी चालिसेसँग विवाह : वि.सं. १९८१ (ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण : वि.सं. १९८२
(घ) आइएस्सी परीक्षा उत्तीर्ण : वि.सं. १९८५
(ङ) अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना : वि.सं. १९७७ (च) अफ्नो एसियाली लेखक सम्मेलनमा सहभागी : वि.सं. २०६
(छ) डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त: वि.सं. २०१३


६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।

उत्तरः लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपस्यो। देवकोटाले २५-२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पर्यो। उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्नुपर्यो । देवकोटालाई क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गर्यो। लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेकौँ उतारचढाव आएको बुझन सकिन्छ ।

(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तरः नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौँ आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्राय: ती सबैमा उनले राष्ट्रको हितमा काम गरे । नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फलिरह्यो । मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।

(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।
उत्तरः आशुकवि भनेर छिटो कविता रच्न सक्ने कविलाई बुझिन्छ । उनी क्रा गर्दागर्दै कविता लेख्न सक्थे र कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा “कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे ।
उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ ।

(घ) लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तरः देबकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए ।पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ ।आफनो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ। आफनो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफनो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुर्याउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।


७. व्याख्या गर्नुहोस् :

(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
उत्तरः
माथिको वाक्यांश “लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठबाट उद्भुत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन ।

मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटोसमाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनले बनारसबाट प्रकाशित हुने “युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो । यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै । राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो ।

(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तरः 
माथिको वाक्यांश “लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठबाट उद्भुत गरिएको हो । वि.सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको “अफ्नो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो। देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए। अफ्नो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व
साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार प्रस्तुत गरेका थिए। यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका थिए । नेपाली साहित्य हिउँ र पर्वतशृङ्खलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यकै स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्ने उनको आँकलन थियो । उनको यो आत्मविश्वास प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्नै पर्छ ।


८. लक्ष्मीप्रसाद देवकोयको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
उत्तरः
विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोय (वि.सं.१९६६--२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्य हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोय नेपाली साहित्यका युगपुरुष हुन् । त्रिचन्द्र कलेजबाट बी. ए. सम्मको शिक्षा हासिल गरेका देवकोयले बिजुली वेगमा अनवरत साहित्य रचना गरे । देवकोयले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए ।

दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोयले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए । छाँगो छङछङङाएझैँ बिजुली वेगमा कविता लेख्ने देवकोय नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप प्रमिथस
आदि प्रसिद्ध महाकाव्य हुन् । उनले मुनामदन, कुञ्जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले यात्री, पागल जस्ता सयौँ कविता लेखे । उनले लेखेका साह्रै गहकिला निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेरमा सङ्कलित छन् । उनको एउटा सावित्री सत्यवान भन्ने नाटक र चम्पा उपन्याससमेत प्रकाशित छ। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो। उनले मुनामदनमार्फत् ओझेल परेको झ्याउरे छन्दलाई देवकोयले नै शिखरमा पुर्याएका थिए। उनले तीन महिनामा शाकुन्तल महाकाव्य, १० दिनभित्रका ६० घण्टामा सुलोचना महाकाव्य र एकै रातमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए। त्यसैले उनी आशुकवि हुन् । उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए। उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने। देवकोयले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्राय: ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आ नो अब्बलता प्रदर्शन गरे । देवकोय आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए ।

उल्लिखित योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए । क्यान्सरकै कारण मृत्युशैयामा छटपदाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन्। देवकोयको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ। नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले 'देवकोय सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।

९ . दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओय बुँदा टिपी सारांश लेख्नुहोस् :
उत्तरः
बुँदा टिपोट:
-
भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
- नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
- नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
- भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।

नेपाली भाषाको संरक्षण

भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आम्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्या: ११५
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: २९
सारांशमा भएको शब्द सङ्ख्या: ४४


१०. व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र माध्यमिक
उत्तर:
व्यक्तिवृत्त

नाम : हुमाकान्त बेल्बासे
जन्ममिति : वि.सं. २०३०-०४-२५
आमाबुवाको नाम : डिलकुमारी बेल्बासे र ढालप्रसाद बेल्बासे
स्थायी ठेगाना : सितगंगा-६, अर्घाखाँची
अस्थायी ठेगाना : ठिमी,भक्तपुर
शिक्षादीक्षा : शिक्षाशास्त्रमा स्नातकोत्तर
पेसा व्यवसाय तथा काम : शिक्षण 
रुचि क्षेत्र : अध्ययन र अध्यापन
कामको अनुभव : निजी शैक्षिक संस्थामा करिब १३ र सामुदायिक विद्यालयमा ४ वर्ष अध्यापन
तालिम : कम्प्युटर तालिम, शिक्षक तालिम
विशेष दक्षता : अनलाइन शिक्षण, भिडियो सामग्री निर्माण
सम्पर्क नम्बर : ९८४२१*****
इमेल :
हस्ताक्षर :


११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाइँलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।

उत्तरः लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो । हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफनो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुस्याउने इच्छा बढेको छ ।

साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ। म पहिला त राम्रोसँग आफनो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्ने छु।


१२. देवकोटा छाँगो छङ्छडाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।

उत्तर:

‘देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन्'



महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन्। छाँगो छङछडाए झैँ विजुली वेगमा कविता लेख्थे। उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी करा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा “शाकुन्तल' महाकाव्य, दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' काव्य लेखेका
कविका रूपमा थिए । । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वो खण्ड प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा लेखेनन्, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छङ्छडाए झैँ उनका कलमबाट सिर्जना फरिरहन्थे भन्ने क्रामा दुई मत छैन ।

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

(क) प्रश्नहरु

(अ) चट्याङ भनेको के हो ?
उत्तरः समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह चट्याङ हो ।

(आ) चद्याङ कसरी पर्छ ?
उत्तरः जब बादलमा भएका कण आवेशित भएर धन र क्रण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।

(इ) चद्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?
उत्तरः चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा बाँध्ने पाइप वा बाँसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।

(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
उत्तरः चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota.

Ready to Master लक्ष्मीप्रसाद देवकोटा Laxmiprasad Devkota?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.