Bir purkha
Bir purkha
Learn Bir purkha in Nepali with comprehensive educational content from Padandas.
Bir purkha
२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् ?
क) गिद्दको प्रजातिको ठूलो पक्षी बिशेष: गरुड
ख) प्रवाह: वेग
ग) डाम: डोब
घ) गौंडा: नाका
ङ) पुरुषार्थ: पौरख
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्
पर्वत, तीर, बहादुर, सङ्केत, नभ, समुद्र, पाषाण, झन्डा
छोटो वाक्यमा प्रयोग नमुना १:
१. पर्वत- नेपालका पर्वतहरुले नेपालको मान उच्च राखेको छ ।
२. तीर- माझी माछा मार्न नदीको तीरमा जाने गर्दछ ।
३. बहादुर- नेपालीहरु वीर बहादुर गोर्खालीका सन्तानहरु हुन् ।
४. सङ्केत - रामले सपनामा कालो सर्प देख्नु राम्रो सङ्केत मानेन ।
५. नभ- नभको सुन्दर दृश्य हेर्न म कौर्शीमा गए ।
६. समुद्र- नेपालमा समुद्र नभएकाले व्यापार गर्न निकै समस्या छ ।
७. पाषाण- पाषाण युगमा मानिसहरु जंगलमा बस्दथे ।
८. झण्डा- नेपालको राष्ट्रिय झन्डाले विश्वमा बेग्लै पहिचान बनाएको छ ।
लामो वाक्यमा प्रयोग नमुना २:
१. पर्वत: नेपाल विशाल पर्वतदेखि समथर तराई सम्म फैलिएको भुपरिवेष्ठीत राज्य हो ।
२. तीर: माछा मार्न जाने क्रममा नदीको तिरमा रहेको बेवारिसे जाल देखि माझी दाई अचम्ममा परे ।
३. बहादुर: नेपाली सैनिकहरू निकै बहादुर रहेको कुरा विश्वसामु छर्लङ्ग रहेको छ ।
४. नभ: चाडपर्वका बेला नीलो नभमा रङ्गी बिरङ्गी चंगा उडाउन पाउँदा मलाई आनन्द लाग्छ ।
५. समुद्र: समुद्रबाट नेपाल निकै टाढा रहेतापनि यहाँ अनगिन्ति खोलानाला रहेको पाइन्छ ।
६. पाषाण: नेपालमा पाइने खनिज पदार्थहरुमा बहुमूल्य किसिमका पाषाणहरु पनि रहेका छन् ।
७. झण्डा: नेपालको राष्ट्रिय झण्डा विश्वको एकमात्र गैर चतुर्भुज झण्डा हो जसले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राज्य झण्डा र नागरिक झण्डाको रुपमा काम गर्दछ ।
४. दिइएका शाब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस्
आँधी, वेग, खोला, तराई, धारा, माटो, रगत, गौरव, यात्रा
आँधी-बाँधी, वेग-डेग, खोला-चोला, तराई-पराई, धारा-पारा, माटो-साटो, रगत-जगत, गौरव-कौरव, यात्रा-जात्रा
बोध र अभिव्यक्ति
१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्:
(क) कवितामा कतिओटा श्लोक छन् ?
उत्तर- कवितामा ४ ओटा श्लोक छन् ।
(ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
उत्तर- पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।
(ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
उत्तर-समान पदसङ्ख्या भएको श्लोक दोस्रो हो ।
(घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
उत्तर-तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।
(ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सूची बनाउनुहोस् ।
उत्तर- कवितामा प्रयोग भएका नदीहरुको सूचि- टिस्टा, रावी, वेत्रावती, कवितामा प्रयोग भएका स्थानको सूची-काँगडा, डिगर्चा
२. 'वीर पुर्खा" पहिलो श्लोक पढी त्यसलाई गद्चमा रूपान्तर गर्नुहोस् ।
उत्तर- वीर पुर्खाको साहसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन । उनीहरुको आइपर्ने कुनै खोला, पहाड एवम् आधीले उनीहरुको वीर यात्रा छेक्न रोक्न सकेन । वीर पुर्खाको वेग गरुङझै थियो जुन कुनै आकाशले बाध्न सकेन । वीर पुर्खाको पौरखले तराई, पहाड र हिमाललाई एक बनाई नेपालको रचना भयो ।
३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस् ?
(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।
(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
उत्तर-
(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।
४. दिइएको कवितांश पढ्नुहोस् र संक्षिप्त उत्तर लेख्नुहोस् ।
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला वेत्रावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा !
तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो !
प्रश्नहरू:
(क) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ ?
उत्तर- माथिको कवितांशमा हाम्रा पुर्खाहरूका अदम्प साहस र वीरताको प्रसंशा गाइएको छ । अंग्रेजमगको लडाइदेखि तिब्बतसम्मको लडाइमा हाम्रा वीर पुर्खाहरुले सधै वीरता प्राप्त गरि नेपालीहरुको पौरख विश्वसामु सदैव राख्न सफल भएका छन् । चिसो हिउद नभनी तिब्बतको डिगर्चामा एवम् वेत्रावती किनारमा युद्ध लडि सदैव नेपालको क्षेत्र विस्तारमा अगाडी उभिएका छन् । नालापानीको युद्धमा अंग्रेजहरु डराई वीर पुर्खासँग मितेरी साइनो गासेका थिए । यसबाट प्रस्ट हुन्छ कि नेपाली वीर पुर्खाहरु निडर, बहादुर एवम् देशप्रेमि थिए ।
(ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौँ ?
उत्तर- हामीले हाम्रा पुर्खाको गौरव जोगाउन हाम्रा वीर पुर्खा प्रति सम्मान प्रकट गर्दै वीर गाथाहरु आउदो पुस्ताहरुमा हस्तान्तरण गर्नु पर्दछ । त्यसै गरि पुर्खाले देशप्रति देखाएको देशप्रेम हामीले कहिले पनि नभुलि सदैव आफ्नो मातृभूमिलाई आफ्नो प्राणभन्दा प्यारो ठान्नु पर्दछ ।
(ग) "सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।' यस कथनको तात्पर्य के हो ?
उत्तर- 'सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।” भन्ने कथनको तात्पर्य वीर पुर्खाहरुले आफ्नो साहस नेपालभित्रमात्र नदेखाई विश्वभर देखाउन सफल भए भन्ने रहेको छ । विश्वयुद्धहदा वीर नेपालीहरु विभिन्न देशहरुको मोर्चामा सामेल भई वीरचक्रहरु प्राप्त गरेको कुरा सबै नेपालीहरुलाई प्रष्ट नै छ ।
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नहरूको दिनुहोस् ।
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
प्रश्नहरू:
(क) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
उत्तर- नेपालीहरुको अदम्प साहस, देशभक्ति एवम् वीरताले नेपालको रचना भएको हो । युद्धको क्रममा आइपर्ने खोला-नाला, पहाङ-पर्वत, आधी-हुरी, जाडो-गर्मी केही नभनि निरन्तर गरुडको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले नेपालको रचना गरे ।
(ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ।
उत्तर- हाम्रा वीर पुर्खाहरु अदम्य साहस, देशभक्ति एवम् वीरताले भरिएका थिए । उनीहरुलाई खोला-नाला, पहाङ-पर्वत, आधी-हुरी, जाडो-गर्मी केहीले पनि कहिल्यै छेक्न-रोक्न सकेन । वीर पुर्खाहरुले आफ्नो साहस नेपालभित्रमात्र नदेखाई विश्वभर देखाउन सफल भए
६. 'वीर पुर्खा" कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) नेपालीहरूको वीरता कसरी गुन्जिएको छ ?
उत्तर- अंग्रेजसगैको नालापानीको युद्धदेखि विभिन्न युद्धहरुमा वीर पुर्खाहरुले प्रतिकुल परिस्थिति आउदा पनि कति पनि विचलित नभई आफ्नो अदम्य साहस र वीरता प्रदर्शन गर जुन आज नेपालमा मात्र नभई विश्वभर गुन्जिएको छ ।
(ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
उत्तर- नेपालको भण्डामा रहेको चन्द्रसूर्यले नेपालीहरु सदैव निडर, साहसी, वीर, शान्तीप्रेमी एवम् अखण्डता प्रेमि रहेको अङ्कित गर्दछ ।
७. दिइएको कवितांशको व्याख्या गर्नुहोस्
'गरुङको झैँ वेग तिम्रो कुन आकाशले बाँध सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
उत्तर- दिइएको कवितांश कक्षा १ को नेपाली किताबबाट लिइएको हो । यस देशभक्तिले ओतपोत भएको कविताका कवि वासुदेव त्रिपाठी हुन् । यस कवितामा नेपाली वीर पुर्खाहरुको अदम्य वीरगाधा कविले उजागर गरेका छन् । दिइएको कवितांशले नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम् वीरतालाई प्रदर्शन गर्दछ । युद्धको क्रममा आइपर्ने खोला-नाला, पहाङ-पर्वत, आधी-हुरी, जाडो-गर्मी केही नभनि निरन्तर गरुङको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले सुन्दर नेपालको रचना गरे ।
८. दिइएका बुँदाका आधारमा 'वीर पुर्खा" कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस् ।
(क) पुर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न नसकेको
(ख) आकाशमा स्वच्छन्द उड्ने गरुडङको जस्तो वेग
(ग) पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका
(घ) हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलङ्गा र गङ्गासम्म गुन्जिएको
(ङ) उत्तरमा तिब्बतसम्म पौरखी पाइला पुगेका
(च) मित्रताले मात्र पुर्खाहरूको विजय यात्रालाई रोक्न सकेको
(छ) पुर्खाहरूको बहादुरी संसारभर फैलिएको
(ज) हाम्रो नसामा आज पनि पुखकि रगत बगेको
उत्तर- वीर पुर्खा कविता राष्ट्रपरेमि कवि वासुदेव त्रिपाठीद्धारा रचिएको देशभक्तिले ओतपोत कविता हो । हाम्रा वीर एवम् अमर पुर्खाहरुको त्याग र बलिदान यस कवितामा कविले सरल र सहज तरिकाले प्रस्तुत गर्न सफल हुनु भएको छ । यस कवितामा नेपाली वीर पुर्खाहरुको अदम्य वीरगाधा कविले उजागर गरेका छन् ।
नेपाली वीर पुर्खाहरुको अदम्य साहस, देशभक्ति एवम् वीरतालाई कविताले प्रदर्शन गर्दछ । युद्धको क्रममा आइपर्ने खोला-नाला, पहाङ-पर्वत, आधी-हुरी, जाडो-गर्मी केही नभनि निरन्तर 'गरुडको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले सुन्दर नेपालको रचना गरे ।
अंग्रेजसगँको नालापानीको युद्धदेखि विभिन्न युद्धहरुमा वीर पुर्खाहरुले प्रतिकुल परिस्थिति आउदा पनि कति पनि विचलित नभई आफ्नो अदम्य साहस र वीरता प्रदर्शन गरे जुन आज नेपालमा मात्र नभई विश्वभर गुन्जिएको छ । चिसो हिउद नभनी तिब्बतको डिगर्चामा एवम् वेत्रावती किनारमा युद्ध लडि सदैव नेपालको क्षेत्र विस्तारमा अगाडी उभिएका छन् । नालापानीको युद्धमा अंग्रेजहरु डराई वीर पुर्खासँग मितेरी साइनो गासेका थिए । यसबाट प्रस्ट हुन्छ कि नेपाली वीर पुर्खाहरु निडर, बहादुर एवम् देशप्रेमि थिए ।
९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदाहरू टिप्रुहोस् ।
सुरु सुरुमा इतिहास पनि साहित्यकै एक अङ्गका रूपमा मानिएको थियो । मानिसहरूलाई आनन्द दिलाउने तथा मनोरञ्जन प्रदान गर्ने साधनका रूपमा यसको प्रयोग गरिन्थ्यो । इतिहासका सत्य घटनालाई बढीभन्दा बढी रोचक बनाउन अनेक काल्पनिक कुरा समावेश नेपाली, कक्षा १ देखि छ मा गरिन्थ्यो । यसले गर्दा इतिहासको वास्तविकता के हो, पहिल्याउनसमेत गाह्रो पथ्र्यो । इसापूर्व पाँचौँ शताब्दीतिरका केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए । ग्रिक विद्वान् हेरोडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ । उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । हेरोडोटसपछि थुप्रै विद्वान्हरूले इतिहासलाई कथा र दन्त्कथाभन्दा अलग ढङ्गले लेख्ने प्रयल गरे । हेरोडोटसकै अनुयायी ध्युसिडाइसले पेलोपोनेसियन युद्धको इतिहास आफ्नै व्यक्तिगत अवलोकन र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका थिए । अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिएका थिए । मध्यकालमा आएर युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो । सोरौँ /सत्रौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनमा ठुलै परिवर्तन ल्यायो । यस युगमा आएको परिवर्तनले गर्दा फेरि विद्वान्हरूले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन धाले । आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भयो । यस युगमा प्राचीन इतिहासको खोजीको प्रक्रित्या पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो ।
मुख्य मुख्य बुँदाहरू:
१.साहित्यकै एक अङ्गका रूपमा मानिएको इतिहासले मानिसहरूलाई आनन्द तथा मनोरञ्जन प्रदान गर्ने ।
२. इतिहासलाई रोचक बनाउन कल्पनाको प्रयोगले वास्ताविकता पहिचानमा कठिनाई ।
३. इसापूर्व पाँचौँ शताब्दीका इतिहासका प्रथम सिद्धान्तकार ग्रिक विद्वान् हेरोडोटस इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयलशील ।
४. हेरोडोटसपछि अन्यले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग गर्दै व्यक्तिगत अवलोकन र प्रत्यक्षदर्शीको बयान एवम् दार्शनिक चिन्तनका रूपमा प्रस्तुत गरेका ।
५. मध्यकालमा युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गरियो भने सोरौँ सत्रौँ शताब्दीमा युरोपको पुनर्जागरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाएको
६. आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भइ प्राचीन इतिहासको खोजी गरि इतिहासलाई एउटा छुट्टै विधाका रूपमा स्थापित ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको जवाफ दिनुहोस् ।
भाषा यादच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् । भाषालाई स्पष्ट रूपमा चिन्न यसका प्रकृति र विशेषताहरूको उल्लेख गर्नु अझ सान्दर्भिक ठहरिन्छ । भाषा पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित सम्पत्ति हो । भाषा सामाजिक वस्तु हो र यो एकप्रकारको परम्परा पनि हो । कुनै पनि व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन । वास्तवमा भाषा अनुकरण्द्वारा आर्जन गर्ने गरिन्छ । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन । भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ । प्रतेक भाषाको आफ्नै प्रकारको संरचना हुन्छ । स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील रहन्छ । त्यस्तै हरेक भाषा आफ्नो विकासको क्राए्ममा स्थूलबाट सूकष्मतिर र अपरिपक्को स्थितिबाट परिपक्रको स्थितितिर यात्रारत रहन्छ । सबै भाषाको आफ्नो मानक रूप हुन्छ । याहृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।
प्रश्नहरू:
(क) भाषा भनेको के हो ?
उत्तर- भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।
(ख) भाषाका विशेषताहरू बताउनुहोस् ।
उत्तर- याद्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।
(ग) 'वाक्प्रतीक' र 'याहच्छिक' शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर- 'वाक्प्रतीक” को अर्थ ध्वनी चिन्ह हुन्छ । 'याहच्छिक' शब्दको अर्थ स्वेच्छिक या अनियमित भन्ने हुन्छ ।
वाक्यमा प्रयोग-
- वाक्प्रतीक: भाषा याइच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।
- याहच्छिक: याहच्छिकता, सिर्जनालकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।
(घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।
उत्तर- भाषा यादच्छिक वाक्प्रतीकहरूको व्यवस्था हो त्यसैले यसको सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।
व्याकरण खण्ड
नेपाली व्यञ्जनको वर्गीकरण
नेपाली भाषाका वर्णहरुलाई कथ्य र लेख्य गरी दुई किसिममा राखेर अध्ययन गर्न सकिन्छ । अ देखि अ: सम्मका१३ओटा लेख्यस्वर वर्णहरु हुन्भने(अ,आ,इ,उ,ए,ओ) ६ ओटा कथ्य स्वर वर्णहरु हुन् ।
व्यन्जन वर्ण अन्तर्गतका क देखि ज्ञ सम्मका ३६ ओटा लेख्य व्यन्जनवर्णहरुहुन् भने (क,ख,ग,घ,ङ,/च,छ,ज,झ,/ट,ठ,ड,ढ,/त,थ,द, ध,न,/प,फ,बा,भ,म,/य,र,ल,व,स,ह,) २९ ओटा कथ्य व्यन्जन वर्णहरु हुन् ।
कथ्य व्यन्जन वर्णहरुलाई उच्चारण स्थान,प्रयत्न,घोषत्व रप्राणत्व आधारमा वर्गीकरण गर्न सकिन्छ । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ –
उच्चारण स्थानका आधारमा –
१. कण्ठ्य ( क,ख,ग,घ,ङ) -५
२. वर्त्स्य (च,छ,ज,झ,/ट,ठ,ड,ढ,/न,र,ल,स,) -१२
३. दन्त्य( त,थ,द,ध,) -४
४. ओष्ठ्य (प,फ,ब,भ,म,व,) -६
५. अतिकण्ठ्य (ह) -१
६. तालव्य (य) -१
उच्चारणप्रयत्नका आधारमा
१. स्पर्शी (क,ख,ग,घ,/ट,ठ,ड,ढ,/त,थ,द,ध,/प,फ,ब,भ,) -१६
२. स्पर्श सङ्घर्षी (च,छ,ज,झ,) -४
३. सङ्घर्षी (स,ह) -२
४. नसिक्य (ङ,न,म) -३
५. अर्धस्वर (य,व) -२
६. कम्पित (र) -१
७. पार्श्विक (ल) -१
घोषत्वका आधारमा
|
१ |
२ |
३ |
४ |
५ |
|
क |
ख |
ग |
घ |
ङ |
|
च |
छ |
ज |
झ |
- |
|
ट |
ठ |
ड |
ढ |
- |
|
त |
थ |
द |
ध |
न |
|
प |
फ |
ब |
भ |
म |
य र ल व स ह
१. अघोष १,२,स
(क,च,ट,त,प/ख,छ,ठ,थ,फ/स) -११
२. सघोष ३,४,५,य,र,ल,व,ह
(ग,ज,ड,द,ब/घ,झ,ढ,ध,भ/ङ,न,मय,र,ल,व,ह,) -१८
प्राणत्वका आधारमा
१. अल्पप्रण१,३,५,य,र,ल,व
(क,च,ट,त,प/ग,ज,ड,द,ब/ङ,न,म/य,र,ल,व) -१७
२. महाप्राण २,४,स,ह
(ख,छ ठ,थ,फ/घ,झ,ढ,ध,भ/स,ह) - १२
प्रश्नहरू:
१. कथ्य नेपालीमा नभएका वर्णहरू कुन कुन हुन्, लेख्नुहोस् ।
उत्तर- कथ्य नेपालीमा नभएका स्वर वर्णहरू ई, क्र, ऐ, औ, अं, अः हुन् ।
उत्तर- कथ्य नेपालीमा नभएका व्यञ्जन वर्णहरू ज, ण, श, ष, क्ष, त्र, ज्ञ हुन् ।
२. दिइएका लेख्य वर्णहरूको उच्चारण कस्तो हुन्छ, लेख्नुहोस् ।
|
वर्ण |
उच्चारण |
वर्ण |
उच्चारण |
|
ई |
इ |
अ: |
अ |
|
ऊ |
उ |
ञ |
न |
|
ऋ |
रि |
ण |
अँड |
|
ऐ |
अइ |
श |
स |
|
औ |
अउ |
ष |
स |
|
अं |
अम् |
क्ष |
छ |
|
त्र |
तर |
ज्ञ |
ग्यँ |
३. दिइएको कवितांशबाट गाढा वर्ण टिपी तिनको उच्चारण स्थान छुट्याउनुहोस् :
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल । पहाड तराई जुट्न सक्यो ।
गाढा वर्ण - म, ग, छ, र, त, य, क, झ, व, ब., ल, ह, ज ।
|
वर्ण |
उच्चारण स्थान |
|
म,ब,व |
ओस्ठ्य |
|
ग,क |
कन्ठ्य |
|
छ,र,झ,ल,ज |
दन्तमुलिय |
|
त |
दन्त्य |
|
य |
तालब्य |
|
ह |
स्वरयन्त्रमुखी |
४. 'काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला' पङ्क्तिमा रहेका सग्ला व्यञ्जन वर्णलाई उच्चारण स्थानका आधारमा पहिचान गरी सूचीबद्ध गर्नुहोस् ।
सग्ला व्यञ्जन वर्ण: क, ग, ड, ल, ढ, म, ट, ब, छ, ह ।
|
वर्ण |
उच्चारण स्थान |
|
ग,क |
कन्ठ्य |
|
ड, ल, ढ, छ, ट |
दन्तमुलिय |
|
म, ब |
ओस्ठ्य |
|
ह |
स्वरयन्त्रमुखी |
५. दिइएको अनुच्छेदबाट पाँचओटा सघोष र पाँचओटा अघोष वर्ण खोजी लेख्नुहोस् ।
नेपालका कतिपय भाषा अहिले पनि कथ्य परम्परामा नै सीमित छन् । लेख्य परम्परा भएका भाषाहरूमा नेपाली, मैथिली, नेवारी, तामाङ, मगर, लिम्बु, भोजपुरी, अवधी आदि हुन् । अन्य केही भाषाहरूमा लेख्य परम्पराको विकास हुँदै छ । यस्ता भाषाहरू गुरुङ, थुलुङ, बान्तवा, चाम्लिङ, खालिङ, कुलुङ आदि हुन् ।
उत्तर-
पाँचओटा सघोष वर्ण - य, र, ल, भ, म
पाँचओटा अघोष वर्ण स, ह, ख, भ, घ
६. दिइएका पङ्क्तिबाट पाँचओटा अल्पप्राण र पाँचओटा महाप्राण वर्ण पहिचान गरी लेख्नुहोस् :
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला बेत्रावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।
उत्तर-
पाँचओटा अतल्पप्राण वर्ण-ग, व,त, च, ल
पाँचओटा महाप्राण वर्ण स, ह, ख, भ, घ
७. दिइएका वर्णहरुको उच्चारण स्थान र प्राणत्वको पहिचान गर्नुहोस् । (क, झ, ट, त, फ, ह)
| वर्ण | उच्चारण स्थान | प्राणत्व |
|---|---|---|
| क | कण्ठ्य | अल्पप्राण |
| झ | दन्तमूलीय | महाप्राण |
| ट | दन्तमूलीय | अल्पप्राण |
| त | दन्त्य | अल्पप्राण |
| फ | ओष्ठ्य | महाप्राण |
| ह | स्वरयन्त्रमुखी | महाप्राण |
८. उच्चारण प्रयत्न र घोषत्वका आधारमा दिइएका वर्णहरुको पहिचान गरी लेख्नुहोस् । (ख, छ, स, न, य, ब)
| वर्ण | उच्चारण प्रयत्न | घोषत्व |
|---|---|---|
| ख | स्पर्शी | अघोष |
| छ | स्पर्शसङ्घर्षी | अघोष |
| स | सङ्घर्षी | अघोष |
| न | नासिक्य | घोष |
| य | अर्धस्वर | घोष |
| ब | स्पर्शी | घोष |
९. उच्चारण स्थान र घोषत्वका आधारमा दिइएका व्यञ्जन वर्गको वर्गीकरण गर्नुहोस् । (घ, द, छ, ह, फ, य)
| वर्ण | उच्चारण स्थान | घोषत्व |
|---|---|---|
| घ | कण्ठ्य | घोष |
| द | दन्त | घोष |
| छ | दन्तमूलीय | अघोष |
| ह | स्वरयन्त्रमुखी | घोष |
| फ | ओष्ठ्य | अघोष |
| य | तालब्य | घोष |
१०. उच्चारण प्रयत्न र प्राणत्वका आधारमा दिइएका व्यञ्जन वर्णको वर्गीकरण गर्नुहोस् । (म, स, ठ, ज, थ, र )
| वर्ण | उच्चारण प्रयत्न | प्राणत्व |
|---|---|---|
| म | नासिक्य | अल्पप्राण |
| स | सङ्घर्षी | महाप्राण |
| ठ | स्पर्शी | महाप्राण |
| ज | स्पर्शसङ्घर्षी | अल्पप्राण |
| थ | स्पर्शी | महाप्राण |
| र | कम्पित | अल्पप्राण |
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Bir purkha content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Bir purkha.
Ready to Master Bir purkha?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.