Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Jal srot ra urja


Subject

Jal srot ra urja

Learn Jal srot ra urja in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
3,437

Jal srot ra urja

Jal srot ra urja

पाठ १२: जलस्रोत र उर्जा (वक्तृता)

स्तर : वक्तृता

 

शब्दभण्डार

१. दिइएका शब्द र अर्थ मिलाउनुहोस्:

शब्द

अर्थ

अथाह

ज्यादै धेरै

नौका

डुङ्गा

अलावा

अतिरिक्त

अख्तियार

नियम कानुनद्वारा दिइएको अधिकार

नित्य

सधैँ

सर्वेक्षण

कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरीक्षण

निकाय

कुनै संस्था वा सदन

 

२. खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्:

  • क) सम्पदाका
  • ख) हौस्याउने र अख्तियार
  • ग) नौका विहार
  • घ) चलायमान
  • ङ) जलस्रोतको

 

३. उल्टो अर्थ दिने शब्द पाठबाट खोजी लेख्नुहोस्:

शब्द

उल्टो अर्थ

कृत्रिम

प्राकृतिक

विपन्न

सम्पन्न

प्राचीन

आधुनिक

साँघुरो

फराकिलो

आन्तरिक

बाह्य

सङ्कुचन

बिस्तार

कुरुप

सुन्दर

सदुपयोग

दुरुपयोग

व्यय

आय

अटुट

अटल

विष

अमृत

 

४. तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस :

मञ्चासीन

मञ्चासीन अतिथिहरुले उद्घाटन कार्यक्रममा आफ्ना विचार व्यक्त गरे।

 

द्रुततर
सरकारले द्रुततर आर्थिक विकासका लागि विशेष योजना सार्वजनिक गर्‍यो।

 

सामर्थ्य
आफ्नो सामर्थ्य अनुसार मात्रै काम गर्नुपर्छ भन्ने सन्देश प्रेरणादायी छ।

 

खपत
देशमा उत्पादित वस्तुको खपत बढाउन बजार विस्तार गर्न आवश्यक छ।

 

पैनी
पैनी बनाएर सिँचाइ गर्नाले खेतीमा उत्पादन बढ्न सक्छ।

 

उर्वरा
उर्वरा भूमि भएको क्षेत्रमा खेती गर्न सजिलो हुन्छ।

 

अभियान
सरकारले शिक्षा सुधार अभियानको शुभारम्भ गरेको छ।

 

सङ्कट
प्राकृतिक विपत्तिका बेला सङ्कट व्यवस्थापन प्रमुख चुनौती हो।

 

गगनचुम्बी
सगरमाथाजस्ता गगनचुम्बी हिमालहरु हाम्रो देशको पहिचान हुन्।

 

अन्नामृत
तराई क्षेत्रका खेतबारीले अन्नामृत उत्पादन गरेर जनताको जीवन धानिरहेका छन्।

 

निर्यात
नेपालको चिया निर्यातले अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि बनाएको छ।

 

५. पदावली प्रयोग गरी अनुच्छेद लेख्नुहोस :

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण सानो देश हो। यहाँको अनुपम सुन्दरताले हरेक पर्यटकलाई आकर्षित गर्दछ। हिमाल, पहाड, तराई, खोलानाला, जङ्गल र वन्यजन्तुहरु यसलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउँछन्। देशोन्नतिको लागि यहाँका सेतो सुन (हिमाल), पानी (खोलानाला), कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई प्राथमिकता दिनुपर्छ। फेवातालको फैलावट, रारातालको रमणीयता र गण्डकी नदीको गहिराइले हाम्रो प्राकृतिक सम्पदाको महत्त्व झल्काउँछ। नेपाललाई विश्वसामु परिचित गराउन हामीले देशको प्रगतिमा योगदान दिनुपर्छ। यसले मात्र हाम्रो देशलाई समृद्ध बनाउनेछ।

 

बोध र अभिव्यक्ति

१. `जलस्रोत र ऊर्जा´ पाठका प्रश्नहरूको उत्तर:

क) पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति दिएका छन्?
पहिलो वक्ताले आफ्नो विचारलाई छवटा अनुच्छेदमा प्रस्तुत गरेका छन् भने दोस्रो वक्ताले आठवटा अनुच्छेदमा आफ्नो विषयवस्तु समेटेका छन्।

 

ख) वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी उल्लेख गरिएको छ?
पाठमा वक्तृता सञ्चालनको विधि यसरी प्रस्तुत गरिएको छ: विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष तोकिएको छ। तीन जना शिक्षक निर्णायक, एक जना शिक्षक समय पालक, र एक जना विद्यार्थी उद्घोषकका रूपमा छन्। प्रतियोगी विद्यार्थीहरुलाई पालैपालो उद्घोषकले मञ्चमा बोलाएर आफ्ना विचार व्यक्त गर्न लगाइन्छ। अन्तमा निर्णायकहरुले निर्णय सुनाउँछन्, र अध्यक्षले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर कार्यक्रम समापन हुन्छ।

 

ग) पहिलो वक्ताले जलस्रोतसम्बन्धी के के कुरा समेटेका छन्?
पहिलो वक्ताले जलस्रोतका विभिन्न पक्ष समेटेका छन्। यसमा हिमाल, समुन्द्र, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, र वर्पादको उल्लेख गरेका छन्।

 

घ) दुवै वक्ताले आफ्नो वक्तृता कसरी समापन गरेका छन्?
पहिलो वक्ताले पानीलाई "सेतो सुन" का रूपमा व्याख्या गर्दै यसको सही सदुपयोगबाट नेपालको विकास सम्भव हुने बताएका छन्। दोस्रो वक्ताले भने जलस्रोतलाई सदुपयोग गर्न सके बेरोजगार समस्या समाधान हुने धारणा राख्दै आफ्नो वक्तृता समाप्त गरेका छन्।

 

ङ) नेपालमा उपलब्ध जलस्रोतहरु के के हुन्?
नेपालमा उपलब्ध प्रमुख जलस्रोतहरुमा हिमाल, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, र वर्पाद समावेश छन्।

 

२. `नेपालमा जलस्रोतको… वातावरण तयार गर्नुपर्छ´ वक्तृताका प्रश्नहरूको उत्तर:

क) नेपाली जलराशिमा कति मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ?
नेपाली जलराशिबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने क्षमता रहेको छ।

 

ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ?
देशले जलस्रोतको ५० प्रतिशत मात्र उपयोग गरेर विद्युत उत्पादन गर्न सके पनि आर्थिक समृद्धि सम्भव छ।

 

ग) विद्युतको खपत कसरी बढाउन सकिन्छ?
विद्युतको खपत बढाउन सरकारले जलविद्युतसँग सम्बन्धित उद्योग र कलकारखाना स्थापना गर्ने, घरायसी स्तरमा विद्युतको प्रयोगलाई प्रवर्द्धन गर्ने, र विदेशमा विद्युत निर्यात गर्ने वातावरण बनाउनुपर्छ।

 

घ) जलविद्युतीकरणका लागि नेपालको भूगोल किन उपयुक्त छ?
नेपालमा बार्षिक रूपमा हिउँ पग्लने प्रक्रिया, अथाह पानीको स्रोत, र भिरालो भौगोलिक बनोटका कारण जलविद्युतीकरणका लागि अत्यन्तै अनुकूल मानिन्छ।

 

३. दिइएको वक्तृताका प्रश्नहरूको उत्तर लेख्नुहोस :

क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी सम्भव छ?
दिगो विकासका लागि प्रभावकारी नीति, नियम, र योजना निर्माण गरी जलविद्युतसँग सम्बन्धित उद्योग तथा कलकारखाना खोल्नुपर्छ। घरेलु तथा व्यावसायिक रूपमा विद्युतको खपत बढाउनुपर्ने र उत्पादित विद्युतलाई विदेशमा निर्यात गर्न सक्ने वातावरण तयार गर्नुपर्छ।

 

ख) सिँचाइले राष्ट्रको अर्थतन्त्र निर्माणमा कस्तो भूमिका खेल्छ?
सिँचाइले भूमिमा उर्वराशक्ति बढाउने काम गर्छ। यसबाट प्रशस्त खाद्यान्न उत्पादन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ। अत्यधिक उत्पादन भएका वस्तुहरु विदेश निर्यात गरी वैदेशिक मुद्रा आर्जन सम्भव छ। साथै, आधुनिक सिँचाइ प्रणालीले रोजगारीका अवसर सिर्जना गर्न सक्छ।

 

४. दुवै वक्ताहरुले प्रस्तुत गरेका सहायक बुँदाहरु लेख्नुहोस :

पहिलो वक्ताका सहायक तर्क:

  • नेपाली भूमिमा सिँचाइ सुविधा विस्तार गरेर अत्यधिक खाद्यान्न उत्पादन गर्न सकिन्छ।
  • समुन्द्रबाहेक जलस्रोतका सबै प्रकारका साधन नेपालमा छन्, जसको सही उपयोगले समृद्धि सम्भव छ।
  • नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने सम्भावना छ।

 

दोस्रो वक्ताका सहायक तर्क:

  • नेपालका स्वच्छ जलस्रोत विश्वबजारमा बेचे नेपाल सम्पन्न बन्न सक्छ।
  • सिँचाइको व्यवस्थाले कृषिक्षेत्रको उत्पादन वृद्धि गरेर अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।
  • जलस्रोतको उपयोग गरेर कलकारखाना र उद्योग स्थापना गर्न सकिन्छ।

 

५. `जलस्रोत र ऊर्जा´ वक्तृतामा समेटिन बाँकी विषयहरु के के हुन् :

  • देशमा रहेका युवालाई रोजगारको अवसर प्रदान गर्न जलस्रोतको क्षेत्रमा नयाँ योजना र अनुसन्धानमा लगानी गर्नुपर्छ।
  • प्राकृतिक स्रोत र साधनको दीर्घकालीन उपयोगका लागि थप सरकारी नीतिहरु आवश्यक छन्।
  • जलस्रोत सम्बन्धी प्रविधिको विकास र यसको सञ्चालनमा दक्ष जनशक्ति उत्पादन गर्न विशेष योजना लागू गर्नुपर्

 

६. नेपालको जलस्रोतले समृद्धिको आधार कसरी तयार गर्छ?

नेपाल जलस्रोतको क्षेत्रमा विश्वमै अग्रणी राष्ट्र हो। यहाँ करिब ६ हजार नदी, झरना, र तालतलैया छन्, जसले ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना प्रदान गर्छ।


यदि यस जलस्रोतको ५० प्रतिशत मात्र उपयोग गर्न सकियो भने नेपालको आर्थिक उन्नतिको मार्ग खुल्छ। जलविद्युत उत्पादनबाट स्थानीय उद्योग तथा कलकारखानालाई सशक्त बनाउन सकिन्छ। उत्पादन गरिएको विद्युत निर्यात गरेर ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।


सिँचाइका लागि कुलो, पैनी, र नहर प्रणालीलाई प्रविधिमैत्री बनाएर कृषि उत्पादन वृद्धि गर्न सकिन्छ। यसले खाद्यान्नमा आत्मनिर्भरता, रोजगारी सिर्जना, र राजस्व वृद्धिमा सहयोग पुर्‍याउँछ।


नेपालको जलस्रोतलाई प्रभावकारी ढंगले उपयोग गर्न सके यो राष्ट्रको समृद्धिको आधार बन्नेछ।

 

०७. दिइएका गद्यांश पढेर सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

क) संविधानलाई किन देशको मूल कानुन भनिएको हो?
संविधानले नागरिकका मौलिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, र मानव अधिकारका आधारभूत मान्यतालाई संस्थागत गरी समावेश गर्ने भएकाले यसलाई देशको मूल कानुन भनिएको हो।

 

ख) सबैले कानुनको पालना नगर्दा के हुन्छ?
व्यक्ति, संस्था वा कुनै पनि समूहले कानुनको पालना नगरेमा सभ्य, अनुशासित, र समृद्ध समाज निर्माण असम्भव हुन्छ। कानुनको अनुपालन बिना शान्ति, सुव्यवस्था, र प्रगतिशील समाजको विकास सम्भव हुँदैन।

 

ग) अध्यादेशबाट निर्मित कानुन संसद बैठकबाट किन अनुमोदन गराउनुपर्छ?
संसदको अधिवेशन नभएको समयमा, राष्ट्रको आवश्यकताअनुसार अध्यादेशबाट कानुन निर्माण गर्न सकिन्छ। तर यसलाई कानुनी मान्यता दिनका लागि संसद बैठकमा अनुमोदन गराउन आवश्यक हुन्छ।

 

घ) सङ्घीय संसद´ र अध्यादेश´ को अर्थ लेख्नुहोस्:

  • सङ्घीय संसद: जनताद्वारा निर्वाचित राष्ट्रिय तथा प्रादेशिक अधिकारको सर्वोच्च कानुनी संस्था।
  • अध्यादेश: संसदको अधिवेशन नचलेको अवस्थामा विशेष परिस्थितिमा जारी गरिएको कानुन।

 

०८. दिइएको अनुच्छेद पढेर बुँदा टिपोट गर्नुहोस्:

  • नेपाललाई ६ हजारभन्दा बढी खोलानालाका कारण नदीनालाको देश भनिएको।
  • नेपालबाट १७० अर्ब क्युविक मिटर पानी गङ्गा नदी हुँदै बङ्गालको खाडीमा पुग्ने।
  • ठूलो मात्रामा पानी खेर जाने र माटो बगेर देशबाहिर जाने समस्या।
  • खेर गइरहेको जलसम्पदालाई सदुपयोग गरी राष्ट्रिय विकासमा लगाउनु पर्ने।
  • जलविद्युत् राष्ट्रको आर्थिक विकासका लागि महत्त्वपूर्ण साधन।
  • खनिज तेल, ग्यास, कोइला जस्ता अन्य ऊर्जाको प्रयोग गरेर पनि देश विकासमा योगदान दिन सकिने।

 

व्याकरण:

१. दिइएका वाक्यबाट उद्देश्य र विधेय भाग छुट्याउनुहोस्:

  • क) उद्देश्य: युवाशक्ति | विधेय: छन्
  • ख) उद्देश्य: जल | विधेय: हुन्छन्
  • ग) उद्देश्य: बेरोजगारहरू | विधेय: आउने छन्
  • घ) उद्देश्य: अन्य वक्ता | विधेय: राख्नुहुन्छ
  • ङ) उद्देश्य: प्रधानाध्यापक | विधेय: टुङ्ग्याउनुहुन्छ

 

२. दिइएका वाक्यबाट उद्देश्य, उद्देश्य विस्तार, विधेय, र विधेय विस्तार खण्ड छुट्याउनुहोस्:

क)

  • उद्देश्य: बहिनी
  • उद्देश्य विस्तार: उसकी
  • विधेय: बस्दिनन्
  • विधेय विस्तार: निर्वाचन समितिमा

ख)

  • उद्देश्य: ऊ
  • उद्देश्य विस्तार: धेरै दिनपछि मनलाई दरो पारी
  • विधेय: गई
  • विधेय विस्तार: आँगनतिर

ग)

  • उद्देश्य: मान्छे
  • उद्देश्य विस्तार: आज बिहान हिँडेको
  • विधेय: पुगेछ
  • विधेय विस्तार: छिटै नै दार्चुला

घ)

  • उद्देश्य: तिम्रो पहिरन
  • उद्देश्य विस्तार: गाउँमा
  • विधेय: देखिन्छ
  • विधेय विस्तार: गजबको

 

व्याकरण कोटि

१. दिइएको अनुच्छेदका वाक्यहरूको लिङ्ग परिवर्तन गर्नुहोस्:

मूल अनुच्छेद:
मेरी बहिनी विद्यालय गई। मेरो भाइ पनि विद्यालय गयो। बहिनी सरासर कक्षामा पसी। भाइ चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थाल्यो। भान्जीले बाटोमै भाइलाई भेटिन्। बुबाले पनि भाइलाई बाटोमै भेट्नुभयो।

 

परिवर्तित अनुच्छेद:
मेरो भाइ विद्यालय गयो। मेरी बहिनी पनि विद्यालय गई। भाइ सरासर कक्षामा पस्यो। बहिनी चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थालिन्। भान्जाले बाटोमै बहिनीलाई भेटे। आमाले पनि बहिनीलाई बाटोमै भेट्नुभयो।

 

२. दिइएका वाक्यलाई कोष्ठमा बताएअनुसार परिवर्तन गर्नुहोस्:

क) जेठो छोरो आउँदै छ। (स्त्रीलिङ्ग)
उत्तर: जेठी छोरी आउँदै छे।

 

ख) उसकी बहिनी घरमा बसेकी छे। (पुलिङ्ग)
उत्तर: उसको भाइ घरमा बसेको छ।

 

ग) तिम्रा छोराहरू असल छन्। (स्त्रीलिङ्ग)
उत्तर: तिम्री छोरीहरू असल छन्।

 

घ) सानी नानी पानी भर्छिन्। (पुलिङ्ग)
उत्तर: सानो बाबू पानी भर्छ।

 

३. दिइएको अनुच्छेदका वाक्यहरूको वचन परिवर्तन गर्नुहोस्:

मूल अनुच्छेद:
हामीले गाउँमा हाम्रा पुराना साथीहरू भेट्यौँ। मैले धेरैबेर कुरा गरेँ। साथीहरूले आफ्ना प्रगतिका कथा सुनाए। तिमीहरू पनि एकछिनमा आइपुग्यौ। उनीहरूले तिमीहरूलाई चिनेनन्। तिमीले उसलाई बिर्सिएछौ।

 

परिवर्तित अनुच्छेद (एकवचन):
मैले गाउँमा मेरो पुरानो साथी भेटेँ। मैले धेरैबेर कुरा गरेँ। साथीले आफ्नो प्रगतिका कथा सुनायो। तिमी पनि एकछिनमा आइपुग्यौ। उसले तिमीलाई चिनेन। तिमीले उसलाई बिर्सिएछौ।

 

४. दिइएका वाक्यलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:

क) सानो छोरो रोयो। (बहुवचन)
उत्तर: साना छोराहरू रोए।

 

ख) तिम्रा बहिनीहरू खेल्छन्। (एकवचन)
उत्तर: तिम्री बहिनी खेल्छिन्।

 

ग) त्यो फूल ओइलियो। (बहुवचन)
उत्तर: ती फूलहरू ओइलिए।

 

घ) असल मान्छेहरू नम्र हुन्छन्। (एकवचन)
उत्तर: असल मान्छे नम्र हुन्छ।

 

 

५. दिइएका वाक्यलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:

क) हामीले सर्प र बिच्छी देखेका छौँ। (तृतीय पुरुष)
उत्तर: उनीहरूले सर्प र बिच्छी देखेका छन्।

 

ख) हजुर किन हाँस्नुभयो? (प्रथम पुरुष)
उत्तर: म किन हाँसे?

 

ग) उहाँ राम्ररी बोल्नुहुन्छ। (प्रथम पुरुष)
उत्तर: म राम्ररी बोल्छु।

 

घ) हामी ज्यादै दु:खी छौँ। (द्वितीय र तृतीय पुरुष)
उत्तर:

  • तिमीहरू ज्यादै दु:खी छौ।
  • उनीहरू ज्यादै दु:खी छन्।

 

ङ) तिमीहरू होहल्ला गर्दै छौ। (तृतीय र प्रथम पुरुष)
उत्तर:

  • उनीहरू होहल्ला गर्दै छन्।
  • हामी होहल्ला गर्दै छौँ।

 

६. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:

क) तँ भात खान्छस्। (उच्च आदरार्थी)
उत्तर: हजुर भात खानुहुन्छ।

 

ख) हजुर कहिले फर्किनुहुन्छ? (सामान्य आदरार्थी)
उत्तर: तिमी कहिले फर्किन्छौ?

 

ग) तिमी सबैलाई चिन्छौ। (उच्च आदरार्थी)
उत्तर: हजुर सबैलाई चिन्नुहुन्छ।

 

घ) ऊ प्रथम हुन्छ। (मध्यम आदरार्थी)
उत्तर: उनी प्रथम हुन्छिन्।

 

ङ) धनीलाल गाउँमा बस्छ। (उच्च आदरार्थी)
उत्तर: धनीलाल गाउँमा बस्नुहुन्छ।

 

७. करण र अकरणको परिवर्तन:

मूल अनुच्छेद (करण):
उनीहरू प्रदर्शनीमा गएनन्। हामी चाहिँ गयौँ। तिमीहरू पनि गएछौ नि। उनीहरूले कुनै पनि स्थलहरूको भ्रमण गरेनछन्। हामी त त्यत्तिकै बसेनौँ। नयाँ-नयाँ कुराहरू देख्यौँ।

 

परिवर्तित अनुच्छेद (अकरण):
उनीहरू प्रदर्शनीमा गए। हामी चाहिँ गएनौँ। तिमीहरू पनि गइनौ। उनीहरूले स्थलहरूको भ्रमण गरे। हामी त त्यत्तिकै बस्यौँ। कुनै नयाँ कुरा देखेनौँ।

 

८. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:

क) उनीहरू धेरै राम्रा छन्। (अकरण)
उत्तर: उनीहरू कत्ति पनि राम्रा छैनन्।

 

ख) तिमी कहिल्यै नराम्रो बोल्दैनौ। (करण)
उत्तर: तिमी सधै राम्रो बोल्छौ।

 

ग) आज धेरै जाडो होला जस्तो छ। (अकरण)
उत्तर: आज कत्ति पनि जाडो होला जस्तो छैन।

 

घ) पानी परेन र जाडो भएन। (करण)
उत्तर: पानी पर्‍यो र जाडो भयो।

 

ङ) उसले चिनेको मान्छे बाटामा भेट्यो। (अकरण)
उत्तर: उसले चिनेको मान्छे बाटामा भेटेन।

 

९. काल, पक्ष, भाव, वाच्य, र प्रेरणार्थ परिवर्तन:

क) म घरमै बस्छु। (सामान्य भूत)
उत्तर: म घरमै बसेँ।

 

ख) हामी चिठी लेख्छौँ। (अपूर्ण भूत)
उत्तर: हामी चिठी लेख्दै थियौँ।

 

ग) तँ त्यही बस्छस्। (पूर्ण भूत)
उत्तर: तँ त्यही बसेको थिइस्।

 

घ) तिमीहरू गृहकार्य गर्छौ। (अभ्यस्त भूत)
उत्तर: तिमीहरू गृहकार्य गर्थ्यौ।

 

ङ) तपाईं पोखरा जानुहुन्छ। (अज्ञात भूत)
उत्तर: तपाईं पोखरा जानुभएछ।

 

च) उनीहरू बजार गएछन्। (सामान्य वर्तमान)
उत्तर: उनीहरू बजार जान्छन्।

 

छ) तिमी सधैँ डुल्थ्यौ। (अपूर्ण वर्तमान)
उत्तर: तिमी सधैँ डुल्दै छौँ।

 

ज) नरेशले रुख ढाल्यो। (पूर्ण वर्तमान)
उत्तर: नरेशले रुख ढालेको छ।

 

झ) तपाईं यहाँ आउनुभयो। (सामान्य भविष्य)
उत्तर: तपाईं यहाँ आउनुहुनेछ।

 

ञ) उनी गट्टा खेल्थिन्। (अपूर्ण भविष्य)
उत्तर: उनी गट्टा खेल्दै हुनेछिन्।

 

ट) सानी पाठ पढ्थिन्। (पूर्ण भविष्य)
उत्तर: सानीले पाठ पढेकी हुनेछिन्।

 

ठ) उनीहरू खेल खेल्छन्। (सम्भावनाअर्थ)
उत्तर: उनीहरू खेल खेल्लान्।

 

ड) तिमीहरू बजार गयौँ। (आज्ञार्थ)
उत्तर: तिमीहरू बजार जाओ।

 

ढ) तपाईं मिठाई खानुहोला। (अनुरोधार्थ)
उत्तर: तपाईं मिठाई खाइदिनुहोस्।

 

ण) तँ फुटबल खेल्छस्। (इच्छार्थ)
उत्तर: तैले फुटबल खेलेस्।

 

त) भाइहरू मेहनत गर्छन्। (प्रश्नार्थ)
उत्तर: भाइहरू मेहनत गर्छन्?

 

थ) मैले पर्यटकहरू देखे। (कर्मवाच्य)
उत्तर: मद्वारा पर्यटकहरू देखिए।

 

द) उनीहरू यतैतिर आऊन्। (भाववाच्य)
उत्तर: यतैतिर आइयोस्।

 

ध) उनीहरूले घर बनाएका छन्। (कर्मवाच्य)
उत्तर: उनीहरुद्वारा घर बनाइएको छ।

 

न) तिमी कथाहरू पढौला। (प्रेरणार्थ)
उत्तर: शिक्षकले तिमीलाई कथाहरू पढ्न लगाउलान्।

 

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Jal srot ra urja content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Jal srot ra urja.

Ready to Master Jal srot ra urja?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.