Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Paryaparyatanka sambhabana ra ayam


Subject

Paryaparyatanka sambhabana ra ayam

Learn Paryaparyatanka sambhabana ra ayam in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
9,403

Paryaparyatanka sambhabana ra ayam

Paryaparyatanka sambhabana ra ayam

पाठ ७ : पर्यापर्यटनका सम्भावना र आयाम (वस्तुपरक निबन्ध)

लेखक: तीर्थबहादुर श्रेष्ठ

स्तर: वस्तुपरक निबन्ध

 

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:

क) परिस्थितिक प्रणाली

  • परिस्थितिका कारणले निम्तिने प्रणाली।

ख) विहङ्गम दृष्टि

  • आकाशमा उडिरहेको चराले जस्तै कुनै वस्तु हेर्ने दृष्टिकोण।

ग) तृणहारी

  • दुबो, पराल, खरजस्ता घाँसपात खाने प्राणी।

घ) कटिबन्ध

  • पृथ्वीका दुई ध्रुवका बीचको भूभागलाई हावापानी आदिका आधारमा विभाजन गरिएको क्षेत्र।

ङ) पर्यापर्यटन

  • जैविक विविधताको कारणले उत्पन्न हुने पर्यटन।

च) जलक्रीडा

  • पानीमा खेलिने विभिन्न खेल वा मनोरञ्जन।

छ) पर्यावरणमैत्री

  • वातावरणलाई अनुकूल र हानिकारक असर नगर्ने।

ज) प्रतिकूल प्रभाव

  • कुनै पक्षको अनुकूल नभएको प्रभाव।

झ) हिमाच्छादित छाना

  • हिउँले पूर्ण रूपमा ढाकिएको छाना।

 

२. दिइएका शब्दहरूको अर्थ शब्दकोशको सहायता लिएर पत्ता लगाउनुहोस्:

लवज:

  • बोल्ने वा भन्नेसम्बन्धी तरिका।

वायुमण्डल:

  • पृथ्वीलाई घेरेर रहेको हावाको परत।

संजाल:

  • जालो, नेटवर्क।

लीन:

  • कुनै काममा अत्यन्त एकाग्र भएको।

नभचर:

  • आकाशमा उड्ने वा बस्ने।

अक्षांश:

  • पृथ्वीको सतहमा पूर्व–पश्चिम फैलिएका काल्पनिक रेखाहरू।

शीतोष्ण:

  • समुद्र सतहबाट २००० देखि ३००० मिटर उचाइसम्मको क्षेत्र।

सिमसार:

  • हिलो र पानीको मिश्रण भएको क्षेत्र।

 

३. पाठबाट दशवटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

ग्रीक

ग्रीक भाषा संसारकै पुरानो भाषामध्ये एक हो।

 

र्‍याफ्टिङ

ठूला नदीहरूमा र्‍याफ्टिङ गर्न साहसिक पर्यटकहरू आउँछन्।

 

बोटिङ

तालतलैयामा बोटिङको राम्रो व्यवस्था गरिएको छ।

 

बन्जी जम्पिङ

बन्जी जम्पिङ साहसिक खेलका लागि विशेष लोकप्रिय छ।

 

गल्फ

गल्फ खेल्न समथर क्षेत्र आवश्यक पर्छ।

 

इकोफ्रेन्ड्ली

हाम्रो समाजलाई इकोफ्रेन्ड्ली बनाउनु आवश्यक छ।

 

इकोटुरिजम

इकोटुरिजमले स्थानीय पर्यटनलाई प्रोत्साहन दिन्छ।

 

इकोलोजी

इकोलोजीले जीव र वातावरणको सन्तुलनको अध्ययन गर्दछ।

 

इकोसिस्टम

इकोसिस्टमको बिग्रँदा प्राणीहरूको अस्तित्व संकटमा पर्छ।

 

मैदान

हराभरा मैदान हेर्न पर्यटकहरू यहाँ आउँछन्।

 

४. पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित शब्दहरू पहिचान गर्नुहोस्:

पर्यटनसँग सम्बन्धित शब्दहरू:
र्‍याफ्टिङ, कायाकिङ, क्यानोइङ, बोटिङ, मत्स्यविहार, बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, हिउँचिप्लेटी, गल्फ।

पर्यावरणसँग सम्बन्धित शब्दहरू:
पोखरी, ताल, सिमसार, वनस्पति, घाँस, पात, पशुपन्छी, स्थलचर, जङ्गल, जलथर।

बोध र अभिव्यक्ति

१. दिइएका प्रश्नको उत्तर दिनुहोस्:

क) पर्यापर्यटन पाठ कति अनुच्छेदमा विभाजित छ?

  • पर्यापर्यटन पाठमा कुल दस वटा अनुच्छेद समावेश गरिएका छन्।

ख) सबैभन्दा लामो अनुच्छेद कुन हो, र यसमा कति वाक्यहरू छन्?

  • नवौं अनुच्छेद सबैभन्दा लामो हो, जसमा ९ वटा वाक्यहरू छन्।

ग) सबैभन्दा छोटो अनुच्छेद कुन हो, र यसमा कति वाक्यहरू छन्?

  • सबैभन्दा छोटो अनुच्छेद दशौं हो, जसमा ३ वटा वाक्यहरू छन्।

 

२. दिइएका विषय सन्दर्भ कुन-कुन अनुच्छेदमा छन्?

अ) दोस्रो अनुच्छेद
आ) पाँचौं अनुच्छेद
इ) छैटौं अनुच्छेद
ई) पहिलो अनुच्छेद
उ) दशौं अनुच्छेद
ऊ) नवौं अनुच्छेद

३. पाठको दोस्रो अनुच्छेद पढेर सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

क) जलचरहरूले के खाएर आफ्नो जीवन धान्छन्?

  • जलचरहरूले मुख्य रूपमा घाँस, पात, लेउ, र झ्याउ जस्ता प्राकृतिक पदार्थ खाएर आफ्नो जीवनयापन गर्छन्।

ख) जमिनले कसरी पोषण प्राप्त गर्दछ?

  • जमिनले पशुपन्छी वा वनस्पतिहरू मरेर, सडेर आउने तत्त्वहरूबाट पोषण प्राप्त गर्दछ।

ग) आहार सञ्जाल कसरी निर्माण हुन्छ?

  • आहार सञ्जाल चक्रीय पारिस्थितिक प्रणालीद्वारा निर्माण हुन्छ।

घ) प्राणीहरू किन जन्मन्छन् र मर्छन्?

  • पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउनका लागि प्राणीहरूको जन्म र मृत्यु हुने गर्छ।

 

४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

क) पृथ्वी नै सबैको साझा घर हो, यो कसरी सम्भव भयो?

पृथ्वी नै सबैको साझा घर हो, किनकि यो एक मात्र जीवित ग्रह हो। यहाँ पञ्चतत्त्व—जल, स्थल, वायु, आकाश र तेजका कारण जलचर, स्थलचर, नभचर तथा अन्य चराचर जीवहरूको जीवन सम्भव छ।

 

ख) वायुमण्डल प्रदूषणका कारण पृथ्वीको तापक्रम अप्रत्यासित रूपमा बढ्दा चासो किन बढेको छ?

पृथ्वीको परिस्थितिक प्रणालीमा भएको गडबडीले प्राणी र वनस्पतिका अस्तित्वमा सङ्कट ल्याउन सक्छ। वायुमण्डल प्रदूषणका कारण अप्रत्यासित रूपमा पृथ्वी तात्दै गएको छ, जसले जलवायु परिवर्तन र पारिस्थितिक असन्तुलन निम्त्याएको छ। यदि यो प्रक्रिया रोकिएन भने मानव अस्तित्वमा नै संकट आउन सक्ने भएकाले चासो र चिन्ता बढेको हो।

 

५. दिइएको निबन्धांश पढेर सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

क) पर्यटकीय गतिविधिका क्षेत्रहरू के के हुन्?

पर्यटकीय गतिविधिका क्षेत्रहरू जल, स्थल र आकाश हुन्। यसमा पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, वन्यजन्तु अवलोकन, पर्वतीय बाइक यात्रा, घोडसवारी, रक क्लाइम्बिङ, प्राकृतिक गुफा अन्वेषण, हिउँ चिप्लेटी, जलक्रीडा, न्याफ्टिङ, बोटिङ, मत्स्य विहार, पर्वतीय उडान, पाराग्लाइडिङ, हट एयर बेलुन, र बन्जी जम्पिङजस्ता गतिविधिहरू समावेश छन्।

 

ख) पर्यापर्यटनका लागि आचारसंहिता किन र कसका लागि आवश्यक छ?

पर्यापर्यटनका लागि आचारसंहिता पर्यटन व्यवसायी र पर्यटक दुवैका लागि आवश्यक छ। हाम्रो हरेक क्रियाकलापले पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर गर्छ। यसलाई दीगो र स्वस्थ राख्न पर्यटन क्षेत्रमा संलग्न व्यवसायीले वातावरणमैत्री नीति, नियम, कानुन र आचारसंहिताको पालना गर्नुपर्छ।

 

उत्तर दिनुहोस 

 

क) जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?

पृथ्वीलाई जलवायुका आधारमा भूमध्यरेखाको उत्तर र दक्षिणतिर विभाजन गरी उष्ण, उपोष्ण, शीतोष्ण, र हिमाच्छादित ध्रुवीय कटिबन्धमा वर्गीकरण गरिएको छ। हिमालय क्षेत्रमा जलवायुको वर्गीकरण यस प्रकार गरिएको छ:

  • १००० मिटरभन्दा होचो भाग: उष्ण जलवायु।
  • १०००–२००० मिटरसम्मको भूभाग: उपोष्ण जलवायु।
  • २०००–३००० मिटरसम्म: शीतोष्ण कटिबन्ध।
  • ३०००–४००० मिटरसम्म: शीतप्रधान कटिबन्ध।
  • ४०००–५००० मिटरसम्म: उपलेकाली क्षेत्र।
  • ५००० मिटरभन्दा माथि: हिमाच्छादित क्षेत्र।

 

ख) पर्यापर्यटनका विशेषताहरू के हुन्?

पर्यापर्यटनका विशेषताहरू यस प्रकार छन्:

  • प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा आर्थिक सहयोग पुग्दछ।
  • सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुगेको छ।
  • अन्तर्राष्ट्रिय सद्भाव र भाइचारालाई प्रगाढ बनाएको छ।
  • यस क्षेत्रमार्फत मानिसहरूलाई रोजगारीका अवसर प्रदान गरिएको छ।

 

ग) जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधिहरू के के हुन्?

जलमा हुने पर्यटकीय गतिविधिहरू:

 

  • र्‍याफ्टिङ, कायाकिङ, क्यानोनिङ, बोटिङ, र मत्स्यविहार।

थलमा हुने पर्यटकीय गतिविधिहरू:

  • पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, वन्यजन्तु अवलोकन, र पर्वतीय वाइक यात्रा।

आकाशमा हुने पर्यटकीय गतिविधिहरू:

  • पर्वतीय उडान, ह्याण्ड ग्लाइडिङ, पाराग्लाइडिङ, र तातो हावा बेलुन यात्रा।

 

घ) नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ?

निबन्धमा नेपालको पर्यावरणीय विविधता पाँचतले घरको संरचनासँग तुलना गरिएको छ।

  • भुइँतला: तराई क्षेत्र।
  • पहिलो तला: चुरे मधेश र टारवेंसी क्षेत्र।
  • दोस्रो तला: पहाडी प्रदेश।
  • तेस्रो तला: पर्वतीय प्रदेश।
  • चौथो तला: उच्च पर्वतीय भाग।
  • छाना: हिमाच्छादित क्षेत्र।

यसका साथै, उत्तरी मोहडामा बार्दली झैं निस्किएको भोट प्रदेशको आकर्षण पनि वर्णन गरिएको छ।

७. व्याख्या गर्नुहोस् :

क) पृथ्वीको ………………………….सङ्कटमा पर्छ।

यो गद्यांश कक्षा ११ को नेपाली विषयअन्तर्गत "पर्यापर्यटनका सम्भावना र आयाम" शीर्षकको निबन्धबाट उद्धृत गरिएको हो। यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन्। निबन्धले पृथ्वीलाई साझा घरका रूपमा लिइ सबैले यसको संरक्षण गर्नु पर्ने सन्देश दिन्छ।

पृथ्वी एक मात्र जीवनधारण गर्न योग्य ग्रह हो। यहाँका जीवजन्तु र वनस्पतिहरू एकअर्कामा परस्पर निर्भर छन्। पृथ्वीमा जल, वायु, आकाश, पृथ्वी, र तेजजस्ता पञ्चतत्त्वहरू रहेका छन्, जसले जीवन चक्रलाई निरन्तरता दिन सहयोग गरेका छन्। यी तत्त्वहरूलाई प्रदूषित गर्नु मानवीय अस्तित्वलाई चुनौती दिने कार्य हो। पृथ्वीको परिस्थितिक प्रणालीमा गडबडी हुँदा प्राणी र वनस्पतिको जीवन संकटमा पर्न सक्छ। विकासका नाममा मानवले प्राकृतिक स्रोतहरूको अति दोहन र विनाश गर्दा वातावरणमा असन्तुलन सिर्जना भइरहेको छ। यदि यो क्रम जारी रह्यो भने मानव अस्तित्व समेत संकटमा पर्न सक्छ।

हालको समयमा वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अनपेक्षित रूपमा तात्न थालेको छ। यसले जलवायु परिवर्तनलाई तीव्र बनाउँदै पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको छ। यसको प्रभावले मानिस, अन्य प्राणी र वनस्पतिहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। यदि यी समस्याहरूलाई समयमै समाधान नगरेमा मानव जातिको अस्तित्व नै संकटमा पर्ने संभावना बढेको छ। यसप्रति चासो र चिन्ता व्यक्त गर्नु अनिवार्य छ।

 

ख) नयाँ पिँढिको ………………………….माग पनि हो।

यो गद्यांश कक्षा ११ को नेपाली विषयअन्तर्गत "पर्यापर्यटनका सम्भावना र आयाम" शीर्षकको निबन्धबाट उद्धृत गरिएको हो। यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन्। यस निबन्धले पृथ्वीलाई सबैको साझा घरका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

नेपालमा सीमित रोजगारीका अवसर र आर्थिक कठिनाइका कारण धेरैजसो युवाहरू विदेश जाने बाध्यतामा छन्। विशेषगरी ग्रामीण भेगमा विदेशमा श्रम गर्न जानु संस्कृति जस्तै बनेको छ। केही समय विदेशमा श्रम गरी कमाइ गरेको पैसा लिएर फर्किनु अहिलेको व्यवहारिक वास्तविकता हो। यी समस्या समाधान गर्नका लागि स्थानीय सरकार र राज्यले योजना निर्माण गर्नुपर्ने आवश्यकता छ।

युवा पुस्तालाई पर्यटन क्षेत्रतर्फ आकर्षित गर्न, उनीहरूको सीप, क्षमता र दक्षतामा सुधार गर्ने तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। साथै, लगानीका लागि अनुकूल वातावरण सिर्जना गरी रोजगारीका अवसरहरू स्वदेशमै उपलब्ध गराउन आवश्यक छ। यदि श्रमशक्तिलाई स्वदेशमा नै परिचालन गर्न सकियो भने पर्यटन क्षेत्रमा नयाँ पिँढीले महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

तसर्थ, युवाहरूलाई स्वदेशमा राखेर उनीहरूको क्षमताको उपयोग गर्न सके देशको समग्र विकासमा ठूलो योगदान पुग्छ। माथिको आशयले युवा शक्तिलाई देशमै रोक्न र पर्यापर्यटनको विकासलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएको छ।

९. दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस् । 

१. यार्सागुम्बा कस्तो जडीबुटी हो ? 

२. यार्सागुम्बा कस्तो स्थानमा पाइन्छ ? 

३. यार्सागुम्बाको स्वरुप सुरुमा कस्तो हुन्छ ? 

४. यार्सागुम्बा के कारणले अनौठो जीव हो ? 

५. यार्सागुम्बाबाट देशले कसरी फाइदा लिन सक्छ ?

१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) भौतिक विज्ञानका प्रणेता को को हुन्?

भौतिक विज्ञानका प्रमुख प्रणेता सर आइज्याक न्युटन, ग्यालिलियो ग्यालिलेइ, र अल्बर्ट आइन्स्टाइन हुन्।

ख) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ?

भौतिक विज्ञानका अनुसार शक्ति (Power) भनेको कार्य सम्पन्न गर्ने क्षमताको मापन हो, जसलाई समयसापेक्ष ऊर्जा उपयोगको रूपमा परिभाषित गर्न सकिन्छ। बल (Force) भनेको कुनै वस्तुको गतिलाई परिवर्तन गर्न वा एकसमान गतिमा रहेको वस्तुलाई रोक्न प्रयोग गरिने क्रियाशील एकाइ हो।

ग) माथिको अनुच्छेदबाट दुईवटा तत्सम शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस्।

१. समुद्रपारि: "समुद्र" (पानीको विशाल क्षेत्र) + "पारि" (पारिपट्टि)।

२. जीवनजगत: "जीवन" (जीवित अवस्था) + "जगत" (संसार)।

 

घ) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ?

भौतिक विज्ञानले प्रकृतिका विविध आयामहरूको अध्ययन गर्छ। यसले स्थान, समय, गति, प्रकाश, ऊर्जा, विद्युत्, भूगर्भ, खगोलशास्त्र, प्रकृति, जीवन प्रणाली, र ब्रह्माण्डका विविध पक्षहरूको अनुसन्धान गर्ने भएकाले यसले प्रकृतिको विशाल क्षेत्रलाई समेटेको छ।

 

ङ) भूगर्भ´ र खगोल´ शब्दको अर्थ लेख्नुहोस्।

  • भूगर्भ: पृथ्वीको भित्री तह वा संरचना।
  • खगोल: आकाश वा अन्तरिक्ष, विशेषगरी ताराहरू, ग्रहहरू, र अन्य खगोलीय पिण्डहरूको क्षेत्र।

 

११. दिइएको अनुच्छेद पढी चारवटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सार लेख्नुहोस् । 

 

बुँदाहरु : 

– नेपालको भूमिमा प्रशस्त खनिज सम्पदा पाइनु, 

– नेपालका कतिपय नदी, खोलामा सुन र कतिपय खोला नदीका बगरमा चांदी पाइने, 

– मुक्तिनाथमा युरेनियम जस्ता केहि बहुमुल्य खनिज पाइनु, 

– खनिजहरुको आधुनिक तरिकाले उत्खनन, प्रशोधन र प्रयोग गर्न आवश्यक भएको ।

 

सारांश

खनिज पदार्थ

नेपाल खनिज सम्पदामा धनी देश हो। यहाँका कतिपय नदी र खोलामा सुन तथा बगर क्षेत्रमा चाँदी पाइन्छ। मुक्तिनाथजस्ता क्षेत्रमा युरेनियमजस्ता बहुमूल्य खनिजहरू समेत फेला पर्छन्। तर, खनिज सम्पदाको प्रभावकारी उपयोगका लागि आधुनिक उत्खनन र प्रशोधनका उपायहरूको अपनाउनु अत्यावश्यक छ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्या : १६६

बुँदामा दियिएको शब्द संख्या: ३५ 

हुनुपर्ने शब्द : ५५

सारांश लेखिएको शब्द सङ्ख्या : ३९

१२. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्

क) आधारभूत रूपमा अनुच्छेद कति प्रकारका हुन्छन्?
अनुच्छेदलाई आधारभूत रूपमा दुई प्रकारमा वर्गीकृत गरिएको छ: आत्मपरक र वस्तुपरक।

ख) कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ?
लेखकका व्यक्तिगत अनुभव, भावना, र विचारलाई पहिलो पुरुष दृष्टिकोणबाट प्रस्तुत गरिएको अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ।

ग) अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको छ?
वस्तुपरक विषयलाई तृतीय पुरुष दृष्टिकोण र प्रमाणमा आधारित तथ्यहरूको माध्यमबाट स्पष्ट गरिएको हुन्छ।

घ) आत्मपरक र वस्तुपरक अनुच्छेदबीचको मुख्य अन्तर के हो?
आत्मपरक अनुच्छेदमा लेखकका व्यक्तिगत विचार र अनुभूतिहरूलाई महत्त्व दिइन्छ, जबकि वस्तुपरक अनुच्छेदमा तथ्यहरू र वास्तविक घटनाहरूलाई प्राथमिकता दिइन्छ।

१३. आत्मपरक अनुच्छेद हो भन्ने आधार पुष्टि गर्नुहोस्

दिइएको अनुच्छेदमा लेखकले पहिलो पुरुष दृष्टिकोणबाट प्रकृतिलाई मानवीकरण गरेका छन्। कञ्चनजङ्घा, पहाडी टार, र जबरे खोलाका सङ्गीतलाई भावनात्मक रूपमा चित्रण गरिएको छ। पानीलाई अमृतको रूपमा र गाउँलाई स्वर्गको रूपमा वर्णन गरिएको आधारले यो आत्मपरक अनुच्छेद हो भनी पुष्टि हुन्छ।

 

१४. वस्तुपरक अनुच्छेद हो भन्ने आधार पुष्टि गर्नुहोस्

दिइएको अनुच्छेदमा तृतीय पुरुष दृष्टिकोण प्रयोग गरिएको छ। यहाँ तथ्यहरूको प्रस्तुति, सूचनाका लागि चराहरूको प्रयोग, र विषयवस्तुको तथ्यगत पुष्टि गरिएको छ। यसले यो वस्तुपरक अनुच्छेद हो भन्ने प्रमाणित गर्दछ।

 

व्याकरण अभ्यास

१. उपसर्ग लागेका शब्दहरूको सूची:

विलक्षण, सम्पन्न, विशिष्ट, संरचना, अपार, विभिन्न, सुलभ, दुर्लभ, अनेक, प्रकृति, प्रदत्त, सम्पदा, अत्यन्त, समृद्ध।

२. उपसर्ग व्युत्पन्न शब्द र निर्माण प्रक्रिया:

उपसर्ग

आधार पद

व्युत्पन्न शब्द

प्रति

वर्ष

प्रतिवर्ष

अब

लोकन

अवलोकन

तिथि

अतिथि

सु

आगत

स्वागत

उप

स्थिति

उपस्थिति

प्रति

कूल

प्रतिकूल

प्र

भाव

प्रभाव

परि

अटन

पर्यटन

चेत

सचेत

धार

आधार

३. "पर्यापर्यटनका सम्भावना र आयाम" पाठबाट उपसर्ग व्युत्पन्न शब्द र निर्माण प्रक्रिया:

शब्द

निर्माण प्रक्रिया

प्रतिवर्ष

प्रति + वर्ष

सम्बन्ध

सम् + बन्ध

सन्तुलन

सम् + तुलन

उपसर्ग

उप + सर्ग

प्रयोग

प्र + योग

अभिव्यक्ति

अभि + व्यक्ति

आधार

आ + धार

अध्ययन

अधि + अयन

अनुसन्धान

अनु + सन्धान

परिचर्चा

परि + चर्चा

निर्माण

निर् + माण

अनुसार

अनु + सार

परिवेश

परि + वेश

निर्जीव

निर् + जीव

प्रक्रिया

प्र + क्रिया

संहार

सं + हार

 

४. उपसर्ग लगाई नयाँ शब्द निर्माण:

 

उपसर्ग

आधार पद

नयाँ शब्द

अधि

कार

अधिकार

दुर्

गम

दुर्गम

दुस्

सहास

दुस्साहस

निस्

कपट

निष्कपट

प्र

माण

प्रमाण

स्वीकार

अस्वीकार

उत्

पन्न

उत्पन्न

सु

गम

सगम

कार

आकार

सम्

मान

सम्मान

 

५. अनुच्छेद रचना (उपसर्गयुक्त शब्द प्रयोग):

अविवाहित अवस्थाको अनमेल निर्णय र कुचेष्टाका कारण समाजबाट दण्डित भई बेइज्जत र बदनाम भएका राम सचेत हुनुको सट्टा गैरजिम्मेवार बन्दै कुलतमा फसेर बिचल्लीमा परे।



Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Paryaparyatanka sambhabana ra ayam content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Paryaparyatanka sambhabana ra ayam.

Ready to Master Paryaparyatanka sambhabana ra ayam?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.