Yogmaya
Yogmaya
Learn Yogmaya in Nepali with comprehensive educational content from Padandas.
Yogmaya
पाठ ४ : योगमाया (राष्ट्रिय जीवनी) - Yogmaya Exercise Class 11 Nepali
लेखक: सुधा त्रिपाठी
स्तर: कक्षा ११ नेपाली
परिचय
योगमाया नेपालको एक महान समाज सुधारक थिइन्। उनले धार्मिक, सामाजिक, र सांस्कृतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएकी थिइन्। उनका जीवन र विचारधाराले धेरै मानिसहरूलाई प्रेरित गरेको छ। यो लेखमा हामी योगमायाको जीवनका विभिन्न पक्षहरूको बारेमा जान्नेछौं।
शब्दभण्डार
१. दिइएका शब्द र अर्थ बिच जोडा मिलाउनुहोस् :
क) जलसमाध
पानीमा डुबेर गरिने प्राणत्याग
ख) बडाहाकि
राना शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशाशक
ग) आर्य समाज
अनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय
घ) वैधव्य
विधवा हुनाको भाव
ङ) हठयोग
पतञ्जलिद्वारा प्रतिपदित योग ( यम, नियम आदि) द्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि
च) प्रताडना
पीडा
छ) विचारी
मुद्दामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
ज) पञ्चाग्नि
वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या
२. पाठपढी गाडा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस् :
क) सन्यासी
ख) परम्परागत
ग) शास्त्रार्थ
घ) अग्निसमाधी
३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :
स्वसिकाइ
योगमायाले स्वसिकाइ बाट नै आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन् ।
विद्रोह
योगमायाले अध्यात्म, मनावता र सामाजिक परिवर्टनका लागि विद्रोह गरिन् ।
सञ्जाल
योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो ।
धाराप्रवाह
योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन् ।
योगसाधना
योगमाया योगसाधना गर्ने महिला हुन् ।
निराहार
योगमायाले योगसाधना गर्दा निराहार विधिलाई समेत अपनाएकी थिइन् ।
वर्णाश्रम
योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन् ।
स्वेच्छिक
अग्निसमाधि लिन योगमायाका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए ।
यज्ञस्थल
यज्ञस्थललाई पवित्र स्थान मानिन्छ ।
स्मृति
आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन ।
४. दिइएका शब्दहरु प्रयोग गरि एउटा अनुच्छेद लेख्नुहोस् ।
सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीलाई सारोगारो हुँदा घरमा सासुससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरु मित्र साथी जस्तो व्यवहार हुन्छ । सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्। भदा भदैले पनि कहिलेकाही माइतीको तिर्सना मेट्छन् ।
बोध र अभिव्यक्ति
१. पाठ पढ्नुहोस् र दिइएका प्रश्नहरुकोभन्नुहोस् :
क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ ?
योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ ।
ख)चौथो अनुच्छेदमा कतिवटा वाक्य छन् ?
चौथो अनुच्छेदमा २५ ओटा वाक्य छन् ।
ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनी कुन अवस्थामा वर्णन छ ?
दोस्रो अनुच्छेदमा योगमायाको जीवनीको वाल्यकालीन, वैवाहिक र पारिवारिक अवस्थामा वर्णन छ ।
घ) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा छ ।
२. दिएका वाक्यहरु जीवनको कुन अनुछेदमा छन्, पत्ता लगाउनुहोस :
क) चौथो अनुछेदमा
ख) तेस्रो अनुछेदमा
ग) सातौ अनुछेदमा
घ) सातौ अनुछेदमा
ङ) नवौ अनुछेदमा
३. दिएका मितिमा योगमायाको जीवनसंग सम्बन्धित कुन कुन घटना भएको हुन्, भन्नुहोस् :
(क) वि.स १९२५ : जन्म भएको एक वर्ष पछाडिको समय
(ख) वि.स. १९७३ : छोरी नैनकला र भाइका साथ मझुवावेंसी पुग्नु
(ग) वि.स. १९८२ : दास प्रथाको अन्त्य भएको घोषणा
(घ) वि.स. १९८८: उफौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको
(ङ) वि.सं. १९९२ : आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी
(च) वि.सं १९९३ : श्री ३ जुद्धसमसेरसंग भेटी आफ्ना माग राखेकी
(छ) वि.सं. १९९५ : आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु
(ज) वि.सं. १९९७ : भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्
(झ) वि.सं. १९९८ : अरुण नदीमा गई जलसमाधि लिइन्
४. दिइएका आधारमा घटनाक्रम मिलाएर लेख्नुहोस् :
झ) विधवा हुनु र पुनर्विवाह हुनु,
ग) भागेर माइती जानू,
घ) आसामबाट फर्कनु,
ङ) आर्यसमाजी हुनु,
च) दीक्षा लिई सन्यासी बन्नु,
ञ) उफ्रौलीटारमा कुटी बनाउनु,
ज) निराहर, अल्पहार र जलाहार भएर तपस्या गर्नु,
छ) दासप्रथा, सतिप्रथाका विरुद्ध आवाज दिनु,
क) अग्निसमाधिको घोषणा तर असफल,
ख) जलसमाधिको तयारी र सफलता,
५. पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको छोटोदिनुहोस् :
क) योगमायाले कुटी बनाएको ठाउँहरुको नाम लेख्नुहोस् ।
योगमायाले कुटी बनाएको ठाउँहरुको नाम मझुवावेँसी, उफ्रौलीटार र गौडिनी हो ।
ख) मानिसहरु योगमायासँग प्रभावित हुनुको कारण के हो ?
ज्ञान, अनुभवका आधारमा पण्डितहरूसंग शास्त्रार्थ गर्ने, धाराप्रवाह प्रवचन दिनसक्ने खुबी भएका कारण मानिसहरू योगमायासंग प्रभावित हुन्थे ।
ग) योगमायाले किन तपस्या गरेकी हुन् ?
साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट मुक्त हुन योगमायाले तपस्या गरेकी हुन् ।
घ) `उनी कहिले निराहार , कहिले जलाहार , कहिले अल्पहार तपस्यागर्थिन् ´ भन्नुको तात्पर्य के हो ?
यसको तात्पर्य योगमायाले जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्ति एवं समाज सुधारको चाहना पूरा गर्नका लागि कहिले केही पनि नखाई, कहिले पानी मात्र खाई, कहिले थोरै मात्रै खाई कठोर तपस्या गर्थिन् भन्नू हो ।
ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरुप लिन्थ्यो होला, अनुमान गरि लेख्नुहोस् ।
योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले शसस्त्र आन्दोलनको रूप लिन्थ्यो होला ।
६. `योगमाया छुवाछूतरहित ………..अविस्मरणीय रहेको छ´ जीवनीको अंश पढी सोधिएका प्रश्नहरुकोदिनुहोस् ।
क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित समाजको खोजीमा लागिन् ।
ख) तत्कालीन समाजले आफ्नो विचारलाई आविस्कार गरेपछि उनले कसरी विद्रोह गरिन् ?
तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन् ।
ग) योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
योगमायाको सम्मानमा उनको स्मृतिमा `सर्वाथ योगवाणी´ नामक कृतिका साथै अनुसन्धानात्मक कृतिहरु र `योगमाया´शीर्षकको उपन्यास प्रकाशन गर्ने जस्ता कामहरु भएका छन् ।
७. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरुकोदिनुहोस् ।
क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
योगमाया तत्कालीन सामन्ती समाजमा धर्मका नाममा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, कुरिती जस्ता धार्मिक विकृति र विसङ्गतिको खुलेर विरोध गर्थिन । पूजा, आराधना, भजन, प्रसाद वितरण र ग्रहणमा विनाभेदभाव सबैलाई धार्मिक गतिविधिमा सम्मान सहाभागी गराउनुपर्छ भन्ने योगमायको धर्मसम्बन्धी मान्यता रहेको छ ।
ख) पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरुको वर्णन गर्नुहोस् ।
योगमाया समाज सुधारका लागि अथव सङ्घर्ष एवं सचेत क्रान्ति गर्ने ऐतिहासिक योगसाधना हुन्। उनले ध्यान, तपस्या र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, छुवाछुत जस्ता कुरितीहरूबाट उन्मुक्त न्याय समातामूलक, विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गरेकी छिन् । उनले सबैलाई सबै धार्मिक गतिविधिमा समान सहभागी गराएकी छिन । लैङ्गिक, जातीय, वर्गीय, धार्मिक, सांस्कृतिक, आर्थिक सबै खालका विभेद पनि वर्णाश्रमको घोर विरोध गरी विभेदरहित आदर्श सभ्य, न्याय र समतामूलक समाजका लागि अग्नि समाधिको प्रयास देखि जलसमाधि लिएर सचेत विद्रोह तथा अनौठों क्रान्ति गरेकी छिन् ।
८. उत्तर दिनुहोस् :
क) योगमायाको बाल्यकाल र किशोरावस्था कस्तो रह्यो ?
योगमायाको जन्म वि. सं १९२४ मा भएको थियो । सामाजिक परम्पराअनुसार ७ वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । पति भनेर चिन्न नपाउँदै विवाह गरेको दुई वर्षमा उनी विधवा भइन | बाल स्वभाव र गुणका आधारमा उनले घरपरिवार र समाजको तिरस्कार भोग्नुपयो । यही कारण उनी शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहदै उनी चौध वर्षको उमेरसम्म घरमै बसिन । माइत आएर पनि सामाजिक प्रचलनअनुसार उनलाई आफ्नै घरमा फर्काउन प्रयत्न गरियो । उनी घर र माइती दुवै छोडेर आसाम पुगिन र त्यहाँ गएपछि उनले फेरि विवाह गरिन् । विवाहको केही वर्षपछि उनको पतिको फेरि मृत्यु भयो । योगमायाको बाल्यकाल र किशोरावस्था यस्तो रह्यो ।
ख) योगमाया कसरी अध्यात्मिक विषयमा आकृष्ट भइन् ?
योगमायाको पहिलो पतिको मृत्युपछि उनी शारीरिक र मानसिक यातनाको सिकार भईन । घर र माइतीबाट उपेक्षित भएकाले उनी विस्तारै विद्रोह गर्दै आसाम पुगिन । उनमा विद्रोहको चेतना पलाउन थाल्यो । उनले आसाम पुगेर फेरि विवाह गरिन् । उनीहरुबाट नैनकला नामकी छोरी जन्मिइन्। त्यसपछि योगमाया सामाजिक क्रियाकलापमा सहभागी हुन थालिन् । त्यस समयमा सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रूपमा पूजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गरिन् । यसरी योगमाया आध्यात्मिक विषयमा आकृष्ट भइन् ।
ग) योगमायाको साधना र तपस्याको बारेमा उल्लेख गर्नुहोस् ।
योगमाया सन्यासी भएपछि उनले तपस्याका निराहार, जलाहार, अल्पहार जस्ता विधिहरूको प्रयोग गरिन । उनमा धारातवाह प्रवचन दिन सक्ने खुबि थियो । भोजपुर आसपासका धेरै मानिसहरू उनको प्रवचन सुन्न आउन्थे । उनी उफ्रौलीटारको फराकिलो जमिनमा सरिन र भक्तजनहरूलाई समेट्ने गरी कटी पनि निर्माण गरिन् । उनले शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौ दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन्, कहिले गर्मी याममा पञ्चारित ताप्थिन । यस्ता कठोर तपस्याले उनलाई दृड बनाउँथ्यो । उनले भोजपुरकै उच्च पहाडी क्षेत्रमा चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर २३ दिनसम्म तपस्या गरिन् । यी साधना र तपस्याको मुख्य र उद्देश्य जीवनको लोभ र मोहबाट मुक्त हुँदै समाजको सुधारको चाहना थियो ।
घ) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो ?
योगमायाको अग्निसमाधि हुनुभन्दा एकदिन पहिले नै धनकुटाबाट वडाहाकिम साधव समसेरको नेतृत्वमा खटिआएको र भोजपुरबाट समेत खढिएको ठूलो फौजले घेरा हाली उक्त अग्निमाथि प्रतिबन्ध लगायो । त्यसैले योगमायाको अग्निसमाधिको योजना असफल भयो ।
ङ) योगमायाको जेवनीबाट पाइने शिक्षा के हो ?
जस्तो सुकै कठिन परिस्थिति आए पनि हाम्रो हामी कहिल्यै पछाडी हट्नु हुँदैन, अगाडि बढ्नुपर्छ अनि मात्र हाम्रो जीवन सुन्दर र शान्त बन्न पुग्छ भन्ने कुरा जीवन उनको जीवनीबाट शिक्षा पाउन सकिन्छ । उनले औपचारिक शिक्षा हासिल गर्न नसकेपनि स्वअनुभव र स्वसिकाइकाका माध्यमबाट धेरै ज्ञान प्राप्त गरिन। उनले योगसाधना, ध्यान, चिन्तनद्वारा समाजलाई नयाँ बाटो, विकासतर्फ लगिन। योगमायाको जीवनीबाट हामीले नराम्रो व्यवहार प्रति विरोध गर्नुपर्छ, स्वसिकाइ र स्वअनुभवद्वारा पनि धेरै कुराहरुको ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।
९. व्याख्या गर्नुहोस् :
क) यी तपस्याका विविध ……………………
…………चाहना राख्नु थियो ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित `योगमाया´ नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक हुन् । प्रस्तुत व्याख्यांश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो ।
योगमायाको विवाह सामाजिक प्रचलन अनुसार ७ वर्षको उमेरामा भएको थियो । विवाह भएको २ वर्ष उनको पतिको मृत्यु भयो । उनी किशोरावस्थामै समाजको र घरपरिवारको तिरस्कारले गर्दा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । समाज र घरपरिवार बरले धेरै अत्याचार गर्न थालेपछि उनी आसाम भन्ने ठाउँमा गइन् । त्यहाँ उनको दोस्रो विवाह भयो । विवाह गरेको केही वर्षपछि फेरि उनको पतिको मृत्यु भयो र अकस्मात डोटेल थरका एउटा व्यक्ति आइपुगे। ती व्यक्तिले विवाहको प्रस्ताव राखे तर उनले स्वीकार गरिन् । उनीहरूको ‘नैनकला’ नामकी छोरी पनि जन्मिइन । पहिला चुपचाप बस्ने योगमाया विवाहपछि सामाजिक क्रियाकलापमा पनि सहभागी हुन थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेको महाप्रभु अभयानन्द द्वितीकहाँ पुगी दिक्षा लिइन् र सन्यासी बनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी कुनै शान्त ठाउँमा कुटि बनाएर एक्लै बस्न थालिन । जीवनका लोभ र मोहबाट मुक्त भइन् र उनले समाज सुधारको चाहना राख्न थालिन् । समाजमा भएको विभिन्न कुरिती, कुसंस्कृति, धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रका विकृतिहरू प्रति विरोध गर्न थालिन र ती कुरिती हटाउन थालिन् ।
त्यसैले योगमायाले आफ्नो समाजसुधारको चाहानालाई मुर्त रुप दिन जीवनमा लोभ र मोह बाट मुक्त भइ कठोर भन्दा कठोर तपस्याका विभिन्न मोडहरुलाई अङ्गाल्दै विद्रोह गरीन् । यसबाट व्यक्तिगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाईन्छ ।
१०. सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् :
योगमाया योगसाधना , तपस्या , ध्यान र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, दास प्रथा, छुवाछूत जस्ता कुरीती र कुसंस्कारबाट मुक्त न्याय र समातामूलक विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गर्ने नेतृत्व हुन् । योगमाया समाज सुधारका लागि अथक संघर्ष गर्ने एक सचेत ऐतिहासिक योगसाधना हुन् । योगमायाको योगसाधना र तपस्याको मुख्य उदेश्य नै साधना प्राप्ति र जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्त भइ समाजमा व्याप्त धर्मिक, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य गरी छुवाछूतरहित, शोषणरहित, भ्रष्टाचाररहित न्याय र समतामूलक समाज निर्माणको चाहना थियो । योगमायाले सानैदेखि भोगेका विकृति र विसङ्गतिका कारण आर्थिक समाजिक संजालबाट मुक्त भइ वैराग्य चेतलाई सार्थकता प्रदान गर्न नै योग साधना र तपस्या गर्न योजना बनाएकी हुन् । तपस्याका लागि आफ्नै जन्मथलो उपयुक्त ठानी मझुवावेँसीमा पुगेकी हुन् । उनी त्यही सामाजिक पूजा, पुराण , चौतारीमा प्रयोग गर्नुका साथै समाजमा पुरुषहरुसँग शास्त्रार्थ वहस गर्ने गर्थिन् । यसै क्रममा महाप्रभु अभियानन्दसँग दिक्षा लिई सन्यासी बनी कुटी बनाएर एक्लै बसी योगसाधना गर्न थालिन् । उनले निराहार, जलाहार, अल्पहार जस्ता तपस्याका विधिहरु अपनाउँथिन् । कैयौं दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन् त कहिले गर्मी याममा पञ्चाग्नि ताप्थिन्। यसरी योगमायाले कठोर योगसाधना र तपस्या गर्नुको उदेश्य साधना प्राप्ति , मोहबाट उन्मुक्ति र समाज सुधार गरी सत्यनिष्ठा र न्यायमूलक समाज निर्माण गर्नु थियो ।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोलेख्नुहोस् ।
क) सञ्चारका माध्यम तथा यातायतका साधनाले संसारलाई कसरी नजिक बनाएको छ ?
सञ्चार माध्यमका साधनले संसारका कुनाकुनामा तुरुन्तै सम्पर्क गरी घरैमा बसी बसी कुराकानी गर्न, विश्वमा भएका घटनाहरूको समाचार हेर्न र सन्न सक्ने भएर संसारलाई नजिक बनाएको छ ।
ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ ?
यन्त्रमानले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा मानिसले जस्तै काम गरेर सघाउँछ।
ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई धरायसी कामदेखि लिएर कृषि, उद्योग वाणिज्य आदि क्षेत्रमा सुखी, सम्पन्न र सुविधायुक्त बनाएको छ ।
घ) `वैज्ञानिक´ र `अनुसन्धान´ शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
वैज्ञानिक : ( विज्ञान + इक )
अनुसन्धान : ( अनु + सन्धान )
१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोदिनुहोस् :
क) सरकारले किन निषेधाज्ञा जारी गरेको छ ?
सरकारले महामारीको समय भएकाले निषेधाज्ञा जारी गरेको छ ।
ख) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?
जयमङ्गलले हदम्यादको कुरै नबुझी सनाखत गरेर हिँड्छ ।
ग) माथिको पाठमा `ऊ´ भनेको को होला ?
माथिको पाठमा ऊ भनेको जयमङ्गल हो ।
घ) शब्दकोशको सहायता लिई माथिका पाठमा आएका गाढा शब्दहरुको अर्थ लेख्नुहोस् ।
निषेधाज्ञा
कुनै सङ्कटको स्थितिमा मालसमानको आयातनिर्यात परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश
इजलास
अदालत, न्यायालय
कायलनामा
कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत, अपराध
गैरन्यायिक
न्यायको विपरीत भएको
उत्प्रेषण
तल्लो तहको अदालतले गरेका कारवाईको पुनरावलोकन गर्ने समादेश
मुल्तबी
अर्को कारवाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको मुद्दामामिला
जमानी
जमान गर्ने व्यक्ति
हदम्याद
आखिरी म्याद
सनाखत
अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम मैले गरेको हु भन्ने लेखी गरिने सहीछाप
पेटबोली
निवेदनपत्र , फिरादपत्र
वन्दसवाल
व्यक्तिको वकपत्र
सकारनामा
मन्जुरनामा
दरपिठ
अड्डाअदालतमा दर्न लगिएका फिराद वा नालिस
महामारी
सङ्क्रामक
हाजिरजमानी
कुनै अपराधमा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भइ लेखिदिने कागज
व्याकरण
नामयोगी
१. दिइएका वाक्यमा नामयोगी पहिचान गरी लेख्नुहोस् ।
क) उनीहरुसित बन्दुक छ ।
सित
ख) छानामाथि घिरौंला छ ।
माथि
ग) रमेश घाटतर्फ लाग्यो ।
तर्फ
घ) रुखबाट पात झर्यो ।
बाट
ङ) ऊवाहेक कोही बोलेलन् ।
वाहेक
च) जीवनभरि सुख पाइएन ।
भरि
२. दिइएको जीवनीको अंशबाट दशओटा नामयोगी टिप्नुहोस् ।
अनुसार, सम्म , बाट , सँग , पछि , बाहिर, सहित, प्रति, माथि, पट्टी ।
३. `योगमाया´ पाठबाट दशओटा नामयोगी टिपी वाक्यमा प्रयोग हर्नुहोस् ।
सम्म : मेरो घरबाट विद्यालयसम्म पुग्न एक घण्टा पैदल हिडेर जानुपर्छ ।
बाट : रुखबाट पात तल खस्यो ।
सित : रामले पैसा नभएर आफ्नो साथीसित सापट माग्यो ।
सँग : हामी आफ्नो हकमा लड्दा कोहीसँग पनि डराउनु हुँदैन ।
वाहेक : सीतावाहेक कोही बोलेनन् ।
भरि : आज रातभरि पानी पर्यो ।
तर्फ : हरि सथीको घरतर्फ लाग्यो ।
माथि : टेबलमाथि किताब छ ।
समेत : घरबाट आमासँग बहिनी समेत पोखरा आएकी रहेछिन् ।
अनुसार : तिमी मैले भनेअनुसार काम गर ।
क्रियायोगी
१. दिइएका क्रियायोगी पहिचान गरी लेख्नुहोस् ।
हिजो, पारि, भर्खर, त्यता, ढिलो, ज्यादै, बिस्तारै, डराइडराइकन, पढ्न आदि ।
२. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रियायोगी टिप्नुहोस् ।
अस्ति, निकै, ढिलो, घर, गल्लीमा, यत्रतत्र, राति, अबेर, लडखडाउँदै, त्यहाँ, ज्यादै, राम्ररी ।
३. पाठमा प्रयुक्त दसओटा क्रियायोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
घरमै : योगमाया मानिसक र शारीरिक यातना सहदैँ १४ वर्षसम्म घरमै बसिन् ।
माइत : सासू र नन्दको यातना सहन नसकेछि योगमाया माइत गएकी थिइन् ।
पलाउन : योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो ।
पुगेर : योगमाया आसाम पुगेर एक्लो महशुस गरिन् ।
फर्काउन : योगमायालाई आफ्नै घर फर्काउन प्रयत्न गरियो ।
नपाउँदै : योगमाया पति भनेर चिन्न नपाउँदै विधुवा भइन् ।
गर्न : योगमायाले नयाँ समाजको निर्माण गर्न धेरै तपस्या गरेकी थिइन् ।
खुलेरै : चन्द्र समसेरको दासप्रथा उन्मुलनको घोषणालाई योगमायाले खुलेरै प्रशंसा गरीन्।
बिस्तारै : योगमायाले बिस्तारै विद्रोहको आवाज उठाउन थालिन् ।
जमिनमा : उफ्रौलिटारमा रहेको फराकिलो जमिनमा योगमाया सरिन् ।
संयोजक
१. दिइएका वाक्य पढी संयोजक पहिचान गर्नुहोस् ।
क) र
ख) तापनि
ग) एवं
घ) वा
ङ) अनि
च) तर
२. योगमाया पाठबाट दशओटा संयोजक टिपोट गर्नुहोस् :
र, तथा, त्यसैले, तर, भन्ने, पनि, भनि, तथापि, अनि, जहाँ-त्यहीँ ।
३. दिइएका संयोजक राखी वाक्य बनाउनुहोस् ।
नत्र : तिमी पढ्न जानेभए जाऊ नत्र म बुबालाई भनिदिन्छु ।
किन्तु : देश विकासका लागि असल नेता हुनुपर्छ किन्तु देशमा असल नेताको अभाव देखिन्छ ।
यद्यपि : यद्यपि मेरो घर घोराही होइन , तर म त्यहीँ बस्ने गर्छु ।
पनि : म पनि तिमीसँग खेल्न जान्छु ।
किनभने: राम आज पढ्न गएको छैन किनभने ऊ बिरामी छ ।
कि…कि : कि काम गर कि राम्रोसँग पढ ।
तथापि : राम विदेश जान्छु भन्थ्यो तथापि व्यवसाय गरेर बसेछ ।
न….न : न तिमी राम्रोसँग पढ्छौ न व्यवसाय गर्छौ ।
भान्ने : पढेर जागिर नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो ।
४. किन्तु , त्यसैले, जब…तब, किनभने, जहाँ …त्यहाँ प्रयोग गरी आफ्ना परिवारका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
म परिवारको पहिलो सदस्य हुँ किन्तु मैले पारिवारिक दायित्व अझै पनि बोध गर्न सकेको छैन । मेरो बुबा जागिरे हुनुहुन्छ त्यसैले मलाई आर्थिक समस्या पनि परेको छैन । जब बाबा अफिसबाट घर फर्किनुहुन्छ तब सधैं फलफूल किनेर ल्याउनुहुन्छ । हामी शनिबार घुम्न जान्छौं किनभने बाबाको अफिस छुट्टी हुन्छ । हामी जहाँ घुम्न जान्छौं त्यहाँ मैले कुनै न कुनै सामान किनेकै हुन्छु ।
विस्मयादिबोधक
१. दिइएका वाक्य पढी विस्मयादिबोधक पहिचान गर्नुहोस् ।
क) आहा!
ख) हरे!
ग) छ्या!
घ) आत्था!
ङ) स्याबास!
२. दिइएका खाली ठाउँमा मिल्ने विस्मयादिबोधक राखी वाक्य पूरा गर्नुहोस् ।
क) उफ्! कस्तो गर्मी ।
ख) धिक्कार! तिम्रो यो जिन्दगीलाई ।
ग) आहा! कति सुन्दर अक्षर ।
घ) आत्थु! कति चिसो हावा ।
ङ) छि:! कस्तो दुर्गन्धित कोठा ।
३. दिइएका विस्मयादिबोधक राखी वाक्य बनाउनुहोस् ।
क) आम्मा धन्नै लडेको ।
ख) स्याबास! तिमीले राम्रो काम गर्यौ ।
ग) आब्बुइ! कति ठूलो सर्प ।
घ) छिछी! कति फोहोर कोठा ।
ङ) ऐया! कस्तो पेट दुख्यो ।
निपात
१. दिइएका वाक्य पढी निपात पहिचान गर्नुहोस् ।
क) पो
ख) त
ग) रे
घ) लौ
ङ) क्यार
२. दिइएको खाली ठाउँमा मिल्ने निपात राखी वाक्य पूरा गर्नुहोस् ।
क) खै , मलाई केही थाहा छैन ।
ख) ल , आजलाई बिदा ।
ग) ऊ त आजै आउँछ ।
घ) ऊ डाक्टर नै हुन चाहन्छ ।
ङ) तँलाई पो केही चाहिँदैन ।
च) तिमी पनि हिजो आयौ र ?
छ) उनीहरु सहरमै बस्छन् रे ।
३. दिइएका निपातहरुलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
रे : तिम्रो त आजकल अनलाइनबाट पढाई हुन्छ रे ।
क्यारे : भाइ त आज खेल्न जान्न क्यारे ।
है : नानू चाडै घर जाऊ है ।
अरे : श्याम त विदेश गयो अरे ।
नि : मपनि तिमीसँग जान्छु नि ।
पो : तिमीलाई पो केही चाहिदैन ।
ज्यादै : आज म ज्यादै खुशी छु ।
ला : ला भात बसाएर भाहिर आएको भित्र भात त डढेछ ।
खै : खै मैले राखेको सामान कता छ ।
पदवर्गसम्बन्धि थप अभ्यास
१. रेखाङ्कन गरिएका पदहरुको पदवर्ग पहिचान गरी लेख्नुहोस् ।
क)
स्याबास : विस्मयादिबोधक
नै : निपात
भन्ने : संयोजक
विश्वास : नाम
त्यो : विशेषण
झलझली : क्रियायोगी
ख)
तिर : नामयोगी
फर्केर : क्रियायोगी
सक्छ : क्रियापद
अरुहरु : सर्वनाम
अनौठो : विशेषण
र : निपात
ग)
प्रचुर : विशेषण
तापनि : संयोजक
यिन : सर्वनाम
सम्म : नामयोगी
राम्ररी : क्रियायोगी
शङ्का : नाम
घ)
गरिबको : विशेषण
माथी : क्रियायोगी
सुन्दर : विशेषण
किनभने : संयोजक
सँग : नामयोगी
ङ)
वाटाभरि : क्रियायोगी
सामल : नाम
अनि : संयोजक
आइपुगेर : क्रियायोगी
हामी : सर्वनाम
कहाँ : क्रियायोगी
भाग्यो : क्रियापद
च)
अग्ला : विशेषण
कलकल : क्रियायोगी
सँग : नामयोगी
सबै : विशेषण
पर्यटक : नाम
स्वागत : नाम
र : निपात
छ )
अरु : सर्वनाम
सर्वथा : क्रियायोगी
हुन्छ : क्रियापद
तर : संयोजक
पूर्वक : नामयोगी
यो : विशेषण
यिनी : सर्वनाम
ज )
आहा : विस्मयादिबोधक
यहाँ : सर्वनाम
असाध्यै : क्रियायोगी
सुनाउनुभयो : क्रियापद
भनेर : संयोजक
उन : सर्वनाम
रुपायन
२. दिइएको अनुच्छेदलाई स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् :
भान्जी बजार गइन् । उनले त्यहाँ साथीहरुलाई भेटिन् । साथीहरुसँग धेरै बेर कुराकानी गरीन् । कुराकानी कै क्रममा उनले समय वितेको पत्तै पाइनन् । उनी हतार हतारकिनमेल गरेर घर फर्किन् ।
३. दिइएको अनुच्छेदलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनीहरु समयमै विद्यालय पुगे । विद्यालयमा पुगेर उनले सबै सामानकोनिरीक्षण गरे । त्यसपछि शिक्षकको निर्देशनअनुसार उनीहरुले परियोजना कार्य गर्न थाले । यश क्रममा उनीहरुले नयाँ नयाँ वैज्ञानिक तथ्यहरु फेला पारे ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Yogmaya content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Yogmaya.
Ready to Master Yogmaya?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.