Lau aayo taja khabar
Lau aayo taja khabar
Learn Lau aayo taja khabar in Nepali with comprehensive educational content from Padandas.
Lau aayo taja khabar
पाठ ८ : लौ आयो ताजा खबर (लघु नाटक)
लेखक: सुरेन्द्र नकर्मी
स्तर : लघु नाटक
शब्दभण्डार
१. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
- क) पत्रपत्रिका = अखबार
- ख) मञ्चको छेउछाउको भाग = नेपथ्य
- ग) रमित = तमासा
- घ) विपत् = आपत्
- ङ) एम्बुलेन्सले बजाउने आवाज = साइरन
२. दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस् :
- क) मधुरो प्रकाश – अलिअलि उज्यालो
- ख) बस बिसौनी – बस चढ्न र ओर्लन रोकिने ठाउँ
- ग) ताजा खबर – नयाँ समाचार
- घ) निन्दनीय कार्य – निन्दा गर्नुपर्ने काम
- ङ) जीवनको अध्याय – जिन्दगीको कालखण्ड
- च) प्रस्थान गर्नु – बाहिर जानु
- छ) भविष्यको लठ्ठी – भोलिको सहारा
३. दिइएका शब्दहरूको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
- बासी = ताजा
- चहकिलो = मधुरो
- दोष = निर्दोष
- पराई = आफन्त
- भाग्यमानी = अभागी
- बन्धन = मुक्ति
- अदृश्य = दृश्य
४. दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस् :
क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ
- खाने मुखलाई जुँगाले छेक्दैन।
ख) अरुलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ
- अरुलाई खाने बाघले तपाईंलाई पनि खान्छ।
५. तपाईंले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् :
क) नाच्न जान्दैन आँगन टेढो
- परीक्षा राम्रो दिन नसकेपछि प्रश्नपत्र गाह्रो भएको भन्दै दोष लगाउनु त नाच्न जान्दैन आँगन टेढो भनेजस्तो भयो।
ख) अचानोको पीर खुकुरीले बुझ्दैन
- गरिबको दुःखलाई धनीले नबुझ्नु अचानोको पीर खुकुरीले के थाहा भनेजस्तो हो।
ग) जुन जोगी आए पनि कानै चिरेका
- नयाँ प्रबन्धक आए पनि कर्मचारीहरूको समस्यामा सुधार नहुनु जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हो।
घ) आफू नमरी स्वर्ग देखिँदैन
- लगनशील भएर मिहिनेत नगरी सफलता हासिल गर्न सकिन्न; आफू नमरी स्वर्ग देखिँदैन।
ङ) नपत्याउने खोलाले बगाउँछ
- काम गर्न नदिने र पछि गुनासो गर्ने मानिसहरू नपत्याउने खोलाले बगाउँछ भनेजस्ता हुन्छन्।
६. दिइएका टुक्काहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् :
खरानी हुनु
- योजनाको बजेट अनियमितताले गर्दा खरानी भएको खबर बाहिर आयो।
पेट पाल्नु
- सानो व्यापार गरेर आफ्नो परिवार पेट पाल्न निकै संघर्ष गरिरहेको छु।
कुरा खानु
- शिक्षकले दिएको सुझाव कुरा नखाई पढाइमा ध्यान दिएँ।
टाउको खानु
- सानोतिनो कुरा ठूलाे बनाएर साथीले मेरो टाउको खाइरहेको छ।
कुरा दोचार्नु
- साथीले गाएकाे गोप्य कुरा कसैले सुनेर कुरा दोचारेर सबैलाई सुनायो।
आलु खानु
- उसको तयारी कमजोर भएकाले यसपालिको प्रतियोगितामा आलु खायो।
सपना चकनाचुर हुनु
- फुटबल खेलाडी बन्ने उसको सपना चकनाचुर भयो जब चोट लागेर खेल्न सक्ने अवस्था रहेन।
सपना पूरा हुनु
- रामकुमारीको कलाकार बन्ने सपना पूरा भयो जब उसले राष्ट्रिय पुरस्कार जिती।
बोध र अभिव्यक्ति
१. छोटो उत्तर दिनुहोस् :
क) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ?
यस लघुनाटकमा लागुपदार्थ दुर्व्यसनको समस्यालाई प्रस्तुत गरिएको छ।
ख) यस लघुनाटकमा कति जना मञ्चीय पात्र छन्?
यस लघुनाटकमा मञ्चीय पात्रहरूको संख्या आठ छ।
ग) यस लघुनाटकको पात्रका संवादमा कुन-कुन भाषाको प्रभाव देख्न सकिन्छ?
यस लघुनाटकमा शेर्पा, नेवारी, र हिन्दी भाषाको प्रभाव देख्न पाइन्छ।
घ) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ?
यस लघुनाटकमा शहरी परिवेशलाई समेटिएको छ।
२. सबैभन्दा मिल्दो उत्तरमा रेजा लगाउनुहोस् :
क) सामाजिक
ख) शहरी
ग) बहुभाषिक समाज
घ) दाह्री बाबा
ङ) एक
च) पत्रिका बेच्ने केटा
३. दिइएको संवाद कसले भनेको हो, वक्ता पहिल्याउनुहोस् :
क) दाह्री बाबा
ख) नरहरि
ग) दीनदयाल
घ) दोर्जे
ङ) तुयुमै
च) कुमारका बुबा
छ) सलिम
ज) कुमारका बुबा
झ) दोर्जे
ञ) पत्रिका बेच्ने केटो
४. "पर्खनुस्! जानुभन्दा ... मिलेर गरौँ" नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) `देश नबने हामी कोही बन्दैनौँ´ भन्ने वाक्यको तात्पर्य के हो?
देशको समृद्धि, प्रगति, र विकास नभएसम्म नागरिकले स्थायी सुख, शान्ति, र समृद्धि अनुभव गर्न सक्दैनन् भन्ने सन्देश दिनु नै यसको तात्पर्य हो।
ख) खुसी भएर बाँच्न के गर्नुपर्छ?
खुसी भएर बाँच्नका लागि परस्परमा सहयोगी भावना राख्नुपर्छ, एक-अर्काको दुःख-सुखमा हातेमालो गर्दै सामूहिक प्रयास गर्नुपर्छ।
ग) सामूहिक अभियान किन चलाइएको हो?
सामूहिक अभियान दुर्व्यसन हटाई समाजलाई शुद्ध, अनुशासित, र विकृतिमुक्त बनाउनका लागि चलाइएको हो।
घ) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ?
आफ्ना सन्तानको सुरक्षा, शिक्षादीक्षा, र भविष्यप्रति सचेत रही जिम्मेवारी पूरा गर्ने अभिभावकलाई कर्तव्यनिष्ठ मानिन्छ।
५. दिइएको नाट्यांश पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
अ) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो?
दुई दिनदेखि हराएका छोराको लास कुनै बेवारिसे शवसँग मेल खाने शङ्का भएपछि आफन्तहरूले आगमन गरिरहेका छन्।
आ) मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसँग तपाईं सहमत हुनुहुन्छ कि असहमत? कारणसहित प्रस्तुत गर्नुहोस्।
म यस भनाइसँग असहमत छु।
- मरेको वा नजन्मेको व्यक्तिको भौतिक अस्तित्व नहुँदा समाजका लागि उसको महत्त्व शून्य रहन्छ।
- जीवनको संघर्ष र योगदान नै व्यक्तिलाई मूल्यवान बनाउँछ, त्यसैले जन्म लिई योगदान दिने मान्छे मात्रै राम्रो हुन्छ।
६. दिइएको नाट्यांश पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
अ) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी स्वीकारेका छन्?
वक्ताले सन्तानप्रति ध्यान नदिनु, साथीसँगतको निगरानी नगर्नु, मागेजति पैसा दिनु, तर खर्चको उद्देश्य नबुझ्नुजस्ता कमजोरी स्वीकारेका छन्।
आ) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिन्छ?
सन्तानसँग समय बिताउँदै, उनीहरूको क्रियाकलापमा चासो राख्दै, साथीहरूको प्रभावबारे जानकारी लिँदै, र उनीहरूलाई सही मार्गदर्शन गर्दै मात्र यो समस्या समाधान गर्न सकिन्छ।
७. व्याख्या गर्नुहोस्
क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन।
प्रस्तुत अंश कक्षा ११ को नेपाली पाठ्यक्रममा समावेश "लौ आयो ताजा खबर" नामक लघुनाटकबाट उद्धृत गरिएको हो। यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन्। नाटकले दुर्व्यसनजस्तो गम्भीर सामाजिक समस्याको समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको विचार प्रस्तुत गर्दछ।
दुर्व्यसन मानिस, परिवार, समाज, र राष्ट्र सबैका लागि घातक हुन्छ। यसले मानिसको स्नायु प्रणालीलाई कमजोर बनाउँदै मानसिक र शारीरिक अवस्थालाई गम्भीर रूपमा असर गर्छ। भविष्यका कर्णधार युवा वर्गलाई दुर्व्यसनबाट जोगाउनु हामी सबैको सामूहिक जिम्मेवारी हो। दुर्व्यसनलाई समाजबाट निर्मूल पार्न एउटा व्यक्तिको प्रयास मात्र पर्याप्त हुँदैन। यसको रोकथामका लागि अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ। अभिभावकले आफ्ना सन्तानसँग समय बिताउँदै उनीहरूको गतिविधिमा चासो राख्नुपर्छ। साथीहरूको प्रभावको निगरानी राखी, मागिएको पैसा कहाँ र कसरी खर्च भइरहेको छ भनेर ध्यान दिनुपर्छ।
यदि सन्तानले दुर्व्यसनमा संलग्नता देखाउँछन् भने तिनलाई समयमै सचेत गराउँदै, आवश्यक परे सुधार केन्द्रमा लगेर उपचार गराउनुपर्छ। यसबाहेक, सामाजिक जागरण अभियानमार्फत युवालाई सशक्त बनाउँदै सामूहिक रूपमा दुर्व्यसनको जरालाई उखेल्नुपर्छ। प्रशासन, समाज, र कानूनी संयन्त्रहरू मिलेर लागेमा मात्र दुर्व्यसनमुक्त समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश यस नाट्यांशमा छ।
ख) "जब तिमी हाम्रो देशमा … स्वच्छ हुन्छ।"
यस अंश पनि कक्षा ११ को नेपाली पाठ्यक्रममा पर्ने "लौ आयो ताजा खबर" नामक लघुनाटकबाट लिइएको हो। यसका लेखक सुरेन्द्र नकर्मी हुन्। यो अंशले पत्रकारिताको भूमिकामार्फत युवालाई दुर्व्यसनबाट टाढा राखी राष्ट्रनिर्माणमा लाग्न प्रेरित गर्नुपर्ने सन्देश बोकेको छ।
युवा वर्ग देशको भविष्यका संवाहक हुन्। तिनीहरूलाई शिक्षित, स्वास्थ्यपूर्ण, र ऊर्जाशील बनाउनु हाम्रो दायित्व हो। युवाहरूको सशक्त उपस्थिति बिना राष्ट्रको प्रगति असम्भव छ। दुर्व्यसन व्यक्तिको लागि मात्र होइन, परिवार, समाज, र राष्ट्रका लागि पनि अत्यन्त हानिकारक हुन्छ। पत्रपत्रिकाले युवावर्गलाई सही जानकारी दिएर सचेत र जागरूक बनाउने काम गर्नुपर्छ।
पत्रकारितामा आजकल बासी र मूल्यहीन समाचार मात्र देखिन थालेको छ। यसलाई परिमार्जन गर्दै सकारात्मक समाचारले भरिएका सामग्री प्रस्तुत गर्न जरुरी छ। युवाहरूले राष्ट्रको समृद्धिका लागि नयाँ पहलहरू गरिरहेको सन्देश सञ्चार माध्यमले सम्प्रेषण गर्नुपर्छ। दुर्व्यसनविरुद्ध सामाजिक सचेतना अभियान र युवाको सक्रिय सहभागितामार्फत स्वच्छ, सभ्य, र सुसंस्कृत समाज निर्माण गर्न सकिन्छ।
पत्रकारिता भनेको समाजको ऐना हो। यसले सही सन्देश प्रवाह गरेर युवालाई सही मार्गमा उन्मुख गर्न मद्दत पुर्याउनुपर्छ। प्रस्तुत अंशले युवा पुस्ता, समाज, र पत्रकारिताको जिम्मेवारीको गहन महत्त्वलाई उजागर गरेको छ।
८. समीक्षात्मक उत्तर लेख्नुहोस्
क) "लौ आयो ताजा खबर" लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस्।
"लौ आयो ताजा खबर" लघुनाटकको मुख्य पात्र दारी बाबा हुन्। सुरुवातदेखि अन्त्यसम्म उपस्थित दारी बाबा नै यस नाटकका केन्द्रबिन्दु हुन्। उनले सांसारिक मोहलाई त्यागेर जीवनको गहिरो बोध गरेका योगी पात्रको रूपमा भूमिका निर्वाह गरेका छन्।
दारी बाबा ठट्टा गर्न रुचाउने स्वभावका भए पनि समस्याको वास्तविक कारण पहिचान गर्न सक्षम छन्। उनी सामाजिक विकृतिहरूलाई उजागर गर्न र समाधानको उपाय प्रस्तुत गर्न सक्ने परिपक्व व्यक्तित्व हुन्। दारी बाबाले छोराछोरीप्रतिको अभिभावकीय दायित्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। अभिभावकले समय नदिँदा र सन्तानको आवश्यकता एवं चाहनालाई वेवास्ता गर्दा दुर्व्यसनको जोखिम कसरी बढ्छ भन्नेबारे उनको चरित्रले चेतना फैलाउँछ।
समग्रमा, दारी बाबा समस्याका समाधानदाताका रूपमा चित्रित पात्र हुन्। सामाजिक विकृतिहरूप्रति उनको गम्भीर दृष्टिकोणले उनी नाटकको प्रेरणादायक चरित्र हुन् भन्ने प्रष्ट हुन्छ।
ख) "लौ आयो ताजा खबर" लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस्।
"लौ आयो ताजा खबर" सामाजिक यथार्थमा आधारित सन्देशमूलक लघुनाटक हो। यस नाटकले समाजमा व्याप्त दुर्व्यसन, विकृति, र विसङ्गतिप्रति गहिरो आलोचना गर्दै समाज सुधारको आवश्यकीयताको वकालत गरेको छ।
दुर्व्यसनको नियन्त्रणका लागि अभिभावक, समाज, र राज्यको सामूहिक प्रयास अनिवार्य छ। अभिभावकहरूले आफ्ना सन्तानको गतिविधिमा चासो राख्दै उनीहरूसँग खुलेर कुरा गर्नुपर्छ। राज्यले कानूनी रूपमा कडा कदम चाल्नुपर्छ भने समाजले युवालाई सही मार्गदर्शन दिनुपर्छ।
नाटकले पत्रकारिताको महत्त्वलाई पनि जोड दिएको छ। नीतिपूर्ण पत्रकारिताले समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। सकारात्मक समाचारहरू मार्फत सामाजिक चेतना फैलाउँदै विकृति निर्मूल गर्न पत्रकारिताले भूमिका खेल्नुपर्छ।
समग्रमा, "लौ आयो ताजा खबर" ले समाजमा देखिएका विकृति र विसङ्गतिहरूलाई निर्मूल पार्दै सुसंस्कृत समाज निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरेको छ। दुर्व्यसनमुक्त र स्वस्थ समाज निर्माण नै नाटकको मूल उद्देश्य हो।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) प्राणिशास्त्रले कुन विषयको अध्ययन गर्छ?
प्राणीशास्त्रले जीवजन्तुको संरचना, वर्गीकरण, विकासक्रम, र व्यवहारका साथै चिकित्सा विज्ञान, नर्सिङ, आयुर्वेद, र वातावरणीय प्रभावजस्ता विषयहरूको अध्ययन गर्छ।
ख) जीवजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ?
जीवजन्तुको दोहनले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्छ। यसले जैविक विविधताको विनाश गराउँछ, पारिस्थितिक प्रणालीमा अवरोध उत्पन्न गर्छ, र अन्ततः पृथ्वीको दीर्घकालीन अस्तित्वलाई नै खतरा पुर्याउन सक्छ।
ग) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ?
प्राणीशास्त्रको अध्ययनले हरेक जीव पृथ्वीको अभिन्न हिस्सा रहेको र तिनको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ज्ञान दिन्छ। यसले प्रकृतिप्रति जिम्मेवारीबोध गराई मानव र अन्य प्राणीबीचको सह-अस्तित्वलाई प्रोत्साहन गर्छ।
घ) दोहन र पारस्परिक शब्दको अर्थ लेख्नुहोस्।
- दोहन: अत्यधिक शोषण वा प्राकृतिक स्रोतहरूको लुटपाट।
- पारस्परिक: एक अर्कामा निर्भर वा आपसी सम्बन्ध।
व्याकरण
१. दिइएको अनुच्छेदबाट प्रत्यय लागेका शब्द सूचीबद्ध गर्नुहोस्:
| शब्द | मूल शब्द + प्रत्यय |
|---|---|
| केटा | केटो + आ |
| निन्दनीय | निन्द + अनीय |
| कार्य | कृ + य |
| ढिस्का | ढिस्को + आ |
| लिएर | लि + एर |
| पुग्ने | पुग् + ने |
| हजारौँ | हजार + औँ |
| जनता | जन + ता |
| दैनिक | दिन + इक |
| गरी | गर् + ई |
| गर्दा | गर् + दा |
| चलायमान | चलाउ + मान् |
२. प्रत्यय व्युत्पन्न शब्द र तिनको निर्माण प्रक्रिया:
| प्रत्यययुक्त शब्द | मूल शब्द + प्रत्यय |
|---|---|
| अपनत्व | आफ्नो + त्व |
| भावना | भाव + ना |
| होइन | हु + इन |
| गरी | गर् + ई |
| मिलेर | मिल् + एर |
| पेटी | पेट + ई |
| कर्तव्य | कृ + तव्य |
| सामूहिक | समूह + इक |
| नागरिक | नगर + इक |
| गरौँ | गर् + औँ |
| भावक | भु + अक |
३. प्रत्यय प्रयोग गरी नयाँ शब्द निर्माण:
| प्रत्यय | मूल शब्द + प्रत्यय | निर्मित शब्द |
|---|---|---|
| अक्कड | भुल् + अक्कड | भुलक्कड |
| अत | लिख् + अत | लिखत |
| अन्त | भिड् + अन्त | भिडन्त |
| अन | चर् + अन | चरन |
| अनी | ढाक् + अनी | ढकनी |
| आइँ | बस् + आइँ | बसाइँ |
| आइ | बस् + आइ | बसाइ |
| आउ | घाट + आउ | घटाउ |
| आलु | बढ् + आलु | बढालु |
| आव | चुन् + आव | चुनाव |
| आवट | बन् + आवट | बनावट |
| आहा | बस् + आहा | बसाहा |
| अन्ते | उड् + अन्ते | उडन्ते |
| आरु | सिक् + आरु | सिकारु |
| एको | उड् + एको | उडेको |
| एनी | आगो + एनी | अगेनी |
| उवा | सुत + उवा | सुतुवा |
| इलो | झार् + इलो | झरिलो |
| आ | छाप् + आ | छापा |
| दो | बढ् + दो | बढ्दो |
| नु | पढ् + नु | पढ्नु |
| एर | सिक् + एर | सिकेर |
| उन्जेल | जित् + उन्जेल | जितुन्जेल |
| ओट | छान् + ओट | छनोट |
| ओ | हाँस् + ओ | हाँसो |
| इयार | हात + इयार | हतियार |
| इलो | मल + इलो | मलिलो |
| ई | धन + ई | धनी |
| ए | धनकुटा + ए | धनकुटे |
| औली | पुर्खा + औली | पुर्ख्यौली |
| एली | पूर्व + एली | पूर्वेली |
| पना | तितो + पना | तितोपना |
| ली | झापा + ली | झापाली |
| ले | गाउँ + ले | गाउँले |
| आडी | गफ + आडी | गफाडी |
| अरी | राम्रो + अरी | राम्ररी |
| आइँ/याइँ | मूर्ख + आइँ | मूर्ख्याइँ |
| आइ | काम + आइ | कमाइ |
| आली | लेक + आली | लेकाली |
| आलु | माया + आलु | मायालु |
| आन | सिर् + आन | सिरान |
| इङ्गर | पात + इङ्गर | पतिङ्गर |
| इया | सहर + इया | सहरिया |
| औटे | कुरा + औटे | कुरौटे |
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Lau aayo taja khabar content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Lau aayo taja khabar.
Ready to Master Lau aayo taja khabar?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.