Safaltako katha
Safaltako katha
Learn Safaltako katha in Nepali with comprehensive educational content from Padandas.
Safaltako katha
पाठ ९ : सफलताको कथा (रिपोर्ताजमूलक रचना) | Safalta ko katha
शब्दभण्डार
१. दिइएका योगसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशका सहायताले लेख्नुहोस् :
यम : आठवटा योगमध्यको पहिलो चरण वा योग
नियम : अनुशासन
आसन : बस्ने ठाउँ
प्रणायाम : श्वास प्रश्वासमा लयवद्धताका साथ गरिने योग
प्रत्याहार : अष्टाङ्ग योग मध्यको पाँचौ योग
धारणा : विचार
ध्यान : चित्त एकाग्र पार्ने साधना योगमा रहने मनको स्थिति
समाधि : ब्रह्मा चिन्तनमा केन्द्रित हुने योग साधनाको आठौं वा अन्तिम अवस्था
२. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) हलचल नगर्ने : स्थिर
ख) ओइलाएको : मलिन
ग) बौद्धस्मारक : स्तूप
घ) प्राचीन चिकित्साशास्त्र : आयुर्वेद
ङ) एकचित्त : एकाग्रता
च) कथाहिनता : अकथा
छ) एम.ए. वा सो सरह : स्नातकोत्तर
३. दिइएका शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :
१. व्यग्र: परीक्षा परिणाम छिटो सार्वजनिक होस् भनेर विद्यार्थीहरू व्यग्र प्रतीक्षामा छन्।
२. चैत्य: काठमाडौंको स्वयम्भू स्तूपलाई महत्वपूर्ण बौद्ध चैत्य मानिन्छ।
३. योग: नियमित योग अभ्यासले शरीर र मन दुवैलाई सन्तुलनमा राख्न मद्दत गर्छ।
४. स्नातक: स्नातक तहको अध्ययनले विद्यार्थीलाई विशिष्ट क्षेत्रमा विशेषज्ञता हासिल गर्न अवसर प्रदान गर्छ।
५. मनोचिकित्सा: मनोचिकित्साको सहायताले मानसिक तनावबाट गुज्रिरहेका व्यक्तिहरूले जीवनप्रति सकारात्मक दृष्टिकोण बनाउन सक्छन्।
६. समग्रता: देशको समग्रता मूल्याङ्कन गर्दा आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षहरूलाई विचार गर्नुपर्छ।
बोध र अभिव्यक्ति
१. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) रिपोर्ताज कुन विषयमा लेखिएको छ?
रिपोर्ताज योग अभ्यास र यसले मानिसको जीवनमा पुर्याउने लाभहरूको बारेमा लेखिएको छ।
ख) रिपोर्ताजमा कति जना व्यक्तिको नाम उल्लेख भएको छ?
रिपोर्ताजमा अमित, सुन्दर र युगेन्द्र गरी तीन जना व्यक्तिको नाम उल्लेख गरिएको छ।
ग) रिपोर्ताज कतिओटा अनुच्छेदमा संरचित छ?
रिपोर्ताज २५ वटा अनुच्छेदहरूमा विभाजित छ।
घ) रिपोर्ताजमा प्रयुक्त भाषाशैली कस्तो छ?
रिपोर्ताजमा प्रयोग भएको भाषाशैली व्यक्तिगत र आत्मीय छ।
३. पाठका आधारमा जोडा मिलाउनुहोस् :
क) अमित ठाकुर – पत्रकार
ख) सुन्दर छन्त्याल – योग साधनाबाट पुनर्जीवन र सफलता प्राप्त गर्ने व्यक्ति
ग) रत्न राज्यलक्ष्मी – अमित ठाकुरले पत्रकारिता अध्ययन गरेको क्याम्पस
घ) धुलिखेल – अमित ठाकुरले फिचर स्टोरी खोज्न गएको स्थान
ङ) आरुबारी – काठमाडौंमा सुन्दर छन्त्यालहरूको बसोबास रहेको क्षेत्र
च) म्याग्दी – सुन्दर छन्त्यालको जन्मस्थान
छ) हृदयघात – सुन्दर छन्त्यालका पिताको मृत्युको कारण
ज) क्यान्सर – सुन्दर छन्त्यालकी आमालाई लागेको रोग
झ) तौलिहवा – अमित ठाकुरको जन्मस्थान
४. "योग ध्यान …….. ताँती सुरु भयो" रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) ध्यान गर्नका लागि म पात्र कहाँ-कहाँ पुगेका थिए?
ध्यान गर्नका लागि म पात्र लुम्बिनीको स्तूप, चैत्य, पीपलको बोटमुनि, देवालयको खुला मैदान, पशुपति क्षेत्र, आदि स्थानहरूमा पुगेका थिए।
ख) गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ?
गोठाटारको शान्त वातावरण, एकान्तता, र योग साधनाका लागि उपयुक्त प्रकृतिले म पात्रलाई आकर्षित गर्दछ।
ग) "हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ" भन्नुको तात्पर्य के हो?
यो भनाइले ठूला र महत्वपूर्ण कार्यहरूको सुरुवात सानो योजनाबाट गरिन्छ भन्ने सन्देश दिन्छ।
घ) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ?
योगले मनलाई स्थिरता, नयाँ ऊर्जा, र सकारात्मक सोच प्रदान गर्छ, जसले मानिसको जीवनलाई गुणात्मक रूपमा परिवर्तन गर्दछ।
५. दिइएको रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?
योग र ध्यानले मनमा रहेका नकारात्मक विचारहरू हटाई नयाँ सोच र चेतना विकास गर्यो। प्राणायाम, धारणा, र ध्यानको अभ्यासबाट उनले जीवनप्रति सकारात्मक दृष्टिकोण बनाए, जसले बाँच्ने इच्छाशक्ति जागृत गरायो।
ख) योग साधनाले मानव स्वास्थ्यमा पार्ने प्रभावहरू के के हुन्?
योग साधनाले चिन्तन, मनको एकाग्रता, र समाधितर्फको यात्रा गराउँछ। यसले मनको विकार हटाई आत्मिक शान्ति र भौतिक स्वस्थता प्रदान गर्दछ। योगले सहनशीलता, दुरदर्शी सोच, र उदार विचारको विकास गराउँछ, जसले मानिसलाई सुखी र निरोगी जीवन बिताउन सहयोग पुर्याउँछ।
६. म पात्रले सुन्दरको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरूलाई क्रमबद्ध रूपमा टिपोट गर्नुहोस् :
– धुलिखेलमा आयोजित कार्यक्रममा सहभागी हुनु।
– सुन्दर छन्त्यालको फोन नम्बर प्राप्त गर्नु।
– आरुबारी पुगेर सुन्दर छन्त्यालसँग प्रत्यक्ष भेटघाट गर्नु।
– सुन्दरसँग विश्वास र सम्बन्ध कायम गर्नु।
७. उत्तर लेख्नुहोस् :
क) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?
रिपोर्ताजमा प्राकृतिक परिवेशलाई मानिसको मनको शान्ति र स्थिरतासँग जोडेर वर्णन गरिएको छ। गोठाटारको हरियाली र शान्त वातावरणलाई ध्यानको लागि उपयुक्त मानिएको छ। सुन्दरको घरबाट देखिने पहाडी दृश्य र आरुबारीको प्राकृतिक सौन्दर्यलाई मनमोहक रूपमा चित्रण गरिएको छ।
ख) सुन्दर छन्त्यालको सफलताको कथा सङ्क्षिप्त रूपमा लेख्नुहोस्।
सुन्दर छन्त्याल मध्यम वर्गीय परिवारमा जन्मे, जहाँ उनले कडा संघर्षको सामना गरे। बुबाको हृदयघात र आमाको क्यान्सरले परिवार आर्थिक समस्यामा पर्यो। योग र ध्यानको अभ्यासले उनलाई नयाँ जीवनशैलीमा प्रेरित गर्यो। मानसिक र आर्थिक समस्याको सामना गर्दै, उनले आफ्नो अध्ययन पूरा गरी प्राविधिक अधिकृतको पद हासिल गरे।
ग) पाठको मुख्य उद्देश्य के हो?
जीवनमा आइपर्ने समस्या र दुःखले मानसिक तनाव उत्पन्न गराउन सक्छ। यस्ता चुनौतीहरूसँग सामना गर्दै आत्मशक्ति र इच्छाशक्ति विकास गरिनुपर्छ। ध्यान र योग अभ्यासले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न सहयोग पुर्याउँछ। अतः सुखी र स्वस्थ जीवनका लागि योगको महत्वलाई बुझाउन पाठले जोड दिन्छ।
८. व्याख्या गर्नुहोस्:
क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।
यो अंश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजबाट साभार गरिएको हो। यसमा स्मृतिको भूमिका र मानवीय जीवनमा यसको महत्वलाई व्याख्या गरिएको छ।
स्मृति विगतका अनुभव र घटनाको सम्झना हो। यसले मानिसलाई जीवनका विभिन्न पक्षमा मार्गनिर्देशन गर्न भूमिका खेल्छ। स्मृतिले मानिसलाई विगतका घटनाबाट शिक्षा दिनुका साथै वर्तमानलाई सुधार गर्न प्रेरणा दिन्छ। स्मृतिले मात्र विगतको सम्झनासँगै भविष्यका लागि नयाँ योजना बनाउन सहयोग गर्छ। सुखद स्मृतिले जीवनमा उत्साह र उमंगको संचार गर्छ भने दुःखद स्मृतिले नयाँ परिप्रेक्ष्यमा सोच्न बाध्य बनाउँछ।
यस रिपोर्ताजमा अमित ठाकुरले विगतका स्मृतिबाट सिकेर आफ्नो लक्ष्यतर्फ अघि बढेको स्पष्ट छ। स्मृतिले मानिसलाई आफ्नो त्रुटि सच्याउन, नयाँ दिशामा लाग्न, र जीवनको महत्त्व बुझ्न सहायता पुर्याउँछ। तसर्थ, स्मृतिले मानिसलाई केवल विगतसँग जोड्ने मात्र होइन, मानिसलाई जीवनको सकारात्मक दिशामा उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्छ। स्मृतिले मानिसलाई पुनर्जीवित बनाउने भनिएको यही सत्य हो।
ख) मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईं भित्रै छ। योगबाट यो प्राप्त हुन्छ।
यो अंश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजबाट साभार गरिएको हो। यसमा योग र ध्यानको महत्त्वलाई व्याख्या गरिएको छ।
मानव जीवनमा शान्ति भनेको मानसिक सन्तुलन र जीवनको एकतालाई बुझ्नु हो। मानसिक चिन्ताबाट मुक्त भई स्थिर र एकाग्र मन शान्तिको प्रतीक हो। जब मानिस मानसिक तनावमा हुन्छ, उसले जीवनको वास्तविक सुख महसुस गर्न सक्दैन। योग र ध्यानले मनको विकारलाई हटाउँदै मानिसलाई मानसिक शान्ति प्रदान गर्छ। गहिरो ध्यानले मानिसको आत्मा शुद्ध बनाउँछ भने योगाभ्यासले शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ।
मनको शान्ति बाह्य स्रोतबाट प्राप्त गर्ने कुरा होइन; यो त आत्मसमीक्षा र आत्मज्ञानबाट प्राप्त हुन्छ। योग र ध्यानको अभ्यासले मानिसलाई आफ्नो आन्तरिक शक्ति र सम्भावनाबारे सचेत गराउँछ। यसैले, मानसिक र शारीरिक शान्तिका लागि योगलाई दैनिक जीवनमा अपनाउनु आवश्यक छ। आत्मविश्लेषण र योगाभ्यास नै जीवनको वास्तविक शान्ति र आनन्दको स्रोत हो भन्ने भाव यस अंशमा व्यक्त गरिएको छ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर:
क) स्वस्थ हुनु भनेको के हो?
स्वस्थ हुनु भनेको केवल रोगरहित हुनु मात्र होइन। यो शारीरिक, मानसिक, र सामाजिक दृष्टिले पूर्ण तन्दुरुस्तीको अवस्था हो। स्वास्थ्य भनेको जीवनको सम्पूर्ण सन्तुलन हो जसमा शरीर, मन, र समाजबीचको समन्वय हुन्छ।
ख) देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ?
देशका नागरिकहरूको स्वास्थ्य स्थिति विभिन्न पक्षहरूमा निर्भर रहन्छ, जस्तै:
- सुर्तीजन्य पदार्थहरूको प्रयोगको अवस्था,
- उच्च रक्तचाप र मोटोपनको स्थिति,
- शुद्ध पिउने पानीको उपलब्धता,
- औसत आयु र मृत्यु दर,
- कुपोषणग्रस्त जनसङ्ख्याको प्रतिशत।
यी सबै पक्षहरूले देशको समग्र स्वास्थ्य व्यवस्थाको मापन गर्छन्।
ग) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?
चिकित्सा विज्ञानले जनस्वास्थ्य सुधार गर्नका लागि रोकथामका उपायहरूमा ध्यान दिन थालेको छ। यसमा निम्न उपायहरूको भूमिका छ:
- विभिन्न रोगको खोप उपलब्ध गराउने,
- स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभियान चलाउने,
- जनसङ्ख्यालाई तालिम र जानकारी प्रदान गर्ने।
यसले स्वास्थ्य समस्याको पूर्वानुमान गर्दै समाधानको उपाय अघि बढाएको छ।
घ) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्त्व पाएको छ?
हाल चिकित्सा विज्ञानमा रोग लागिसकेपछि उपचार गर्ने प्रक्रियाले बढी महत्त्व पाएको छ। रोकथामको तुलनामा, चिकित्सा सेवा रोगको निदान र उपचारमा बढी केन्द्रित रहेको पाइन्छ। यस्तो प्रवृत्तिले उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ।
१०. दिइएको अनुच्छेदबाट मुख्य बुँदाहरू टिपेर सारांश लेख्नुहोस्:
बुँदाहरू
१. निर्विचार सबैभन्दा उत्कृष्ट विचार हो।
२. निर्विचारको अभ्यासले परमानन्द प्राप्त हुन्छ।
३. आवश्यकता भन्दा बढी विषयमा चासो नराखी मन खाली राखेर शान्ति अभ्यास गर्दा दुःखदायी विचारको प्रभावबाट जोगिन सकिन्छ।
४. कठिन परिस्थितिमा पनि साधकले धैर्य गुमाउँदैन।
५. जुनसुकै विचार वा तत्त्वहरू आउने र जाने भएकाले दुश्चिन्ता गर्नुपर्ने कुनै कारण हुँदैन।
सारांश
योग साधना र निर्विचार
निर्विचार सबैभन्दा उत्कृष्ट विचार हो, जसले परमानन्द प्रदान गर्दछ। आवश्यकता भन्दा बढी चासो नराखी मनलाई खाली राख्दा साधक दुःखदायी विचारबाट सुरक्षित रहन्छ। कठिन परिस्थितिमा पनि साधक धैर्य गुमाउँदैन र विचारहरू अस्थायी भएकाले दुश्चिन्ता गर्नुपर्दैन।
व्याकरण
१. दिइएको अनुच्छेद पढी रेखंकिन गरिएको शब्दहरु टिपेर तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
| शब्द | निर्माण प्रक्रिया |
|---|---|
| लेखक | लेख् + अक |
| पाठक | पाठ् + अक |
| भावक | भू + अक |
| आदरणीय | आदृ + अनीय |
| सम्माननीय | सम्मान् + अनीय |
| भौगोलिक | भूगोल + इक |
| सम्मानित | सम्मान + इत |
| शिक्षत | शिक्षा + इत |
| प्राचिन | प्राच् + ईन |
| आधुनिक | अधुना + इक |
| नविन | नव + इन |
| तल्लिन | तल् + इन |
| पुजनीय | पूज् + अनीय |
| माननीय | मान् + अनीय |
| बालक | बाल + अक |
| काव्य | कवि + य |
| कारण | कृ + अन |
| श्रेष्ठतम | श्रेष्ठ + तम |
| गन्तव्य | गम् + तव्य |
| हास्य | हास् + य |
| वक्ता | वच् + ता |
| गतिवान् | गति + वान् |
| व्यक्तित्व | व्यक्ति + त्व |
| कवित्व | कवि + त्व |
| लेखकत्व | लेखक + त्व |
| सिद्धत्व | सिद्ध + त्व |
| क्षमतावान् | क्षमता + वान् |
| बुद्धिमान् | बुद्धि + मान् |
| किर्तिमान | कीर्ति + मान् |
| भावमय | भाव + मय |
| रहस्यमय | रहस्य + मय |
| लेखकत्व | लेखक + त्व |
| दयालु | दया + आलु |
| लालित्य | ललित + य |
| माधुर्य | मधुर + य |
| लेखनी | लेखन + ई |
२. ‘सफलताको कथा’ पाठबाट दशओटा शब्दहरु टिप्नुहोस र ती शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
| क्र.श. | शब्द | निर्माण प्रक्रिया |
|---|---|---|
| १. | जीवन + ई | जीवनी |
| २. | उत्साह + इत | उत्साहित |
| ३. | समर्पण + इत | समर्पित |
| ४. | थाक् + आइ | थकाइ |
| ५. | प्राचीन + पन | प्राचीनपन |
| ६. | काट + एर | काटेर |
| ७. | कृ + अन | कारण |
| ८. | लिख् + अक | लेखक |
| ९. | लेखक + इय | लेखकीय |
| १०. | स्मृ + ति | स्मृति |
३. दिइएका प्रत्यय लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
| प्रत्यय | शब्दहरु |
|---|---|
| अक | लेखक(लिख्+अक) नर्तक (नृत्+अक) |
| अन | दर्शन (दृश्+अन) भोजन (भुज्+अन) |
| अनीय | दर्शनीय(दृश्+अनीय) पूजनीय(पूज्+अनीय) |
| इक | शैक्षिक(शिक्षा+इक) मौखिक (मुख+इक) |
| इत | लिखित (लिख्+इत) रचित (रच्+इत) |
| ई | धनी (धन+ई) नेपाली (नेपाल+ई) |
| ईन | युगीन (युग + ईन) कुलीन (कुल + ईन) |
| ईय | केन्द्रीय (केन्द्र+ईय) आत्मीय (आत्मा+ईय) |
| क | बालक (वाल+क) शीर्षक(शीर्ष+ (+क) |
| तर | बृहत्तर (बृहत्+तर) उत्तर (उत्+तर) |
| तम | उच्चतम (उच्च+तम) प्रियतम(प्रिय+तम) |
| तव्य | गन्तब्य (गम्+तब्य) मन्तब्य (मन्+तब्य) |
| ता | कर्ता (कृ+ता) श्रोता(श्रु+ता) |
| ति | स्मृति (स्मृ+ति) गति(गम्+ति) |
| त्व | मानवत्व (मानव+त्व) पुरुषत्व (पुरुष+त्व) |
| मय | जलमय (जल+मय) रहस्यमय (रहस्य+मय) |
| वान | गुणवान् (गुण वान्) वलवान् (वल+वान्) |
| मान् | गुणवान् (गुण+वान्) बलवान् (बल+वान्) |
| य | काव्य (कवि+य) माधुर्य (मधुर+य) |
४. दिइएका शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
| शब्द | निर्माण प्रक्रिया |
|---|---|
| नी + अक | नायक |
| शुद्ध + ता | शुद्धता |
| गुरु + त्व | गुरुत्व |
| व्यवस्था + इत | व्यवस्थित |
| द्विपक्ष + ईय | द्विपक्षीय |
| आयुष् + मान् | आयुष्मान् |
| विदेश + इक | वैदेशिक |
| गरिमा + मय | गरिमामय |
| सुन्दर + य | सौन्दर्य |
| गम् + ति | गति |
| कृ + अक | कारक |
| धीर + य | धैर्य |
| युज् + ई | योगी |
| श्रेष्ठ + तम | श्रेष्ठतम |
| पशु + इक | पाशविक |
| पञ्च + क | पञ्चक |
| सूर्य + य | सौर्य |
| वित्त + इय | वित्तीय |
| चाट् + अनी | चटनी |
| हात + इयार | हतियार |
| वोल् + अक्कड | वोलक्कड |
| दुध + आलु | दुधालु |
| पूर्व + एली | पुर्वेली |
| मूर्ख + याइँ | मुख्याइँ |
| गाँजा + अडी | गँजडी |
| पानी + एरो | पँधेरो |
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Safaltako katha content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Safaltako katha.
Ready to Master Safaltako katha?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.