Campaign Offer
  Community   Download App
sub content

Pablo Picasso : Class 10 Nepali

Get Nepali Pablo picasso comprehensive notes, detailed Q&As, and past question papers solutions and video tutorials.

शब्दभण्डार

 

१. दिइएका अर्थसँग मिल्ने शब्द पाब्लो पिकासो जीवनीबाट खोजेर लेख्नुहोस् :

उत्तरः

(क) सय वर्षको समय वा पिरियड = शताब्दी

(ख) मूर्त नभएको = अमूर्त

(ग) अत्यन्त धेरै मोल पर्ने = अनमोल

(घ) कहिल्यै नमर्ने = अमर

(ङ) कलापूर्ण ढङ्गले सजाइएको = कलात्मक

(च) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ = सङ्ग्रहालय

 

२. पाब्लो पिकासो जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :

उत्तरः

अदभूत= आश्चर्य, अनौठो कुरा

शैशवावस्था = शिशु अवस्था

पूर्णकालीन = पूरा समयका लागि हुने

बहुमुखी = विभिन्न विषयको विशेषता वा ज्ञान भएको

सिर्जना = रचना

आकृति = कुनै व्यक्ति वा वस्तुको स्वरुप

मनस्थिति = मनको स्थिति, विचार

विसङ्गत = नमिलेको, नसुहाउँदो

कृति = कुनै पुस्तक, चित्र आदिको रचना

 

३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

किताब, कापी, कलम बोकेर सधैं विद्यालय जाने हामी आज परियोजना कार्यका लागि निस्किने भयौँ। बिहान करिब नौ बजे साथीको फोन आएपछि माइक्रोबस चढ्न म घरबाट निस्के। गाडी चढेपछि भ्यालनेरको सिटमा बसें। पेम्बाले बसमा रमाइलो गर्नका लागि डम्फु र मादल ल्याएका रहेछन् । हाकुमायाले खाजाका लागि समयबजी, योमरी, बारा आदि ल्याएकी रहिछन् । दिपसनले थर्मसमा चिया बोकेका रहेछन्। केहीबेरमा हामी सेती किनारको रक गार्डेनमा पुग्यौँ र त्यहाँका दृश्य क्यामेरामा कैद गरी नास्ता खाएर घर फर्कियौँ।

उत्तरः

आगन्तुक शब्दहरुः किताब, कापी, कलम, फोन, माइक्रोबस, डम्फु, समयबजी, योमरी, बारा, थर्मस, रक गार्डेन, क्यामेरा, कैद, नास्ता

 

४. पाब्लो पिकासो जीवनीबाट कुनै पाँचओटय आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तरः

जादु (फारसी) = मलाई जादु हेर्न मन पर्छ।

नसा (अरबी) = रक्सीको नसा लागेपछि छुट्न कठिन हुन्छ।

पिरियड (अङ्ग्रेजी) = पहिलो पिरियडमा नेपाली पढाइ हुन्छ।

तनाव (हिन्दी) = परीक्षाको तनाव लिनुहुन्न ।

क्यानभास (अङ्ग्रेजी) = क्यानभासमा चित्र कोरिएका छन् ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

महत्त्वपूर्ण, मूर्तिकार, दृष्टिकोण, बहिष्कृत, दृष्टिविहीन, प्रदर्शन, आक्रोश, भिक्षु, उत्तरार्ध, उत्कृष्ट, प्रतिबिम्ब, सीमान्तकृत 

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) पाब्लो पिकासो जीवनीको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन्? 

उत्तरः पाब्लो पिकासो जीवनीको पहिलो अनुच्छेदमा आठओय वाक्य रहेका छन्।

 

(ख) जीवनीको तेस्रो अनुच्छेदको शीर्षवाक्य भन्नुहोस् ।

उत्तरः जीवनीको तेस्रो अनुच्छेदको शीर्षवाक्य 'आफ्‌ना बुबाबाट सुरु भएको कलायात्राका क्रममा पिकासोले मलागादेखि बार्सिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसकेका थिए' हो।

 

(ग) जीवनीको 'पिकासोका कलाकृति ......... बिक्री भए।' अंशको विषयवस्तु भन्नुहोस् ।

उत्तरः जीवनीको 'पिकासोका कलाकृति पिरियड' को वर्णन हो। बिक्री भए।' अंशको विषयवस्तु पिकासोको चित्र निर्माणको एउटा कालखण्ड 'ब्लु

 

(घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस् ।

उत्तरः 

  • सन् १८९२ मा उनको परिवार ला कोरुनामा बसाइँ सर्नु,

  • पिकासोलाई त्यहा ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना गरिनु,

  • सन् १८९४ को प्रारम्भमा १३ वर्षको उमेरमा उनले आफ्‌नो परिवारको चित्रसहित प्रारम्भिक तैल चित्रहरू सिर्जना गर्नु,

  • सन् १८९५ देखि उनले आफना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु,

  • पिकासोकी सात वर्षकी बहिनी कोन्चियको मृत्यु पिकासोको जीवनमा एउटा कहालीलाग्दो घटना बन्नु,

  • बहिनीको मृत्युपछि उनको परिवार बार्सिलोनामा सर्नु,

  • सन् १८९० तिरका उनका चित्रमा यथार्थवादी शैलीको प्रयोग हुनु,

  • सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको आधुनिक काल सुरु भएको मनिनु,

  • पिकासो सन् १९०० मा युरोपको कलाको राजधानी भनिने पेरिसप्रस्थान गर्नु,

  • त्यहाँ पत्रकार तथा कवि म्याक्स ज्याकबले पिकासोलाई पनि भाषा र साहित्य सिक्न मदत गर्नु,

  •  पिकासोले मलागादेखि वासिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसक्नु ।

     

४. पाब्लो पिकासो जीवनी पढी दिइएका घटना कुन कुन मितिमा भएका हुन्, लेख्नुहोस् :

उत्तरः

(क) स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म हुनु

सन् १८८१ अक्टोबर २५

(ख) पिकासोको 'वुमन अफ अल्जियर्स' ले संसारको सबैभन्दा महँगो पेन्टिङका रूपमा विश्व कीर्तिमान राख्नु

सन् १९५५

(ग) अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट पिकासी सम्मानित हुनु

सन् १९५० र सन् १९६१

(घ) पिकासोको भौतिक शरीरको अवसान हुनु

सन् १९७३ अप्रिल ८

(ङ) पिकासोको परिवार ला कोरुनामा बसाई सर्नु

सन् १८९२

(च) पिकासोले आफ्‌ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु

सन् १८९५

 

५. दिइएको जीवनीको अंश मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

यिनै महान् प्रतिभाशाली कलाकारको योगदानको उच्च मूल्या‌ङ्कन गर्दै उनलाई सन् १९५० र १९६१ गरी गरी दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मान गरिएको थियो। मध्यमवर्गीय परिवारमा जन्मेका पिकासो जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्यामा परे पनि जीवनको उत्तरार्धमा आफ्‌ना कलाकृति बेचेरै प्रशस्त आर्थिक उपार्जन गरे। 'म धेरै पैसा कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु' भन्ने पिकासो आखिरमा त्यस्तै साधारण जीवन बाँचे। ९१ वर्षको दीर्घ आयु बाँचेका विलक्षण प्रतिभाशाली कलाकार पिकासोको भौतिक शरीरको अवसान ८ अप्रिल १९७३ मा भयो तर पनि उनी आफ्‌ना अनमोल कलामार्फत अजर र अमर बनेका छन् ।

 

(क) पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो ?

उत्तरः पिकासोले जीवनमा आर्थिक तथा पारिवारिक कठिनाइ सामना गर्नुपरेको थियो।

 

(ख) पिकासोलाई कुन कुराले अमर बनायो ?

उत्तरः पिकासोलाई उनको अनमोल कलाले अमर बनायो।

 

(ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?

उत्तरः अनुच्छेदमा प्रतिभाशाली कलाकारहरु आफ्‌ना अनमोल कलामार्फत् अजर र अमर बनेका हुन्छन् भन्ने धारणा प्रस्तुत गरिएको छ। (घ) पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।

उत्तरः पिकासोले 'म धेरै पैसा कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु' भन्थे र उनले त्यस्तै साधारण जीवन बाँचे। यसबाट पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि हुन्छ।

 

६. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?

उत्तरः उनले कलामार्फत् बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे। उनले भिखारी जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए। उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए। उनले मान्छेको बाहिरी आवरण र ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे ।

 

(ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस् ?

उत्तरः पिकासोका कलाकृतिमा मानव वेदनाको जीवन्त चित्रण पाइन्छ । मान्छेको बाहिरी आवरण र ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्यको चित्रण पाइन्छ। उनका कलाकृतिले व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह, आक्रोशका भाव सलबलाउँथे र हेर्दाहेर्दै ती चित्रमा नै हराउँथे। उनका कलामा त्यस्तो जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् र संसारका सबैभन्दा महँगा चित्रका रूपमा उत्तिकै बेजोड छन् । आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ।

 

७. व्याख्या गर्नुहोस् :

(क) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ।

उत्तरः प्रस्तुत गहन वाक्यांश पाब्लो पिकासो जीवनी पाठबाट लिइएको हो । कलाका जादुले विश्व जगत्मा परिचित बहुमुखी प्रतिभाशाली पाब्लो पिकासो कलाकार, चित्रकार, मूर्तिकारका साथै मञ्च सजावटका समेत अद्भुत प्रेरणादायी व्यक्ति हुन् । प्रस्तुत वाक्यांश पिकासोले आफ्‌नी आमाको प्रेरक भनाइ स्मरण गर्दै यसबाट आफू लगनशील भएर पिकासो बनेको बताएका छन् ।

 

हरेक बालबालिकामा विशेष क्षमता हुन्छ । कतिले आफ्‌नो क्षमताको सदुपयोग गर्छन् भने कतिले गर्न सक्दैनन् । कसैले आफ्‌नो क्षमता पहिचान गर्न सक्दैनन् । जसले आफ्‌नो क्षमता चिनी लगनशील भएर काम गर्छ, त्यो एकदिन अवश्य सफल हुन्छ। त्यसैले बालबालिकामा भएको विशिष्ट सिर्जना शक्ति र प्रतिभालाई प्रस्फुटन गर्न उचित अवसर दिइयो भने जीवनलाई सार्थक बनाउन सक्छन् । पिकासोको बुबा पनि एक कलाकार भएकोले पिकासोलाई कलाकारिता गर्ने वातावरण राम्रो मिल्यो र उनले पाएको अवसरलाई सदुपयोग गरे। उनकी आमाले पनि उनलाई प्रेरित गरिरहन्थिन् । उनी आफ्‌नो काममा लगनशील भए र अद्भूत सफलता हासिल गरे। उनको जीवन सार्थक भयो र उनले संसारलाई उत्कृष्ट कलाहरू पस्कन सके। आफ्‌नो कलाकारिताले विश्वमा परिवर्तनको ज्योति फैलाउन सफल भए।

 

यसरी प्रस्तुत जीवनी अंशमा आफूमा रहेको विशिष्ट सिर्जना शक्ति र प्रतिभा चिनेर पिकासो सफल चित्रकार बनेको कुरा उल्लेख गरिएको छ। हामीले पनि आफूमा भएको क्षमतालाई लगनशीलताका साथ बाहिर निकाल्नु पर्छ। क्षमता, अवसर अनि लगनशीलताले पिकासो जस्तै सफल बन्न सकिने कुरा स्पष्ट पार्न खोजिएको छ।

 

(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।

उत्तरः माथिको जीवनी अंश 'पाब्लो पिकासो' जीवनी पाठबाट लिइएको हो । पिकासोको जीवनी एक प्रेरणादायी जीवनी हो। यो जीवनी यसै पाठ्यपुस्तकका सम्पादक समूहले तयार पारेका हुन् । प्रस्तुत वाक्यांश बन्दुकभन्दा कलम र कुची बढी शक्तिशाली हुन्छ भन्ने जनाउने क्रममा आएको हो।

 

परिवर्तनका लागि हतियारसहितको युद्ध मात्र प्रभावकारी हुने होइन । कलम र कलाका बलबाट पनि परिवर्तन सम्भव छ । ठुला परिवर्तन शसस्त्र युद्धबिना पनि हुन्छन् । कलामार्फत पनि परिवर्तन ल्याउन सकिन्छ । कलाका माध्यमबाट शोषित, पीडित, हेपिएका र सीमान्तकृत मान्छेका आवाज बुलन्द गर्न सकिन्छ । एउटा कलम र कुचीसित डराएर नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । पिकासोका चित्र एउय क्रान्तिभन्दा कम थिएनन् । बन्दुकसहितको शसस्त्र युद्धले धनजनको क्षति हुन्छ, पीडा र अशान्ति निम्त्याउँछ तर कलम र कुचीले मानिसको मानसिकतामा परिवर्तन ल्याई कान्ति सफल बनाउँछ । कलमले सधैं मानवता र रुपान्तरणको आवाज बोल्छ । विश्वमा परिवर्तनका लागि भएका सङ्घर्षको इतिहास हेर्दा पनि पत्रकार, साहित्यकार र कलाकारका कलम धेरै शक्तिशाली रहेको मान्न सकिन्छ।

 

यसरी माथिको जीवनी अंशमा कुनै पनि शक्ति कलम र कुचीको शक्तिभन्दा बलियो हुन सक्दैन। त्यसैले कलम र कुचीको शक्तिलाई कम आँक्न नहुने भाव यसमा स्पष्ट पारिएको छ।

 

९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?

उत्तरः पिकासो सन् १८८१ अक्टोबर २५ मा स्पेनको मलागामा मध्यमवर्गीय परिवारमा जन्मेका थिए। उनका बुबा जोसो रुइज एक स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए । पिकासोले बाल्यकालमै आफ्‌ना बुबाले सिर्जना गरेका सुन्दर कला बालसुलभ आँखाले देखे। यसैबाट प्रेरणा प्राप्त गरी पछि हुर्कदै जाँदा उनीभित्रको जन्मजात कलाकारिताले टुसाउने, हुर्कने र मौलाउने अवसर पायो। चित्रकलाको प्रारम्भिक तालिम घरबाटै पाउन सुरु गरेका थिए। बाल्यकालमा उनी विभिन्न प्रकारका आकृति बनाएर आफ्‌ना साथीलाई चकित पार्थे। यसरी उनको बाल्यकाल सहज परिवेशमा बितेको अनुमान लगाउन सकिन्छ।

 

(ख) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?

उत्तरः पिकासोले प्रारम्भमा आफ्‌नो परिवारको चित्रसहित प्रारम्भिक तैल चित्रहरू सिर्जना गरे। उनका चित्रमा यथार्थवादी शैलीको प्रयोग गरे। उनले यस्ता केही प्रोट्रेट चित्र बनाए। उनले मुख्य रूपमा ब्लु र ब्लुसँगै हरियो कठोर रङका धर्काहरूमा अन्य केही रङसमेत मिश्रित मोनोक्रोमेटिक चित्रकला प्रस्तुत गरे। समाजका गरिब र बहिष्कृतका शान्त र व्यग्र मनस्थितिलाई ब्लु रङका साथ जोडेर विचित्रका चित्र बनाए। एक्लोपन, गरिबी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बने। गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए। उनको चित्रकलामा 'घनवाद' को सशक्त प्रयोग भएको पाइन्छ। उनको 'द गुएर्निका चित्र' हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ । यसरी मानव जीवनका विविध पक्षलाई चित्रमा समेटेका छन् ।

 

(ग) पिकासोले आफ्‌नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो ?

उत्तरः मध्यमवर्गीय परिवारमा जन्मेका पिकासो जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्यामा परेका थिए। पिकासोलाई उच्च शिक्षाका लागि म्याड्रिड एकेडेमी पठाइयो। पिकासो त्यहाँको वातावरणबाट विरक्तिएर उनले आफ्‌नो औपचारिक पढाइ छोडे र पूर्णकालीन रूपमा कलाकारितामा नै आफुलाई समर्पित गरे । सन् १८९५ मा पिकासोकी सात वर्षकी बहिनी कोन्चियको मृत्यु भयो । यो पिकासोको जीवनमा एउटा कहालीलाग्दो घटना बन्न पुग्यो । पारिवारिक तथा आर्थिक सङ्कटजन्य परिस्थितिका कारण उनमा एकप्रकारको मानसिक तनाव र असामान्य अवस्था सिर्जना भयो। प्रारम्भमा उनका चित्र मन पराउने मानिस कम थिए र बिकी पनि भएका थिएनन् । कतिपय चित्रमा प्रतिबन्ध पनि सहनुपरेको थियो । पिकासोको वैवाहिक र पारिवारिक जीवन एकैनासले अगाडि बढेन । यसरी उनले आर्थिक तथा पारिवारिक समस्यासँग जुधेर लक्ष्य पूरा गर्न सङ्घर्ष गर्नुपरेको बुझ्न सकिन्छ।

 

(घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।

उत्तरः बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर पाएमा र लगनशील भएमा जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छ । अभिभावकले सन्तानका क्षमता चिनेर प्रस्फुटनका लागि वातावरण तयार पार्नुपर्छ । हामीले आफ्‌नो रुचिको क्षेत्रमा निरन्तर साधना गौँ भने सफल हुन सकिन्छ। हामी सादा जीवन उच्च विचार राख्नुपर्छ । काममा लगनशील मानिस सफल मानिस हुन सक्छ। हामीहरु सानातिना बाधा अवरोधहरुसँग हार मान्नुहुँदैन। हतियारभन्दा कलम र कुची शक्तिशाली हुन्छ जस्ता जीवनोपयोगी सन्देश पिकासोको जीवनीबाट पाउन सकिन्छ।

 

१०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।

उत्तरः विलक्षण प्रतिभाशाली बिसौँ शताब्दीका सबैभन्दा महान् र सर्वाधिक प्रभावशाली कलाकारका रूपमा विश्वविख्यात बनेका पाब्लो पिकासो सन् १८८१ अक्टोबर २५ तारिखका दिन स्पेनको मलागामा मध्यमवर्गीय परिवारमा जन्मेका थिए। कलाका जादुले विश्व जगत्‌मा परिचित बहुमुखी प्रतिभाशाली पाब्लो पिकासो कलाकार, चित्रकार, मूर्तिकारका साथै मञ्च सजावटका समेत अद्भुत शिल्पी थिए।

 

आफ्‌ना बुबाबाट कलाको प्रारम्भिक शिक्षा लिएका पिकासोले १४-१५ वर्षको उमेरमै उत्कृष्ट चित्र बनाउन थालिसकेका थिए। पिकासोले पिकाडोर नामको आफ्‌नो पहिलो पेन्टिङ नौ वर्षको हुँदा तयार पारेका थिए। १५ वर्षका हुँदा कम्युनियन चित्र पूरा गरे। चित्रकलामा उच्च शिक्षाका लागि म्याड्रिड एकेडेमी गएका पिकासो त्यहाँको वातावरणबाट विरक्तिएर आफ्‌नो औपचारिक पढाइ छोडे र पूर्णकालीन रूपमा कलाकारितामा नै आफूलाई समर्पित गरे । सन् १८९५ देखि उनले आफ्‌ना चित्र प्रदर्शन गर्न र बेच्न थाले। उनका चित्रकलाबाट विश्वकलाको आधुनिक काल सुरु भएको मनिन्छ। पिकासोका कलाकृति सिर्जना प्रवृत्तिगत दृष्टिले विविध प्रकारका छन्। समाजका एक्लोपन, गरिबी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बनाए। गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले। जीवनका निराशा र विसङ्गत अवस्थाको भव्य चित्रण गरिएका उनका यस्ता चित्र सर्वसाधारणबाट निकै रुचाइए। यिनै चित्र करोडौँ मूल्यमा बिक्री भए। पिकासोको पिक पिरियड सन् १९०४ देखि १९०६ को समयावधि हो। यस पिरियडमा उनले ऐतिहासिक महत्त्वका कृति रचना गरे। उनका १३५०० हाराहारीमा चित्र, १२२८ मूर्तिकला, २८८० सेरामिक कला, लगभग १२००० रेखाचित्र रहेका छन् । पिकासोले आफ्‌नो सबैभन्दा महत्त्वपूर्ण योगदान गरेको र उनलाई चर्चाको शिखरमा पुऱ्याएको क्षेत्र भने चित्रकला बन्यो। उनको 'द गुएर्निका चित्र' चित्रलाई हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ। पिकासोले सन् १९५५ मा बनाएको तेल चित्र 'वुमन अफ अल्जियर्स' करिब १८० मिलियन डलरमा लिलाम बिक्री भएको थियो। यो चित्रले संसारको सबैभन्दा महँगोमा बिक्री हुने चित्रका रूपमा विश्व कीर्तिमान कायम गरेको छ।

 

यसरी कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी पिकासोले प्रस्तुत गरे। उनका कलामा त्यस्तो जादुले नै उनका कला आजसम्म पनि अनमोल छन् र संसारका सबैभन्दा महँगा चित्रका रूपमा बेजोड छन्। उनले सन् १९५० र १९६१ गरी दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कार प्राप्त गरेका थिए। यस्ता विलक्षण प्रतिभाशाली कलाकार पिकासोको भौतिक शरीरको अवसान ८ अप्रिल १९७३ मा भयो तर पनि उनी आफ्‌ना अनमोल कलामार्फत् अजर र अमर बनेका छन्। त्यसैले महान् प्रतिभाशाली कलाकार पिकासोको कलाकारिता योगदान अविस्मरणीय छ।

 

११. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटय बुँदा टिपी सारांश लेख्नुहोस् :

उत्तरः

बुँदा टिपोटः

✓ प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा जीवनी हुने, 

✓ जीवनीमा व्यक्तिका चारित्रिक विशेषता, उतारचढाव तथा उल्लेख्य कार्यको वर्णन गरिने, 

✓ शब्दभण्डार, भाषाका बोध र अभिव्यक्ति सिप क्षमताको विकास गर्नु जीवनी शिक्षणको प्रयोजन रहेको, 

✓ जीवनीबाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता आदिको विकास हुने।

 

जीवनी

प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा जीवनी हो। जीवनीमा व्यक्तिका चारित्रिक विशेषता, उतारचढाव तथा उल्लेख्य कार्यको वर्णन गरिन्छ । शब्दभण्डार, भाषाका बोध र अभिव्यक्ति सिप क्षमताको विकास गर्नु जीवनी शिक्षणको प्रयोजन हो । । जीवनीबाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता आदिको विकास हुन्छ।

 

अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः १०६ 

सारांशमा हुनुपर्ने शब्द सङ्ख्याः ३५.३३ 

सारांशमा भएका शब्द सङ्ख्याः ४३

 

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्ः

क.

(अ) पत्रकारिता भनेको के हो ?

उत्तरः समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने शसक्त माध्यम पत्रकारिता हो।

 

(आ) प्रेस जगत्ले कोबाट शक्ति आर्जन गरेको हुन्छ ?

उत्तरः प्रेस जगत्ले जनताबाट शक्ति आर्जन गरेको हुन्छ ?

 

(इ) पत्रकारिताले के काम गर्छ ?

उत्तरः पत्रकारिताले समाजका राम्रा नराम्रा सबै घटनालाई समाचार बनाउने र र बनाउने र कुनै प पनि विषयको पक्ष, विपक्षमा जनमत सिर्जना गर्ने काम गर्छ।

 

(ई) प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्‌को भूमिका किन अपरिहार्य हुन्छ ?

उत्तरः सुयोग्य नागरिक समाजको निर्माण गर्न, त्यसलाई प्रभावकारी र समाजलाई गतिशील बनाएर कल्याणकारी राज्यको स्थापना गर्न प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्‌को भूमिका अपरिहार्य हुन्छ।

 

ख. भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

 

(अ) लेखकले भने, "पत्रकारितालाई समाजको दर्पण भनिन्छ।" यो वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।

उत्तरः लेखकले पत्रकारितालाई समाजको दर्पण भनिने बताए।

 

(आ) प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर विज्ञले भने। 

यो वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।

उत्तरः  विज्ञले भने, “प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ।" 

 

(इ) अनुच्छेदबाट ज्ञ र ग्य प्रयोग भएका एक एकओटा शब्द खोजी लेख्नुहोस् ।

उत्तरः ज्ञान, सुयोग्य ।

 

२. दिइएको अनुच्छेदबाट प्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्य पहिचान गरी लेख्नुहोस् :

चित्रमाया बिहान १० बजेतिर पवनप्रसादको पसलमा पुगिन् । उनले भनिन्, “शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?" पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो।" चित्रमायाले यो चित्र त निकै महँगो रहेछ भनिन् । पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने। चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ?" पवनप्रसादले भने, “हुन्छ लैजानुहोस्, बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो ।"

उत्तरः

प्रत्यक्ष कथनः

उनले भनिन्, “शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?"

पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो।"

चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ?”

पवनप्रसादले भने, “हुन्छ लैजानुहोस्, बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो ।"

अप्रत्यक्ष कथनः

चित्रमायाले यो चित्र त निकै महँगो रहेछ भनिन् ।

पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने।

 

३. प्रश्न न. २ को अनुच्छेदका प्रत्यक्ष कथनका वाक्यलाई अप्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् । 

उत्तरः चित्रमाया बिहान १० बजेतिर पवनप्रसादको पसलमा पुगिन्। उनले शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो भनेर सोधिन् । पवनप्रसादले चित्रको मूल्य ७५ हजार रहेको बताए। चित्रमायाले भनिन्, “यो चित्र त निकै महँगो रहेछ।" पसले पवनले भने, “यो चित्र लैजाने भए मिलाएर दिउँला ।" चित्रमायाले ७० हजारमा दिनुहुन्छ भनेर सोधिन्। पवनप्रसादले हुन्छ लैजानुहोस् भन्दै बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभएको बताए।

 

४. दिइएको मुगु र पाल्पाको फोनमा भएको कुराकानीलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

मुगु : हेलो पाल्पाज्यू, सन्चै हुनुहुन्छ !

पाल्पा : अ सन्चै छु, तपाईंलाई कस्तो छ ?

मुगु : मलाई सन्चै छ। अहिले के गर्दै हुनुहुन्छ ?

पाल्पा : म त पाल्पाली ढाका बुन्दै छु। तपाईं के गर्दै हुनुहुन्छ नि ?

मुगु: अ, म पनि राडीपाखी बुन्दै छ।

पाल्पा : : ए कति राम्रा होलान् है मुगुका राडीपाखी ?

मुगु : अँ राम्रा छन्, रारा घुम्न आउनू अनि राडीपाखी लिएर जानू ।

पाल्पा : हुन्छ, म ढाकाका कपडा लिएर आउँछु। ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउँछु ।

मुगु : हुन्छ आउनू, मलाई पाल्पाका ढाकाका कपडा साह्रै मन पर्छन्। पाल्पा हुन्छ हजुर, भेटमा थप कुरा गरौंला, अहिलेलाई फोन राखौँ है।

मुगु : हवस्, नमस्ते।

 

• मुगुले पाल्पालाई सन्चै हुनुहुन्छ भनेर सोध्यो ।

• पाल्पाले सन्चै रहेको र तपाईंलाई कस्तो छ भनेर सोध्यो। बल

• मुगुले पनि आफू सन्चै रहेको बताउँदै पाल्पालाई अहिले के गर्दै हुनुहुन्छ भनेर सोध्यो ।

• पाल्पाले पाल्पाली ढाका बुन्दै गरेको बताउँदै मुगुलाईं के गर्दै हुनुहुन्छ भनेर सोध्यो ।

• मुगुले राडीपाखी बुन्दै गरेको बतायो।

• पाल्पाले मुगुका राडीपाखी राम्रा होलान् है भन्यो।

• मुगुले पनि राम्रा रहेको र रारा घुम्न आई अनि राडीपाखी लिएर जान भन्यो।

• पाल्पाले आफू ढाकाका कपडा, ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउने कुरा बतायो ।

• मुगुले हुन्छ आउनू भन्दै पाल्पाका ढाकाका कपडा साह्रै मन पर्ने बतायो।

• पाल्पाले हुन्छ भन्दै भेटमा थप कुरा गर्ने र अहिलेलाई फोन राखौँ भन्यो।

• मुगुले हवस्, नमस्ते भन्यो।

 

५. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

ग्यानप्रसाद ज्ञालेन लिएर विग्यान ग्यवालीको पसलमा मटितेल लिन गएछन्। विग्यान सर भने गाडीको एसीमा ज्ञास सकिएर ज्ञारेजमा गएका रहेछन् । उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ, "गाडीमा ज्ञास सकिएछ। गाडीचलाउने मान्छेमा गाडीसम्बन्धी ग्यान पनि हुनुपर्छ। अग्यानी भइयो भने दुःख पाइन्छ।" त्यसैले ग्यानप्रसादको विग्यान ग्यवालीसँग भेट भएनछ। 

उत्तरः ज्ञानप्रसाद ग्यालेन लिएर विज्ञान ज्ञवालीको पसलमा मट्टितेल लिन गएछन् । विज्ञान सर भने गाडीको एसीमा ग्यास सकिएर ग्यारेजमा गएका रहेछन् । उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ, "गाडीमा ग्यास सकिएछ । गाडी चलाउने मान्छेमा गाडीसम्बन्धी ज्ञान पनि हुनुपर्छ। अज्ञानी भइयो भने दुःख पाइन्छ ।" त्यसैले ज्ञानप्रसादको विज्ञान ज्ञवालीसँग भेट भएनछ ।

 

६. ग्य र ज्ञ प्रयोग भएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्।

उत्तरः

जीवन ज्ञान

हामी आफ्‌नो काममा योग्य र विज्ञ बन्नुपर्छ। ज्ञान व्यावहारिक हुनुपर्छ। योग्यताअनुसार काम गर्नुपर्छ। ग्यारेजमा होस् वा ग्यास स्टेशनमा होस्, सबै कामको सम्मान गर्नुपर्छ। हामी ज्ञाता बन्नुपर्छ। भाग्य भए मनग्य पैसा कमाउन सकिन्छ। हाम्रो जीवनको केही ग्यारेन्टी छैन । जीवन भावनामा होइन, विज्ञानमा चल्छ।

 

सिर्जना र परियोजना कार्य

 

१. दिइएका बुँदाका आधारमा मोतिराम भट्टको छोटो जीवनी तयार पार्नुहोस् :

(क) युवाकविका रूपमा नेपाली साहित्यमा परिचित

(ख) कवि, गजलकार, जीवनीकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व

(ग) वि.सं. १९२३ भाद्र, काठमाडौँमा जन्म

(घ) पितामाता दयाराम भट्ट र रिपुमदिनी देवी

(ङ) फारसी, उर्दु, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान

(च) वि.सं. १९३७ मा विवाह

(छ) नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता

(ज) नेपालमा छापाखाना स्थापना, पत्रिका प्रकाशन

(झ) काठमाडौँ र वनारसमा मोती मण्डलीको स्थापना

(ञ) भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन

(ट) वि.सं. १९५३ मा देहावसान

 

उत्तरः

युवाकवि मोतीराम भट्ट

मोतीराम भट्ट युवाकविका रूपमा नेपाली साहित्यमा परिचित नाम हो। कवि, गजलकार, जीवनीकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व मोतीराम भट्टको जन्म वि.सं. १९२३ भाद्र महिनामा काठमाडौँमा भएको थियो। उनका पिताको नाम दयाराम भट्ट र माताको नाम रिपुमर्दिनी देवी हो।

 

नेपाली काव्य साहित्यका सुप्रसिद्ध कवि मोतीरामले फारसी, उर्दु, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान राख्दथे । उनको विवाह वि.सं. १९३७ मा भएको थियो। उनलाई नेपाली साहित्यमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ताका रुपमा चिनिन्छ । उनले नै नेपालमा छापाखाना स्थापना गरी पत्रिका प्रकाशन सुरु गरेका थिए। उनले नेपाली साहित्यको श्रीवृद्धिका लागि काठमाडौँ र वनारसमा मोती मण्डलीको स्थापना गरेका थिए । उनले भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन गरेका थिए । उनले आफूलाई नेपाली साहित्यको उन्नयनमा समर्पित गरेका थिए ।

 

नेपाली साहित्यमा साधना गर्दागर्दै वि.सं. १९५३ मा ३० वर्षकै कलिलो उमेरमा उनको देहावसान भएको थियो। उनी मरेर गए पनि नेपाली साहित्यमा उनले पुऱ्याएको योगदानका कारण उनको नाम सधैं अमर रहने छ।

Related Notes and Documents

Find All Document Related to Nepali Here

No Related Documents Found

Have Any Queries

If you have any question that is not solved then ask your question here .Give proper description and proper details to get it solved .

Modefied By

Comments

Contents