पाठ: ७ - एकीकरणपछिको राज्य सत्ता
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) नेपालको आधुनिक कालको राजनीतिक इतिहासका सकारात्मक र नकारात्मक अवस्थाहरूलाई तालिकामा देखाउनुहोस्।
उत्तर:
नेपालको आधुनिक निर्माण पृथ्वीनारायण शाहले गरेका हुन्। उनलाई राष्ट्रनिर्माता पनि भनिन्छ।
आधुनिक कालको राजनीतिक इतिहासका सकारात्मक र नकारात्मक अवस्थाहरू निम्नानुसार छन्:
सकारात्मक अवस्था:
- कम्तीमा ५३ टुक्रामा विभाजित नेपाललाई एकीकरण गरी संगठित राज्य निर्माण गरियो।
- सामाजिक, आर्थिक, सांस्कृतिक विविधताको अन्त्य भयो।
- नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिमा स्थापित भयो।
- परराष्ट्र नीति बलियो तथा मजबुत बन्यो।
नकारात्मक अवस्था:
- आर्थिक नाकाबन्दीका कारण जनताको जीवन कष्टकर भयो।
- सत्ताका लागि आपसी झगडाहरू बढे।
- राज्य सञ्चालनका लागि आवश्यक राजनीतिक स्थिरता कायम भएन।
- राज्य सत्ताका लागि बडाहाकिम हत्याकाण्ड, कोत पर्वलगायत विभिन्न राजनीतिक झमेला उत्पन्न भए।
नेपालको आधुनिक राजनीतिक इतिहासले विभिन्न उतार-चढावहरू अनुभव गरेको छ। पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणले नेपाललाई एक संगठित राष्ट्रका रूपमा स्थापित गर्यो। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा नेपालले थुप्रै सुधारहरू हासिल गर्यो। तर, सत्ता सङ्घर्ष, राजनीतिक अस्थिरता, र आन्तरिक झगडाहरूले देशलाई विभिन्न चुनौतीहरू पनि दिए।
यसबाट सिक्नुपर्ने मुख्य कुरा भनेको स्थिरता, एकता, र समृद्धिको लागि दीर्घकालीन सोच आवश्यक हुनु हो।
(ख) “षड्यन्त्रबाट प्राप्त शक्ति षड्यन्त्रबाट नै समाप्त हुँदैन। यस भनाइलाई नेपालको इतिहासको आधारमा प्रस्ट पार्नुहोस्।”
उत्तर: पृथ्वीनारायण शाहपछि नेपालको राजदरबारमा षड्यन्त्रको सुरूवात भइसकेको थियो।
खासगरी, सानो उमेरमा राजा भएमा राजाको नायब वा मुख्तियार भएर राजपरिवारका सदस्यहरू वा नातेदारहरूले शासन गर्ने अवस्था उत्पन्न हुन्थ्यो। यसको फाइदा उठाएर भारदारहरू शक्तिशाली बन्ने परिस्थिति देखिन्छ। विभिन्न राजाहरूबीच शक्तिका लागि सङ्घर्ष भइरहँदा, राजेन्द्र विक्रम शाह उमेर पुगेपछि आधिकारिक राजा भए पनि उनी कमजोर र अयोग्य शासक साबित भए।
उनले पहिला आफ्नी ज्येष्ठ रानी साम्राज्यलक्ष्मी देवीलाई र पछि कान्छी रानी राज्यलक्ष्मीलाई शासनको सम्पूर्ण अधिकार सुम्पेर आफू दरबारमा मात्र रमाइरहे।
परिणामस्वरूप,
दरबारमा गुटबन्दी र षड्यन्त्रको वातावरण सिर्जना भयो। राणा शासनकालमा समेत दरबारका षड्यन्त्रहरूको फाइदा उठाउँदै कोत पर्व र भण्डारखाल पर्वमार्फत जङ्गबहादुर राणा प्रधानमन्त्री तथा कमान्डर इन चिफ जस्तो शक्तिशाली पदमा पुग्न सफल भए।
राणा शासनमा विरोधीहरूलाई जलाउन, निर्मम हत्या गर्न, र देशनिकाला गर्नेजस्ता कार्यहरू भए। राणा परिवारभित्र समेत सत्ताका लागि विभिन्न षड्यन्त्रहरू भइरहे। तर, पछि जनताले विरोध गरी वि.सं. २००६ सालमा भारतमा निर्वासित जीवन बिताइरहेका नेपाली युवाहरूले नेपाली कांग्रेस दल खोले। त्यसकै नेतृत्वमा सशस्त्र सङ्घर्ष गर्ने मुक्त सेना खडा गरी क्रान्तिको सुरूवात गरियो।
यस क्रान्तिपछि राणाहरू टिक्न सकेनन् र षड्यन्त्रहरूको अन्त्य भयो।
षड्यन्त्रबाट प्राप्त शक्ति जनताको षड्यन्त्र र क्रान्तिबाट नै अन्त्य भयो।
(ग) नेपालको २४० वर्ष लामो इतिहास बोकेको राजसंस्थाका अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहले राजगद्दी त्याग गर्नुपर्नाका कारणहरू पहिचान गर्नुहोस्।
उत्तर:
राजा ज्ञानेन्द्र वीरविक्रम शाहले राजगद्दी त्याग गर्नुपर्नाका प्रमुख कारणहरू निम्नानुसार छन्:
- वि.सं. २०५९ असोज १८ गते, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी राजा ज्ञानेन्द्रले संविधानको धारा १२७ प्रयोग गरी देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएको घोषणा गरे।
- राजा ज्ञानेन्द्रले क्रमशः लोकन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरे।
- वि.सं. २०६१ माघ १९ गते पुनः शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिए।
- प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका प्रभावशाली नेताहरूलाई नजरबन्दमा राखी आफ्नै अध्यक्षतामा सरकार गठन गरे।
- राजाको प्रतिगामी कदमको विरोधमा सातवटा प्रमुख राजनीतिक दलहरूको गठबन्धनले शान्तिपूर्ण जनआन्दोलनको घोषणा गर्यो।
- उक्त आन्दोलन वि.सं. २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख १९ गतेसम्म निरन्तर चल्यो।
- राजा ज्ञानेन्द्रले राजनीतिक गतिविधिहरूमा प्रतिबन्ध लगाए, संवेदनशील क्षेत्रहरूमा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरे र कर्फ्यू लगाए।
- राजाको निरङ्कुश शासनविरुद्ध सर्वसाधारण, सरकारी कर्मचारी, सुरक्षाकर्मी समेत आन्दोलनमा ऐक्यबद्ध भए।
- अन्ततः वि.सं. २०६३ वैशाख १९ गते, राजा ज्ञानेन्द्रले सार्वभौम सत्ता र राजकीय अधिकार जनता समक्ष फिर्ता गर्ने घोषणा गरे।
निष्कर्षतः,
राजनीतिक अस्थिरता, निरङ्कुश शासन शैली, नागरिक असन्तुष्टि, तथा लोकतान्त्रिक आन्दोलनको चर्को दबाबका कारण राजा ज्ञानेन्द्रलाई राजगद्दी त्याग्न बाध्य बनायो।