Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Nepalma Bipad : Class 12 Social Notes


Subject

Nepalma Bipad : Class 12 Social Notes

Learn Nepalma Bipad in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
7,205

Nepalma Bipad : Class 12 Social Notes

पाठ: ६ नेपालमा विपत

१. तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) विपतको परिभाषा लेख्नुहोस्।
उत्तर: विपत भनेको एउटा आपतकालीन अवस्था हो। यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाई खल्बल्याउँछ। विपतको अवस्थामा मानिसहरू असहाय हुन्छन्। उनीहरूको खानपान, लुगाफाटा, घरबास, औषधोपचार, सुरक्षा आदि आवश्यक प्रणाली अवरुद्ध हुन्छन्। परिवार र समुदायसँग तत्काल यी सबै व्यवस्थाहरू गर्न सक्ने क्षमता हुँदैन। त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ र सामान्य सामाजिक अवस्था अवरुद्ध हुन्छ।

(ख) विपत र प्रकोपबीच फरक छुट्याउनुहोस्।
उत्तर: जोखिमको परिमाणको रूपमा विपत तथा प्रकोपलाई लिन गरिन्छ। सामान्यतया प्रकोप र विपत शब्दलाई एउटै अर्थमा लिइन्छ। तर प्रकोप भनेको त्यस्तो घटना हो, जसले क्षति पुर्‍याउन सक्छ र यसलाई नियन्त्रण गर्न सकिन्छ, भने विपत भनेको त्यस्तो संकटपूर्ण अवस्था हो, जुन प्रकोपले निम्त्याउँछ।

प्रकोप विरुद्ध जुध्न वा यसको सामना गर्न अन्य व्यक्ति, समुदाय वा संघसंस्था वा राष्ट्रको सहयोग चाहिने अवस्था सिर्जना भएमा त्यसलाई विपत भनिन्छ।

प्रकोप विपत ल्याउन सक्ने कुनै पनि घटना जस्तै बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङ आदि हुन सक्छन्, भने विपत भनेको तिनै घटनाबाट भएको क्षति हो, जस्तै मानिस हराउनु, मृत्यु हुनु, घाइते हुनु, घरपालुवा पशु मर्नु, खेतीबारी नष्ट हुनु आदि।

(ग) “विपत बाजा बजाएर आउँदैन। विपतले कुनै जात, धर्म, धनी-गरिब भन्दैन।” यस भनाइको आशय स्पष्ट पार्नुहोस्।
उत्तर: विपत भनेको एउटा आपतकालीन अवस्था हो। यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाई खल्बल्याउँछ। विपतको अवस्थामा मानिसहरू असहाय हुन्छन्। उनीहरूको खानपान, लुगाफाटा, घरबास, औषधोपचार, सुरक्षा आदि आवश्यक प्रणाली अवरुद्ध हुन्छन्। परिवार र समुदायसँग तत्काल यी सबै व्यवस्थाहरू गर्न सक्ने क्षमता हुँदैन। त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ र सामान्य सामाजिक अवस्था अवरुद्ध हुन्छ।

विपत कहिले आउँछ भन्ने कुरा निश्चित हुँदैन। यो जुनसुकै बेला आउन सक्छ। प्रकोप विपत ल्याउन सक्ने कुनै पनि घटना जस्तै बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङ आदि हुन सक्छन्, भने विपत भनेको तिनै घटनाबाट भएको क्षति हो, जस्तै मानिस हराउनु, मृत्यु हुनु, घाइते हुनु, घरपालुवा पशु मर्नु, खेतीबारी नष्ट हुनु आदि।

त्यसैले नेपालीमा उखान छ – “विपत बाजा बजाएर आउँदैन। विपतले कुनै जात, धर्म, धनी-गरिब भन्दैन।”

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Nepalma Bipad content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Nepalma Bipad.

Ready to Master Nepalma Bipad : Class 12 Social Notes?

Continue your learning journey in Class 12 Social Guide and Notes and explore more comprehensive educational content.