एकाइ ६: नेपालको इतिहास
पाठ : १ नेपालको प्राचीन इतिहास
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) नेपालको प्राचीन इतिहासका महत्वपूर्ण पक्षहरू संक्षेपमा लेख्नुहोस्।
उत्तर: नेपालको इतिहास निकै प्राचीन छ। नेपालको इतिहासका महत्वपूर्ण पक्षहरू यस प्रकार रहेका छन् :
१. नेपाललाई सत्ययुगमा सत्यवत, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो।
2. पश्चिम युगको बुटवलमा पाइएको रामापिथेकसको अवशेष नेपालमा एक करोड वर्षपहिले नै मानव जातिको बसोबास रहेको कुरा पुष्टि गर्छ।
3. नेपाल ऋषिमुनिहरूको तपोभूमि पनि रहेको छ, जसरी कौशिक ऋषि कोसी नदीको किनारमा तथा वाल्मिकी ऋषि गण्डकी नदीको किनारमा आएर तपस्या गरेको पाइन्छ।
(ख) नेपाल उपत्यकाको उत्पत्ति र नामकरणका सम्बन्धमा भाषागत आधार उल्लेख गर्नुहोस्।
उत्तर: नेपालको राज्यको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा इतिहासकारहरूले विभिन्न प्रमाणहरूको खोजी गरी तथ्य बाहिर ल्याएका छन्। यसका आधारमा नेपालको उत्पत्ति र नामकरण कसरी भयो होला भन्ने अनुमान लगाउन सकिन्छ। नेपालको उत्पत्ति र नामकरण विषयमा विभिन्न तथ्य तथा धारणाहरू प्रकाशमा आएका छन्। तीमध्ये भाषागत आधार पनि एक हो।
- कराती भाषा: नेपालको नाम पौराणिक किराँती शब्दबाट आएको हो। किराँती र नेवारी भाषामा 'न' को अर्थ 'मध्य' र 'पा' को अर्थ 'देश' अर्थात् 'मध्यदेश' भन्ने हुन्छ। मध्यपहाड खण्डमा रहेको 'नपा' मा 'ल' प्रत्यय लागेर 'नेपाल' नाम रहन गएको देखिन्छ।
- तिब्बती भाषा: 'न' को अर्थ 'घर' र 'पाल' को अर्थ 'ऊन' हुन्छ। त्यसबेला यस क्षेत्रमा भेडापालन बढी भएकाले नेपालबाट ऊन र उनी कपडा विदेशमा निर्यात हुन्थ्यो। त्यसैले 'ऊनको घर' अर्थात् 'नेपाल' नाम रहन गएको देखिन्छ।
- लिम्बू भाषा: नेपालको अर्थ 'समतल भूमि' भन्ने हुन्छ। पहाडी खण्डमा ठूलो मैदान जस्तो उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको देखिन्छ।
- पुरानो लेप्चा भाषा: 'न' को अर्थ 'पवित्र' र 'पाला' को अर्थ 'गुफा' हुन्छ। यसरी 'नेपाल' लाई पवित्र भूमि वा धार्मिक स्थल भएकाले तामाङ भाषाअनुसार पवित्र भूमिका रूपमा नेपाल नाम रहन गएको हुन सक्छ।
- संस्कृत भाषा: संस्कृतमा 'नीप' भन्नाले पहाडको फेदी जनाउँछ। सो शब्दमा उपसर्ग 'आल' (स्थान) जोडिएर 'नेपाल' भएको अनुमान छ। 'आल' को अर्थ घर हुन्छ। पहाडी काखमा रहेको उपत्यका भएको हुनाले यसलाई 'नेपाल' भन्न थालियो।
(ग) गोपाल, महिषपाल र किराँतकालको आर्थिक तथा सामाजिक अवस्थाको चित्रण गर्नुहोस्।
उत्तर: प्राचीन कालको गोपाल, महिषपाल र किराँत शासन व्यवस्थाको आर्थिक तथा सामाजिक अवस्था स्पष्ट छैन। तर, उपलब्ध तथ्यहरूका आधारमा निम्नानुसार उल्लेख गर्न सकिन्छ।
-
गोपाल वंश:
- मुख्य आर्थिक क्रियाकलाप पशुपालन थियो।
- काठमाडौं उपत्यका उब्जाउशील माटोले भरिएको हुँदा यहाँ प्रशस्त घाँस थियो, जसले गर्दा गाई पालन प्रचलित थियो।
- मलिलो माटो भएका कारण यहाँ कृषि व्यवसाय पनि गरिन्थ्यो।
-
महिषपाल वंश:
- गाईसँगै भैंसी पालन पनि हुन थाल्यो।
- अन्य आर्थिक कार्यहरू गोपाल वंशकै जस्तै थिए।
-
किराँतकाल:
- मानिसहरू कृषि तथा पशुपालनसँगै विकास गर्ने काम पनि गर्थे।
- घरायसी उद्योगमार्फत आफैंलाई आवश्यक सामग्री उत्पादन गर्थे।
सामाजिक रूपमा धर्म परम्परामा आधारित समाज थियो। पशुपतिनाथको उत्पत्ति र मन्दिर निर्माण किराँतकालमा भएको हुनाले त्यसबेला धार्मिक विकास भएको अनुमान लगाउन सकिन्छ। पशुपतिनाथलाई किराँतेश्वर महादेव भनिनु किराँतकालमा समेत धार्मिक परम्पराको पालन गरिएको देखाउँछ। सो समयमा हिन्दू परम्परा अनुसार विभिन्न चाडपर्वहरू मनाइन्थे।