एकाइ ३: जीवनोपयोगी सिप
पाठ १: जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) जीवनोपयोगी सिप विद्यालय शिक्षामा औपचारिक रूपमा कहिलेदेखि सुरू भएको हो?
उत्तर:
जीवनोपयोगी शिक्षाको अवधारणा सन् १९६५ तिर नै विकास भएको हो। सन् १९८६ मा Ottawa Charter for Health Promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्न आवश्यक तत्वका रूपमा स्वीकार गरेको थियो।
सन् १९८९ मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतर्फी विकास गर्न आवश्यक भएको उल्लेख गर्यो।
यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्यान्डको जोम्टेन सहरमा भएको शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बाट भयो।
उक्त सम्मेलनले "सबैका लागि शिक्षा" घोषणा गर्यो, जसमा बाँच्न, क्षमता विकास गर्न र गुणस्तरीय जीवन जिउन जीवनोपयोगी सिपलाई समावेश गरियो।
त्यसपछि, सन् १९९८ को अप्रिल ६–२७ मा विश्व स्वास्थ्य संगठनको कार्यालय, जेनेभा मा संयुक्त राष्ट्रसंघीय निकायहरूको बैठक बस्यो, जसले जीवनोपयोगी सिपको कार्यढाँचा तयार गर्यो।
सन् २००० मा सेनेगलको राजधानी डकारमा भएको "सबैका लागि शिक्षा" सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा समावेश गर्यो।
(ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ?
उत्तर:
समस्या समाधान सिप जीवनोपयोगी सिपको सोचाइ सिप समूहमा पर्छ।
सोचाइ सिपले व्यक्तिलाई आफ्नो मस्तिष्कलाई ठिक तरिकाले परिचालन गर्न मदत गर्छ।
(ग) विश्व स्वास्थ्य संगठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ?
छोटकरीमा उल्लेख गरी प्रत्येक समूहका सिपहरूको सूची बनाउनुहोस्।
उत्तर:
विश्व स्वास्थ्य संगठनका अनुसार जीवनोपयोगी सिपहरू तीन समूहमा वर्गीकरण गरिएको छ:
१. आत्मबोध सिप (Self-awareness Skills)
- तनाव व्यवस्थापन
- संवेदनात्मक नियमन
- सकारात्मक सोच
- आत्मसम्मान
-
अन्तरव्यक्तिक सिप (Interpersonal Skills)
- प्रभावकारी सञ्चार
- सहकार्य
- सहानुभूति विकास
- मित्रता र आपसी समझदारी
-
सोचाइ सिप (Thinking Skills)
- समस्या समाधान
- निर्णय क्षमता
- सृजनात्मक सोच
- आलोचनात्मक सोच
(घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच वुँदामा उल्लेख गर्नुहोस्।
उत्तर:
जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरू निम्नानुसार छन्:
- व्यक्ति आफ्नो जीवनलाई व्यवस्थित बनाउन सक्षम हुन्छ।
- समाजमा सुरक्षित र सहज जीवन बिताउन मदत गर्छ।
- मस्तिष्कलाई ठिक तरिकाले प्रयोग गर्न सिकाउँछ।
- लक्ष्य निर्धारण, निर्णय निर्माण र समस्या समाधान गर्न मदत गर्छ।
- आलोचनात्मक तथा सृजनात्मक सोच, कार्य सम्पादन, र उत्थानशीलतामा सक्षम बनाउँछ।