Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata
Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata
Learn Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata in Social Studies with comprehensive educational content from Padandas.
Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata
पाठ: ४ नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता
तलका प्रश्नको उत्तर दिनुहोस्:
१. प्रदेश १ र २ को आर्थिक विशेषताहरूको तुलना गर्नुहोस्।
उत्तर:
प्रदेश नं. १ उच्च सगरमाथादेखि दसगजा होचो भूभाग झापाको कचनासम्म रहेको यो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन्। सगरमाथा, मकालु, कञ्चनजंघा लगायतका हिमालहरूले दिनहुँ पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ, जसले गर्दा पर्यटनको आगमनले पनि आर्थिक विकासमा अब्बल रहेको पाइन्छ। त्यस्तै, आर्थिक आयाम भित्र्याउन मुख्यगरी खाद्यान्न, नगद बाली उत्पादन, पशुपालन, जडीबुटी, उखु, चिया, अलैंची र दुग्ध व्यवसाय पनि छन्।
प्रदेश नं. १ मा जुट, चिनी, सलाइ, साबुन, सिमेन्ट, छड, चिया प्रशोधनका उद्योगहरू पनि छन्। प्रदेश नं. २ लाई नेपालको अन्न भण्डार पनि भनिन्छ। यहाँ खाद्यान्य, दलहन, तेलहन, नगदबाली उत्पादन गरिन्छ। यहाँका ६६% मानिसहरू कृषि पेशामा लागेका छन्। पशुपालन यस प्रदेशको अर्थतन्त्रको अभिन्न अङ्ग हो। यस प्रदेशले नेपालको २४.९६ प्रतिशत धान र २९.०९ प्रतिशत गहुँ उत्पादन गर्छ।
प्रदेश नं. २ नेपालकै प्रमुख माछा उत्पादन केन्द्रको रूपमा विकास भइरहेको छ। यस प्रदेशमा चिनी, चुरोट, साबुन, सिमेन्ट, छड आदिका उद्योगहरू रहेका छन्। प्रदेश नं. २ मा पशुपतिनाथ राष्ट्रिय निकुञ्ज पर्छ। यस प्रदेशका जनकपुरधाम, गढीमाई, छिन्नमस्ता, कङ्कालिनी मन्दिर जस्ता विभिन्न धार्मिक स्थलहरूले पर्यटन उद्योग विकासमा राम्रो टेवा पुर्याएको छ।
२. बागमती प्रदेश व्यापार र औद्योगिक केन्द्र हुनुका पाँच कारण उल्लेख गर्नुहोस्।
उत्तर:
बागमती प्रदेश व्यापारिक तथा औद्योगिक केन्द्र हुनुका कारणहरू निम्नानुसार छन्:
- देशको राजधानी रहेको हुनाले यो प्रदेश विकासका हिसाबले सबभन्दा अगाडि छ।
- बागमती प्रदेश नेपालको प्रमुख आर्थिक केन्द्र हो।
- यहाँ बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन्।
- काठमाडौं, नारायणगढ, बनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन्।
- बागमती प्रदेश सडक र हवाई मार्गको पूर्वाधारमा सम्पन्न रहेको छ।
३. प्रदेशको विकासमा सडक पूर्वाधारको महत्त्व उदाहरणसहित वर्णन गर्नुहोस्।
उत्तर:
देशको पूर्वाधार विकासका लागि सडक यातायातको अत्यन्त ठूलो महत्त्व रहेको छ। नेपालको भौगोलिक विशेषताका कारण अन्य यातायातका साधनको तुलनामा सडक यातायातको महत्त्व अत्यन्त बढी छ। सडक विकासका लागि जनता र जनप्रतिनिधिहरूबाट भइरहेका मागहरूबाट पनि यसको आवश्यकता स्पष्ट बुझ्न सकिन्छ।
रेल यातायात विकासमा न्यून प्राथमिकता दिइएकाले यस क्षेत्रको विकास नगण्य देखिन्छ। यद्यपि, लामो दूरीका लागि रेल यातायात किफायती र प्रभावकारी हुने भएकाले सामाजिक-आर्थिक विकासका साथै वाणिज्य विस्तारका लागि यसको विकास गर्न आवश्यक छ।
बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण तथा सार्वजनिक यातायात सेवामा देखिएको अनुशासनहीनता र सीमित व्यावसायिक संस्थाहरूको मनोमानीका कारण आम जनतालाई यथोचित मात्रामा सेवा-सुविधा उपलब्ध गराउन नसकेको अवस्था विद्यमान छ। सार्वजनिक निकायहरूको भूमिकालाई अभिवृद्धि गर्दै सर्वसुलभ, स्तरीय तथा वातावरणमैत्री यातायात सेवा प्रदान गर्नु आजको आवश्यकता हो।
४. गण्डकी प्रदेशको आर्थिक क्रियाकलापमा पर्यटन उद्योगको भूमिकाको विश्लेषण गर्नुहोस्।
उत्तर:
गण्डकी प्रदेशको आर्थिक क्रियाकलापमा पर्यटन उद्योगको महत्त्वपूर्ण भूमिका रहेको छ। यस प्रदेशका प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासमा अहम भूमिका खेलेका छन्। यहाँ अन्नपूर्ण पदमार्ग, मुस्ताङ, मनाङ आदि प्रमुख पर्यटकीय गन्तव्य स्थलहरू रहेका छन्। नेपालभित्रै विदेशी पर्यटकहरू करिब ३३% गण्डकी प्रदेशमा आउँछन्।
पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न गाउँ पर्यटन, सराङकोट, विभिन्न पदमार्गहरूमा पाहुना तथा अतिथि सत्कार गृहहरू सञ्चालन हुँदै आएका छन्। त्यस्तै, मनकामना, मुक्तिनाथ, बागलुङ कालिका आदि धार्मिक पर्यटनका लागि प्रसिद्ध छन् भने पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा रहेको छ।
पर्यटक आगमनले यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुर्याएको छ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata.
Ready to Master Nepalka Pradeshko Aarthik Awastha Ra Visheshata?
Continue your learning journey in Social Studies and explore more comprehensive educational content.