Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata
Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata
Learn Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata in Social Studies with comprehensive educational content from Padandas.
Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata
पाठ: ३ नेपालका प्रदेशका सामाजिक, सांस्कृतिक अवस्था र विशेषता
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) बागमती प्रदेशको कुनै तीनओटा सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस्।
उत्तर:
बागमती प्रदेशमा तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातको बाहुल्य रहेको छ। यस प्रदेशको हिमाली क्षेत्रमा मुख्य जात र तामाङ हुन् भने पहाड क्षेत्रमा बाहुन, क्षेत्री, मगर, दलित र काठमाडौं उपत्यका, ढल्केल, बनेपामा नेवार जातिको बसोबास रहेको छ। यहाँ सीमान्तीकृत समूहका चपाङ, घोट, थामी आदि पनि बसोबास गर्छन्।
(ख) सुदूरपश्चिम प्रदेशका मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस्।
उत्तर:
सुदूरपश्चिम प्रदेशमा मुख्यगरी क्षेत्री, ब्राह्मण, ठकुरी, थारू, दलित जातिको बसोबास रहेको छ। यहाँका हिमाली र पहाडी क्षेत्रमा मिश्रित जातिको बसोबास छ। तराई क्षेत्रमा ब्राह्मण, क्षेत्री, थारू र अन्य मिश्रित जातिहरू रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली भाषासँगै दर्जनौँ अन्य भाषाहरू पनि बोलिन्छन्। यहाँ नेपालमा बोलिने चार परिवारका भाषाहरू बोलिन्छन्। यस प्रदेशका मुख्य भाषाहरू डोटेली, नेपाली, थारू, बजगली, अछामी, बझाङी, मगर आदि हुन्।
यस प्रदेशमा गौरा पर्व, बडिकैतावार, दशैँ, तिहार धुमधामका साथ मनाइन्छ। तराई क्षेत्रमा माछी पर्वले आफ्नै सामाजिक सांस्कृतिक महत्व बोकेको छ। यहाँका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ आदि छन्। यस प्रदेशमा डेउडा नाचको ठूलो सामाजिक सांस्कृतिक महत्व रहेको छ।
(ग) बागमती प्रदेशका मुख्य जातिहरूको सूची तयार गर्नुहोस्।
उत्तर:
बागमती प्रदेशमा मिश्रित जातिहरूको बसोबास छ। यहाँ बसोबास गर्ने मुख्य जातिहरू यस प्रकार रहेका छन्:
– तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ।
– यस प्रदेशको हिमाली क्षेत्रमा शेर्पा र तामाङ छन्।
– पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर, दलित र काठमाडौं उपत्यका, ढल्केल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ।
– भित्री मधेसमा थारू तथा सीमान्तीकृत समूहका चपाङ, कोठ, थामी आदि बसोबास गर्छन्।
(घ) "सामाजिक विविधता नेपालको पहिचान" शीर्षकमा एक निबन्ध तयार गर्नुहोस्।
उत्तर:
हरेक समाज विविधताको संगम हो। राष्ट्र विविध विशेषतायुक्त समाजहरूको संयोजन हो। यो विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन्। समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गौरवको विषय बनिदिन्छ। राष्ट्रिय पहिचान र गौरवसँगै स्थानीय पहिचानको पनि महत्व खोजिनु स्वाभाविक प्रक्रिया हो।
नेपाल आफैंमा विविधतायुक्त देश हो। नेपालमा सयभन्दा बढी जातजाति, भाषाभाषी, विभिन्न धर्मावलम्बी र संस्कृतिहरू छन्। नेपालमा भौगोलिक विविधताको आधारमा सामाजिक र सांस्कृतिक विविधता पनि विद्यमान रहेको छ।
विविधता नेपालको पहिचान मात्र होइन, यसमा सौन्दर्य पनि निहित छ। विविधतामा एकता नेपाली समाजको विशेषता हो। विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा बदल्न सकियो भने मात्र विविधताले सकारात्मक परिणाम दिन सक्छ। सकारात्मक परिणाम दिन सक्ने गरी गरिएको व्यवस्थापन अहिलेको सामयिक आवश्यकता हो। विविधता नेपाल राज्यको मौलिक पहिचान हो।
नागरिकबीच प्रेम, सद्भाव, स्नेह, साझा स्वार्थ र राष्ट्रिय एकताको प्रतिबिम्ब जनमानसमा विकसित हुनुपर्छ। विभिन्न वर्ग र समुदायका मानिसमा राष्ट्रप्रतिको समान भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ।
जनसत्तायुक्त शासन प्रणालीमा राज्य संयन्त्र र शासकीय संयन्त्रमा सबै वर्ग र समुदायले आफ्नो क्षमता र सम्भावनाअनुसार भूमिका खोज्न सक्छन्। यो भूमिकाको सही उपयोग गर्न सक्ने वातावरण तयार गर्नु राज्यको दायित्वभित्र पर्छ। यसका लागि राज्यले सकारात्मक वातावरण सिर्जना गर्न आवश्यक छ।
विविधताको सभ्य व्यवस्थापनबाट एकातिर राष्ट्रिय सहिष्णुता कायम हुन्छ भने अर्कोतिर समाजमा विद्यमान विभिन्न प्रकारका आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विभेदहरूको अन्त्य भई सबै वर्ग, समूह र क्षेत्रका अधिकारको सम्मान हुने देखिन्छ।
विविधता व्यवस्थापनले सामाजिक, सांस्कृतिक, रहनसहन, जातजाति परम्परा आदिबीच सद्भाव र सहिष्णुता त खोज्छ नै, साथै आर्थिक तथा शैक्षिक विकासका दृष्टिले पछाडि परेका वर्गहरूको पहिचान, प्रतिनिधित्व, सक्षमता, अस्तित्व र स्थायित्व अभिवृद्धि गर्न क्रियाकलापमा पनि जोड दिन्छ।
सामाजिक सद्भाव समन्वयकारी अवधारणा विविधता व्यवस्थापनको आधारभूत अनिवार्य पक्ष हो। यसका लागि देशमा रहेका सबै वर्ग, समूह, समुदाय र सम्प्रदायबीच सामाजिक सद्भाव र सम्मानको संस्कार विकास गर्न आवश्यक छ। सामाजिक समावेशीकरण विविधता व्यवस्थापनको प्रमुख आधार हो।
(ङ) प्रदेश नं. १ को कुनै तीनओटा सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस्।
उत्तर:
प्रदेश नं. १ का तीन सांस्कृतिक विशेषताहरू:
१. यस प्रदेशमा मुख्यतया थारू, मुस्लिम, माझी, कोच, धमाल, यादव, राजवंशी, ताजपुरिया, दलित आदि जातजातिहरू रहेका छन्। यस प्रदेशमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्य छ। साथै किरात, बौद्ध, इस्लाम, इसाई तथा प्रकृतिधर्मीहरू पनि रहेका छन्।
2. यस प्रदेशमा सबैभन्दा धेरै मानिसहरूले नेपाली भाषा (४३%) बोल्छन्। अन्य भाषाहरूमा मैथिली, लिम्बू, थारू, मगर, बान्तवा, उदयपुरिया, राजवंशी, गुरुङ, लेप्चा, धमाल, माझी आदि बोलिन्छन्।
3. यस प्रदेशमा भलोसार, उधौली, उभौली, दशैँ, तिहार, सरुवा आदि चाडपर्व मनाइन्छ। पाथीभरा, हलसी, बराहक्षेत्र, लारुम्बा, बढासब्बा यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यस प्रदेशमा रहेका किराँतहरू प्रकृति पूजामा विश्वास गर्छन्।
(च) गण्डकी प्रदेशका मुख्य धार्मिक स्थलहरूको नाम लेखी छोटकरीमा व्याख्या गर्नुहोस्।
उत्तर:
गण्डकी प्रदेशका मुख्य धार्मिक स्थलहरू:
मुक्तिनाथ: मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो। यो तीर्थस्थल समुद्र सतहदेखि ३७१० मिटरको उचाइमा नेपालकाे हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित छ। हिन्दू धार्मिक मान्यताअनुसार, मुक्तिनाथ क्षेत्र मोक्ष प्राप्त गर्ने स्थान हो। यो हिन्दू धर्मको प्रमुख तीर्थस्थलमध्ये एक हो।
बिन्ध्यवासिनी: बिन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखरा महानगरपालिका वडा नं. २, मरुवामा अवस्थित छ। यो मन्दिरमा दैनिक रूपमा ठूलो संख्यामा स्थानीय भक्तजन तथा नेपालभरिबाट र विदेशी पर्यटकहरू पनि दर्शन गर्न आउँछन्। मन्दिर सानो पहाडमा अवस्थित रहेकोले त्यहाँ पुग्न आकर्षक ढुंगे सिँढी बनाइएको छ।
बागलुङ कालिका: बागलुङ कालिका भगवती मन्दिर नेपालकै एक प्रसिद्ध शक्ति पीठ हो। यहाँ दर्शन गर्न नेपालका विभिन्न ठाउँहरूबाट मात्र नभई भारतबाट समेत हजारौँ भक्तजन आउने गर्दछन्। कालिका भगवतीलाई विश्वास गरी पूजा गरेमा इच्छित वरदान प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata.
Ready to Master Nepal Ko Pradeshka Samajik Sanskritik Awastha Ra Visheshata?
Continue your learning journey in Social Studies and explore more comprehensive educational content.