Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata : Class 12 Social Notes


Subject

Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata : Class 12 Social Notes

Learn Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
10,221

Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata : Class 12 Social Notes

पाठ: २ सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर निर्भरता

तलका प्रश्नको उत्तर दिनुहोस् :
 
१. गार्हपत्य, आहवनीय र विदथ भन्नाले के के बुझिन्छ ?
 
उत्तर:
 
गार्हपत्य : परिवार संस्था
आहवनीय : ग्राम सङ्गठन (गाउँ सभा)
विदथ : विचार विमर्श गर्ने, उपभोग्य वस्तुको वितरण गर्ने,
पीडा गर्ने, धार्मिक क्रियाकलाप गर्ने एवम् युद्धको तयारी
गर्ने संस्था
 
२. वैयक्तिकतावादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ ? नेपाली संस्कृतिमा तिनीहरूको समन्वय कसरी गरिएको छ ?
 
उत्तर: युरोपेली सभ्यतामा व्यक्ति र समाजको सम्बन्धबारे दुई बिल्कुलै विपरित मान्यताहरूको सङ्घर्ष देखिन्छ ।
त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने वैयक्तिकवादी दृष्टिकोण देखिन्छ भने अर्कातिर सामाजिक तथा
राजनीतिक संरचनालार्य बढि महत्व दिने समुदायवादी दृष्टिकोण रहेको छ । ती दुइमध्ये कुन विचारधारा अवलम्बन
गरिएको हो । सोही अनुसार सामाजिक सम्बन्धको स्वरूपमा फरक पर्ने हुन्छ । नेपाली संस्कृतिमा समन्वय एवं सामञ्जस्यलार्य जोड दिइने हुनाले युरोपेली सन्दर्भको जस्तो व्यक्तिवादी वा समुदायवादी भन्ने दुई विधा विभाजन छैन। सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्रथामिकता दिइने पद्धति यहाँ रहिआएको देखिन्छ । आधुनिक युगमा व्यक्तित्व निर्माणमा विज्ञान आधारित शिक्षा, प्रविधि केन्द्रित सिप, बजार निर्देशित उपभोग र सुचना तथा मनोरञ्जनका लागि मिडियामा निर्भरता जस्ता कारणहरू बढि निर्णायक बन्दै गएको बताइन्छ । सामाजिक सञ्जालमा सहभागिता र त्यहाँ हुने अन्तरक्रियाले पनि व्यक्तित्वमा प्रत्यक्ष प्रभाव परिरहेको देखिन्छ ।
 
३. सामाजिक अन्तर्निर्भरता भन्नाले के बुझिन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् ।
 
उत्तरः सामाजिक संरचनाको आधारभूत एकाई व्यक्ति र परिवार हुन । त्यसपछिको संरसचना कुल हो । आफ्नो कुलका मानिस र आफन्तहरूसहितको समुदायलार्य कुटुम्ब भनिन्छ । सामाजिक राजनीतिक हिसाबले सबैभन्दा सानो एकाई ग्राम मानिएको देखिन्छ । विदुर नितिमा कुलभन्दा ग्राम ठूलो एकाइ रहेको र एउटा ग्राममा अनेक कुलहरू बहने देखाउँछ ग्रामभन्दा जनपद ठूलो एकाई थियो ‘कुल’ जन्मसँग सम्बद्ध र ‘गण’ जनपदसँग सम्बद्ध रहेको थियो ।
 
प्राचीन सामाजिक संरचनाका बहुआयामिक देखिन्छ । परिवार, कुल र कुटुम्बको अन्तरसम्बद्धता महत्वपूर्ण मानिथ्यो । साथै ग्राम र जनपदमा रहेका अन्य कुलसँगको सम्बन्ध र सामाजिक अन्तरनिर्भरता पनि कम महत्वको थिएन गोष्ठी (गुठी) जस्ता संरचनाले सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्थे । गुरुकुल तथा आश्रमहरूले विभिन्न कुल, विभिन्न ग्राम, विभिन्न जनपद र ज्यादै टाढा रहेका देशहरूका मानिसलाई आपसमा संवाद र सहकार्य गर्ने अवसर सिर्जना गर्थे, धार्मिक आस्था अनुसारका सम्प्रदायहरूको पनि समाजमा ठूलो महत्व थियो । शिल्पीहरूको श्रेणी र व्यापारीहरूको निगम तथा युग नामका संस्थाहरू, साथ समन्वय सव्यावहारिक, सम्भय समुत्थान नामका ठूला व्यापारिक संस्थाहरूले पनि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पार्थे । प्राचिन राजनीतिक संरचना राज्य र राष्ट्र मण्डलको पनि सामाजिक अन्तरनिर्भरतामा प्रभाव रहन्थ्यो ।
 
राजनीतिक दल, गैरसरकारी सङगठनहरू, व्यापारिक संस्थाहरू, व्यावसायिक सङ्गठनहरू तथा पैरवी समूहहरूले पनि सामाजिक अन्तरनिर्भरतामा प्रत्यक्ष प्रभाव पार्छन । अन्तर्राष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसङ्घ र यसका विभिन्न निकायहरू जस्ता वैश्विक सङ्गठनहरू दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क) जस्ता क्षेत्रिय सङ्गठन, अन्तर्राष्ट्रिय गैरसरकारी संस्दा आदि पनि वर्तमान युगमा सामाजिक अन्तरनिर्भरताको कुरा गर्दा विचार गर्नुपर्ने पक्षहरू हुन् ।

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata.

Ready to Master Samajik Sambandhharuko Vikas Ra Samajik Antarnirdharata : Class 12 Social Notes?

Continue your learning journey in Class 12 Social Guide and Notes and explore more comprehensive educational content.