पाठ: ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग
१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस्।
उत्तर: माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) एक स्प्रेडशीट (Spreadsheet) मा आधारित सफ्टवेयर हो। यसलाई Windows, macOS, Android, iOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनीले विकसित गरेको हो। यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न प्रयोग गरिन्छ।
(ख) मध्यक भन्नाले के हो?
उत्तर: मध्यक (Median) भन्नाले तथ्याङ्कको औसत (Average) बुझाउँछ। मध्यक गणना गर्न तथ्याङ्कलाई क्रमबद्ध (Ascending Order) पारेर बीचको मान निकालिन्छ।
(ग) स्तरीय विचलन (Standard Deviation) के मापन गर्छ?
उत्तर: कुनै तथ्याङ्कको मूल्यहरू (Values) औसत (Mean) बाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्न स्तरीय विचलन (Standard Deviation) प्रयोग गरिन्छ।
- S = स्तरीय विचलन (Standard Deviation)
- Σ = योगफल (Sum)
- X = प्रत्येक तथ्य (Each Value)
- Xˉ\bar{X} = मध्यक (Mean)
- n = तथ्यहरूको संख्या (No. of Values)
(घ) माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यक निकाल्ने तरिका लेख्नुहोस्।
उत्तर: मध्यक (Median) गणना गर्दा परिमाणका आधारमा तथ्याङ्कलाई दुई भागमा विभाजन गरिन्छ। माइक्रोसफ्ट एक्सेल प्रयोग गरेर मध्यक निकाल्ने चरणहरू निम्नानुसार छन्:
- आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।
- बराबर चिह्न (=) टाइप गर्नुहोस्।
- MEDIAN टाइप गरी ( ) भित्र तथ्याङ्क भएका Cell हरू चयन गर्नुहोस्।
- Enter थिच्नुहोस्। चयन गरिएको तथ्याङ्कको मध्यक देखिन्छ।
(वैकल्पिक तरिका: Formulas Bar → More Functions → Statistical → Median मा क्लिक गर्नुहोस्।)
(ङ) मानिसले आफैं गणना गर्नुको सट्टा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के–के फाइदा हुन्छन्? कम्तीमा पाँच बुँदामा लेख्नुहोस्।
उत्तर: कम्प्युटर सफ्टवेयर प्रयोग गर्दा हुने फाइदाहरू निम्नानुसार छन्:
- समयको बचत हुन्छ।
- गणना गर्दा कम परिश्रम लाग्छ।
- डेटा एकदमै शुद्ध (Accurate) हुन्छ।
- गणना छिटो, छरितो र भरपर्दो (Reliable) हुन्छ।
- कम्प्युटर सफ्टवेयरले परिमाणात्मक (Quantitative) तथा गुणात्मक (Qualitative) दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोग गर्छ।