पाठ: ७ सदाचार र सामाजिक जवाफदेही
१. तलका उत्तर दिनुहोस्:
(क) सदाचार भनेको के हो? सदाचार हुँदा हुने फाइदाहरूको सूची तयार पार्नुहोस्।
उत्तर:
सदाचार भनेको नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार, क्रियाकलाप वा चालचलनको संचालन र निर्देशन गर्दछ। समाजमा असल आचरणलाई सदाचार भनिन्छ। सदाचारले परिवार, समाज, राष्ट्र र विश्वको परिवेशमा शान्ति, सहकार्य, विकास र सुशासनको वातावरण सिर्जना गर्दछ। सदाचार हुँदा हुने फाइदाहरू यस प्रकार छन्:
- व्यक्तिमा ईमानदारी र प्रेरणा वृद्धि हुन्छ।
- सार्वजनिक सेवाहरू राजनीति बाहेक, पारदर्शी बनाउँछ।
- सार्वजनिक शासनमा ढिलासुती, लापरवाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई रोक्छ।
- सेवाको सरकार र सार्वजनिक सेवाहरूको विश्वास वृद्धि हुन्छ।
- सरकारका कार्यहरू छिटो र प्रभावकारी बनाउँछ।
- महत्वपूर्ण सरकारी गोपनीयता कायम राख्ने र संरक्षण गर्ने कार्यलाई सुनिश्चित गर्दछ।
- सरकार सेवा, सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ।
- सुशासन कायम गर्न मद्दत पुर्याउँछ।
(ख) सार्वजनिक पदमा बसेको व्यक्ति सदाचार नहुँदा के के समस्याहरू आइपर्नेछन्? बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
उत्तर:
यदि सार्वजनिक पदमा बसेको व्यक्ति सदाचार नहुँदा निम्न समस्याहरू उत्पन्न हुन सक्छन्:
- जनतालाई राम्रो सेवा प्राप्त हुने छैन।
- राष्ट्रिय निर्माणका विभिन्न कार्यमा अवरोध आउनेछन्।
- राष्ट्रिय सम्पत्ति दुरुपयोग हुन सक्छ।
- काममा ढिलासुती भएर जनतालाई अनावश्यक दुःख पाइनेछ।
(ग) सामाजिक जवाफदेहीको अवधारणा कसरी विकास हुँदै आएको छ?
उत्तर:
"जवाफदेही" शब्द 'गन' (to count) शदबाट उत्पन्न भएको हो, जसपछि "हिसाब" वा "लेखाजोखा" शब्द बनेको हो। त्यसपछि लेखाजोखा र हिसाबका विषयलाई 'accountability' भनिन थालियो। जवाफदेहिता को पहिलो उदाहरण सन १०६६ मा बेलायतका राजा विलियम थर्डको शासनकालमा देखियो। राजा विलियमले सम्पत्ति संरक्षणका लागि हिसाब र लेखापाल नियुक्त गरेका थिए जसले समय समयमा राजालाई सम्पत्ति को विवरण देखाउँथे।
पछि, शताब्दीयौं पछि, सरकारहरूले राजकोष र सार्वजनिक साधनको हिसाब राख्न थाल्यो। आर्थिक हिसाबकिताबबाट सुरु भएको जवाफदेहीको अवधारणा अब सार्वजनिक संस्थाहरू, नीतिगत निर्णय र कार्यान्वयनमा आधारित जवाफदेहीका रूपमा विकास भएको छ। यस अवधारणामा न केवल आर्थिक जवाफदेही, बल्कि शासकीय कार्यक्षमता, नैतिक आचरण, सदाचार र आत्मिक आयामका आधारमा पनि जवाफदेहीको आवश्यकता देखिन थालेको छ। आजको लोकतान्त्रिक समाजमा, जवाफदेहीको माग केवल सरकारसम्म सीमित छैन, यसमा सार्वजनिक सेवामा जनसहभागिता र पारदर्शिता पनि आवश्यक ठानिन्छ।
समाजमा सामूहिक गतिविधिहरू, संवाद र सहभागिता मार्फत जवाफदेहीको अवधारणा दृढ बनाइएको छ। यसैले सामाजिक जवाफदेहीको अवधारणा निरन्तर विकास हुँदै आएको छ।