Sadachaar Ra Samajik Jawaafdehi
Sadachaar Ra Samajik Jawaafdehi
Learn Sadachaar Ra Samajik Jawaafdehi in Social Studies with comprehensive educational content from Padandas.
Sadachaar Ra Samajik Jawaafdehi
पाठ: ७ सदाचार र सामाजिक जवाफदेही
१. तलका उत्तर दिनुहोस्:
(क) सदाचार भनेको के हो? सदाचार हुँदा हुने फाइदाहरूको सूची तयार पार्नुहोस्।
उत्तर:
सदाचार भनेको नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार, क्रियाकलाप वा चालचलनको संचालन र निर्देशन गर्दछ। समाजमा असल आचरणलाई सदाचार भनिन्छ। सदाचारले परिवार, समाज, राष्ट्र र विश्वको परिवेशमा शान्ति, सहकार्य, विकास र सुशासनको वातावरण सिर्जना गर्दछ। सदाचार हुँदा हुने फाइदाहरू यस प्रकार छन्:
- व्यक्तिमा ईमानदारी र प्रेरणा वृद्धि हुन्छ।
- सार्वजनिक सेवाहरू राजनीति बाहेक, पारदर्शी बनाउँछ।
- सार्वजनिक शासनमा ढिलासुती, लापरवाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई रोक्छ।
- सेवाको सरकार र सार्वजनिक सेवाहरूको विश्वास वृद्धि हुन्छ।
- सरकारका कार्यहरू छिटो र प्रभावकारी बनाउँछ।
- महत्वपूर्ण सरकारी गोपनीयता कायम राख्ने र संरक्षण गर्ने कार्यलाई सुनिश्चित गर्दछ।
- सरकार सेवा, सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ।
- सुशासन कायम गर्न मद्दत पुर्याउँछ।
(ख) सार्वजनिक पदमा बसेको व्यक्ति सदाचार नहुँदा के के समस्याहरू आइपर्नेछन्? बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
उत्तर:
यदि सार्वजनिक पदमा बसेको व्यक्ति सदाचार नहुँदा निम्न समस्याहरू उत्पन्न हुन सक्छन्:
- जनतालाई राम्रो सेवा प्राप्त हुने छैन।
- राष्ट्रिय निर्माणका विभिन्न कार्यमा अवरोध आउनेछन्।
- राष्ट्रिय सम्पत्ति दुरुपयोग हुन सक्छ।
- काममा ढिलासुती भएर जनतालाई अनावश्यक दुःख पाइनेछ।
(ग) सामाजिक जवाफदेहीको अवधारणा कसरी विकास हुँदै आएको छ?
उत्तर:
"जवाफदेही" शब्द 'गन' (to count) शदबाट उत्पन्न भएको हो, जसपछि "हिसाब" वा "लेखाजोखा" शब्द बनेको हो। त्यसपछि लेखाजोखा र हिसाबका विषयलाई 'accountability' भनिन थालियो। जवाफदेहिता को पहिलो उदाहरण सन १०६६ मा बेलायतका राजा विलियम थर्डको शासनकालमा देखियो। राजा विलियमले सम्पत्ति संरक्षणका लागि हिसाब र लेखापाल नियुक्त गरेका थिए जसले समय समयमा राजालाई सम्पत्ति को विवरण देखाउँथे।
पछि, शताब्दीयौं पछि, सरकारहरूले राजकोष र सार्वजनिक साधनको हिसाब राख्न थाल्यो। आर्थिक हिसाबकिताबबाट सुरु भएको जवाफदेहीको अवधारणा अब सार्वजनिक संस्थाहरू, नीतिगत निर्णय र कार्यान्वयनमा आधारित जवाफदेहीका रूपमा विकास भएको छ। यस अवधारणामा न केवल आर्थिक जवाफदेही, बल्कि शासकीय कार्यक्षमता, नैतिक आचरण, सदाचार र आत्मिक आयामका आधारमा पनि जवाफदेहीको आवश्यकता देखिन थालेको छ। आजको लोकतान्त्रिक समाजमा, जवाफदेहीको माग केवल सरकारसम्म सीमित छैन, यसमा सार्वजनिक सेवामा जनसहभागिता र पारदर्शिता पनि आवश्यक ठानिन्छ।
समाजमा सामूहिक गतिविधिहरू, संवाद र सहभागिता मार्फत जवाफदेहीको अवधारणा दृढ बनाइएको छ। यसैले सामाजिक जवाफदेहीको अवधारणा निरन्तर विकास हुँदै आएको छ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Sadachaar Ra Samajik Jawaafdehi content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Sadachaar Ra Samajik Jawaafdehi.
Ready to Master Sadachaar Ra Samajik Jawaafdehi?
Continue your learning journey in Social Studies and explore more comprehensive educational content.