Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Suchanako Hak


Subject

Suchanako Hak

Learn Suchanako Hak in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
2,232

Suchanako Hak

Suchanako Hak

पाठ: ६ सूचनाको हक

१. तलका प्रश्नको उत्तर दिनुहोस् : 

 
(क) सूचनाको हक भनेको के हो ? 
 
उत्तरः सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचना सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । कानुनी रुपमा मात्र कानुनी पहुच हुनाले सूचनाको हकको प्रत्याभूतिको सार्थकता पुष्टि नहुने भएकोले भौतिक रुपमा त्यस्ता सूचनासम्म नागरिकको पहुँच हुन आवश्यक हुनाले नागरिकलाई सूचनाको हकको सार्थक प्रत्याभूतिका लागि राज्यले संवैधानिक रुपमा सुनिश्चित गर्नुपर्दछ नेपालमा सर्वप्रथम सुचनाको हकलाई २०४७ को नेपाल अधिराज्यको संविधानको धारा १६ मा उल्लेख गरिएको थियो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कारवाहीको निर्णयसँग सम्बन्धित कुनै लिखित सामाग्री वा ज्ञानकारी नै सुचना हो भनी उल्लेख गरेको छ । त्यस्तै नेपालको वर्तमान संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्थामा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सुचना माग्ने र पाउने हक हुनेछ तर कानुन बमोजिम गोप्य राख्नुपर्ने सुचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन भनि उल्लेख गरिएको छ।
 
(ख) सूचनाको हकको महत्व उल्लेख गर्नुहोस् । 
 
उत्तर: हरेक क्षेत्रको सुचनाको हक हुन्छ । सुचनाले धेरै क्षेत्रमा
महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 
 
– सुचनाको हकको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
– लामो समयदेखि सार्वजनिक निकाय धाउँदा धाउँदा काम नबनेका समस्या समाधान हुन्छन् । 
– सुचनाको हकले सार्वजनिक निकायमा नागरिकको निगरानी बढाउँछ । 
– सुचनाको हकले सार्वजनिक निकायमा नागरिकको अधिकार सुनिश्चित गर्छ र भ्रष्टचार भएका प्रमाण सङ्कलनमा मद्धत गर्छ I 
– सुशासन कायम गर्न सुचनाको हक महत्वपूर्ण कानुनी औजारको रुपमा प्रयोग हुन्छ । 
– सुचनाको हकको उपयोग गरी नकारात्मक पक्षलाई सञ्चारक्षेत्रले बाहिर ल्याउदा पाठक तथा जनता छिटो प्रभावित  हुन्छन् । 
 
-यो खुला सामाजको प्रतिक हो । 
– सुशासनको आधार स्तम्भ हो । 
– सकारको नियन्त्रणमा रहेको सुचना जनताको माझ पुयाई सुचनामा जनताको पहुँच सरल र सहज बनाउछ । 
 
(ग) सूचनाको हक प्रत्याभूति गर्न सार्वजनिक निकाय वा संस्थाले के के गर्नुपर्छ ? 
 
उत्तरः सूचनाको हकले सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थानको भ्रमण र अवलोकन गर्ने कुनै सामाग्रीको प्रमाणित नमुना लिने वा कुनै किसिमको यन्त्रमा राखिएको सुचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ। प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकका सम्मान र संरक्षण गराउनुपर्ने हुन्छ । यसका लागि ती निकायहरूले अर्थात सार्वजनकि संस्थाले निम्न लिखित कार्यहरू गर्नुपर्छ ।
 
– सुचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक प्रकाशन तथा प्रसारण गर्ने गराउने 
– सुचनामा नागरिकको पहुँच सरल र सहज बनाउने
– आफ्नो काम कारवाही खुला र पारदर्शी रुपमा गर्ने 
– आफ्ना कर्मचारीका लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने 
– सार्वजनिक निकायले सुचना सार्वजनिक प्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आम सञ्चारका माध्यमबाट गर्ने 
 
(घ) सार्वजनिक संस्थाको के कस्तो सूचना माग गर्न पाइँदैन ? 
 
उत्तरः सुचनाको हक भन्दैमा सबै प्रकारका सुचना सार्वजनिक गर्न नमिल्ने हुन सक्छ । त्यस्तो सुचना सार्वजनिक गर्दा कसैलाई उपलब्ध गराउँदा राज्य वा संस्था वा व्यक्तिलाई नकारात्मक असर पर्न सक्छ यसर्थ सार्वजनिक संस्थाको निम्न सुचना माग गर्न पाइदैन 
 
-सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति, स्थिरता र नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई गम्भिर असर पार्ने सुचना 
– अपराधहरूको अनुसन्धान, जाँच र अभियोजनालाई सिधा प्रभाव पार्ने सुचना 
 
– आर्थिक व्यवहार वा मौद्रिक रुचि वा बौद्धिक सम्पत्ति वा बैकिङ वा व्यापारिक गोपनीयताको सुरक्षामा गम्भीर प्रभाव पार्ने  सुचना 
 
– विभिन्न जाति वा समुदायहरूको सम्बन्धलाई असहज बनाउने  सुचना

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Suchanako Hak content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Suchanako Hak.

Ready to Master Suchanako Hak?

Continue your learning journey in Social Studies and explore more comprehensive educational content.