पाठ: ३ सृजनात्मक चिन्तन
१. तलका प्रश्नहरूको अतिचोटि उत्तर दिनुहोस्:
(क) सृजनात्मक चिन्तन भनेको के हो?
उत्तर:
कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्न र त्यसलाई वास्तविकतामा बदल्न सक्ने क्षमतालाई सृजनात्मक चिन्तन भनिन्छ।
(ख) सृजनात्मक चिन्तन गर्न व्यक्तिसँग हुनु पर्ने दुई विशेषताहरू लेख्नुहोस्।
उत्तर:
सृजनात्मक चिन्तनका विशेषताहरू:
- जिज्ञासा र खुलापनलाई बढावा दिन्छ।
- व्यक्तिलाई सोचाइ र सृजनाप्रति अभिरुचि जगाई खुशी र आनन्दित तुल्याउँछ।
(ग) सृजनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ?
उत्तर:
सृजनात्मक चिन्तन भएका प्रत्येक व्यक्तिका आफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन्।
सृजनात्मक यात्राको सुरुवात यसका लागि तयारी गरेर गरिन्छ।
यस चरणमा आवश्यक सामग्रीको व्यवस्था गरिन्छ, अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूसँग भएका सबै विकल्पहरू विचार गरिन्छ।
अन्तमा, आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ।
(घ) सृजनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस्।
उत्तर:
सृजनात्मक चिन्तनका फाइदाहरू निम्नानुसार छन्:
- यसले मानसिक लचकता वृद्धि गर्छ। विभिन्न विकल्पहरूमा विचार गर्न प्रेरित गर्छ।
- समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ।
- सृजनात्मक चिन्तनको पर्याप्त अभ्यासपछि कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग जुझ्न तथा
ती चुनौतीहरूलाई अवसरमा परिणत गर्न सक्ने क्षमता विकास हुन्छ। - सृजनात्मक चिन्तनको अभ्यास गरेपछि कुनै पनि समस्या, विचार वा अवधारणाको विभिन्न पक्षहरू हेर्ने
बानीको विकास हुन्छ। कुनै कुराको विभिन्न पक्षहरूको अध्ययनले विभिन्न सत्यको साक्षात्कार गराउँछ।
(ङ) सृजनात्मक चिन्तनका पाँच विशेषताहरूको सूची बनाउनुहोस्।
उत्तर:
सृजनात्मक चिन्तनका पाँच विशेषताहरू:
- जिज्ञासा र खुलापनलाई बढावा दिन्छ।
- व्यक्तिलाई सोचाइ र सृजनाप्रति अभिरुचि जगाई खुशी र आनन्दित तुल्याउँछ।
- सोचाइ र चिन्तनमा विविधता ल्याउँछ।
- व्यक्तिको जोखिम बहन गर्ने क्षमताको वृद्धि गर्छ।
- काममा नवप्रवर्तन (innovation) ल्याउन मदत गर्छ।
(च) सृजनात्मक चिन्तन प्रक्रियाका पाँच चरणहरूको छोटो परिचय दिनुहोस्।
उत्तर:
सृजनात्मक चिन्तन भएका प्रत्येक व्यक्तिका आफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन्।
तर, ती सामान्यतः निम्न पाँच चरणहरूमा बाँड्न सकिन्छ। यी चरणहरू एकपछि अर्को गर्दै नवीन विचार, वस्तु वा अवधारणा सिर्जना गर्न आवश्यक हुन्छन्।
-
तयारी चरण:
- सृजनात्मक यात्राको सुरुवात यसका लागि तयारी गरेर गरिन्छ।
- आवश्यक सामग्रीहरूको व्यवस्था गरिन्छ।
- अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर सबै सम्भावित विकल्पहरू विचार गरिन्छ।
- अन्तमा, आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ।
-
विकास चरण:
- सृजनात्मक यात्राको तयारी सकेपछि केही समय त्यो योजनालाई परिपक्क बनाउने समय दिइन्छ।
- यस समयमा सृजनाकार कुनै काम गर्दै समय बिताउँछ।
- यसबीचमा योजना सृजनाकारको दिमागमा निरन्तर विकास भइरहेकाे हुन्छ।
-
प्राप्ति चरण (अन्तदृष्टि चरण):
- यस चरणलाई अन्तदृष्टि चरण पनि भनिन्छ।
- सृजनाकारको दिमागमा अचानक नयाँ विचार आउँछ।
- तयार गरिएको योजना र समस्या समाधानबीचको सम्बन्ध स्पष्ट हुन्छ।
-
मूल्यांकन चरण:
- उपलब्ध ज्ञान र अनुभवका आधारमा योजनाअनुसारको नयाँ विचारलाई प्रयोगमा ल्याउने कि नल्याउने भनेर मूल्यांकन गरिन्छ।
- केही अवस्थामा क्षेत्रगत अनुसन्धान पनि आवश्यक पर्न सक्छ।
-
प्रमाणीकरण चरण:
- यस चरणमा कडा परिश्रम गरी नयाँ विचारलाई अन्तिम रूप दिइन्छ।
- सृजनाकारको दिमागमा रहेको सृजनालाई वास्तविक रूपमा प्रस्तुत गर्ने मौका आउँछ।
- सिर्जित वस्तु, विचार वा अवधारणालाई अन्य व्यक्तिहरूसमक्ष प्रस्तुत गरिन्छ।