Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Nepalka Prashasnik Pradesh


Subject

Nepalka Prashasnik Pradesh

Learn Nepalka Prashasnik Pradesh in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
1,094

Nepalka Prashasnik Pradesh

Nepalka Prashasnik Pradesh

एकाइ ५: भौगोलिक र सामाजिक जीवन

पाठ: १ नेपालका प्रशासनिक प्रदेश

तलका प्रश्नको उत्तर दिनुहोस् :
 
(क) अपि हिमाल कुन प्रदेशमा पर्छ ।
 
उत्तरः अपि हिमाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्दछ ।
 
(ख) गण्डकी प्रदेशको सबैभन्दा होचो भूमि कुन हो ?
 
उत्तरः गण्डकी प्रदेशको सबैभन्दा होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ ।
 
(ग) प्रदेश १ र प्रदेश २ बिचको भौगोलिक विशेषताहरू बिचको समानता र भिन्नता उल्लेख गर्नुहोस् ।
 
उत्तरः
प्रदेश १ : यस प्रदेशले कूल क्षेत्रफलको १७.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५,९०५ वर्ग कि. मि. रहेको छ । यहाँ तराई, पहाडी र हिमाली तीनवटै भौगोलिक क्षेत्रहरू रहेका छन् । विश्वको सर्वोच्च
शिखर सगरमाथा र तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा यहीँ पर्दछन् । यिनका अलावा मकालु र चोयु हिमाल यस
प्रदेशमा पर्ने प्रमुख हिमालहरू हुन् । यो प्रदेश जलस्रोतका दृष्टिले पनि पनी छ । मेची, तमोर, अरूण, दुधकोसी आदि यहाँका प्रमुख नदीहरू हुन् । यस प्रदेशको दक्षिणी भागमा सदावहार जगल पाइन्छ भने पहाडी भागमा पतक्षर र हिमाली क्षेत्रमा कोणधारी किसिमको जङ्गल पाइन्छ सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय
निकुञ्ज तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र यहाँका प्रमुख संरक्षण क्षेत्रहरू हुन् । ग्रीष्म ऋतुमा हिन्दमहासागरबाट
बहने जलवाष्पयुक्त मनसुनी वायुले यस क्षेत्रमा प्रशस्त वर्षा गराउँछ ।
 
प्रदेश २ : यो प्रदेश तराईको समथर क्षेत्रमा पर्दछ । यस प्रदेशको कूल क्षेत्रफल ९,६६१ वर्ग कि. मि. रहेको छ । यसले देशको कुल क्षेत्रफलको ६.५६ प्रतिशत भूभाग ओगटेको छ । यहाँको माटो उर्वरा र मलिलो भएको कारणले कृषि कर्मका लागि उपयुक्त छ । प्रदेश २ को हावापानी गर्मी र ओसिलो किसिमको छ भने मनसुनी वायुले ग्रीष्म ऋऋतुमा वर्षा गराउँछ । यहाँ उष्ण सदावहार किसिमको जङ्गल पाइन्छ यस प्रदेशको उत्तरतर्फ बाक्लो जङ्गलले ढाकेको चुरे पर्वतशृङ्खला पर्दछ ।
 
(घ) कर्नाली प्रदेशको सभ्यता नदीको सभ्यतासँग जोडिएको छ, पुष्टि गर्नुहोस् ।
 
उत्तरः विश्वका हरेक मानव सभ्यताहरू नदी किनारबाट सुरु भएको इतिहास छ । एथेन्स वा मेसोपोटामियाको सभ्यता होस् वा रोमन सभ्यता नै किन नहोस, नाइल नदीको सभ्यता वा सिन्धु नदीको सभ्यता, यिनीहरू नदीकिनारबाटै सुरु भएका थिए । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कर्णाली एउटा यस्तै सभ्यता हो र यो कर्णाली नदीसँग जोडिएको छ । यसर्थ कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृति पनि हो भन्न सकिन्छ।
 
 कर्णालीको सम्बन्ध पनि मानव सभ्यता, संस्कृतिसँग जोडिन्छ। त्यसैले कर्णाली सभ्यता हो, अझ भन्नुपर्दा नेपालको प्राचीन सभ्यता हो । कुनै समय विकसित कर्णाली आज विकास, पूर्वाधार र परिवर्तनको प्रतीक्षामा छ । संघीयतामा जानुको प्रमुख कारण पनि केन्द्रबाट टाढा भएकले पछाडि परेका देशका भूभागलाई स्थानीय सरकारले ध्यान दिएर विकास गरुन् भन्ने हो । त्यसैले अब कर्णालीलाई मुलुक समृद्धिको मुहान बनाउनुपर्छ । कर्णाली सम्भावनाको अपार खानी हो । कर्णालीलाई जलविद्युत्  उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर विद्युत् हबका रूपमा विकास गर्न सकिने आधार छन् । वर्तमान अवस्था गाउँ गाउँमा साना जलविद्युत् आयोजनाले उज्यालो त दिएकै छन्, तर पानीको क्षमता सामर्थअनुसार बिजुली उत्पादन नहुनु लगानीक खाँचो हो । नेपालका ३ हजार खोलानालाका झन्डै १५ प्रतिशत कर्णाली प्रदेशमा रहेको तथ्यांक छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Nepalka Prashasnik Pradesh content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Nepalka Prashasnik Pradesh.

Ready to Master Nepalka Prashasnik Pradesh?

Continue your learning journey in Social Studies and explore more comprehensive educational content.