Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Sarkarko Gathan Prakriya


Subject

Sarkarko Gathan Prakriya

Learn Sarkarko Gathan Prakriya in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
11,701

Sarkarko Gathan Prakriya

Sarkarko Gathan Prakriya

पाठ: १ सरकारको गठन प्रक्रिया

१. तलका प्रश्नको उत्तर दिनुहोस्: 

 
(क) प्रदेश सरकार गठन प्रक्रिया उल्लेख गर्नुहोस् । 
 
उत्तर: हाम्रो देशमा सङ्घीय शासन प्रणाली अनुसार सात ओटा प्रदेशहरू रहेका छन् । प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन् नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्छन् । प्रत्येक प्रदेशमा प्रदेश सरकार रहेको हुन्छ प्रदेश सरकारका प्रमुखका रूपमा मुख्यमन्त्री रहन्छन् मुख्यमन्त्रीको छनोट प्रदेशसभाबाट हुन्छ र उनको नियुक्ति प्रदेश प्रमुखले गर्छन् । संविधान बमोजिम भएको प्रदेश सभाको निर्वाचनको अन्तिम परिमाण घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कूल सदस्य सङ्ख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने छन् । प्रदेश सरकार गठन गर्नको लागि निम्नानुसारको व्यवस्था गरिएको छ : 
 
– संविधानको धारा १६८ उपधारा १ बमोजिम प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ । 
 
– धारा १६८ उपधारा (२) अनुसार (१) बमोजिम प्रदेश सभामा – कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुइभन्दा बढि दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । 
 
– धारा १६८ उपधारा (३) बमोजिम प्रदेश सभाको निर्वाचनको अन्तिम परिमाण घोषणा भएको मितिले ३० दिन भित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रवेश सभामा सबैभन्दा बढि सदस्य भएको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्ने व्यवस्था छ । 
 
– धारा १६८ उपधारणा (५) को प्रावधान अनुसार उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासी मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ यसरी उपधारा २ ३५ अनुसार नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने छ ।   
 
संविधानको धारा १६८ उपधारा ७ अनुसार उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालार्य विघटन गर्ने छन् । नयाँ सरकार गठनका लागि जनादेश लिन छ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्न सक्ने व्यवस्था छ I  
 
(ख) स्थानीय सरकार गठन प्रक्रिया उल्लेख गर्नुहोस् । 
 
उत्तरः स्थानीय सरकारका रुपमा गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका रहन्छ । यसको गठन स्थानीय निर्वाचनबाट हुन्छ । केही सदस्य भने गाउँसभा र नगर सभाबाट निर्वाचित हुने व्यवस्था रहेको छ । स्थानिय सरकारका पदाधारीहरूको पदावधि पाँच वर्ष हुन्छ । स्थानीय सरकारको रुपमा गाउँकार्यपालिका र नगर कार्यपालिका रहने व्यवस्था संविधानमा छ । जसको गठन प्रक्रिया निम्नानुसार छ ।   
 
गाउँ कार्यपालिकाको गठन 
 
– स्थानीय सरकारका रुपमा गाउँ कार्यपालिका अध्यक्षको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुन्छ । 
 
– सम्बन्धित गाउँपालिका क्षेत्रभित्रका मतदाताले एक व्यक्ति एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनेछन् I 
 
-प्रत्येक वडाबाट निर्वाचित वठा अध्यक्षहरू गाउँ कार्यपालिका सदस्य हुन्छन् । 
 
– गाउँ सभाको निर्वाचनको अन्तिम परिमाण प्राप्त भएको
 
-मितिले १५ दिनभित्र गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्यसमेत कार्यपालिका सदस्य रहने व्यवस्था छ । 
 
– गाउँ सभाको निर्वाचनको अन्तिम परिमाण प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका दुई जना दलित वा अल्पसङ्ख्यक सदस्य रहने व्यवस्था छ । 
 
– गाउँ कार्यपालिकामा जम्मा सदस्यः अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू र गाउँसभाबाट निर्वाचित थप छ जना सदस्य रहने व्यवस्था छ ।  
 
नगर कार्यपालिकाको गठन
 
– स्थानीय सरकारका रुपमा नगर कार्यपालिका प्रमुखको अध्यक्षतामा नगर कार्यपालिका गठन हुन्छ । 
 
– सम्बन्धित नगरपालिकाका क्षेत्रभित्रका मतदाताले एक व्यक्ति एक मतका आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रमुख र उपप्रमुखको निर्वाचित हुनेछन् । 
 
– प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्षहरू नगर कार्यपालिका सदस्य हुन्छन् । 
 
– नगर सभाको निर्वाचनको अन्तिम परिमाण प्राप्त भएको – मितिले १५ दिनभित्र नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य समेत नगर कार्यपालिकाका सदस्य रहने व्यवस्था छ 
 
– नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगर सभाका सदस्यहरूको आफूमध्येबाट निर्वाचित गरेका तीनजना दलित वा समुदायका सदस्य नगए कार्यपालिकाको सदस्य रहने व्यवस्था छ । 
 
• नगर कार्यपालिकामा जम्मा सदस्य प्रमुख, उपप्रमुख, वडा – अध्यक्षहरू र नगर सभाबाट निर्वाचित थप आठजना सदस्य हुन्छन् ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Sarkarko Gathan Prakriya content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Sarkarko Gathan Prakriya.

Ready to Master Sarkarko Gathan Prakriya?

Continue your learning journey in Social Studies and explore more comprehensive educational content.