Shikshama Pahuch Ra Samaveshita
Shikshama Pahuch Ra Samaveshita
Learn Shikshama Pahuch Ra Samaveshita in Social Studies with comprehensive educational content from Padandas.
Shikshama Pahuch Ra Samaveshita
पाठ: २ शिक्षा मा पहुँच र समावेशिता प्रयास
१. तलका निकाहरू उत्तर दिनुहोस्:
(क) शिक्षामा पहुँच भनाले के बुझिन्छ?
उत्तर: पहुँच भनाले कुनै स्थानमा बस्ने वा कुनै गतिविधि गर्ने तथा योग गर्ने अवस्था वा मापदण्ड भनिन्छ। शिक्षा मा पहुँच भनेको लिंग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपांगता आदि का आधारमा कुनै भेदभाव बिना सबैलाई शिक्षा लिने समानता र अवसर प्राप्त गर्नु हो। शिक्षा मा पहुँच सबका लागि बराबर हुँदैन। सामाजिक व्यक्ति को लिङ्गिक पहिचान, आर्थिक, सामाजिक पृष्ठभूमि, जातीय पहिचान, सामाजिक राजनीति का वातावरण आदि का कारण शिक्षा मा पहुँच कम वृद्धि हुन सक्छ।
(ख) समानता र समताबिचको एक फरक लेख्नुहोस्।
उत्तर: जहाँ समानता हुन्छ त्यहाँ न्याय नहुन सक्छ, तर जहाँ समता हुन्छ त्यहाँ न्याय पक्का हुन्छ। साधारण भाषामा भनौ भने, यदि मैले घरमा एउटा कुकुर र एउटा राँगो पालेको छु, मैले खानाको पमानुसार दुवैलाई सधैं बराबर घाँस दिँदा कुकुर कमजोर हुने र मर्ने पक्का छ। त्यसैले, कुकुरको लागि घाँस दिनु उचित छैन।
(ग) शिक्षामा समावेशिता को परिचय दिनुहोस्।
उत्तर: समावेशी शिक्षा सबै बालबालिकालाई विद्यालय पठाउन र उनीहरूलाई आवश्यक शिक्षा सिखाउन र विकास गराउन सबैभन्दा प्रभावकारी उपाय मानिएको छ। यस कारको शिक्षा नीतिले फरक-फरक पृष्ठभूमि र मतका बालबालिकाको योगदानलाई कदर गर्दै विविधता भएका समूहलाई सँगसँगै हुर्कन मदत गर्दछ। यसले सबैको भेदभाव हटाउँछ र सबैका लागि समान अवसर प्रदान गर्दछ। समावेशी शिक्षा सबैलाई सहभागिता र शैक्षिक उपलब्धि हासिल गर्नका लागि बाधा हटाउँछ र भेदभावलाई समाप्त गर्दछ।
(घ) नेपालको संविधानले आधारभूत र मापमिक शिक्षा सम्बन्धमा के मौलिक हकको व्यवस्था गरेको छ?
उत्तर: नेपालको धारा १७ मा शिक्षा र संस्कृति सम्बन्धी हक दान गरिएको छ। यस अनुसार, कुनै समुदायलाई कानूनी व्यवस्था भए बमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने हक हुनेछ। उपधारा १ अनुसार, एक नागरिकलाई रायबाट कानूनी व्यवस्था भए बमोजिम मापमिक तहसम्म नि:शुल्क शिक्षा प्राप्त गर्ने हक हुनेछ।
(ङ) शिक्षामा पहुँच हुनबाट रोक्ने बाधाहरूको छोटो परिचय दिनुहोस्।
उत्तर: शिक्षा मा पहुँच भनेको लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपांगता आदि का आधारमा कुनै भेदभाव बिना सबैलाई शिक्षा लिने समानता र अवसर प्राप्त गर्नु हो। शिक्षा मा कम वा बढ पहुँच गराउने बाधाहरू जातीय, लिङ्गिक, शैक्षिक, सांस्कृतिक, आर्थिंक र भौतिक अवस्था आदि छन्।
मुख्य बाधाहरू:
- विद्यालय र कक्षाहरू बीचको दुरी।
- कानूनी व्यवस्था र यसको पालनामा कमी।
- गरीबी, बाल विवाह, जातीय र लिङ्ग भेदभाव।
- शिक्षा कर्मीबाट भेदभाव र कम तालिम।
- मातृभाषी शिक्षाको अभाव।
(च) शिक्षामा पहुँच वृद्धि गर्न रायबाट उपलब्ध उपायहरूको समीक्षा गर्नुहोस्।
उत्तर:
- आधारभूत तहसम्म नि:शुल्क शिक्षा व्यवस्था।
- विशेष शिक्षा योजनाहरू।
- महिला, दलित, सीमित, अपाङ्गता भएका बालबालिकालाई विशेष व्यवस्थाका साथ शिक्षा सुविधा।
- विद्यालय भवन र अन्य भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउने व्यवस्था।
- विद्यालयमा छुट्टै शौचालयहरूको व्यवस्था।
- विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूसँग समर्पित सुविधाहरू।
(छ) शिक्षामा समावेशिताले ल्याएका सकारात्मक परिवर्तनहरूको चर्चा गर्नुहोस्।
उत्तर:
- सबै बालबालिकालाई एउटै स्थानमा राखेर शिक्षा दिने क्रममा फरक-फरक आवश्यकता भएका बालबालिका दुवैलाई फाइदा भएको छ।
- समावेशी शिक्षा प्रणालीले शिक्षा मा सहभागिता र शैक्षिक उपलब्धि प्राप्त गर्नबाट वञ्चित गरिएका बाधाहरूसँग संघर्ष गरिरहेको छ।
- विद्यालयलाई सुधार गर्न र सबै बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न समावेशी नीतिहरू लागू गरिएका छन्।
- विद्यालयमा उपस्थिती, सहभागिता र शैक्षिक वृद्धि भएका विद्यार्थीहरूको संख्या बढेको छ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Shikshama Pahuch Ra Samaveshita content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Shikshama Pahuch Ra Samaveshita.
Ready to Master Shikshama Pahuch Ra Samaveshita?
Continue your learning journey in Social Studies and explore more comprehensive educational content.