पाठ: २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
१. तलका नहको अति छोटो उत्तर दिनुहोस्:
(क) चर भनेको के हो ?
उत्तर: चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा क्रियासँग सम्बन्धित हुन्छ।
(ख) स्वतन्त्र चर र निर्भर चरका एक-एक उदाहरण दिनुहोस्।
उत्तर: अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा क्रियासँग सम्बन्धित हुन्छ। उदाहरण: वर्षा र धानको सम्बन्धमा, वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो। किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ, तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन।
(ग) सहसंबन्धको परिभाषा लेख्नुहोस्।
उत्तर: स्वतन्त्र चर र निर्भर चर बीचको सम्बन्धलाई सहसंबन्ध भनिन्छ। उदाहरणका लागि, वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो। यदि वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन भने यो सम्बन्ध नै सहसंबन्ध हो।
(घ) सहसंबन्ध र कार्य-कारण सम्बन्धबीचको अन्तर एक वाक्यमा लेख्नुहोस्।
उत्तर: यदि वर्षा बढ्दा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ भने यो सम्बन्ध कार्य-कारण सम्बन्ध हो, तर यदि वर्षाको कारणले मात्र धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन भने यो सम्बन्धलाई सहसंबन्ध भनिन्छ।
(ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्ना साथीलाई एक पत्र लेख्नुहोस्।
उत्तर:
प्रिय साथी रमा,
मिति: २०८१/०२/०५
म यहाँ स्वस्थ छु। तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि स्वस्थ छ भन्ने कामना गर्दछु।
आज मैले सामाजिक अध्ययनमा पढेको कुरा पत्रमार्फत तिमीलाई जानकारी दिन मन लाग्यो।
साथी, हिजो सरले चरको बारेमा पढाउनुभयो। चर के हो? चर कति प्रकारका हुन्छन् भन्ने कुरा हिजोको कक्षामा थाहा पाइयो। मैले पहिलो पटक चरको बारेमा सामाजिक अध्ययनमा पढें, रमाइलो लाग्यो, नयाँ कुरा सिक्न पाइयो।
चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा
क्रियासँग सम्बन्धित हुने रहेछ। यसलाई दुई प्रकारमा विभाजन पनि गरिएको रहेछ – निर्भर चर (Dependent Variable) र स्वतन्त्र चर (Independent Variable)।
उदाहरणका लागि, वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन निर्भर चर हो। किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ, तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस सम्बन्धलाई नै सहसंबन्ध पनि भनिन्छ।
फेरि सहसंबन्ध पनि दुई प्रकारका हुने रहेछन् – सकारात्मक र नकारात्मक। यदि स्वतन्त्र चर बढ्दा निर्भर चर पनि बढ्छ र स्वतन्त्र चर घट्दा निर्भर चर पनि घट्छ भने यसलाई सकारात्मक सहसंबन्ध भनिन्छ। यसको विपरीत, स्वतन्त्र चर बढ्दा निर्भर चर घट्ने वा स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा यसलाई नकारात्मक सहसंबन्ध भनिन्छ।
यदि स्वतन्त्र चर घटबढ हुँदा निर्भर चरमा कुनै फरक नपरेमा यसलाई शून्य सहसंबन्ध पनि भनिने रहेछ।
साथी, पत्रमा धेरै कुरा लेखेँ। तिमीले पनि यो पाठ पढ्यौ कि छैन, पढ्यौ भने तिमीले पनि बुझेका र सिकेका कुराहरू पत्रमा लेखेर पठाऊ है। बाँकी कुरा फेरि भेट हुँदा गरौंला।
तिम्रो प्रिय साथी,
आकाश अधिकारी
(च) सहसंबन्ध र कार्य-कारण सम्बन्धबीच समानता र भिन्नता उल्लेख गर्दै दुई अनुच्छेद लेख्नुहोस्।
उत्तर:
सामाजिक अध्ययन बहुआयामिक विषय हो। सामाजिक अध्ययन समाजको अध्ययनसँग सम्बन्धित छ। यसअन्तर्गत सामाजिक विज्ञानका विभिन्न विषयवस्तुको अध्ययन गरिन्छ। कला, संस्कृति, भाषा, रहनसहन, जीवनशैली आदि विषयवस्तुका बारेमा पनि सामाजिक अध्ययन अन्तर्गत अध्ययन गरिन्छ। शिक्षा, व्यवहार, चेतना, संस्कृति आदि विषयले मानिसको जीवनस्तरमा प्रभाव पार्छन्। यस्ता सामाजिक विषयवस्तु र जीवनशैली बीचको सम्बन्ध र तिनको प्रभावको अध्ययन गर्नु नै सहसंबन्ध र कार्य-कारण सम्बन्धको खोजी गर्नु हो।
नेपाल समाजमा विभिन्न सामाजिक समस्या र कुरीतिहरू विद्यमान छन्। यदि समाजको उत्थान र ती कुरीतिहरूको अन्त्य कसरी गर्ने भनेर अध्ययन गर्न खोजियो भने सामाजिक परिस्थितिहरूबीचको सहसंबन्धको खोजी गर्नुपर्छ। कार्य-कारण सम्बन्ध जान्नका लागि योगात्मक विधिको अवलम्बन गरिन्छ, तर सामाजिक घटनाहरूको जटिल परिस्थितिमा अन्य चरहरूलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिँदैन। यदि कुनै चरको प्रभाव अध्ययन गर्दा अन्य चरहरूको भिन्नतालाई सँगसँगै अध्ययन गर्न सकिएन भने सहसंबन्ध मात्र देखिन्छ, तर कार्य-कारण सम्बन्ध निर्धारण गर्न कठिन हुन्छ।