पाठ: ५ - मध्यकालमा साना राज्यहरूको उदय र अवसान
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) मध्यकालमा राज्य टुक्रिनुको कारणहरू के के रहेका छन्?
उत्तर: मध्यकालमा राज्य टुक्रिनुको कारणहरू निम्नानुसार छन्:
- भौगोलिक विकटता र दूरीका कारण प्रशासनिक दृष्टिले टाढाका क्षेत्रहरू केन्द्रको नियन्त्रणमा रहन नसक्नु।
- मध्यकालमा केन्द्रबाट नियुक्त सामन्तहरू शक्तिशाली हुँदै जानु र स्वतन्त्र राज्य घोषणा गर्नु।
- राजपरिवार, भारदारहरू र राजाबीचको द्वन्द्वका कारण दरबारमा अविश्वास र षड्यन्त्र हुन थाल्नु, जसले गर्दा केन्द्रीय प्रशासन कमजोर हुनु।
- साना राज्यहरू ठूला र शक्तिशाली बन्ने महत्त्वाकांक्षाका कारण आपसी भिडन्त हुनु, जसले राज्यहरू कमजोर हुनु।
(ख) नेपालमा टुक्रा राज्यहरूको अवसान कसरी भयो?
उत्तर: नेपालमा टुक्रा राज्यहरूको अवसान हुनुका कारणहरू निम्नानुसार छन्:
- साना राज्यहरू आपसमा प्रायः युद्धमा संलग्न रहन्थे, जसले गर्दा क्षयक्षति व्यापक हुन्थ्यो।
- विभिन्न समयमा भएका एकीकरण अभियानहरू स्थायी हुन सकेनन्।
- साना राज्यका दरबारहरूमा षड्यन्त्र र मनमुटावका कारण एक पक्षले शासन गर्दा अर्को पक्षले गोरखालाई एकीकरणका लागि आमन्त्रण गथ्र्यो।
- भारतमा अंग्रेजको साम्राज्यवादी नीतिका कारण नेपालीहरूमा विशाल र स्वतन्त्र राष्ट्र निर्माण गर्ने आकांक्षा बढ्नु।
- काठमाडौँ उपत्यका (नेपाल मण्डल) विजयपछिको उत्साहका कारण पृथ्वी नारायण शाह र गोरखाली सेनामा बाइसी-चौबिसी र साना राज्यहरू जित्ने उत्साह बढ्दै जानु।