पाठ: ८ नेपालमा विपद् व्यवस्थापन संयन्त्र र योजना निर्माण
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) नेपालमा विपद् व्यवस्थापनमा संलग्न निकायहरूको सूची तयार गर्नुहोस्।
उत्तर:
विपद् व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार, तथा अभिवद्ध संस्थाहरू क्रियाशील छन्।
स्थानीय समुदायका लागि राष्ट्रिय रणनीति तर्जुमा गरिएको छ, जसले स्थानीय तहलाई विपद् पूर्वतयारी योजना बनाउन मद्दत पुर्याउँछ।
यो मन्त्रालयले स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन तथा विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि तयार गरी तदनुसार स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन समिति गठन गर्ने व्यवस्था मिलाएको छ।
स्थानीय सरकारलाई कानूनी तथा संस्थागत संरचनाभित्र रही विपद् जोखिम न्यूनीकरण, अभिमुखीकरण, पूर्वतयारी, उद्धार, राहत पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा संलग्न हुन मद्दत गरिरहेको छ।
सहरी विकास मन्त्रालय स्थानीय सरकारलाई भवन संहतिको प्रोत्साहन गरी मानव बासस्थान तथा कार्यालय भवनहरू सुरक्षित बनाउन सहयोग पुर्याउँछ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरका तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिहरू गठन गरिएको छ, जुन हाल ७७ वटै जिल्लामा क्रियाशील छन्।
(ख) स्थानीय ज्ञान भनेको के हो? विपद् व्यवस्थापनमा स्थानीय ज्ञानले पुर्याउने योगदानबारे चर्चा गर्नुहोस्।
उत्तर:
स्थानीय ज्ञान भन्नाले समुदायमा विकास भएका ज्ञान तथा अभ्यासहरूलाई जनाउँछ।
यो ज्ञान स्थानीय वातावरणसँगको अन्तरक्रियाबाट उत्पन्न हुन्छ। समुदाय नै यसको सर्जक, प्रयोगकर्ता र हस्तान्तरणकर्ता हुन्छ।
विपद् व्यवस्थापनमा स्थानीय ज्ञानको योगदान:
- समुदायमा विपद्को पहिचान, पूर्वतयारी, न्यूनीकरण र प्रतिकार्य गर्ने परम्परागत तरिकाहरू हुन्छन्।
- समुदायले पहिलेदेखि नै अपनाएका स्थानीय उपायहरू (जस्तै, पारम्परिक घर निर्माण शैली, बाढी प्रतिरोधी कृषि प्रणाली, जल व्यवस्थापन प्रविधि आदि) विपद् न्यूनीकरणमा प्रभावकारी हुन सक्छन्।
- स्थानीय ज्ञानका आधारमा सजगता कार्यक्रमहरू, जोखिम न्यूनीकरण योजना र पुनस्र्थापना प्रक्रिया प्रभावकारी रूपमा लागू गर्न सकिन्छ।
- समुदायको सहभागिता र स्वामित्वमा आधारित विपद् व्यवस्थापन कार्यक्रमहरू दिगो तथा प्रभावकारी हुन सक्छन्।
(ग) विद्यालय तहको पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने पाँच कारण उल्लेख गर्नुहोस्।
उत्तर:
विद्यालय तहको पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने कारणहरू निम्नानुसार छन्:
- सजगता र ज्ञान अभिवृद्धि: विद्यार्थीहरूलाई विपद्का प्रकार, कारण तथा न्यूनीकरण उपायहरूबारे जानकारी गराउन आवश्यक छ।
- प्राकृतिक विपद्का कारणहरू बुझ्न मद्दत गर्छ:
- जस्तै: लामो समयसम्म खडेरी पर्नु → कृषि उत्पादनमा कमी → भोकमरीको अवस्था सिर्जना हुन सक्छ।
- मानवीय कारणहरूले उत्पन्न विपद्बारे सचेत गराउँछ:
- उदाहरण: मानवीय हेलचक्र्याइँका कारण सरुवा रोगको संक्रमण बढ्न सक्छ, बजारमा विषाक्त तथा अखाद्य वस्तुहरू बिक्रीवितरण हुन सक्छ, जसले विपद्को जोखिम बढाउँछ।
- नेपालको भौगोलिक तथा वातावरणीय सन्दर्भ बुझ्न सहयोग गर्छ:
- नेपालमा बढ्दो वन विनाश, सरकारी उदासीनता, योजनारहित पूर्वाधार विकास, अनियन्त्रित बसाइसराइ आदिले विपद्को जोखिम बढाइरहेको छ।
- अन्य मानव-निर्मित विपद्हरूको प्रभावबारे जानकारी दिन्छ:
- द्वन्द्व, भोकमरी, औद्योगिक दुर्घटना, यातायात दुर्घटना, रोगव्याधि आदि विषयहरूबारे जानकारी गराउनुपर्छ।