पाठ : ६ आधुनिक काल
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाहबाट भए पनि यसलाई टुङ्गोमा पुर्याउन धेरै व्यक्तिहरूको योगदान रहेको छ। एकीकरण अभियानमा योगदान दिएका व्यक्तिहरूको खोजी गरी सूची तयार पार्नुहोस्।
उत्तर:
नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाहबाट सुरु भए पनि यसलाई सफलतापूर्वक सम्पन्न गर्न निम्न व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो:
१. राजेन्द्र लक्ष्मी
- वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपछि उनका छोरा नाबालक रणबहादुर शाह नेपालका राजा बने।
- राजेन्द्र लक्ष्मीले राजा रणबहादुर शाहको संरक्षक तथा नायवीको रूपमा शासन गरिन्।
- उनको शासनकालमा लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभिए।
२. बहादुर शाह
- बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा तथा प्रतापसिंह शाहका भाइ थिए।
- राजेन्द्र लक्ष्मीको मृत्यु पश्चात् राजा रणबहादुर शाहका नायबको रूपमा शासनसत्ता सञ्चालन गरे।
- उनको नायबीकालमा काजी दामोदर पाँडे र अमरसिंह थापा (राणा) को नेतृत्वमा नेपाली फौजले वि.सं. १८४३ असार १० गते गल्मी विजय गर्यो।
- वि.सं. १८४३ भदौ २६ गते चन्द्रकोट र खाँचीलाई नेपालमा एकीकरण गरियो।
- त्यसपछि घरकोट, इस्मा, पर्वत, प्युठान, दाङ र रोल्पा पनि नेपालमा गाभिए।
- वि.सं. १९४६ मा नेपाली सेनाले जुम्ला, बझाङ, र डोटीलाई पनि नेपालमा गाभ्न सफल भयो।
- वि.सं. १८४७ चैत ११ गते कुमाउँको राजधानी अल्मोडा कब्जा गरी गढवालतर्फ अघि बढियो। छोटो समयमा नै गढवालको राजधानी श्रीनगर नेपालको नियन्त्रणमा आयो।
३. भीमसेन थापा
- राजा रणबहादुर शाहले भीमसेन थापालाई मुख्तियार (प्रधानमन्त्री) नियुक्त गरे।
- भीमसेन थापाले नेपाललाई बलियो र समृद्धशाली देश बनाउन चाहन्थे।
- उनले नेपालको सीमा सतलज नदीसम्म विस्तार गरेका थिए।
- बहादुर शाहको समयमा चौबिसे राज्यहरूको एकीकरण गर्ने क्रममा छुटेका पाल्पा र सल्यानलाई पनि भीमसेन थापाले नेपालमा गाभ्न सफल भए।
(ख) नेपाल एकीकरण नभएको भए के हुन्थ्यो होला? कल्पना गरी आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।
उत्तर:
हजारौं वर्षसम्म गौरवशाली इतिहास बोकेको देशहरूमध्ये नेपाल पनि एक हो। हाम्रो देश नेपाल कहिल्यै पनि विदेशी शासकको अधीनमा बस्न परेन। हाम्रा पूर्वजहरूको त्याग, समर्पण, र बलिदानको कारणले आजसम्म हाम्रो नेपाल कसैको अधीनमा जान परेको छैन। हामी सबै नेपाली आफ्नो शिर उच्च बनाएर गर्वका साथ बाँच्न सकिरहेका छौं।
यदि नेपाल एकीकरण नभएको भए, आज हामी जसरी "नेपाली" भएकोमा गर्व गर्छौं, त्यो सम्भव हुने थिएन। न बाइसे, न चौबिसे राज्य बाँकी रहन्थे, किनकि उपत्यकामा इसाई पादरीहरू फैलिरहेका थिए, र नेपाल बटश साम्राज्यको आँखा परिसकेको थियो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी यसको अखण्डता कायम नराखेको भए, विशाल भारतले नेपाललाई आफ्नो अधीनमा लिन सक्थ्यो, वा अंग्रेजहरूले उपनिवेश बनाउन सक्थे।
त्यसैले, आज हाम्रा वीर पूर्वजहरूको योगदानका कारण हामी स्वतन्त्र भएर खुशीसाथ बाँच्न पाएका छौं, र "नेपाली" भनेर गर्व गर्न पाएका छौं।
(ग) नेपाल एकीकरणमा बहादुर शाह र राजेन्द्र लक्ष्मीको योगदानको चर्चा गर्नुहोस्।
उत्तर:
१. राजेन्द्र लक्ष्मी:
- वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपछि उनका छोरा नाबालक रणबहादुर शाह नेपालका राजा बने।
- राजेन्द्र लक्ष्मीले राजा रणबहादुर शाहको नायवीको रूपमा शासन गरिन्।
- उनले आफ्ना ससुरा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई निरन्तरता दिइन्।
- उनको कूटनीतिक क्षमता, अदम्य साहस, र रणनीतिक चातुर्यका कारण नेपाललाई चौबिसे राज्यबाट सुरक्षित मात्र राखेनन्, साथै लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभ्न सफल भइन्।
२. बहादुर शाह:
- बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा तथा प्रतापसिंह शाहका भाइ थिए।
- राजेन्द्र लक्ष्मीको मृत्यु पश्चात् राजा रणबहादुर शाहका नायबको रूपमा शासनसत्ता सञ्चालन गरे।
- उनको नायबीकालमा काजी दामोदर पाँडे र अमरसिंह थापा (राणा) को नेतृत्वमा नेपाली फौजले वि.सं. १८४३ असार १० गते गल्मी विजय गर्यो।
- वि.सं. १८४३ भदौ २६ गते चन्द्रकोट र खाँचीलाई नेपालमा एकीकरण गरियो।
- त्यसपछि घरकोट, इस्मा, पर्वत, प्युठान, दाङ, र रोल्पा पनि नेपालमा गाभिए।
- नेपाली सेनाले वि.सं. १९४६ मा जुम्ला, बझाङ, र डोटीलाई नेपालमा गाभ्न सफल भयो।
- वि.सं. १८४७ चैत ११ गते नेपाली फौजले कुमाउँको राजधानी अल्मोडा कब्जा गरी गढवालतर्फ अगाडि बढ्यो। छोटो समयमा नै गढवालको राजधानी श्रीनगर नेपालको नियन्त्रणमा आयो।
- बहादुर शाहको नायबीमा नेपाल एकीकरण द्रुत गतिमा अगाडि बढिरहेको समयमा नेपाल र चीनबीच युद्ध भयो, जसका कारण केही समयका लागि एकीकरण अभियान स्थगित हुन पुग्यो।
- राजा रणबहादुर शाह र उनका काका बहादुर शाहबीच मनमुटाव बढ्दै जाँदा, रणबहादुर शाहले बहादुर शाहलाई जेल हाल्ने आदेश दिए।