Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu : Class 12 Social Notes


Subject

Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu : Class 12 Social Notes

Learn Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
13,616

Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu : Class 12 Social Notes

पाठ: ६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू

१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

(क) तथ्याङ्क सङ्कलन विधि भन्नाले के हो?
उत्तर: खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन विधि हो। सङ्कलित तथ्याङ्कलाई व्यवस्थापन, प्रशोधन र विश्लेषण गरी अनुसन्धानका प्रश्नहरूको उत्तर निकालिन्छ।

(ख) प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो?
उत्तर: प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ। यसमा आवश्यक सूचना प्राप्त गर्न प्रश्नहरूको सूची तयार गरी उत्तरदातासमक्ष प्रस्तुत गरिन्छ र उत्तर सङ्कलन गरिन्छ। प्रश्नावली सबैभन्दा प्रचलित साधन हो किनभने यसबाट धेरै व्यक्तिहरूबाट कम समय र स्रोतसाधन प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ।

(ग) अन्तर्वार्ता मार्गदर्शन भन्नाले के हो?
उत्तर: अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्नका लागि तयार पारिएको प्रश्नहरूको सूची वा सोसम्बन्धी संक्षिप्त टप्पटोलाई अन्तर्वार्ता मार्गदर्शन भनिन्छ। संरचित अन्तर्वार्तामा प्रश्नावलीलाई नै अन्तर्वार्ता मार्गदर्शनको रूपमा प्रयोग गरिन्छ।

(घ) भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ? एक उदाहरण दिनुहोस्।
उत्तर: भिडियो अनुप्रयोगहरू जस्तै Gmail, Google Forms, Social Networks, Zoom, Microsoft Teams, Google Meet, Cisco Webex आदिको प्रयोग भिडियो कल गर्नका लागि गरिन्छ। अनुसन्धानमा तथ्याङ्क सङ्कलन गर्न अन्तर्वार्ता लिन, छलफल गर्न, र सूचना आदान-प्रदान गर्न यी साधनहरू उपयोगी हुन्छन्।
उदाहरणका लागि, अनुसन्धानकर्ताले Google Forms मा प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्चार माध्यम मार्फत उत्तरदातासमक्ष पठाएर तथ्याङ्क सङ्कलन गर्न सक्छ।

(ङ) सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने चारवटा साधनहरूको नाम लेखी तिनको छोटो परिचय दिनुहोस्।

उत्तर: सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने चार विधिहरू निम्नानुसार छन्:

१. प्रश्नावली:

  • प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ।
  • यसमा आवश्यक सूचना प्राप्त गर्न प्रश्नहरूको सूची तयार गरी उत्तरदातासमक्ष प्रस्तुत गरिन्छ।
  • मौखिक, लिखित वा इमेल मार्फत उत्तर सङ्कलन गर्न सकिन्छ।

२. अन्तर्वार्ता मार्गदर्शन:

  • अन्तर्वार्ताका लागि उत्तरदातालाई सोध्न तयार गरिएका प्रश्नहरू वा टप्पटोलाई अन्तर्वार्ता मार्गदर्शन भनिन्छ।
  • संरचित अन्तर्वार्तामा प्रश्नावलीलाई नै अन्तर्वार्ता मार्गदर्शनको रूपमा प्रयोग गरिन्छ।
  • अर्ध-संरचित वा असंरचित अन्तर्वार्तामा अनुसन्धानकर्ताले आवश्यक ठानेका मुख्य विषयवस्तुहरूमा आधारित प्रश्नहरू सोध्छ।

३. अवलोकन मार्गदर्शन:

  • अवलोकन गरी तथ्याङ्क सङ्कलन गर्न तयार पारिएको सूचीलाई अवलोकन मार्गदर्शन भनिन्छ।
  • अनुसन्धानकर्ताले प्रत्यक्ष रूपमा कुनै घटना, व्यवहार वा प्रक्रिया अध्ययन गरेर आवश्यक तथ्याङ्क सङ्कलन गर्छ।

४. दस्तावेज (रुजु-सूची):

  • अनुसन्धानको लागि आवश्यक सूचनाहरू पहिले नै भएका लिखित दस्तावेज, अभिलेख वा रिपोर्टबाट सङ्कलन गर्न सकिन्छ।
  • पुस्तक, सरकारी अभिलेख, समाचार पत्र, शोधपत्र आदि अध्ययन गरेर आवश्यक तथ्याङ्क प्राप्त गर्न सकिन्छ।

(च) अध्ययन वा अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्न विधि तथा साधनहरू छनोट गर्दा कुन-कुन कुरामा ध्यान दिनुपर्छ? पाँच बुँदामा लेख्नुहोस्।

उत्तर: अध्ययन वा अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्न विधि तथा साधनहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू:

१. अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिला के कस्तो तथ्याङ्क सङ्कलन गर्ने, कसरी सङ्कलन गर्ने, कसबाट सङ्कलन गर्ने, र कहिले सङ्कलन गर्ने भन्ने कुरामा निश्चित हुनुपर्छ।
2. अनुसन्धानको प्रकार, उद्देश्य, अनुसन्धानकर्ताको आवश्यकता र दक्षता, तथ्याङ्कका प्रकार, परिस्थिति, स्रोत र साधनहरूको उपलब्धता आदिलाई ध्यानमा राख्नुपर्छ।
3. एउटै अनुसन्धानमा एकभन्दा बढी साधनहरू प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ।
4. तथ्याङ्क सङ्कलन गर्दा समयसापेक्ष, सान्दर्भिक र विश्वासिलो जानकारी प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ।
5. प्रश्न सोध्दा व्यक्तिको व्यक्तिगत वा सामूहिक भावनामा चोट नपर्ने गरी सरल भाषा प्रयोग गर्नुपर्छ।

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu.

Ready to Master Samajik Tathyanka Ra Soochana Sankalanka Vidhi Ra Sadhanharu : Class 12 Social Notes?

Continue your learning journey in Class 12 Social Guide and Notes and explore more comprehensive educational content.