पाठ : २ लिच्छवि काल
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) लिच्छवि काललाई किन स्वर्ण युग मानिन्छ ?
उत्तर:
नेपालको इतिहासमा लिच्छवि वंशको शासनकाललाई निकै महत्त्वपूर्ण मानिन्छ। वंशावली एवम् पुराणहरूमा उल्लेख भएअनुसार क्षत्रिय लिच्छविहरू किरातहरूलाई पराजित गरी नयाँ शासन व्यवस्था कायम गर्न सफल भएका थिए।
नेपाल प्रवेश गर्नु अघि लिच्छवि भारतको बाहिरी क्षेत्रमा, विशेष गरी वैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणालीअनुसार शासन गर्थे। उक्त क्षेत्रमा राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै गएको थियो। राजा अजातशत्रुद्वारा पराजित भएपछि इसापूर्व छैटौँ शताब्दीतिर शरणार्थीका रूपमा लिच्छविहरू नेपाल प्रवेश गरेका थिए।
नेपालमा तत्कालीन शासक वर्गप्रतिका जनताको तीव्र असन्तोष व्याप्त थियो। जनभावनाको अनुकूल लिच्छविहरू जनसंघर्षको नेतृत्व गर्दै नेपालमा शासन सत्तामा स्थापित भए। किरातहरू युद्धमा पराजित भई उपत्यकाबाट पलायन हुन बाध्य भए भने केन्द्रमा लिच्छविहरूको राज्यसत्ता स्थापित भयो।
लिच्छवि शासनकालमा जनहितलाई बढी महत्त्व दिइएको पाइन्छ। सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको राम्रो स्तर, आकर्षक कलाकृतिको निर्माण, र लिखित अभिलेखहरूको उपलब्धताका कारण लिच्छवि काललाई नेपाल इतिहासमा स्वर्ण युग मानिएको छ।
(ख) लिच्छवि कालीन आर्थिक अवस्थाको चर्चा गर्दै हालको परिप्रेक्ष्यमा त्यसबाट के के कुरा सिक्न सकिन्छ ? उल्लेख गर्नुहोस्।
उत्तर:
लिच्छवि कालीन आर्थिक अवस्था कृषिमा आधारित थियो।
- जमिनको नापजोख बुझाउन "भू" शब्द प्रयोग गरिन्थ्यो भने अन्नको नाप बुझाउन "मान" शब्द प्रयोग गरिन्थ्यो।
- १ भू = करिब २ एकड जमीन
- १ मान = करिब १ मुरी अन्न
- कृषिका लागि राजकीय संरचनाहरूको व्यवस्था गरिएको थियो।
- कृषिमा लगाइने करलाई "भाग" भनिन्थ्यो।
व्यवसाय र उद्योग:
- पशुपालन व्यवसाय पनि कृषिसँगै समेटिएको थियो।
- काभ्रेको खोपासीमा कपडा उत्पादन गरिन्थ्यो। संस्कृतमा 'खपासी' भनिने भएकाले सो ठाउँको नाम नै खोपासी रहन गयो।
- नेपालमा काष्ठ, माटो, धातु, ढुङ्गा, रंग, सुन, कपडा, हातहतियार, र तेल उद्योग फस्टाएका थिए।
- नेपालबाट फलाम, कस्तुरी, तामा, र चमर निर्यात गरिन्थ्यो।
- भारतका मौर्य सम्राट चन्द्रगुप्तका गुरु कौटिल्य (चाणक्य) को "अर्थशास्त्र" ग्रन्थमा नेपालका कालिन मगौसी (राडी) र ऊनको विशेष माग रहेको उल्लेख छ।
- व्यापारमा तिब्बततर्फ खाद्यान्न, ऊनी कपडा, खरानी, धातुजन्य कलात्मक वस्तुहरू निर्यात गरिन्थ्यो।
कर व्यवस्था:
- कृषिमा लगाइने करलाई "भाग"
- पशुपालनमा लगाइने करलाई "भोग"
- व्यापारमा लगाइने करलाई "कर" भनिन्थ्यो।
- यी तीनै प्रकारका करलाई संयुक्त रूपमा "त्रिकटु" भनिन्थ्यो।
- कपडा उत्पादनमा लगाइने करलाई "चल कर" भनिन्थ्यो।
हालको परिप्रेक्ष्यमा लिच्छवि कालीन आर्थिक अवस्थाबाट सिक्न सकिने कुराहरू:
१. नेपाल कृषि प्रधान देश भएकाले कृषि आधुनिकीकरण र व्यवस्थापन गर्नुपर्छ।
2. व्यापार, व्यवसाय, उद्योग-धन्दा, कलकारखाना व्यवस्थित गरी अर्थतन्त्रलाई उचाइमा पुर्याउनु पर्छ।
3. नेपालमा उत्पादित वस्तुहरूको निर्यात बढाएर आर्थिक प्रणाली सुदृढ गर्नुपर्छ।
4. स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग र व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ।
(ग) लिच्छवि कालीन राजाहरू र तिनका कार्यहरू झल्किने तालिका तयार गरी कक्षामा प्रदर्शन गर्नुहोस्।
उत्तर:
| राजाको नाम | महत्त्वपूर्ण कार्यहरू |
|---|---|
| धर्मदेव | मनदेवका पिता, पशुपतिमा ठूलो वज्रध्वज चढाएको। |
| मनदेव | चाँगु नारायण गरुड़ स्तम्भ राखी शिलालेख स्थापना, बक्रान्तको सुन्दर मठ निर्माण, पूर्व र पश्चिममा सामन्तहरूलाई नियन्त्रण गरी विशाल नेपाल राज्य कायम गरेको, मनविहार निर्माण, मनाङ्क नामक धातु मुद्राको प्रचलन, मानगृह नामक राजदरबार निर्माण। |
| बसन्तदेव | जनताको भलो चाहने राजा, उनले "दण्डिक", "संवदण्डनायक" र "महाप्रतिहार" जस्ता प्रशासकीय पदहरूको सृजना गरे। टिस्टुङको शिलालेखमा पहिलो पटक "नेपाल" शब्दको प्रयोग गरिएको। गुप्त वंशीय राजासँग द्वैध शासनको सुरुवात। |
| विष्णुगुप्त | बुढानिलकण्ठ मन्दिर र नारायणहिटीको नारायण मन्दिर स्थापना, लिच्छवि राजा भुवनजितदेवसँग संयुक्त रूपमा द्वैध शासन। |