पाठ: १ अनुसन्धान परिचय
१. तलका प्रश्नहरूको अत्यन्त छोटो उत्तर दिनुहोस्:
(क) तथ्याङ्क भन्नु भनेको के हो? उदाहरण दिनुहोस्।
उत्तर: तथ्याङ्क भन्नाले कुनै पनि विषय सम्बन्धी जानकारी, आँकडा, तथ्य चित्र, सङ्केत विवरण बुझिन्छ। तथ्याङ्क दुई प्रकारका रहेका छन्:
-
परमाणात्मक तथ्याङ्क: यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ। जस्तै:
- ५ किलोग्राम (तौल)
- १० मिटर (लम्बाइ/चौडाइ)
- १००० रुपैयाँ (आम्दानी/खर्च) आदि।
-
गणात्मक तथ्याङ्क: यो तथ्याङ्कले गणनाहरू वा विशेषताहरू देखाउँछ। यसलाई अन्तर्वार्ता, प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ।
(ख) अनुसन्धान भन्नु भनेको के हो?
उत्तर: अनुसन्धान भन्नाले कुनै पनि विषयको व्यवस्थित तथा वैज्ञानिक रूपमा नयाँ ज्ञानको खोजी गर्ने विधिलाई जनाउँछ। यसले व्यक्तिमा भएको ज्ञानलाई विस्तार र बुझाइलाई प्रस्ट गर्न मद्दत गर्दछ।
(ग) तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन्?
उत्तर: तथ्याङ्कका स्रोतहरू दुई प्रकारका छन्:
-
प्राथमिक स्रोत:
- कुनै पनि अध्ययन गर्न व्यक्ति वा समूहले आफैं सङ्कलन गरेको तथ्याङ्क हो।
- उदाहरण: सर्वेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण आदि।
-
द्वितीय स्रोत:
- अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिला नै सङ्कलन गरेको विवरणलाई द्वितीय स्रोत भनिन्छ।
- उदाहरण: जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदि।
(घ) परमाणात्मक तथ्याङ्क तथा गणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस्।
उत्तर:
तथ्याङ्कलाई दुई भागमा विभाजन गरिएको छ:
-
परमाणात्मक तथ्याङ्क:
- Organisation for Economic Co-operation and Development (OECD) का अनुसार, सङ्ख्यामा व्यक्त गर्न सकिने तथ्याङ्कलाई परमाणात्मक तथ्याङ्क भनिन्छ।
- उदाहरण:
- ५ किलोग्राम (तौल)
- १० मिटर (लम्बाइ/चौडाइ)
- १००० रुपैयाँ (आम्दानी/खर्च) आदि।
- यस्तो तथ्याङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ।
-
गणात्मक तथ्याङ्क:
- Dewitt Wallace Library का अनुसार, गणात्मक तथ्याङ्कले गुण वा विशेषताहरू देखाउँछ।
- यसलाई अन्तर्वार्ता, प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ।
- उदाहरण:
- वस्तुको गुणस्तर
- व्यक्तिको अनुभव
- व्यक्तिले मन पराउने वा नपराउने कुराहरू
- यस्तो तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन, तर तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिन्छ।
(ङ) तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन्? उदाहरणसहित स्पष्ट पार्नुहोस्।
उत्तर: तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी दुई प्रकारका छन्:
-
प्राथमिक स्रोत:
- प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ।
- अध्ययन गर्ने व्यक्ति वा समूहले आफैं सङ्कलन गरेका हुन्छन्।
- उदाहरण:
- सर्वेक्षण
- अन्तरवार्ता
- क्षेत्रभ्रमण
- अवलोकन आदि।
-
द्वितीय स्रोत:
- अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिला नै सङ्कलन गरेका हुन्छन्।
- यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्।
- उदाहरण:
- जनगणना
- पुस्तक
- पत्रपत्रिका
- इन्टरनेट
- अन्य सञ्चार माध्यम आदि।