Shiksha Ra Rojgar
Shiksha Ra Rojgar
Learn Shiksha Ra Rojgar in Social Studies with comprehensive educational content from Padandas.
Shiksha Ra Rojgar
पाठ ५: शिक्षा र रोजगार
अयास
१. तलका प्रश्नका उत्तर दिनुहोस् :
(क) साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस्।
उत्तरः साधारण शिक्षा भनेको कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गरेको आधारभूत शिक्षालाई भनिन्छ। यसले व्यक्तिलाई साधारण जीवन जिउन आधार दिन्छ, तर विशिष्ट सीप दिँदैन। त्यसै गरी, प्राविधिक शिक्षा भनेको कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञान हो। यसले व्यक्तिलाई कुनै विशेष सीप र दक्षता दिने कार्य गर्दछ। यन्त्र, उपकरण, मेसिन, उद्योगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ।
(ख) नेपालमा रोजगार क्षेत्रको मुख्य समस्या के हो?
उत्तरः नेपालमा प्रत्येक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन्, तर व्यक्तिको क्षमता अनुसार रोजगारका अवसर सिर्जना हुन नसकेकाले बेरोजगारको समस्या चर्कदै गएको छ। श्रम बजारमा रोजगारी उपलब्ध नुहुन र उपलब्ध रोजगारीका लागि सिप र दक्षता भएका जनशक्ति उपलब्ध नहुनु नै नेपालको रोजगारी क्षेत्रको प्रमुख समस्या हो।
विश्वविद्यालयले उत्पादन गर्ने श्रम शक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि, प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु, श्रमशक्तिसँग विद्यमान सिप तथा दक्षता अनुसारको अवसर नेपाली श्रम बजारमा उपलब्ध नहुनु पनि नेपालको रोजगारी क्षेत्रको प्रमुख समस्या हो।
(ग) नेपालले किन वैदेशिक जनशक्ति आयात गर्नु परेको हो?
उत्तरः नेपालमा उच्च शिक्षा प्राप्त विश्वविद्यालयहरूले ज्ञानमा आधारित जनशक्ति उत्पादन गरे तापनि, वैदेशिक जनशक्ति आयात गर्नु परेको हो। यसको मुख्य कारण भनेको नेपालको श्रम बजारमा आवश्यक दक्षता र सीप भएका जनशक्ति नहुनु हो।
(घ) बौद्धिक पलायन रोक्न के गर्न सकिन्छ? एक उपाय लेख्नुहोस्।
उत्तरः बौद्धिक पलायन रोक्न देशमा गुणस्तरीय रोजगारीको उपलब्धता, प्राविधिक तथा व्यवसायिक शिक्षाको सृजना, तीव्र औद्योगीकरण, पुँजी निर्माण, लगानीमैत्री वातावरण र सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ। साथै, शिक्षा क्षेत्रले श्रम बजारको आवश्यकता सर्वेक्षण गरी योजनाबद्ध रूपमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्छ।
(ङ) बेरोजगारी समस्याका केही कारणहरू निम्न छन्:
- विश्वविद्यालयले उत्पादन गर्ने श्रमशक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि प्राविधिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु।
- उच्च जनसङ्ख्या वृद्धि दरका कारण पुराना बेरोजगारलाई रोजगारीको अवसर सिर्जना हुन नपाउँदै नयाँ बेरोजगारहरू श्रम बजारमा प्रवेश गर्नु।
- अवसरको अभाव र रोजगारीका लागि आवश्यक सीप र दक्षता भएका जनशक्ति उपलब्ध नहुनु।
(च) नेपालमा बेरोजगारी समस्या समाधान गर्न के के उपायहरू गर्न सकिन्छ? केही उपायहरू लेख्नुहोस्।
- गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा: व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।
- कृषिको आधुनिकीकरण र बजारीकरण: नेपाल कृषिप्रधान देश भएकाले, निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन तथा उत्पादनमूलक उद्योगमा विशेष ध्यान दिनुपर्नेछ।
- तीव्र औद्योगीकरण: तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको आवश्यकता पर्छ, जसले बेरोजगारी समस्या समाधानमा मद्दत पुर्याउँछ।
- जनसङ्ख्या व्यवस्थापन: जनसङ्ख्या, शिक्षा र परिवार योजना जस्ता उपायहरूले सन्तुलित जनसङ्ख्या व्यवस्थापन गर्न सके बेरोजगारीको अवसर सिर्जना गर्न सजिलो हुन्छ।
- पुँजी निर्माण: उपभोक्तावादी संस्कृतिमा सुधार ल्याएर खर्चमा भन्दा पुँजी निर्माण र लगानीमा जोड दिन सकिन्छ, जसले बेरोजगारी समस्या समाधानमा मद्दत पुर्याउँछ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Shiksha Ra Rojgar content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Shiksha Ra Rojgar.
Ready to Master Shiksha Ra Rojgar?
Continue your learning journey in Social Studies and explore more comprehensive educational content.