Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Samanubhuti : Class 12 Social Notes


Subject

Samanubhuti : Class 12 Social Notes

Learn Samanubhuti in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
12,709

Samanubhuti : Class 12 Social Notes

पाठ: ४ समानुभूति

१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्

(क) समानुभूतिको अर्थ के हो?
उत्तर: समानुभूति शब्द "सम" र "अनुभूति" दुई शब्द मिलेर बनेको छ। यसको अर्थ "बराबर" र "अनुभूति" भन्नाले "अनुभव वा महसुस गर्नु" भन्ने बुझिन्छ। त्यसैले, समानुभूति भन्नाले अरूले भोगिरहेका भावनात्मक अनुभवलाई पहिचान गर्नु, बुझ्नु, र सो महसुस गरेर आफूले पनि त्यस्तै भावनात्मक अनुभव वा अनुभूति गर्न सक्ने क्षमतालाई बुझाउँछ।

(ख) समानुभूतिको दुई फाइदा लेख्नुहोस्।
उत्तर: समानुभूतिको फाइदाहरू निम्नानुसार छन्:

  • समानुभूति भएका मानिसहरू बाल्यकालदेखि नै समाजमा मिलनसार हुन्छन्, जसले गर्दा साथीहरू, परिवार, तथा समाजमा सबैसँग राम्रो सम्बन्ध बनाउन सक्छन्।
  • समानुभूति भएका व्यक्तिहरू कार्यस्थलमा पनि सकारात्मक प्रभाव पार्छन्। यसले कर्मचारी तथा व्यवस्थापकबीचको सम्बन्ध सुधार्न मदत गर्छ।

(ग) संज्ञानात्मक समानुभूतिको दुई उदाहरण दिनुहोस्।
उत्तर: संज्ञानात्मक समानुभूति भन्नाले अरूको भावनात्मक अनुभवलाई पहिचान गरी बुझ्ने क्षमतालाई जनाउँछ।
उदाहरणहरू:

  • कसैको अनुहारमा आँसु देखेर ऊ दुःखी छ भन्ने बुझ्न सक्नु संज्ञानात्मक समानुभूति हो।
  • कसैको हाँसो देखेर ऊ रमाइरहेको छ भन्ने थाहा पाउनु संज्ञानात्मक समानुभूति हो।

(घ) समानुभूतिको दुई तत्व उल्लेख गर्नुहोस्।
उत्तर: अमेरिकी लेखक Daniel Goleman का अनुसार समानुभूतिको मुख्य तत्वहरू निम्नानुसार छन्:

  1. अरूलाई बुझ्न सक्ने क्षमता:
    • अरू व्यक्तिहरूको कुरा तथा गैरशाब्दिक सञ्चार (Non-verbal communication) लाई बुझ्ने क्षमता।
    • उनीहरूको दृष्टिकोण बुझ्न, संवेदनशीलता देखाउन, र आवश्यक अनुसार सहयोग गर्न सक्ने क्षमता।
  2. अरूलाई विकास गर्न सक्ने क्षमता:
    • अरूको आवश्यकताअनुसार सहयोग पुर्‍याउने।
    • उनीहरूको क्षमताको विकासमा मदत गर्ने, आवश्यक सुझाव तथा जिम्मेवारी दिने।

(ङ) समानुभूतिको तत्वहरूको सूची बनाई दुई तत्वको परिचय दिनुहोस्।
उत्तर: समानुभूतिको तत्वहरू निम्नानुसार छन्:

  • अरूलाई बुझ्न सक्ने क्षमता
  • संवेदनशीलता देखाउने क्षमता
  • अरूलाई विकास गर्न सक्ने क्षमता
  • सामाजिक चेतना
  • विविधताको सम्मान गर्न सक्ने क्षमता

दुई तत्वको परिचय

(i) अरूलाई बुझ्न सक्ने क्षमता:
अरूको कुरालाई ध्यानपूर्वक सुन्नु, उनीहरूको दृष्टिकोण बुझ्नु, संवेदनशीलता देखाउनु, र आवश्यक सहयोग गर्नु समानुभूतिको एक प्रमुख तत्व हो।

(ii) अरूलाई विकास गर्न सक्ने क्षमता:
अरूको आवश्यकताअनुसार सहयोग गर्ने, उनीहरूको सम्भावनालाई पहिचान गरी आवश्यक जिम्मेवारी दिने तथा प्रेरित गर्ने क्षमतालाई बुझाउँछ।

(च) संवेदनात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस्।
उत्तर:

  • संवेदनात्मक समानुभूति: अरूको भावनात्मक अनुभव देखेर आफैं पनि त्यस्तै अनुभव गर्नु नै संवेदनात्मक समानुभूति हो।
    • उदाहरण: चलचित्रमा कुनै पात्र दुःखी भएको देखेर आफू पनि दुःखी महसुस गर्नु।
  • दयालु समानुभूति: अरूको भावनात्मक अनुभव बुझेर मात्र होइन, आवश्यक परेको अवस्थामा सहयोग गर्न सक्ने क्षमता दयालु समानुभूति हो।
    • उदाहरण: भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको दुःख महसुस गरी राहत सामग्री वितरण गर्नु।

(छ) समानुभूतिको विकास गर्न सकिने पाँच उपाय उल्लेख गर्नुहोस्।
उत्तर: समानुभूतिको विकास गर्न निम्न उपायहरू अपनाउन सकिन्छ:

  • अन्य व्यक्तिहरूका विचार, चासो, संस्कृति आदिको जानकारी राख्ने।
  • नयाँ व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, नयाँ स्थान भ्रमण गर्ने।
  • आफ्नो व्यवहारबारे परिवार, साथी तथा सहकर्मीहरूबाट प्रतिक्रिया लिने र आवश्यकतानुसार सुधार गर्ने।
  • कुराकानी गर्दा अरूलाई सम्मान गर्ने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने।
  • कथा, उपन्यास, समाचार लगायतका साहित्य अध्ययन गर्ने बानी बसाल्ने।

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Samanubhuti content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Samanubhuti.

Ready to Master Samanubhuti : Class 12 Social Notes?

Continue your learning journey in Class 12 Social Guide and Notes and explore more comprehensive educational content.