पाठ : ३ गाउँ-सहर सम्बन्ध
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) गाउँ-सहर सम्बन्धको अवधारणा उदाहरणसहित स्पष्ट पार्नुहोस्।
उत्तर: मानवलाई सामाजिक प्राणी भनिन्छ, तर म यसलाई भौतिक प्राणी पनि मान्छु। यदि मानिस केवल सामाजिक प्राणी मात्र हुन्थ्यो भने, गाउँ र सहरबीचको भौगोलिक तथा आर्थिक भिन्नता किन रहन्थ्यो? यदि मानवीय संवेदना मात्र प्रमुख हुन्थ्यो भने, गाउँका मानिसलाई 'पाखे' भनेर किन सम्बोधन गरिन्थ्यो? यदि त्यस्तो भेदभाव हुँदैनथ्यो भने, गाउँका मानिस र सहरका मानिसबीच सम्बन्ध स्थापित गर्न किन कठिनाइ देखिन्थ्यो?
मलाई आज पनि सम्झना छ, जब हामीबीच मधुर सम्बन्ध थियो। सहरमा हुर्किएका तिमी र गाउँमा हुर्किएको मबीच सोच, परम्परा, रहनसहनमा धेरै भिन्नता थियो। तिमी सहरको व्यवस्थित जीवनशैलीमा हुर्किएका थियौ, जबकि म ग्रामीण जीवनशैलीमा। गाउँमा भेडा-बाख्रा चराउने, खेतिपाती गर्ने जस्ता क्रियाकलाप जीवनशैलीका हिस्सा थिए। यस्तै भिन्नताका बाबजुद पनि, गाउँ र सहरबीचको सम्बन्ध गाढा हुन सक्छ।
गाउँले उत्पादन र बजारकरणको माध्यमबाट समाजको आर्थिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ। उत्पादित वस्तु बजारमा पठाउँदा र त्यसको सेवा तथा वितरणबाट गाउँलेहरूले फाइदा लिँदा गाउँ-सहर सम्बन्ध प्रगाढ बन्छ। यसरी नै गाउँ-सहर सम्बन्धको अवधारणा स्थापित भएको देखिन्छ।
(ख) गाउँ-सहर सम्बन्धका आयामहरूको सशक्त चर्चा गर्नुहोस्।
उत्तर: गाउँमा बसोबास गर्ने अधिकांश मानिसको जीवनशैली कृषि क्षेत्रमा आधारित हुन्छ। सहर भने व्यापार, उद्योग, कलकारखाना तथा सेवा क्षेत्रसँग सम्बन्धित हुन्छ। गाउँमा उत्पादन भएका वस्तुहरू सहरमा बिक्री गरिन्छन्, जबकि सहरले उत्पादन तथा सेवाहरू गाउँमा वितरण गर्छ। यस सम्बन्धका विभिन्न महत्त्वपूर्ण आयाम निम्नानुसार छन्:
-
बजार केन्द्र: गाउँमा उत्पादित वस्तुहरू बजारमार्फत सहरमा वितरण गरिन्छ। यसले गाउँले समुदायको आर्थिक उन्नति गर्न मदत गर्छ भने सहरले आवश्यक वस्तुहरू प्राप्त गर्छ।
-
यातायात: यातायातले गाउँ-सहरबीचको दूरी घटाउन मदत गर्छ। यसले ग्रामीण उत्पादनहरू सहरमा पुर्याउन तथा शिक्षा, स्वास्थ्य र व्यापार प्रवर्द्धन गर्न सहयोग गर्छ।
-
सञ्चार प्रणाली: सूचना आदान-प्रदान गर्ने माध्यमको रूपमा सञ्चार प्रणाली महत्त्वपूर्ण हुन्छ। E-education जस्ता प्रविधिले ग्रामीण शिक्षामा योगदान पुर्याएको छ।
(ग) परिधिले गाउँ-सहर अन्तरसम्बन्धमा कसरी भूमिका खेल्छ, उल्लेख गर्नुहोस्।
उत्तर: सहरको वरपरको क्षेत्रलाई परिधि भनिन्छ। यस क्षेत्रले सहरलाई आवश्यक पर्ने कच्चा पदार्थ, खाद्यान्न, हस्तकला तथा श्रमशक्ति उपलब्ध गराउँछ। यसैगरी, सहरबाट प्राप्त हुने सेवा तथा सुविधा परिधिमा समेत विस्तार हुन्छ। गाउँ-सहर सम्बन्धलाई प्रभाव पार्ने कारकहरू परिधिको उपलब्ध स्रोत, उत्पादन प्रक्रिया तथा भौगोलिक दूरीले निर्धारण गर्छन्।
(घ) गाउँ-सहर सम्बन्धका क्रियाहरू उदाहरणसहित वर्णन गर्नुहोस्।
उत्तर: गाउँ-सहर सम्बन्ध विभिन्न गतिविधिहरूबाट मजबुत हुन्छ, जसमा निम्न मुख्य क्रियाकलापहरू पर्छन्:
-
मानिसको बसाइँसराइ: प्रायः गाउँबाट सहरतर्फ बसाइँसराइ हुने गर्दछ। रोजगारी, शिक्षा तथा सुविधाका लागि गाउँका मानिसहरू सहरतर्फ जाने गर्छन्।
-
सम्पत्तिको आदान-प्रदान: गाउँमा उत्पादित कच्चा पदार्थ, कृषि उत्पादन, जडीबुटी आदान-प्रदान हुन्छ।
-
बजार केन्द्रको भूमिका: कृषि उत्पादनको उचित बजार व्यवस्थापन गरी गाउँ-सहर अन्तरसम्बन्धलाई सुदृढ बनाउन सकिन्छ।
-
जीविकोपार्जनमा विविधीकरण: कृषि उत्पादनका नयाँ प्रविधिहरू, मल, बीउ, औषधि तथा उपभोक्ता सामग्रीहरूको आदान-प्रदानले ग्रामीण अर्थतन्त्रलाई टेवा दिन्छ।
(ङ) गाउँ-सहर सम्बन्धले जीविकोपार्जन शैलीमा ल्याउने सकारात्मक र नकारात्मक परिवर्तनहरू उल्लेख गर्नुहोस्।
उत्तर:
सकारात्मक परिवर्तनहरू:
-
आधुनिक कृषि प्रविधिहरूको प्रयोग गर्दै उत्पादन वृद्धिमा योगदान।
-
गाउँमा पूर्वाधार तथा यातायात विकास।
-
दैनन्दिन जीवनमा सहजता र सुगमता।
-
शिक्षामा वृद्धि।
नकारात्मक परिवर्तनहरू:
-
गाउँबाट रोजगारीका लागि विदेश पलायन वृद्धि।
-
ग्रामीण मौलिक संस्कृति तथा परम्परामा कमी।
-
शहरीकरणका कारण परम्परागत पेशा लोप हुने सम्भावना।