एकाइ १, पाठ २
तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
१. पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ?
उत्तर:
पूर्वीय चिन्तन परम्परा भन्नाले पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परालाई बुझिन्छ। “पूर्वीय दर्शन परम्परा” ले सामान्यतया एसियाका पूर्वी, दक्षिणी भूभागमा उद्भव एवं विकास भएका विविध दर्शनहरूलाई जनाउँछ। भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शन अन्तर्गत भारतीय दर्शन, चिनियाँ दर्शन, कोरियाली दर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदिको उल्लेख गरिएको छ। वेदमा आधारित अनेक सिद्धान्तहरूको समीक्षणबाट आजको युगमा आइपुगेको हिन्दु धर्म एवं दर्शन, जैन धर्म एवं दर्शन, बौद्ध धर्म एवं दर्शन, शिख धर्म एवं दर्शन, कन्फ्युसियस दर्शन, ताओ दर्शन आदिको प्रभावको पूर्वीय चिन्तन परम्परा बनेको छ। यस पृष्ठभूमिमा पूर्वीय चिन्तन परम्परा भन्नाले नैका विविधता, दार्शनिक, विचारधारात्मक एवं व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई बुझ्नुपर्दछ। उपयुक्त समन्वयात्मक दृष्टिकोणका आधारमा पूर्वीय चिन्तन परम्पराका केही साझा आधारभूत मान्यताहरू पनि रहेका छन्। नैतिक जीवनशैलीको जोड हिन्दु, बौद्ध, जैन, बोन, कन्फ्युसियस, ताओ आदि चिन्तन परम्परामा पनि पाइन्छ। यी सबै पूर्वीय दर्शनमा सदाचारीलाई महत्व दिइएको छ। खानपिन, सगत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले यी सबै मानव मर्यादा अनुसारको हुनुपर्ने भनिएको छ। यसले (पूर्वीय चिन्तन परम्परामा) जीवनोपयोगी आचरणलाई जहिले पनि उपयुक्त जीवनोपयोगी सिप र वास्तविक जीवनशैलीलाई महत्व दिइएको छ।
२. पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ?
उत्तर:
पाश्चात्य चिन्तन परम्पराको मूल उत्पत्ति ग्रीस हो। ग्रीसका दार्शनिकहरू सोक्रेट्स (सुकरात), प्लेटो र एरिस्टोटलका विचारको पाश्चात्य चिन्तनमा राम्रो प्रभाव परेको देखिन्छ। सोक्रेट्सका शिष्य प्लेटो र प्लेटोका शिष्य एरिस्टोटल हुन्। सोक्रेट्सको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ। प्लेटोले आफ्ना सबै विद्यार्थीहरूलाई दर्शन नै सिकाउने कुरामा जोड दिएका थिए। दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनको मान्यता थियो। पाश्चात्य नीति शास्त्रको विकासमा उनको प्रभावकारी योगदान छ। उनले व्यवस्थित शिक्षाका लागि एकेडमी नामक संस्था खोले। आधुनिक विश्वविद्यालयहरूलाई प्लेटोको एकेडमीकै विकसित रूप मानिन्छ। प्लेटोका शिष्य एरिस्टोटलले भौतिक जगत, मानव समाजको अध्ययनलाई अगाडि बढाए। पाश्चात्य चिन्तन परम्परामा क्रिश्चियन मतको पनि धेरै प्रभाव परेको छ। युरोपमा कुनै समय चर्च नै सबैमा सर्वेसर्वा शक्तिशाली अवस्थामा रहेको थियो। चर्चले कृत्रिम विज्ञान, आलोचनात्मक अध्ययन तथा प्रगतिशील विचारलाई दमन गर्यो। यसले यो समयलाई कालान्तरमा इतिहासकारहरूले अँध्यारो युग नाम दिएका छन्। चर्चको अत्याचार बढ्दै जाँदा क्रिश्चियन समुदायभित्र पनि सुधारका लागि आवाज उठ्न थाले भने कालान्तरमा चर्चका विरुद्ध कलाकार, साहित्यकार, दार्शनिक, वैज्ञानिक, राजनीतिज्ञ, चिन्तक आदिले विद्रोह गरे। उपयुक्त विद्रोहको फलस्वरूप पाश्चात्य चिन्तन परम्परामा प्रगतिशील र वैज्ञानिक चिन्तन पद्धति अगाडि आयो। प्रगतिशील एवं आलोचनात्मक चेतनायुक्त ज्ञानको खोजीमा उनीहरूले प्राचीन ग्रीसको चिन्तन परम्परालाई पुनर्जीवित गरे। पाश्चात्य समाजमा कलात्मक अभिव्यक्ति, आलोचनात्मक विश्लेषण र वैज्ञानिक खोजको द्वार खुल्यो। अतः भौतिक विज्ञान र विधाको विकास सँगै केही शताब्दीमा शिक्षा, अर्थशास्त्र, तर्कशास्त्र, नीतिशास्त्र, राजनीतिशास्त्र, कला दर्शन, काव्यशास्त्र, कृत्रिम विज्ञान, वैचारिक स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको विकास नै पाश्चात्य चिन्तन परम्परा हो।
३. पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ?
उत्तर:
नैतिक जीवनशैली, हिन्दु, बौद्ध, जैन, बोन, कन्फ्युसियस, ताओलगायतका सबै दर्शनमा महत्व दिइएको छ। खानपिन, सगत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले यी सबै मानव मर्यादा अनुसारको हुनुपर्ने मानिन्छ। यसले पूर्वीय चिन्तन परम्परा अन्तर्गत जीवनोपयोगी शिक्षामा जहिले पनि उपयुक्त जीवनोपयोगी सिप र वास्तविक जीवनशैलीलाई महत्व दिइएको हुन्छ। नेपालमा एकातिर अति प्राचीनकालदेखि नैका मान्यताहरू यहाँ अविच्छिन्न देखिन्छन् भने अर्कोतिर वैश्वीकरण, पश्चिमी संस्कृतिकरण र उपभोगवादले पूर्वीय चिन्तन परम्परालाई असर गरेको छ। आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैली तिर जनचासो हालसालैका वर्षहरूमा बढ्दो मात्रामा देखिन्छ। यसले पनि पूर्वीय चिन्तन परम्पराको महत्व वर्धनलाई योगदान पुग्याएको छ। हिन्दु र बौद्ध दुवै परम्परामा जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र वास्तविक जीवनशैलीलाई आपसमा अन्तर सम्बन्धित मानी आहार, आचारविचार र दैनिक व्यवहारमा तिनीहरूको दृष्टिकोणमा जोड दिइएको पनि देखिन्छ। शिक्षा नीतिमा बहुसांस्कृतिकता, बहुविषयकता, विधिको योग, वैविध्यीकरण, मौलिकताको वर्धन जस्ता मान्यताहरूले पनि वेस पाइसकेको देखिन्छ।