पाठ: ३ जीवन दर्शन, सामाजिक मूल्य, मान्यताहरू र सामाजिक व्यवहार
तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) दर्शन भन्नाले के बुझिन्छ ?
उत्तर: दर्शन भन्नाले प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतना बारेको विश्लेषण हो। विद्या, तद्सम्बन्धी विषयमा व्यापक रूपमा यथार्थ परिचय दिने शास्त्र, आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन विश्लेषण पनि हो।
दर्शन मूलतः संस्कृत शब्द हो। संस्कृत भाषामा ‘दृश’ धातुमा ‘अन’ प्रत्यय लागेर ‘दर्शन’ शब्द बन्दा सामान्यतया दर्शन भन्नाले हेर्ने वा देख्ने कार्यलाई जनाउँछ। संस्कृतमा जसको माध्यमबाट तत्वको साक्षात्कार हुन्छ अथवा आफूले खोजेको कुरा पाउन मद्दत मिल्छ, त्यही दर्शन हो भन्ने पाइन्छ। विशेष अर्थमा दर्शन भन्नाले विशेष प्रकारको विद्या वा ज्ञानको एक विधालाई जनाउँछ।
दर्शन विद्यालाई अङ्ग्रेजी भाषामा ‘Philosophy’ भनिन्छ। ‘Philosophy’ शब्दको मूल ग्रीक भाषाको ‘Philosophia’ शब्द रहेको छ, जसको अर्थ ‘ज्ञानको प्रेम’ हो। आधुनिक युगमा दार्शनिकहरूले दर्शनका मुख्य क्षेत्रहरूलाई तत्वविज्ञान वा तत्वमीमांसा, ज्ञानमीमांसा वा प्रमाणविज्ञान, अस्तित्वमीमांसा, तर्कशास्त्र, नीतिशास्त्र, सौन्दर्य मीमांसा आदि भनेर विभाजन गरेको पाइन्छ।
(ख) विश्व दृष्टिकोण भन्नाले के बुझिन्छ ?
उत्तर: विश्वदृष्टिकोण भन्नाले विश्व वा जगतको अवलोकन र विश्लेषण गरी आफ्नो अनुभूति, सोच, मान्यता तथा अपेक्षाको आधारमा बनाइएको धारणा बुझिन्छ।
विश्व प्रतिको दृष्टिकोण नै विश्वदृष्टिकोण हो भन्न सकिन्छ। आफू बसिरहेको विश्वबारे मानिसमा रहेको सोच, मान्यता, दृष्टिकोण तथा अपेक्षाको समिष्ट धारणा हो। विश्वदृष्टिकोणले मानिसको विचारधारामा प्रभाव पार्छ।
चेतनालाई प्रधान मान्ने वा पदार्थलाई मात्र प्रधान मान्ने वा चेतना र पदार्थ दुवैको सम्बन्धलाई मान्ने भन्ने तीन अलग-अलग विश्वदृष्टिकोणहरू छन्।
- सांख्य दर्शन चेतना र पदार्थ दुवैको सम्बन्धलाई मान्छ।
- ईसाई दर्शन ईश्वरका रूपमा चेतनालाई मात्र प्रधान मान्छ।
- मार्क्सवाद पदार्थलाई मात्र प्रधान मान्छ।
यी भिन्न-भिन्न मान्यताले जीवन र जगतबारे फरक दृष्टिकोण उत्पन्न गराउँछन्। विश्वदृष्टिकोणले दैनिक जीवनका क्रियाकलापमा पनि प्रभाव पार्छ।
संसार कस्तो छ र कस्तो हुनुपर्छ भन्ने जस्ता सवालमा मानिसहरूले आफ्नो विश्वदृष्टिकोण अनुसार विश्लेषण गरिरहेका हुन्छन्।
- कतिपय दर्शनमा विश्वलाई मुख्यतः सुखमय मानिएको छ।
- कतिपय दर्शनमा विश्वलाई मुख्यतः पापमय मानिएको छ।
- कतिपय दर्शनमा विश्वलाई भौतिक पदार्थहरूको द्वन्द्वात्मक सम्बन्धबाट अस्तित्वमा रहेको विश्लेषण गरिएको छ, जसमा न त यसलाई मात्र सुखमय मानिएको छ, न त मात्र पापमय।
जगतबारे यी भिन्न-भिन्न विश्लेषणहरूले विभिन्न विश्वदृष्टिकोणहरू निर्माण गर्छन्। कुन विश्वदृष्टिकोण मानिएको छ भन्ने आधारमा ठूला विचारकहरू साथै व्यावहारिक भिन्नता आउँछ।
(ग) द्वैध विभाजन दृष्टिकोण र समन्वयात्मक दृष्टिकोणको फरक उदाहरणसहित स्पष्ट पार्नुहोस्।
उत्तर:
समता शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा "सम हुने अवस्था, समानता, एकनासपन, बराबरी, पक्षपात नगर्ने ढाँचा एवम् निष्पक्षता" भनेर दिइएको छ। यसरी शब्दकोशले समता शब्दलाई समानताको पर्यायवाचीका रूपमा प्रस्तुत गरेको देखिन्छ।
तर, समानताको अर्थ चाहिँ "समान हुने चाल वा स्थिति, तुल्यता, साम्य" उल्लेख छ। शब्दकोशले समान भन्नाले तुलनात्मक र गणनात्मक दृष्टिले मूल्य बराबर भएको भन्नु हो।
तर सामाजिक, राजनीतिक, कानुनी तथा नीतिगत क्षेत्रमा समानता र समताको अलग-अलग अर्थ लाग्छ।
उदाहरणका लागि:
- यदि कुनै स्थानमा राहत वितरणका लागि ५०० बोरा चामल छ र राहत पाउनुपर्ने परिवार पनि ५०० को सङ्ख्यामा छन् भने, सबैलाई एक-एक बोरा बाँड्दा समानता भएजस्तो देखिन्छ।
- तर, ती परिवारमध्ये कतिपयको घरमा कुनै पनि खाद्यान्न छैन भने केहीको घरमा प्रशस्त खाद्यान्न छ। यस्तो अवस्थामा सबैलाई समान रूपमा बाँड्दा वास्तविक समता भएन।
समता प्राप्त गर्नका लागि जो वञ्चित तथा उत्पीडित छन्, तिनीहरूलाई विशेष व्यवस्था गर्नुपर्छ।
द्वैध विभाजन दृष्टिकोण:
- द्वैध विभाजन दृष्टिकोणले वस्तु, जीवन, विचार, धर्म आदि कुरालाई दुई भिन्न पक्षमा बाँडेर हेर्छ।
- जस्तै: राम्रो-नराम्रो, धर्म-अधर्म, सत्य-असत्य, आत्मा-शरीर आदि।
समन्वयात्मक दृष्टिकोण:
- समन्वयात्मक दृष्टिकोण भने द्वैधताभन्दा फरक भएर विभिन्न पक्षहरूलाई एकीकृत गर्छ।
- उदाहरणका लागि: पूर्वीय तथा पश्चिमी ज्ञानको मिश्रण, विज्ञान र आध्यात्मिकताको एकीकरण, विविध धार्मिक मान्यताहरूको सहअस्तित्व आदि।
मानव अधिकारको विश्वव्यापी मान्यताले समानतामूलक विश्व दृष्टिकोणलाई प्रवर्धन गर्न अपेक्षा गरिएको छ। पश्चिमी देशहरूबाट प्रारम्भ भएको मानवतावाद र नेपालबाट सुरु भएको सहृदयता दर्शनको प्रभाव विस्तार हुँदै जाँदा समतामूलक विश्व दृष्टिकोणको मुख्य प्रवाहमा सकारात्मक योगदान पुगेको देखिन्छ।