पाठ: ३ अध्ययन प्रस्तावनाको संरचना
तलका प्रश्नहरूको अत्यन्त छोटो उत्तर दिनुहोस्:
(क) अध्ययन प्रस्तावना भन्नु भनेको के हो?
उत्तर: अध्ययन प्रस्तावना भन्नाले कुनै पनि विषयमा आधारित भई अनुसन्धान तथा खोज प्रक्रियामा लाग्ने कार्यलाई जनाउँछ।
अध्ययन प्रस्तावनामा परिचय, समस्याको कथन, उद्देश्यहरू, साहित्य पुनरावलोकन, अध्ययन विधि, सन्दर्भ सामग्रीलाई मुख्य अङ्ग बनाई अध्ययन गर्नुपर्छ।
सम्बन्धित विषयविज्ञको सल्लाहमा अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ।
(ख) अध्ययन विधिमा के-के कुरा लेखिनुपर्छ?
उत्तर: अध्ययन विधिमा गणात्मक र परमाणात्मक अनुसन्धान विधि प्रयोग गरिन्छ।
यसमा प्राथमिक तथा द्वितीय दुवै प्रकारका स्रोतबाट तथ्याङ्क सङ्कलन गरिन्छ। जस्तै:
- प्राथमिक स्रोतहरू:
- अवलोकन
- अन्तर्वार्ता
- क्षेत्र भ्रमण
- सर्वेक्षण आदि।
- द्वितीय स्रोतहरू:
- जनगणना
- पुस्तक
- पत्रपत्रिका
- इन्टरनेट आदि।
(ग) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क सङ्कलनका स्रोतहरू कुन-कुन हुन्?
उत्तर: द्वितीय तथ्याङ्कका स्रोतहरूमा इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदि पर्छन्।