पाठ: ९ भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) ग्राफ र रेखाचित्र बीचको फरक उदाहरणसहित स्पष्ट पार्नुहोस्।
उत्तर:
एक सरल रेखाचित्रको माध्यमबाट तथ्यहरूको प्रतिनिधित्व गर्ने माध्यमलाई रेखाचित्र भनिन्छ। सामान्यतया, ग्राफमा वस्तु र परिमाण बीचको सम्बन्धलाई X र Y अक्षको सहायता लिएर चित्रण गरिन्छ। रेखाचित्रमा दृश्यात्मक प्रविधिको प्रयोग गरेर सूचनाहरूको प्रतीकात्मक प्रतिनिधित्व गराइन्छ। कहिलेकाहीँ ग्राफ र रेखाचित्रलाई एउटै अर्थमा प्रयोग गरिएको पाइन्छ।
ग्राफ र रेखाचित्रले तथ्य र विचारहरूलाई संक्षिप्त रूपमा प्रतिनिधित्व गर्छन्। यसको प्रयोग वस्तुहरूको तुलना गर्न, अन्तर छुट्याउन, र परिवर्तन देखाउन गरिन्छ। कुनै पनि ठाउँको तापक्रम, वर्षा, उत्पादन आदि मा कति परिवर्तन आयो भन्ने अध्ययन गर्न ग्राफ र रेखाचित्रको प्रयोग गर्न सकिन्छ।
तथ्याङ्कलाई सजिलैसँग देखाउन स्तम्भ रेखाचित्र, रेखा ग्राफ र चक्र चार्टको प्रयोग गरिन्छ भने, रेखाचित्रमा तथ्याङ्कलाई सरल रूपमा देखाउन सोझो धर्का वा स्तम्भको रूपमा दिएर बनाइन्छ।
(ख) कम्प्युटरबाट चार्ट बनाउनका तरिकाहरू बताउनुहोस्।
उत्तर:
कम्प्युटरमा एमएस एक्सेलमा चार्ट बनाउनका तरिकाहरू निम्नानुसार छन्:
- वर्कसिटको डेटा आवश्यकतानुसार चार्टमा उत्पन्न हुने भागलाई चयन गर्नुहोस्।
- "Insert" मेनुमा क्लिक गर्नुहोस्।
- "Chart" समूहबाट "Column" मा क्लिक गर्नुहोस्।
- आवश्यकतानुसारको स्तम्भ चार्ट छानी क्लिक गर्नुहोस्।