पाठ: २ प्रदेशहरूको जनसाङ्ख्यिक अवस्था र विशेषता
(क) जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो?
उत्तर: जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौँ हो।
(ख) जनसङ्ख्या धेरैदेखि थोरैको आधारमा क्रमशः प्रदेशहरूको नाम लेख्नुहोस्।
उत्तर: जनसङ्ख्या धेरैदेखि थोरैको आधारमा क्रमशः बागमती प्रदेश (२०.९%), प्रदेश नं. २ (२०.४%), प्रदेश नं. १ (१७.१%), लुम्बिनी प्रदेश (१६.९%), सुदूरपश्चिम प्रदेश (९.६%), गण्डकी प्रदेश (९.३५%), र कर्णाली प्रदेश (५.८%) रहेका छन्।
(ग) नेपालको जनसङ्ख्याको प्रदेशगत आकारलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस्।
उत्तर: नेपालको कुल जनसङ्ख्या २६,४९४,५०४ रहेको छ। यसलाई प्रदेशगत आधारमा वृत्तचित्रमा निम्नानुसार देखाइएको छ:
(घ) नेपालको प्रदेशगत जनसङ्ख्या वितरणको विश्लेषण गर्नुहोस्।
उत्तर:
- प्रदेश नं. १: ९,९२,४४५ घरपरिवार रहेका छन्। यस प्रदेशमा औसत परिवारको आकार ४.५६ र लिङ्ग अनुपात ९०.३२ छ। यस प्रदेशको शहरी जनसङ्ख्या २६,३९,९४६ (५८.२%) रहेको छ।
- प्रदेश नं. २: ९,३२०८७ घरपरिवार रहेका छन्। यस प्रदेशमा औसत परिवारको आकार ५.८३ र लिङ्ग अनुपात १०१.२ छ। यस प्रदेशको शहरी जनसङ्ख्या ७१.९% रहेको छ।
- बागमती प्रदेश: जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो प्रदेश हो। यस प्रदेशमा १२,७०,६९७ घरपरिवार रहेका छन्। यसले नेपालको लगभग २०.९% जनसङ्ख्या ओगटेको छ। यस प्रदेशको शहरी जनसङ्ख्या ६०.५% रहेको छ।
- लुम्बिनी प्रदेश: ८,८५,२०३ घरपरिवार रहेका छन्। यसले नेपालको कुल जनसङ्ख्याको १६.९% भाग ओगटेको छ। लुम्बिनी प्रदेशमा ५१.७% शहरी जनसङ्ख्या रहेको छ।
- कर्णाली प्रदेश: नेपालको सबैभन्दा कम जनसङ्ख्या रहेको प्रदेश हो। यस प्रदेशमा जम्मा २,९८,३५९ घरपरिवार रहेका छन्। यस प्रदेशमा शहरी जनसङ्ख्या ४९.३% रहेको छ।
- सुदूरपश्चिम प्रदेश: ४,६९,९७१ घरपरिवार रहेका छन्। यस प्रदेशले नेपालको लगभग ९.६% जनसङ्ख्या ओगटेको छ। यस प्रदेशको शहरी जनसङ्ख्या ५८.९% रहेको छ।