पाठ: १० सामाजिक नक्साङ्कनमा सूचना प्रणालीको प्रयोग
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) जीपीएसको पूर्णरूप लेख्नुहोस्।
उत्तर: जीपीएसको पूर्णरूप ग्लोबल पोजिसनिङ सिस्टम हो। यो प्रणाली उपग्रह, ग्राउण्ड स्टेशन, रिसिभर र प्रयोगकर्ताहरू मिलेर बनेको हुन्छ।
(ख) जीपीएसको उपयोगिता लेख्नुहोस्।
उत्तर: जीपीएस प्रणालीमा उपग्रहले नक्षत्रका ताराहरू जस्तै काम गर्छ। यसमा मोबाइल फोन जस्तै एक रिसिभर हुन्छ, जसले उपग्रहबाट आएका सङ्केतहरूलाई अभिलेख गर्छ। सङ्केतहरू एक अर्काबाट कति टाढा रहेका छन् र तिनीहरूको दूरी कति छ भन्ने गणना गर्छ। यही गणनाका आधारमा कुनै पनि ठाउँको अवस्थिति पत्ता लगाउन सकिन्छ।
(ग) दूर संवेदनले वर्तमान समयमा पुर्याएका फाइदाहरूको सूची तयार पार्नुहोस्।
उत्तर:
दूर संवेदन भन्नाले पृथ्वीकाका घटनाहरूको गतिविधिहरूलाई अवलोकन गर्न, अभिलेख गर्न र बुझ्नका लागि गरिने कार्यलाई जनाउँछ।
प्रारम्भमा फोटो खिच्न बेलुन, पतङ्गर, रकेट र मानव रहित बलुनहरू प्रयोग गरिन्थ्यो। भू-उपग्रह र विमानमा जडान गरिएका रिमोट सेन्सिङले भूकम्पका क्षतिको विवरण तयार पार्नका साथै जहाजहरूमा रहेको प्रणालीबाट समुद्रको गहिराइको नक्सांकन गर्न दूर संवेदनको प्रयोग गरिन्छ।
उपग्रहमा जडित क्यामराले महासागरको तापक्रममा हुने परिवर्तनको समेत नक्सांकन लिन सक्ने भएकाले यस प्रविधिको महत्त्व बढेको छ। सहरी विकास, भूम्यापन, जङ्गल आदिको परिवर्तनलाई अभिलेख गर्न पनि यो प्रविधि महत्त्वपूर्ण मानिन्छ।
भौगोलिक सूचना प्रणाली (GIS)
भौगोलिक सूचना प्रणाली (GIS) भन्नाले भूगोलसम्बन्धी जानकारी दिन बनाइएको एउटा प्रणाली हो। GIS को प्रयोग विभिन्न ठाउँहरूमा गर्न सकिन्छ, जस्तै:
१. विश्वको नक्साङ्कन गर्न
२. वस्तु वा व्यक्तिको स्थान पहिचान गर्न
३. विश्वको भूगोलसम्बन्धी तथ्याङ्क संकलन गर्न
(घ) GIS प्रविधिको उपयोग तपाईंले कहाँ कहाँ र कसरी गर्नुभएको छ? उदाहरणसहित लेख्नुहोस्।
उत्तर:
GPS जस्तोसुकै समय र मौसममा काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ। यसका प्रमुख प्रयोगहरू निम्नानुसार छन्:
- स्थान: अवस्थिति पहिचान गर्न
- नेभिगेसन: एक स्थानबाट अर्को स्थानमा जान वा पुग्न
- अनुगमन: वस्तु वा व्यक्तिलाई अनुगमन गर्न
- नक्साङ्कन: विश्वको नक्सा तयार गर्न
- समय: वास्तविक समय मापन गर्न
हाल नेपालमा जीपीएसको व्यापक प्रयोग भइरहेको छ। ठूला-ठूला सहरहरूमा सवारी साधनमा यस प्रविधिलाई उपयोग गरी यात्रुहरूलाई सेवा दिइरहेका छन्। निकट सेवा प्रदायक निकायहरूले काठमाडौं लगायतका ठूला सहरहरूमा यस्ता सेवा दिइरहेका छन्। यस्तो सेवा प्राप्त गर्न सेवा प्रदायक निकायमा सूचना प्रविष्ट गरेर अर्डर दिइन्छ। अर्डर दिएको समयमा जीपीएसको सहायताले ती सवारी साधन हाम्रो अवस्थिति पहिचान गरी आउँछन् र गन्तव्य स्थानमा पु¥याउँछन्।