पाठ :३ शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव
१. तलका प्रश्नहरू उत्तर दिनुहोस्:
(क) सामाजिक विकास भनाले के बुझिन्छ?
उत्तर: समाजका प्रत्येक व्यक्ति ले आफ्नो मताको उच्चतम तहसम्म पुग्न र उनीहरूको सुविधामा सुधार गर्नु नै सामाजिक विकास हो। व्यक्ति ले सामान्य वास र समानताका साथ आफ्नो सपना तर्फको यात्रा गर्नको लागि सबै बाधा हटाउनुपर्छ। जस्तै गरी बिमार रहेको मानिसलाई यसबाट मुक्ति दिलाएर समृद्धि तर्फ जानु सामाजिक विकास हो। सामाजिक विकासले मानिसलाई दुःख पीडा, असहजता, बाधा, सीमितता, अन्याय, अन्यता, असमता आदि बाट मुक्ति दिन्छ र सहज, सुखी र खुशी जीवन यापन गराउँछ।
(ख) शिक्षा ले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ?
उत्तर: शिक्षित व्यक्ति आफै रोजगार सिर्जना गरेर आफ्नो आर्थिक विकास गर्न सक्दछन्। यसले दक्ष जनशक्ति बढाउँछ जसले विदेश र स्वदेशी रोजगार सहजै गर्न सक्छन्। दक्ष जनशक्ति हुँदा देशको आर्थिक अवस्था द्रुत गतिमा सुधार हुन्छ र यसले राष्ट्रिय विकासमा योगदान पुर्याउँछ। यस प्रकार शिक्षा अर्थतन्त्रलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
(ग) शिक्षा समाजिक विकासमा पुगाउन के के पाँच योगदानहरू छन्?
उत्तर: मानव विकास गर्नका लागि सामाजिक विकास आवश्यक छ। शिक्षा र व्यावसायिक शिक्षा सामाजिक विकासका मुख्य तत्व हुन्। शिक्षा मानिसलाई ज्ञान, सीप र विधि सिकाउनका साथै उसको बानी र व्यवहारमा पनि सुधार ल्याउन मद्दत गर्दछ। यस कारण सामाजिक विकासमा शिक्षाको भूमिका महत्त्वपूर्ण छ।
शिक्षाले सामाजिककरण, मानसिकता विकास, सीप र विधिको परिचय दिँदै व्यक्तिलाई जनशक्ति बनाउँछ र समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।
(घ) संस्कृति को विकास र संवर्धनमा शिक्षा को के भूमिका हुन्छ?
उत्तर: संस्कृतिको संरक्षण: औपचारिक र अनौपचारिक शिक्षा समाजमा रहेका परंपरा, रीतिरिवाज, सांस्कृतिक मूल्य, कला, नैतिकता आदि लाई शिक्षाको माध्यमबाट मस्तिष्कमा राख्न मद्दत गर्दछ। यसले संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न मद्दत गर्दछ।
संस्कृतिको सार: हामी संस्कृति बिना समाजमा वास गर्न सक्दैनौँ। एक पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण गर्ने कार्य शिक्षा द्वारा सम्भव हुन्छ। यसरी शिक्षा संस्कृति हस्तान्तरण गर्न मद्दत पुर्याउँछ।
संस्कृतिको संवर्धन: शिक्षाले संस्कृति को संरक्षण र प्रसार गर्दै, परिवर्तित परिस्थितिका आधारमा संस्कृतिमा सुधार र विकास गर्न पनि मद्दत गर्दछ। यसरी पुराना असामर्थक सांस्कृतिक मत्त्वलाई विकास र सुधार गरिन्छ।
संस्कृति मा परिवर्तन: समाज परिवर्तनशील भएकाले समाजको संस्कृति पनि परिवर्तन हुँदै जान्छ। तर सामान्यतया मानिसहरू परिवर्तनलाई सहजै स्वीकार्न तयार हुँदैनन्। शिक्षा ले मानिसलाई संस्कृति को परिवर्तनलाई स्वीकार गर्न र आफूसँग समायोजन गर्न सिकाउँछ। यसले विभिन्न संस्कृतिहरूलाई मिलाएर नयाँ यथार्थमा समाहित गर्न मद्दत गर्दछ।
(ङ) सांस्कृतिक पछौटेपन हटाउन शिक्षा को भूमिका महत्त्वपूर्ण छ भन्ने भनाइलाई आफ्नो तर्कसहित स्पष्ट गर्नुहोस्।
उत्तर: विज्ञान र विधिको विकासले मानिसको भौतिक संस्कृति को सुधार गर्न मद्दत गरेको छ। यसले गर्दा मानिस आधुनिक जीवन यापन गर्न सक्षम भएका छन् र गैर-भौतिक संस्कृति लाई उपेक्षा गर्न थालेका छन्। यस अवस्थालाई नै सांस्कृतिक पछौटेपन भनिन्छ। यसलाई हटाउनका लागि शिक्षा प्रणालीमा सांस्कृतिक पक्षहरू समावेश गर्नुपर्ने आवश्यकता छ। यसैले शिक्षा सांस्कृतिक पछौटेपन हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।