पाठ: ४ शिक्षा र समदुायको सहभागिता
१. तलका प्रश्नका उत्तर दिनुहोस्:
(क) समदुायको सहभागिता भनेको के हो?
उत्तर: समदुायको सहभागिता भनेको समाजिक कार्यहरूमा समदुायका सदस्यहरूको सक्रिय सहभागिता हो। यसको अर्थ कुनै पनि निर्णय लिन, निर्णय कार्यान्वयन गर्न, अनुगमन गर्न र मूल्याङ्कन गर्न समाजका प्रत्येक सदस्यको योगदान आवश्यक छ। यसका माध्यमबाट समदुायका सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु ही समदुायको सहभागिता हो।
(ख) राणा शासनकालमा विद्यालयको विकास नहुनुको एक कारण लेख्नुहोस्।
उत्तर: राणा शासनकालमा विद्यालयको विकास नहुनुको मुख्य कारण भनेको सरकारको वार्षिक बजेटमा विद्यालयका लागि पर्याप्त रकम नहुने, समदुायले विद्यालयका लागि जग्गा, भवन र शैक्षिक सामाग्रीका लागि सहयोग नगर्नु, विद्यालय संचालक समितिको प्रभावकारी व्यवस्था नहुनु, र सरकारको अनुदानमा व्यवस्था नगर्नु हो।
(ग) शिक्षाले समदुायको विकासमा खेलेको कुनै एक भूमिका उल्लेख गर्नुहोस्।
उत्तर: शिक्षा समदुायको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यसले समदुायको आर्थिक, भौतिक र शैक्षिक पक्षमा जवाफदेहिता र पारदर्शिता कायम गर्न मद्दत पुर्याउँछ। शैक्षिक कार्यमा सुधारले समदुायका सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउँछ।
(घ) तपाईंको विद्यालयका भवनहरू कसको सहयोगमा बनेका छन्?
उत्तर: मेरो विद्यालयका भवनहरू निम्नलिखित सहयोगमा बनेका हुन्:
- थानीय व्यक्तिहरुको सहयोगमा
- बेलायत सरकारको सहयोगमा
- भारत सरकारको सहयोगमा
- नेपाल सरकारको सहयोगमा
(ङ) शिक्षाको विकासमा समदुायको भूमिका के कस्तो हुन्छ? यायाद गर्नुहोस्।
उत्तर: शिक्षाको विकासमा समदुायको महत्त्वपूर्ण भूमिका हुन्छ। केही महत्वपूर्ण भूमिकाहरू यस प्रकार छन्:
- विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक र मानवीय सहयोग गर्नु।
- विद्यालयको शैक्षिक कार्यलाई सहयोग पुर्याउने घरको वातावरण बनाउन अभिभावकलाई सचेतन र सहयोग दिनु।
- विद्यालय र घर बीच संवाद कायम गरेर अभिभावकलाई विद्यालयको गतिविधि र विद्यार्थीको प्रगतिको बारेमा जानकारी दिनु।
- विद्यार्थीलाई गृहकार्य र अन्य शैक्षिक कार्यमा सचेतना र सहयोग पुर्याउनु।
- विद्यालयका निर्णय प्रक्रियामा अभिभावकलाई सहभागी गराउनु।
- समदुायका स्रोत, साधन र सेवाहरूलाई विद्यालयसँग समन्वय गरेर शिक्षाको विकासमा योगदान पुर्याउनु।
(च) शिक्षाको विकासमा समदुायले पुर्याएको योगदान बारे चर्चा गर्नुहोस्।
उत्तर: शिक्षाको विकासमा समदुायले निम्नलिखित योगदान पुर्याएको छ:
- विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक र मानवीय सहयोग गर्नु।
- विद्यालयको कार्यमा पारिवारिक अभ्यास र विद्यार्थीको सिकाइलाई मजबुत बनाउन समदुायका स्रोत र सेवाहरूलाई पहिचान गरेर विद्यालयसँग समन्वय गर्नु।